17/06/2026
जुनिअर रेडक्रस सर्कलमा हेक्का
ॐ ज्ञान मन्दिर
जुनिअर रेडक्रस सर्कल, ॐ ज्ञान मन्दिरको नयाँ कार्य समिति गठन गरिएको छ । ॐ ज्ञान मन्दिर सेकेण्डरी स्कुलमा गठित जुनिअर रेडक्रस सर्कलको विधान अनुसार सम्पन्न निर्वाचनबाट विराज हेक्काको अध्यक्षतामा ११ सदस्यीय निर्वाचित समिति गठन भएको हो ।
निर्वाचन आयुक्त तथा सोही विद्यालयका शिक्षक रामगोपाल किसिजू नेतृत्वको निर्वाचन समितिका अनुसार अध्यक्ष पदका उम्मेदवार विराज हेक्का अध्यक्ष र उपध्यक्षमा भिवाना कटुवाल, सचिवमा सौम्या धौगोडा, सहसचिवमा स्वरूपा भट्टराई, कोषाध्यक्षमा आध्या पोखरेल, सहकोषाध्यक्षमा निकित बुढाथोकी र सदस्यहरूमा क्रमशः दिया श्रेष्ठ, सम्यक खनाल, जेसिन जङ चौहान, श्रयश दाहाल र रीतिका मगरसहितका उम्म्मेदवार निर्वाचित भएका हुन् ।
साथै, विधान सो सर्कलको विधान अनुसार शिक्षक नायक श्री शिवहरि बगाले, सहशिक्षक नायक श्री प्रजेश खडकाका साथै विद्यार्थी प्रतिनिधिद्वय जेनिश ढकाल र सुशिक्षा काफ्लेलाई सल्लाहकारमा नियुक्त गरिएको छ ।