EPS process & information of Nepal

EPS process & information of Nepal EPS NEWS जानकारी को लागि हाम्रो पेजलाई लाइक गर्नुहोस ?

13/08/2026

🇰🇷🇳🇵 दक्षिण कोरियामा E-7 भिसाअन्तर्गत दक्ष नेपाली कामदार पठाउने प्रक्रिया सुरु

दक्षिण कोरियास्थित नेपाली राजदूतावास, सिओलले E-7 भिसाअन्तर्गत दक्ष कामदार पठाउने प्रक्रियाअनुसार डिमान्ड लेटर प्रमाणीकरण (Attestation) सुरु गरेको छ। राजदूतावासले जारी गरेको सूचनाअनुसार यो प्रक्रिया १२ अगस्ट २०२६ देखि लागू भएको हो।

दक्षिण कोरियाका इच्छुक रोजगारदाताले नेपाली दक्ष कामदारका लागि डिमान्ड लेटर प्रमाणीकरण गर्न राजदूतावासको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। रोजगारदाताले आफैं, आधिकारिक प्रतिनिधिमार्फत वा विधिवत् अनुमति प्राप्त नेपाली रिक्रुटिङ एजेन्सीमार्फत आवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

📌 आवश्यक प्रमुख कागजातहरू:

1. कोरियाली परराष्ट्र मन्त्रालयबाट Apostille गरिएको Demand Letter
2. Power of Attorney वा दुई पक्षबीचको सम्झौता — Apostille सहित
3. Embassy लाई सम्बोधन गरिएको Guarantee तथा Undertaking Letter
4. Job Contract
5. Job Description
6. Recruiting Agency सम्बन्धी Power of Attorney वा सम्झौता — Apostille सहित
7. भाषा तथा सीप परीक्षणसम्बन्धी प्रतिबद्धता पत्र
8. रोजगारदाता कम्पनीको Business Registration Certificate, CEO ID, Company Profile तथा Operation License
9. कोरियन Recruiting Agency को Business Registration Certificate, CEO ID तथा Company Profile
10. नेपाली Recruiting Agency को Department of Foreign Employment बाट जारी License Certificate
11. सम्बन्धित सरकारी निकायले E-7 भिसाअन्तर्गत विदेशी कामदार आवश्यक रहेको पुष्टि गरेको आधिकारिक कागजात

राजदूतावासले आवेदनका क्रममा सबै आवश्यक कागजात पूर्ण, सही र तोकिएको ढाँचामा पेश गर्न रोजगारदाताहरूलाई आग्रह गरेको छ।

यो व्यवस्थाले दक्षिण कोरियामा आवश्यक दक्ष जनशक्ति नेपाली कामदारमार्फत पूर्ति गर्ने र E-7 भिसामार्फत नेपाली दक्ष कामदारको रोजगारीको अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।

📍 नेपाली राजदूतावास, सिओल
📅 सूचना जारी मिति: १२ अगस्ट २०२६
#सूचनासहायक #सूचनार्थ

08/08/2026

दक्षिण कोरियाको जेजुमा बङ्गुर फार्मको मलमुत्र भण्डारण ट्यांकीमा निसास्सिएर १ नेपालीसहित २ कामदारको ज्या´न गयो 😥🇰🇷
दक्षिण कोरियाको जेजुमा रहेको एक बङ्गुर फार्ममा फोहोर जम्मा गर्ने ट्यांकीभित्र बेहोस अवस्थामा भेटिएका दुई विदेशी श्रमिकको ज्या`न गएको छ।
जेजुस्थित उद्धार टोलीले अगस्ट ८ बिहान करिब ७:५६ बजे हान्ग्यङ म्योन क्षेत्रमा रहेको बङ्गुर फार्मको फोहोर ट्यांकीमा मानिस खसेको सूचना पाएपछि उद्धार टोली घट`नास्थलमा पठाएको थियो। उद्धारकर्मीहरूले विशेष सुरक्षा उपकरण प्रयोग गरी दुवै श्रमिकलाई ट्यांकीबाट बाहिर निकाले।

दुवै जना ३० वर्ष आसपासका विदेशी श्रमिक रहेको र उनीहरूलाई तत्काल अस्पताल लगिएको थियो। तर उपचारका क्रममा दुवैको ज्या`न गएको बताइएको छ। प्रारम्भिक जानकारीअनुसार मृ`तकहरूमध्ये एक जना भियतनामी र अर्का नेपाली नागरिक थिए। दुवै जना सोही फार्ममा काम गर्दै आएका थिए।

प्रहरी र सम्बन्धित निकायले ट्यांकीभित्र जम्मा भएको वि´षाक्त ग्यासका कारण उनीहरू बेहोस भएर निसास्सिएको हुन सक्ने आशंका गरेका छन्। तर वास्तविक कारण भने विस्तृत अनुसन्धान र परीक्षणपछि मात्र पुष्टि हुने बताइएको छ।

पशुपालन फार्ममा प्रयोग हुने फोहोर तथा मलमूत्र भण्डारण ट्यांकीमा विभिन्न प्रकारका वि´षाक्त ग्यास जम्मा हुन सक्ने भएकाले यस्तो स्थान अत्यन्त जोखिमपूर्ण मानिन्छ। पर्याप्त भेन्टिलेसन, सुरक्षा उपकरण र ग्यासको जाँचबिना त्यस्ता ट्यांकीभित्र प्रवेश गर्नु ज्यानै जोखिममा पार्ने काम हुन सक्छ।

