26/03/2024
२०८० चैत्र १३ गते
श्री हिमालय माध्यमिक विद्यालय खाँदबारी द्धारा सञ्चालित हिमालय स्काउट ट्रुप र हिमालय क्रियूको स्काउटिङ् क्रियाकलापलाई सहयोग पुग्ने उद्धेश्यका साथ वेल्जिय नागरिक Kathleen Tielemans उहाको टिमले रु १,७४,०००। रुपैयाँ बराबरको १०*१५ को डाईनिङ टेन्ट ४ थान र ४*४ को Toilet Tents र Shower Tents टेन्ट २ थान गरी जम्मा ६ थान टेन्ट उहाँको उपस्थितिमा स्काउटलाई हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । यस कार्यको लागि महत्वपूर्ण भूमिका खेल्नुहुने Kathleen Tielemans ज्यूलाई र यसै विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष्य सुनिता गुरुङ ज्यूलाई हार्दिक धन्यबाद प्रकट गर्न चाहान्छौ । सम्पूर्ण विद्यालय परिवार र स्काउटको तर्फबाट ।
08/03/2024
२५ फागुन, २०८०
संखुवासभ खाँदबारी स्थित हिमालय माध्यमिक विद्यालय द्वारा सञ्चालित हिमालय स्काउट ट्रुपकाे एक दिने हाईकिङ सम्पन्न भएकाेछ । वालवालिकाहरुलाई व्यक्तिगत तथा सामुहिकरुपमा प्रतिस्पर्धा गराई सर्वाङ्गिण विकासमा टेवा पुर्याउने उदेश्यकासाथ सञ्चालन गरिएकाे हाईकिङ कार्यक्रममा ८५ जना स्काउट विद्यार्थीहरुकाे उल्लेखनीयरुपमा सहभागिता रहेकाे थियाे । नेपाल स्काउटका राष्ट्रिय परिषद सदस्य श्री दुर्गा बहादुर विष्ट ज्युकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाईकमा ७ जना काउन्सिलर टिममा राेभर रेञ्जर, ७ जना सर्भिस टिममा राेभर रेञ्जरहरुकाे प्रमुख भूमिकामा हाईकिङ सम्पन्न भएकाे हाे । यस हाईकिङ कार्यक्रममा महत्त्वपूर्ण सहयाेग गर्नुहुने सबैमा हार्दिक धन्यवाद प्रकट गर्न चाहान्छाै ।
27/02/2024
२०८० फागुन १५ देखि १९ सम्म संखुवासभाको सदरमुकाम खाँदबारीमा सञ्चालन भएकाे ऐतिहासिक राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा वातावरण सरसफाइलाई ध्यान दिदै #हिमालय_मावि, #हिमालय_क्रियू र #हिमालय_स्काउट खाँदबारीकाे संयाेजनमा १० वटा डाेकाेकाे Dustbin व्यवस्थापन साथै हिमालय स्काउट ट्रुप र हिमालय क्रियू बाट सबै दिन गरेर ७० जना सर्भिस टिम खटीएकाे छ ।
22/02/2024
Troop Meeting :Lasing class
11/02/2024
नेपाल स्काउट, राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित हुनु भएकोमा आदरणीय गुरु दुर्गा बहादुर विष्ट सरलाईलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दैछौं ।
10/02/2024
खाँदबारी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २४ स्वर्ण ९ रजत र १० काँस्य सहित हिमालय मा.वि. खाँदबारी १ प्रथम हुन सफल भएको छ। सम्पूर्ण खेलाडी भाइ बहिनीहरूलाई धेरै धरै बधाई तथा शुभकामना ।
06/02/2024
नेपाल स्काउट अन्तर्गत स्थानीय स्काउट परिषद् खाँदबारी नगरपालिकाको निर्वाचनमा निर्विरोध निर्वाचित हुनुभएको सम्पूर्ण सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
01/02/2024
२०८० माघ १२, खाँदबारी सङ्खुवासभा :
हिमालय माध्यमिक विद्यालय द्वारा सञ्चालित हिमालय स्काउट ट्रुपकाे #टि_हाइकिङ कार्यक्रम सम्पन्न भएकाे छ ।