08/01/2026
जापान सरकारको एक विज्ञ समूहले विदेशी कामदारहरूलाई भित्र्याउनका लागि दुईवटा छुट्टाछुट्टै प्रणाली अन्तर्गतको नयाँ कार्ययोजनाको मस्यौदा तयार पारेको छ। यो योजना अनुसार सन् २०२९ को मार्च महिनाको अन्त्यसम्ममा (आर्थिक वर्ष २०२८ सम्म) अधिकतम (बढिमा) १२ लाख ३१ हजार ९ सय विदेशी कामदारहरूलाई जापानमा अवसर दिइने लक्ष्य राखिएको छ। सरकारले हाल सञ्चालनमा रहेको 'विशेष दक्ष कामदार' प्रणाली र सन् २०२७ को अप्रिल १ देखि लागू हुने नयाँ 'सीप विकास र रोजगारी' कार्यक्रम मार्फत यी कामदारहरू भित्र्याउने तयारी गरेको छ।
नयाँ तालिम कार्यक्रमको मुख्य उद्देश्य विदेशी कामदारहरूलाई तीन वर्षभित्र 'विशेष दक्ष जनशक्ति'को स्तर हासिल गर्न सक्ने गरी दक्ष बनाउनु र उनीहरूलाई जापानमा लामो समयसम्म काम गर्ने वातावरण मिलाउनु हो। बुधबार बसेको विज्ञहरूको बैठकले औद्योगिक क्षेत्र अनुसारको यो मस्यौदा योजनालाई अन्तिम रूप दिएको छ, जसमा 'विशेष दक्ष कामदार' प्रणाली अन्तर्गत औद्योगिक उत्पादन र खाद्य तथा पेय पदार्थ उत्पादन सहित १९ वटा क्षेत्रमा ८ लाख ५ हजार ७ सय जनालाई अवसर दिइने उल्लेख छ। त्यसैगरी, नयाँ तालिम कार्यक्रम अन्तर्गत १७ वटा क्षेत्रमा ४ लाख २६ हजार २ सय जनालाई भित्र्याइने योजनामा उल्लेख गरिएको छ।
जापानको आन्तरिक श्रम शक्तिमा आएको गिरावट र वृद्ध जनसंख्याका कारण देखिएको श्रम संकटलाई सम्बोधन गर्न यो कदम चालिएको हो। सरकारले यो मस्यौदालाई सत्तारुढ दलहरूसँग छलफल गरेर यसै महिना (जनवरी २०२६) को अन्त्यसम्ममा मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी गरेको छ ।
(नोटः यो एनएचकेमा प्रकाशित समाचारको नेपाली अनुवाद हो, हाल यो मस्यौदाको रुपमा मात्र रहेको र उल्लेखित संख्या 'बढिमा त्यति कामदार ल्याउने' भन्ने हो । अझैपनि कुन देशबाट कति ल्याउने, के कस्तो प्रक्रिया गर्नुपर्ने भन्ने लगायतका कुराहरु सार्वजनिक भएका छैनन्, केही अपडेट आएमा पुनः पोष्ट गरिनेछ)
25/12/2025
22/12/2025
10/12/2025
30/11/2025
28/10/2025
28/10/2025
27/10/2025