Kalpavriksha International

Kalpavriksha International If you want to change your school from conventional to Progressive STEAM School , we are here.

हामी हाम्रो संस्था Kalpavriksha International मार्फत STEAM Education को Approach प्रयोग गर्दै कुनै पनि School लाई progresssive learning institute मा कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने बारेमा शिक्षकहरुका लागि Training / Workshop गर्छौ ।
बुदाँगत रुपमा भन्नू पर्दा
१)
इन्नोभेटिभ लेसन प्लान कसरी बनाएर कक्षामा अभ्यास गर्ने?
२)
विद्यार्थीको सिकाईलाई कसरी दिगो ( Life long Learning) बनाउने?
३)
कक्षाल

ाई Activity Based Learning कसरी बनाउने?
४)
बिषयबस्तुको सिकाईसङै Soft Skills हरु जस्तै Communication, Collaboration, Critical Thinking, creativity, Leadership, Team Work, Empathy, Flexibility, Inititation, Digital Skills कसरी सिकाउने?
५)
सिकाई मापन गरिरहँदा आधुनिक मूल्याङ्कनका रुब्रीक्स लगायतका बिधिहरु कसरी अभ्यास गर्ने?
६)
Art र ICT integrate गरेर कसरी पढाउने / सिकाउने? अबको AI लाई क्लासमा कसरी Integrate गर्ने?
८)
क्लासरुम म्यानेजमेन्ट कसरी गर्ने?
९)
Integratted Curriculum कसरी कार्यान्वयन गर्ने?
१०)
STEAM Approach बाट कसरी पढाउने / सिकाउने?
११)
Value Based Education कसरी ब्यबहारमा ल्याउन सकिन्छ?
१२)
नयाँ पाठ्यक्रम अनुसार आन्तरिक मूल्याङ्कन (Formativa Assessment) कसरी गर्ने ? विद्यार्थीको Performance Record कसरी राख्ने?
१३) Behavioural Management of the students

लगायतका बिषयबस्तुमा Training / Workshop सञ्चालन गर्छौ।
समग्रमा भन्दा विद्यार्थीको सिकाईलाई Experiential बनाएर पाठ्यक्रमले निर्धारण गरेका लक्ष्य हाँसिल गर्दै उसलाइ 21st Century का skills हरु सिकाउदै Value- Based Education लाई जोड दिदै स्कुललाई Transform गरि प्रोग्रेसिभ लर्निङ ईन्स्टिच्युट बनाउने हो।

16/11/2025

उहाँले भने जस्तै तरिकाबाट हामी STEAM based प्रोग्रेसिभ स्कुलका लागि सहकार्य गर्दछौँ। यदि हजुरहरूपनि आफ्नो विद्यालयलाई Transform गर्न चाहानुहुन्छ भने हामीलाई सम्झनुहोस।

23/08/2025
कुनै पनि संस्था वा टिममा कोही कसैको भूमिकाहरू पहिलो नजरमा अतिरिक्त बोझ वा अनावश्यक जस्तो लाग्छन्। उदाहरणका लागि, फुटबल ट...
18/08/2025

कुनै पनि संस्था वा टिममा कोही कसैको भूमिकाहरू पहिलो नजरमा अतिरिक्त बोझ वा अनावश्यक जस्तो लाग्छन्। उदाहरणका लागि, फुटबल टिममा Nutritionist !🤔 प्रशिक्षकले प्रशिक्षण दिन्छन्, खेलाडीले अभ्यास गर्छन्, खेल खेलिन्छ। तर Energy, Recovery र Stamina सुनिश्चित गर्ने Nutritionist बिना टिम दीर्घकालीन सफल हुनै सक्दैन। सुरुवातमा अतिरिक्त र अनावश्यक बोझ देखिने यो भूमिका वास्तवमै Essential हुन्छ।

ठ्याक्कै त्यस्तै, विद्यालय प्रणालीमा पनि Kalpavriksha International सुरुमा अतिरिक्त जस्तो देखिन सक्छ। शिक्षकहरूले पढाइरहेका छन्, विद्यार्थीहरूले सिकिरहेका छन्, विद्यालय चलिरहेको छ। तर गहिरिएर हेर्दा, विद्यालयलाई Progressive Institution मा रूपान्तरण गर्न हाम्रो भूमिका अपरिहार्य हुन्छ।

हाम्रो योगदानका मुख्य पक्षहरू यसप्रकार छन्:

१. Leadership Development (नेतृत्व विकास)

विद्यालयलाई स्पष्ट Vision, Mission, Goals & Strategies बनाउन सहयोग।

Principal, Coordinator र Management लाई प्रभावकारी रूपमा नेतृत्व गर्न Training।

२. Teacher Empowerment (शिक्षक सशक्तीकरण)

STEAM Pedagogy, Progressive Methods, Classroom Management, Transformative Learning जस्ता अभ्यासमार्फत शिक्षकको क्षमता वृद्धि।

