Pandav Sena

Pandav Sena

Share

Our faith is sacred. We stand for truth and transparency, not against anyone.

Transparency protects; silence harms.

हाम्रो आस्था पवित्र छ। हामी सत्य र पारदर्शिताको पक्षमा छौं, कसैको विरोधमा होइनौं। पारदर्शिताले सुरक्षा दिन्छ; मौनताले जोखिम बढाउँछ।

19/06/2026

हरे कृष्ण 🙏

17/06/2026

जिम्मेवार को?

17/06/2026

HH Jayapataka Swami Maharaja says, If we have children, we want to bring them up to be devotees. So that they don't take birth again!

16/06/2026

स्वयम् भगवान् श्रीकृष्ण वृन्दावनमा हुँदा पनि त्यहाँ पूतना, शकटासुर, तृणावर्त, बकासुर, अघासुर, धेनुकासुर, प्रलम्बासुर, अरिष्टासुर, केसी र ब्योमासुर जस्ता दैत्यहरू साधुको भेषमा प्रवेश गरेका थिए। तर, ती दैत्यहरूको उपस्थितिले गर्दा वृन्दावन कहिल्यै अपवित्र भएन ।

गल्ती गर्ने व्यक्तिलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुनुपर्छ तर व्यक्तिको अपराधलाई संस्थाको टाउकोमा हालेर इस्कन नै बन्द गराउने खेलमा लागेका तत्वहरू खबरदार ‼️

15/06/2026

हरे कृष्ण !

बुढानिलकण्ठस्थित गुरुकुलमा बालबालिका माथि भएको जघन्य अपराधको हामी घोर भत्सर्ना गर्दछौँ। अपराधीलाई हदैसम्मको कानुनी सजाय हुनैपर्छ, यसमा कुनै सम्झौता हुँदैन।

तर, केही भ्रष्ट व्यक्तिको कुकर्मलाई लिएर श्रील प्रभुपादका भनाइहरूलाई प्रसङ्ग बाहिर बंग्याउँदै पूरै ISKCON संस्था र दर्शनमाथि नै प्रहार गर्नु सर्वथा गलत हो।

अपराध व्यक्तिको हो, दर्शनको होइन: संस्थाका केही मानिस अपराधी वा मतियार हुँदैमा, संसारभरि हरिनाम फैलाउने पवित्रसंस्था र त्यसको निष्कलंक दर्शन अपराधी हुनसक्दैन।
हामी अपराधीको विरोधी हौँ, संस्थाको होइन। हाम्रो लडाईं ISKCON संग होइन, ISKCON भित्र लुकेर अपराध गर्ने र त्यसलाई ढाकछोप गर्न खोज्ने भ्रष्ट नेतृत्व सँग मात्र हो।

अपराधी लुकाउने केही व्यक्तिका कारण आज लाखौ भक्तहरूको आस्थामाथि चोट पुगेको छ। संस्थाको केन्द्रीय नेतृत्वले तत्काल ती दोषीहरूलाई निष्कासन गरी प्रहरीलाई पूर्ण सहयोग गरोस्।
अपराधीलाई कानुनी कठघरामा उभ्याइयोस्, तर धर्म र संस्था सिध्याउने खेल बन्द होस्।

14/06/2026

जाऊ, फेसबुकमा यी अपराधहरूलाई "अफवाह" भन्दै तिम्रा रङ्गीन विज्ञप्तिहरू पोस्ट गर। तिमी भीडलाई भ्रममा पार्न त सक्छौ, तर कुनै बच्चाको trauma लाई भगवानको खाता बाट कहिल्यै मेटाउन सक्दैनौ।

14/06/2026

लाशबाट तपाईं के आशा गर्नुहुन्छ?

लाश न बोल्छ,
न हाँस्छ,
न रुन्छ,
न खान्छ,
न लजाउँछ।

जसमा जीवन नै छैन,
त्यसमा लाज कहाँबाट आउँछ?

लाज त जीवित आत्माको गहना हो।
संवेदना भएको हृदयको सुगन्ध हो।
तर जहाँ चेतना मरिसकेको हुन्छ,
जहाँ विचार दास भइसकेको हुन्छ,
जहाँ धर्मको नाममा अन्याय छोपिन्छ,
त्यहाँ लाज होइन—
केवल सडेको मौन बाँकी रहन्छ।

एउटी सानी बालिकाको आँसुमा
ईश्वर रोएको थियो।
तर तिमीहरू हाँस्यौ।
तिमीहरूले धर्म बचाएनौ,
धर्मकै आत्मालाई नङ्ग्यायौ।

मन्दिर ढुंगाले बन्दैन,
मन्दिर करुणाले बन्छ।
र जहाँ करुणा मर्छ,
त्यहाँ मूर्ति मात्र बाँकी रहन्छ—
भगवान् होइन।

त्यसैले लाशले के नै गरोस्?
लाश त केवल लाश हो।
तर जो जीवित भएर पनि अन्यायको अगाडि चुप बस्छ,
त्यो लाशभन्दा पनि डरलाग्दो हुन्छ।

Poem by Bijaya Prabhu

13/06/2026

Prabhupad on June 21, 1976, Toronto Morning Walk

13/06/2026

आखिर के हो सत्य? सन्नुहोस पीडीत स्वयमको बयान । हामी कुनै संस्था वा ब्यक्ति बिशेष को बिपक्ष्यमा छैनौ, केवल अन्याय र अपराध को बिरुद्ध छौ । YOHO Television बाट प्रसारित यो अन्तर्वार्ता यहाँ पोस्ट गर्दै छौं।

यो अपराधले ती अबोध बालबालिका लाई भएको मानसिक क्षतीको जिम्मेवार को होला? के ऊनीहरूको ‘कर्मको फल’ हो भनेर आखा बन्द गर्नू जायज हो?

हरे कृष्ण 🙏

Want your school to be the top-listed School/college in Kirtipur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kirtipur