मृत्यू अन्त्य होइन, यो आत्माको अर्को यात्राको सुरुवात हो। ✨
Full Video on Brahmakumaris Nepal YouTube Channel :
Video Link : https://youtu.be/w9EpJh5fhDU?si=5egnUcI16dMdF-MM
Brahmakumaris Nepal
Raj Yoga meditation is a method of relaxing, refreshing and clearing the mind and heart. Meditation enables an integration of your spiritual identity.
22/05/2026
✨ विश्व संस्कृतिमा प्रेम, शान्ति र सद्भावनाको सन्देश ✨🎶
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपाल, कला तथा सांस्कृतिक प्रभागद्वारा बुढानिलकण्ठमा आयोजित “वैश्विक संस्कृति : प्रेम, शान्ति र सद्भावना” भन्ने मूल भावनामा आधारित स्नेह मिलन तथा सांस्कृतिक कार्यक्रम नेपालका विभिन्न विधाका प्रख्यात कलाकारहरूको गरिमामय उपस्थितिमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भयो। 🌍🕊️
संगीत, कला र संस्कृतिको माध्यमबाट आत्मीयता, एकता र आध्यात्मिक चेतनाको सुन्दर सन्देश प्रवाह गर्दै कार्यक्रमले सहभागीहरूलाई अविस्मरणीय अनुभूति प्रदान गर्यो। 💖🎼🌸
यस ऐतिहासिक एवं प्रेरणादायी कार्यक्रममा सहभागी भई कार्यक्रमलाई अझ विशेष बनाइदिनुहुने सम्पूर्ण कलाकारज्यू तथा उपस्थित महानुभावहरूप्रति हार्दिक आभार। 🙏✨
21/05/2026
🎶✨ मुम्बई र मधुवनबाट कलाको माध्यमद्वारा आध्यात्मिक सेवाअर्थ नेपाल आउनुभएका गीतकार, गायक भानु भाइजी, हेमन्त भाइजी सहितको सम्पूर्ण समूहलाई हार्दिक स्वागत। 🙏💐
उहाँहरूको मधुर सांगीतिक प्रस्तुति र आध्यात्मिक भावनाले आत्मिक आनन्दको अनुभूति गर्ने सौभाग्य प्राप्त भयो। 🎵🕊️🌸
20/05/2026
ब्रह्माकुमारीज ज्ञान सारोवर एकेडेमी नगरकोटमा आयोजित “आध्यात्मिक व्यक्तित्व र परामर्श” विषयक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा उत्प्रेरक वक्ता ब्रह्माकुमार विजयराज सिग्देलज्यूले सहजकर्ताको भूमिका निर्वाह गर्दै सहभागीहरूलाई आध्यात्मिक जीवन, सकारात्मक सोच तथा प्रभावकारी परामर्श सम्बन्धी प्रेरणादायी प्रशिक्षण प्रदान गर्नुभयो । ✨
20/05/2026
🙏 ब्रह्मकुमारीज शान्तिवनबाट आउनु भएका मधुवनका शोभा ब्रह्माकुमार देवान भाइजी, ब्रह्माकुमार परमेश्वर भाइजी तथा ब्रह्माकुमार सागर भाइजीलाई हार्दिक स्वागत गर्दै उहाँहरूको सेवा अनुभवको लाभ लिँदाको अविस्मरणीय क्षण । 🌸✨
17/05/2026
ब्रह्माकुमारीज ज्ञानसरोवर एकेडेमी, नगरकोटमा आयोजित प्रशिक्षण कार्यक्रमको समुद्घाटन समारोह भव्य रूपमा सम्पन्न भयो । कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा ब्रह्माकुमारी उर्मिला दिदीज्यूको प्रेरणादायी उपस्थिति रह्यो । 🌸
17/05/2026
ब्रह्माकुमारीज संस्थाद्वारा प्रकाशित हुने ‘ज्ञान अमृत’ पत्रिकाकी प्रधान सम्पादक, राजयोगिनी ब्रह्माकुमारी उर्मिला दिदीज्यूलाई स्वागत गर्दाको अनुपम क्षण…” 🙏🌸✨
21/04/2026
मिति: २०८३ बैशाख ०८, मंगलवार
ब्रह्माकुमारी राजयोग प्रशिक्षण प्रतिष्ठान, नागडोली छालिङ्ग, चांगुनारायण न.पा.–०५, भक्तपुरद्वारा स्थानीय, वडा तथा नगरपालिकाको संयुक्त सहयोग तथा सहभागितामा परिसर भित्र फुटसल संरचना निर्माण गर्ने कार्यको शिलान्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
18/04/2026
ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्र, चिंकमुगल, काठमाडौं–२३ मा नवनिर्मित "इन्द्रप्रस्थ" भवनको समुद्घाटन समारोह,
२०८३ बैशाख ५ गते शनिबार परम आदरणीय राज दादीमाँ, सह–निर्देशक आदरणीय किरण दिदीज्यू, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलज्यू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
16/04/2026
🌸 आदरणीय राज दादीमाँ र किरण दिदीज्यूहरुद्वारा नयाँ वर्ष २०८३ को पावन अवसरमा मातातीर्थको शुभ आशीर्वाद प्रदान गर्दाको विशेष एवं स्मरणीय क्षण 🙏✨
13/04/2026
नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना 🙏✨
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक परिवर्तन ल्याओस्। प्रत्येक दिन शान्ति, सुख, स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौँ। ✨
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Address
Brahmakumaris Margh, Jyatha, Thamel
Kathmandu
44600
Opening Hours
| Monday | 06:30 - 19:00 |
| Tuesday | 06:30 - 19:00 |
| Wednesday | 06:30 - 19:00 |
| Thursday | 06:30 - 19:00 |
| Friday | 06:30 - 19:00 |
| Saturday | 06:30 - 19:00 |
| Sunday | 06:30 - 19:00 |