25/08/2026
हामी नेपाली। 🇳🇵
हामी अटल छौँ, संघर्ष गर्न जान्छौँ।
हाम्रो देशले विश्वलाई धेरै कुरा दिएको छ—तर आज प्रश्न छ, हामी आफैँ किन पछि पर्यौँ?
हामी गरिब होइनौँ, सम्भावनामा धनी छौँ।
हामी मूर्ख होइनौँ, तर हाम्रो क्षमता सही ठाउँमा प्रयोग हुन सकेन।
नेपाल हिमाल, पहाड र मधेशको नाम मात्र होइन—एकअर्कामा जोडिएको एउटै प्रणाली हो। हरेक भूगोलको आफ्नै योगदान छ।
आज बालेनजस्ता पात्रले एउटा प्रश्न उठाएका छन्—
ज्ञान, सीप र Engineering Mindset लाई देश निर्माणमा प्रयोग गर्ने हो भने हामी कहाँ पुग्न सक्छौँ?
यदि एउटा इन्जिनियरले एउटा सहर बदल्ने सपना देख्न सक्छ भने,
वैज्ञानिक, शिक्षक, चिकित्सक, प्राविधिक र युवाले देश बदल्ने सपना किन नदेख्ने?
त्यसैले प्रश्न केवल “अबको सरकार कसको?” होइन।
प्रश्न हो—
“अबको सरकार कस्तो सोच, नीति र क्षमताको?”
यही प्रश्नबाट सुरु गरौँ।
Zero बाट। नयाँ सोचका साथ। 🇳🇵
— An Explainer Academy 🔬
जटिल कुरा सरल, विचार स्पष्ट।