17/11/2023
पुजीवादी समाजको नियम भनेकै कमाउने हो। कमाउनलाई केहि न केहि बेच्नै पर्छ र बेच्नलाई किन्ने मान्छे। बेच्ने र किन्ने भेटाउने ठाउँ हो बजार।।
जब आवश्यक हुन्छ किन्ने बजारमा जान्छ, जब आवस्यक माग पुरा गर्ने क्षमता राख्छ बेच्ने मान्छे बजारमा जान्छ।
तर के माग भएका सब चिज जायज वा सामाजिक नै हुन्छन त? के बेच्न मन लागेका कुरा नि सब जायज र सामाजिक नै हुन्छन त?
किन बजारमा राज्यको हस्तक्षेप हुन्छ? किन राज्यले केहि कुरा प्रतिबन्ध गर्न बाध्य हुन्छ?
#गाजा खेती गर्ने हो भने नेपाल एकदमै धनी हुन्छ यो लगभग हरेक शिक्षित नेपालीलाई थाहा छ। र पनि यो प्रतिबन्ध गरेको नै ठिक किन भने केहि जनसंख्यालाई यसले नकारात्मक असर गर्छ भन्ने त्यही बर्गको भनाइ हुन्छ।
#बैधानिक यौन ब्यबसाय र यौन पर्यटनले देशमा आर्थिक कायापलट गर्छ, यो पनि सबैलाई थाहा नै छ। तर पनि केहि नकारात्मक असरका लागी हामी यस्को प्रतिबन्धमा सकारात्मक नै छौँ ।
तर के यि दुबै बस्तुको माग नभएकै हो त?
गाजा र यौन ब्यापारको कालो बजार बारे डरलाग्दा तथ्यहरु छन। यति बिघ्न रुपमा यि ब्यबसायको माग र आपूर्ति भएको छ कि जस्को बारेमा धेरैलाई थाहा छ तर बोलिदिदैनौ। किन? जवाफ मात्र नियमन गर्न गाह्रो वा प्रायःअसम्भव छ त्यसैले यो प्रतिबन्धित छ।।
हो ठ्याक्कै जसरी गाजा र व्यावसायिक यौन ब्यबसायको माग पनि छ आपूर्ति गर्न सक्ने जनशक्ति पनि छ तर सम्भावित दुर्घटना/भवितव्यंको रोकथामका लागि बजारमा यसलाई जायज र सामाजिक मनिएन र कानुनी प्रतिबन्ध लगाइयो अहिलेका लागि टिकटक पनि त्यही हो।
माग छ, आपूर्ति गर्ने जनशक्ति छ तर सम्भावित दुर्घटना र भवितव्यं रोकथाम गर्न प्रतिबन्धित छ।
#किन अरु नि उस्तै छन नि भन्नुहोला।
#अन्य सामाजिक संजालहरुमा साथी बन्न जरुरी छ, या तपाईंले फलो गरेका मात्र कन्टेन्टहरु तपाइँको वालमा आउछन। तर टिकटकमा यो सम्यन्त्र छैन। जे जस्तो कन्टेन्ट पनि सबैको वालमा आउछ।उमेर पुगेकालाई त केहि भएन तर आमाको मोबाइल छोरीले चलाउदै गर्दा पारा वाला भाइको टिकटक भिडियो ५ बर्षकी छोरिले हेर्दा उस्को बोली बचन ब्यबहार अश्लीलता.... या तिर्सना बुढाथोकी या सुश्मा कार्कीको लाइभ... यस्ता हजारौं कुराहरु छ्न। ल ठिक छ एकपटक आफ्ना सन्तानको अगाडी, दिदीबहिनीको, दाजुभाइ वा बा आमाको अगाडी नडराइकन खुलेर टिकटक सबै भिडियो स्क्रोल गर्न सक्ने आट हामीमा छ त??? छैन भने जुन दिन त्यो आट राख्छौं त्यही दिन अनेक बिज्ञता देखाउला।
भुराजनिती भनौला, दुर्गा प्रसाईं सङ्ग डरायो भनम्ला, राजा आउन नदिन हो भनम्ला, वाक स्वतन्त्रता हनन नि भनम्ला, प्रजातन्त्र नि भनम्ला, ठुला ठुला शब्द जानेका जति तर्क या यावत सब भनम्ला तर जब आफै ढुक्क हुदैनौ यो जायज र सामाजिक(डर वा शंका छ कि केहि दुर्घटनाको) छैन भने अहिलेलाई प्रतिबन्धित नै सहि मान्दिउ।
हैन भने गाजा र ब्यबसायिक यौन वा यौन पर्यटनको पनि पक्षमा वकालत गरौं । नत्र दुइ कौडिको राजनीति नगरौं।
कसैको (राजनैतिक दलका नयाँ वा पुराना झोले बाहेक) बिचार कहिँ कतै बाट ठेस लागेमा संयोग मात्र हो।
क्षमा प्रार्थी छु।🙏
जय नेपाल 🇳🇵
(नोट : साच्चिकै जय नेपाल लेखेको हो नि फेरि जय नेपाल लेख्यो यो काङ्ग्रेस रच भन्ने एक थरी विद्वान नि छन त्यस्तालाई राम राम)
धन्यवाद 🤘