शिक्षकलाई Textbook र Exam-केंद्रित शिक्षणभन्दा बाहिर निस्केर Student-centered Learning मा अघि बढ्न प्रोत्साहन।

३. Guardian Engagement (अभिभावक संलग्नता)

Art of Parenting सम्बन्धी Workshop।

अभिभावकलाई विद्यालयको Vision सँग जोड्ने र Home-School Partnership बलियो बनाउने।

४. Student Development (विद्यार्थी विकास)

विद्यार्थीलाई Motivation, Learning Strategies, Life Skills & Character Building मा सक्षम बनाउने।

उनीहरूलाई २१औँ शताब्दीका Competent, Creative र Resilient नागरिकका रूपमा तयार पार्ने।

त्यसैले, याद गरौ, समयमै मनन गरौ।

जसरी Nutritionist बिना फुटबल टिम उच्च स्तरमा सफल हुन सक्दैन, त्यसरी नै Kalpavriksha International बिना विद्यालयले साँचो अर्थमा Progressive School बन्न सक्दैन। सुरुमा अतिरिक्त देखिए पनि, वास्तवमा हामी विद्यालयलाई दिगो उत्कृष्टतामा पुर्‍याउने Foundation हौँ।

धन्यवाद।

Day 1A DAY WITH 120 SCHOOL TEACHERS : A JOURNEY OF  TRANSFORMATION
29/05/2025

Day 1

A DAY WITH 120 SCHOOL TEACHERS : A JOURNEY OF TRANSFORMATION

27/05/2025

हाम्रो टिम स्याङ्जाको भिरकोट नगरपालिकामा आउदै छ जेष्ठ १५, १६ र १७ गतेको लागि। सन्दर्भ Teachers Professional Development!

यो अवसरमा हामीले अभिभावक , विद्यार्थीका लागि अन्य कार्यक्रमहरु पनि गर्न सकिन्छ।

यदि तपाईं शिक्षासित सरोकार राख्नुहुन्छ, हाम्रो टिमसित सहकार्य गर्न खोज्दै हुनुहुन्छ, वा १५/१६/१७ गते कुनै प्रोग्राम पनि आयोजना गर्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्नु हुन अनुरोध छ।

हाम्रो बारेमा थाहा पाउन चाहानुहुन्छ भने: कल्पवृक्ष इन्टरनेसनल प्रा. लि.स्कुल रि-इन्जिनियरिङ: कल्पवृक्ष अन्तर्राष्ट्रियको...
19/05/2025

हाम्रो बारेमा थाहा पाउन चाहानुहुन्छ भने:

कल्पवृक्ष इन्टरनेसनल प्रा. लि.

स्कुल रि-इन्जिनियरिङ: कल्पवृक्ष अन्तर्राष्ट्रियको रूपान्तरणशील विद्यालय अभियान

१. प्रस्तावना

२१औं शताब्दीको द्रुतगतिमा परिवर्तन भइरहेका संसारमा, शिक्षा केवल ज्ञान प्राप्तिको माध्यम मात्र होइन, जीवनको सम्पूर्ण रूपान्तरणको आधार बन्नुपर्ने आवश्यकता छ। यही सोचको जगमा कल्पवृक्ष इन्टरनेसनलले "स्कुल रि-इन्जिनियरिङ" नामक अभियान प्रारम्भ गरेको हो — जहाँ विद्यालयलाई केवल भवन र प्राङ्गण हैन, एक जिवन्त परिवर्तनशील प्रणालीको रूपमा हेरिन्छ।

२. अभियानको पृष्ठभूमि र आवश्यकता

नेपालजस्तो विकासशील राष्ट्रमा अझै पनि विद्यालयहरू परम्परागत, शिक्षक–केन्द्रित, र परीक्षामुखी प्रणालीमा अल्झिएका छन्। यस्तो शिक्षाले जीवनका विविध पक्षहरू सम्बोधन गर्न सक्दैन। समाज, संस्कृति, प्रविधि र सीपमा आधारित समन्वित सिकाइ प्रणाली आवश्यक छ।

३. स्कुल रि-इन्जिनियरिङको परिभाषा
"स्कुल इन्जिनियरिङ" भन्नाले विद्यालयको सम्पूर्ण संरचना— दर्शन, भौतिक र शैक्षिक संरचना, मानवशक्ति, पाठ्यक्रम, मूल्य प्रणाली, प्रविधि, व्यवस्थापन, र समाजसँगको सम्बन्ध — सबैको वैज्ञानिक, समन्वित र रूपान्तकारी पुनःसंरचना गर्नु हो।

४. Kalpavriksha International को भूमिका

कल्पवृक्ष इन्टरनेसनल एउटा अभियान हो, जुन विद्यालयहरूको समग्र रूपान्तरणमा विश्वास राख्दछ। हामी विद्यालयहरूलाई स्कुल रि-इन्जिनियरिङको माध्यमबाट कल्पनादेखि कार्यान्वयनसम्मको साथ दिनेछौं — तालिम, संरचना विकास, पाठ्यक्रम सुधार, मूल्य–स्थापना, ICT समावेशीकरण र नेतृत्व विकासजस्ता पक्षमा।

