WE SCOUT

WE SCOUT This page is for postive change in scouting.

आन्दोलन तुहाउने मेलो मात्रै रहेछ यो तपाईं विचारमा के लाग्छ यो
28/03/2025

आन्दोलन तुहाउने मेलो मात्रै रहेछ यो

तपाईं विचारमा के लाग्छ यो

आन्दोलनमा प्रष्टरुपमा बुँदागत विषय उठाइएको छ, यो अध्ययन समिति भनेको के हो? छानबिन माग गरेको छ, मन्त्रालय अध्ययन समिति बन...
28/03/2025

आन्दोलनमा प्रष्टरुपमा बुँदागत विषय उठाइएको छ, यो अध्ययन समिति भनेको के हो? छानबिन माग गरेको छ, मन्त्रालय अध्ययन समिति बनाएर झारा टार्न खोज्छ । मन्त्रीले समस्या सुल्झाउन खोजेको कि बल्झाउन?
आन्दोलनको माग स्पष्ट छ तर नेतृत्वमा बसेकाहरू झुक्याएर सुल्झाएजसो मात्रै गर्न खोज्छन । आन्दोलनकारीको ज्यान लिएर मात्रै छोड्ने विचारमा झन क्याहो? एकजनाको लागि मन्त्री देखि लिएर प्रमुख आयुक्तहरु समेत सती जान आँटेका हुन?

अध्ययन समिति भन्नेको म्याण्डेट के हो?आन्दोलनको मागलाई त्यस समितिले पूरा गर्न सक्ने कि नसक्ने? चलिरहेको आन्दोलन के हुने, कसरी अगाडि बढ्ने? केही छ त त्यसमा? थाहा हुनेहरूले भन्नुहोला । यो तहसम्म विषयवस्तुको उठान भइसकेपछि त्यसको मान राख्न पनि त्यतिकै गल्नु उचित होइन । आम स्काउट वर्गले केही सुधार हुने आशा गरेका थिए, त्यो चकनाचुर हुन्छ ।

हावा तालमा कसैलाई बचाउने उदेश्यले मात्रै यो अष्त्र फालिएको हो भने यो तिमीहरूका लागि प्रत्युत्पादक हुनेछ । याद गर।

नेपाल स्काउटमा देखिएको बढ्दो बेथिति, विकृति र भ्रष्टाचारको विरुद्धमा सुरु गरिएको 'शुद्धीकरण अभियान' अन्तर्गत लैनचौरस्थित...
28/03/2025

नेपाल स्काउटमा देखिएको बढ्दो बेथिति, विकृति र भ्रष्टाचारको विरुद्धमा सुरु गरिएको 'शुद्धीकरण अभियान' अन्तर्गत लैनचौरस्थित नेपाल स्काउटको केन्द्रीय कार्यालयको प्राङ्गणमा आमरण अनशन बसेका सहायक राष्ट्रिय प्रशिक्षक देवदूत अधिकारी र स्काउटर पवन गुरुङको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। विगत तीन दिनदेखि जारी आमरण अनशनका कारण उनीहरुको स्वास्थ्यमा गम्भीर असर परेको छ।
नेपाल स्काउटमा देखिएको विकृति र भ्रष्टाचारको अन्त्य गरी संस्थालाई शुद्धीकरण गर्ने मागसहित उनीहरु आमरण अनशनमा बसेका हुन्। यस संवेदनशील विषयमा सरकार र मानव अधिकारवादी संघसंस्थाको तत्काल ध्यानाकर्षण गराउन आवश्यक छ।
उनीहरुको मागलाई सम्बोधन गरी उनीहरुको जीवन रक्षा गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौं।

हाल नेपाल स्काउटको अवस्था
28/03/2025

हाल नेपाल स्काउटको अवस्था

आमरण अनशन
27/03/2025

आमरण अनशन


24/03/2025
राम्रो काम
24/03/2025

राम्रो काम

22/03/2025

आज बिहान ११.३० बजे reporters club मा पत्रकार सम्मेलन हुदै छ। धेरै भन्दा धेरै साथि भाईलाई सहभागिता जनाउन अनुरोध छ

22/03/2025

स्काउटमा के सारो मनलाग्दी भएको हो? नेपाल स्काउटको तालिम पद्धति छ कि छैन, तालिम र स्काउट लिडरहरुको विकासको लागि नियम कानुन छ कि छैन?

वयस्क विकास नीति बनायौं भनेर नि हल्ला गर्थे । खै कता छ त्यो? मन परेका, नजिककालाई चैं तालिम लियो अनि रिजल्ट निकाली हाल्यो । तल्लो तहमा रहेर स्काउटिङ गरेर बसेका स्काउट लिडरहरुलाई चैं वर्षौं झुलाउँछन् । प्रक्रिया पूरा गरेपछि पनि महिनौं रोकेर राख्छन् । कसैलाई आजको भोलि, कसैलाई ६ महिने नीतिको बोली । यिनका काइदा, यनका आसेपासेलाई फाइदा ।

तिनकै टाउको गनेर यिनीहरू केके न गर्‍यौं भनेर ठूला कुरा गर्छन्, अन्तर्राष्ट्रिय हल्लीचल्ली पनि गरिटोपल्छन कहिलेकाहीँ । कोही अफिसमा बसीबसी बिड्स लाउने, प्रमाणपत्र पाउने, र भुईंतहमा गर्मी बर्खा हिउँद नभनी बच्चाहरुसँग घोटिने स्काउट मास्टर विचराहरु महंगोमा स्कार्फ, बायज किनेर यिनका मालिक व्यापारीको बेपार चलाइदिने अनि अवसर पाउने कुरामा चैं सधैं पछिल्लो अनिश्चित लहरमा बस्नुपर्ने ।

तालिम आयुक्त भन्ने कोही छ कि नाईं हेडक्वार्टरमा? कि मुखिया मात्रै नियुक्त गरेर मख्ख छन मालिकहरु? गुट फेरि फेरि सदस्य भएकाहरु ताली पड्काउन मात्रै नियुक्त गरेको हो त? विधि, पद्धति भन्ने कुरा यिनको नजरमा, प्राथमिकतामा पर्दैन क्यार । विदेश भ्रमणको मोहले सबैको आँखामा पट्टि बाँधेको हुने रहेछ के बोल्थे र जायज कुरामा । भलो होस तपाईं सबैको । जय स्काउट ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when WE SCOUT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category