We are closed from Today.
We will not be updating anything more.
Thank you.
Rads Online tuition
We creathe the video lectures of class 10,+2 and bachelors subjects of Nepalese board and universiti
27/05/2020
सलह किरा, फट्याग्रां प्रजातीको एक झुण्डमा (४ देखि ८ करोड संख्या) उडान गर्ने र ठुलो परिमाणमा खेती वा वनस्पती नष्ट गर्न सक्ने किरा हो । सलह कृषि क्षेत्रको एक खतरनाक कीट रहेको पाइन्छ। सलह किसानहरुको ठूलो शत्रु रहिआएको र कतिपय देशमा जनता र भोकमरीको लागि पर्याप्त खानेकुराको बीचमा निर्धारक रहेको पाइन्छ।
सुडानबाट उडेको यो ' सलह ' पाकिस्तान हुँदै भारतको उत्तर प्रदेशसम्म आईपुगेको रहेछ नेपालको तराई भुभागमा समेत आउन सक्ने अनुमान गरिएको हुनाले सजक रहन जरुरी छ ।
लाखौ संख्यामा उडने यो सलह दिनमा ५०० किलोमीटर सम्म पुग्छ सक्छ र यसले खेतीयोग्य जमिनमा रहेको खेतिबाती बोटबिरुवा खाएर सबै नस्ट पार्दछ । साथ साथै यसलाई कोरोनापछिको अर्को माहामारि रुपमा हेरिएको छ
Locust (सलह) ले के खान्छ???
सलहले वनस्पति सामग्री खान्छ। यो एक समस्या हो किनभने झुण्ड (एक बर्गकिलोमिटर मा ८० लाख )सलहले वनस्पति लाग्ने क्षेत्र नोक्सान गर्नुका साथै बालीलाई पनि हानि पुर्याउछ। यसले आफ्नो तौल बराबरको(२ग्राम) हरीयो बस्तु एकै दिनमा खान सक्छ ।
युवा अवस्थामा (hopper) यो उड्न नसकेता पनि बिरुवामा अघि बढिरहन्छ र आफ्नो बाटोमा आइपर्ने सम्पूर्ण वनस्पतिलाई खान्छ। दिउँसो यो १५० किलोमिटर हिड्नसक्छ र रातमा बोटबिरुवा, झाडीमा आराम गर्छ।
# Locust (सलह) ले यति क्षति कसरी गर्न सक्छ त???
१) यो कीराले प्राय धेरै जसो वनस्पति खान सक्छ।(wide range of food)
२) प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बाराबर वनस्पति सेवन गर्छ। यसकारण यसको बिकास छिटो हुन्छ र धेरै क्षति पुर्याउछ।
३) यो कीरा झुण्डमा भएको हुँदा क्षतिको प्रतिशत पनि बढि नै हुन्छ।
( १ टन सलहले एक दिनमा १० वटा हात्ती वा २५ वटा ऊँट वा २५०० मानिसले खान सक्ने खाना सेवन गर्न सक्छ।)
*क्षतिः
१) बिरुवाको पात, फल, फुल, बोक्रा र टुप्पो नष्ट गरी क्षति पुर्याउछ।
२) झुण्डमा रहेका कारण यसको वजन वा तौलको चापका कारण रुखहरु समेत ढाल्न सक्छ।
३) सलहको मलमूत्रका कारण बोटबिरुबामा संश्लेषणको कमी हुनुका साथै अन्य समस्या निम्त्याउँछ।
४) कहिले काही मानिसमा एलर्जी समेत देखापर्न सक्छ।
# नियन्त्रण
व्यक्तिगत तह बाट के गर्ने?
आईनसकेको अवस्थामा के गर्ने?
- धानको ब्याड राख्न केहि (करिब 1 हप्ता ) ढिला गर्ने ।
- यदि ब्याड राखिसकेको भए झुलको प्रयोग गरेर जोगाउने।
आइहल्यो भने के गर्ने?
१) ठुलो आवाज आउने चिजहरु जस्तै थाल ठटाउने, ड्रम बजाउने अथवा ठुलो आवाजमा स्पिकर बजाउने, (tractor) प्रयोग गरेर पनि आवज निकाल्न सकिन्छ।
२)आँगो बाल्ने, धुँवा गराउने र यसको अण्डालाई खाडल बनाएर पुर्ने(त्येती प्रभावकारी नभयेको मनिन्छ तर अपनाउन सकिन्छ
३)क्षतिग्रस्त क्षेत्रमा बोरिक एसिड प्रयोग गर्ने जसकारण सलहको संख्या घटाउन सकिन्छ।
४) प्राकृतिक सिकारी जस्तैः चरा, माकुरा, छेपारोले सलह नियन्त्रणमा मदत पुर्याउछ।
५) लामो घाँसे जालको प्रयोग गर्ने।
६) लसुन स्प्रेको गन्धले सलहबाट बच्न मदत गर्छ।यसको लागि २ लौंग (cloves) लसुन + ८ कप पानीलाई पिस्ने र उमाल्नुपर्छ
७)जैबिक बिषादीको प्रयोग गर्ने, जस्तैः
-Nosema (प्रोटोजोआन सुक्ष्मजीव नियन्त्रण एजेन्ट)
-Metarhizium (फंगल सुक्ष्मजीव नियन्त्रण एजेन्ट)
स्थानिय तह वा रास्ट्रिय तह बाट के गर्ने?
१) हवाइजहाजको सहायताले बालीमा कीट्नाशकको प्रयोग गर्ने
२)Ultra Low Volume (ULV) यन्त्रको सहायताले बिषादी स्प्रे गर्ने जसकारण बिषादीको बचत हुनुका साथै धेरै क्षेत्रमा स्प्रे गर्न सकिन्छ।
नेपालको नक्सा बनाउने तरिका । Method of sketching Nepal's map | Social Study | SEE | Class 10
PCR, RDT परीक्षणको बिषयमा प्रकाश पार्नुहुदैं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा.
23/03/2020
How to make mask at home?
२ मिनेट्समा घरमै मास्क बनाउनु होस । Make Mask just in 2 minutes at home. When to use mask? By WHO: If you are healthy, you only need to wear a mask if you are taking care of a person with suspected 2019-nCoV infection. Wear a mask...
16/03/2020
कोरोना भाईरसबाट बच्न के के साबधानिहरु अपनाउन सकिन्छ ?
जान्ने बुझ्नेले कमेन्ट गर्नुहोला ।
बिस्व स्वास्थ्य सँगठनले सार्वजनिक गरेका उपायहरु यहाँ छन ।
W H O Tips to Avoid the CORONA Virus || कोरोना भाइरसबाट जोगिन विश्व स्वास्थ्य संगठनका १५ सुझाव | Coronaviruses (CoV) are a large family of viruses that cause illness ranging from the common cold to more severe diseases such as Middle East Respiratory Syn...
10/03/2020
W H O Tips to Avoid the CORONA Virus || कोरोना भाइरसबाट जोगिन विश्व स्वास्थ्य संगठनका १५ सुझाव |
W H O Tips to Avoid the CORONA Virus || कोरोना भाइरसबाट जोगिन विश्व स्वास्थ्य संगठनका १५ सुझाव | Coronaviruses (CoV) are a large family of viruses that cause illness ranging from the common cold to more severe diseases such as Middle East Respiratory Syn...
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Kirtipur
10/04/2020