५. रूपान्तरणकारी STEAM शिक्षा

STEAM (Science, Technology, Engineering, Arts, Mathematics) लाई हाम्रो शिक्षाको मेरुदण्ड बनाइन्छ। यसले समग्र रूपमा विद्यार्थीको सोच, सिर्जनशीलता, र नवप्रवर्तनशीलता विकास गर्दछ।

परियोजना आधारित शिक्षण (Project-based Learning)

प्रयोगात्मक, जीवन्तकारी अभ्यासहरू

कलालाई मूल धारमा राख्ने शिक्षा

स्थानीयता र समसामयिकता मिलाएर शिक्षा दिनु

६. Constructivist आधारित सिकाइ

सिकाइ विद्यार्थी–केन्द्रित हुन्छ जहाँ विद्यार्थी आफैं अर्थ निर्माण गर्छन्।

प्रश्न गर्दै सिक्ने वातावरण

सहकार्य र संवादमा आधारित अभ्यास

शिक्षक मार्गदर्शकको भूमिकामा

७. शिक्षकको भूमिका

कोच र सहयात्री

निरन्तर सिकाइको अभ्यासकर्ता

नवप्रवर्तनशील पद्धतिको प्रयोगकर्ता

भावनात्मक बुद्धिमत्ता र नेतृत्व विकास गर्ने

८. विद्यार्थीको स्वरूप

जिज्ञासु, अन्वेषक, उत्तरदायी

सामाजिक भावनात्मक सन्तुलनयुक्त

बहुआयामिक सीप र ज्ञानले भरिपूर्ण

जीवनमूल्य, सहिष्णुता र सहकार्यमा पारंगत

९. विद्यालय व्यवस्थापनको भूमिका

विद्यालय व्यवस्थापन (School Management Committee, Principal र प्रशासनिक टिम) स्कुल इन्जिनियरिङको मुटु हो।

विद्यालयको रूपान्तरणशील दर्शनलाई संस्थागत बनाउने

शिक्षकलाई सशक्त बनाउने वातावरण निर्माण

अभिभावक, समाज र विद्यार्थीबीच सेतुको काम गर्ने

आर्थिक पारदर्शिता, गुणस्तरीय स्रोत व्यवस्थापन

भौतिक पूर्वाधारमा नवाचार र ICT को प्रयोग

नेतृत्वको मूल्य:

सहभागीमूलक नेतृत्व (Participatory Leadership)

डेटामा–आधारित निर्णय

निरन्तर मूल्याङ्कन र अनुगमनको प्रणाली

१०. अभिभावकको भूमिका

अभिभावक केवल फी तिर्ने वा परीक्षा हेर्ने पक्ष होइनन्। उनीहरू सहयात्री हुन्।

घरमा शिक्षाको सकारात्मक वातावारण सिर्जना गर्ने

विद्यालयको गतिविधिमा सकृय सहभागिता जनाउने

बालबालिकाको भावनात्मक विकासमा सहकार्य गर्ने

विद्यालयमा फिड्ब्याक / प्रतिक्रिया दिने प्रणालीमा भाग लिने

बालबालिकाको जिज्ञासा, रुचि र सीप विकासमा ध्यान दिने

११. स्कूल संरचना र शैक्षिक वातावरण

खुला, उत्साहपूर्ण र सुरक्षित भौतिक संरचना

Learning Corners, Maker Spaces, STEAM Labs

लचिलो समय तालिका र अन्तरविषयीय सिकाइ

संस्कार, अनुशासन र स्वतन्त्रताको सन्तुलन

१२. सामाजिक र सांस्कृतिक उत्तरदायित्व

स्थानीय भाषा, संस्कृति र समुदायसँग जोडिएको पाठ्यक्रम

सामाजिक परियोजनामा विद्यार्थीको संलग्नता

मूल्य–केन्द्रित शिक्षा

१३. भविष्य योजना (Way Forward)

नेपालभर १००+ विद्यालयमा स्कुल इन्जिनियरिङ लागू गर्ने

प्रशिक्षकको सञ्जाल विकास

STEAM शिक्षा नीति निर्माणमा सहकार्य

ग्रामीण र सरकारी विद्यालयहरूमा समेत विस्तार

१४. उपसंहार

स्कुल इन्जिनियरिङ केवल योजना होइन, यो एउटा सपना हो – विद्यालयलाई जिउँदो, शिशु–मैत्री, संस्कृति–अनुकूल र भविष्य–उन्मुख बनाउने। कल्पवृक्ष इन्टरनेसनल यो सपनालाई साकार पार्न तयार छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kalpavriksha International posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kalpavriksha International:

Shortcuts

Share

Category