घट´नापछि प्रहरीले फार्ममा श्रमिकलाई दिइएको सुरक्षा निर्देशन, काम गर्ने वातावरण, सुरक्षा उपकरणको प्रयोग तथा उनीहरू ट्यांकीभित्र कसरी पुगे भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ। जेजुमा कृषि तथा पशुपालन क्षेत्रमा विदेशी श्रमिकको संख्या बढिरहेको अवस्थामा यो घ´टनाले कार्यस्थल सुरक्षा र आपत्कालीन सुरक्षा प्रक्रियाको महत्वलाई फेरि उजागर गरेको छ।

30/07/2026

कमिटेड आउने बेला यस्तो डरलाग्दो तथ्य फेला पर्यो । एक जना E-9भिषामा भएको ब्यक्तिले 60 ओटा कम्पनीमा काम गरेर Tax नतिरेपछि चिट्ठी घरमा आयो । के कारणले यस्तो भयो होला ? यस्तो हुनबाट बच्नुहोला । सचेत यसमानेमा हुनुहोस कि आफ्नो ब्यक्तिगत विवरण सामाजिक संजालमा हाल्ने वा सामान्य चिजको लोभमा कुनै अपरिचित मान्छेलाई बिश्वास नगरिहाल्नुहोस । भविष्य नै जोखिममा पर्न सक्छ है ।

30/07/2026

दक्षिण कोरियाले गर्यो F-2-R र E-7-4R भिसा नियममा ठूलो परिवर्तन, अगस्ट ३ देखि नयाँ व्यवस्था लागू हुने 😍🇰🇷

दक्षिण कोरिया सरकारले क्षेत्रीय विशेष भिसा सम्बन्धी नियम संशोधन गर्दै F-2-R (क्षेत्रीय विशेष उत्कृष्ट प्रतिभा) र E-7-4R (क्षेत्रीय विशेष दक्ष कामदार) भिसाका केही प्रमुख मापदण्डहरू सहज बनाएको छ। नयाँ व्यवस्था २०२६ अगस्ट ३ देखि लागू हुनेछ।

सबैभन्दा ठूलो परिवर्तन F-2-R भिसाका लागि आवश्यक कोरियाली भाषा योग्यता (한국어 능력) मा गरिएको छ। अब आवेदकले सामाजिक एकीकरण कार्यक्रम (KIIP) को चौथो चरण पूरा गर्नुपर्ने पुरानो व्यवस्था हटाएर तेस्रो चरण पूरा गरे पुग्ने भएको छ। अर्थात् अब KIIP Level 3, प्रि टेस्ट Level 4 वा TOPIK Level 3 भए पनि F-2-R भिसाका लागि आवेदन दिन सकिनेछ।

यसअघि भने KIIP Level 4, प्रि टेस्ट Level 5 वा TOPIK Level 4 अनिवार्य थियो।

सरकारले E-7-4R दक्ष कामदार भिसासम्बन्धी केही सुधारहरू पनि समावेश गरेको छ। कृषि तथा मत्स्य क्षेत्रमा विदेशी कामदार राख्न पाउने सीमा बढाइएको छ। साथै, कामदारको गल्ती नभई कम्पनी परिवर्तन गर्नुपरेको अवस्थामा अघिल्लो कम्पनीमा काम गरेको अवधि पनि मान्यता दिने विशेष व्यवस्था गरिएको छ।

त्यसैगरी, जरिवाना सम्बन्धी मापदण्ड पनि सहज बनाइएको छ। पहिले १० लाख वोनसम्मको जरिवाना सीमाले असर गर्ने व्यवस्था रहेकामा अब ३० लाख वोनसम्मको जरिवानालाई स्वीकार गर्ने गरी नियम संशोधन गरिएको छ। एउटै रोजगारदाताको विभिन्न कार्यस्थलबीच कामदार स्थानान्तरण गर्ने प्रक्रियालाई पनि स्पष्ट रूपमा समेटिएको छ।

दक्षिण कोरियाको न्याय मन्त्रालयले यो संशोधित निर्देशिका जुलाई २९ मा स्वीकृत गरेको हो भने आगामी अगस्ट ३ देखि देशभर लागू हुनेछ।

यो संशोधन विशेषगरी दक्षिण कोरियाका क्षेत्रीय क्षेत्रमा बसोबास गर्दै F-2-R वा E-7-4R भिसा लिन चाहने विदेशी कामदारका लागि महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

काम छोडेर बस्ने सेल्टरहरु । यो बाहेक हजुरको जानकारीमा कुनै सेल्टरहरु छन भने कृपया नाम फोन नम्बर र ठाउँको नाम लेखिदिनु हो...
23/07/2026

काम छोडेर बस्ने सेल्टरहरु ।
यो बाहेक हजुरको जानकारीमा कुनै सेल्टरहरु छन भने कृपया नाम फोन नम्बर र ठाउँको नाम लेखिदिनु होला ।

23/07/2026

स्वास्थ्य बीमा बोर्डबाट २०८२ पुससम्मको दाबी भुक्तानी सम्पन्न

काठमाडौं/ स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको २०८२ पुस महिनासम्म स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न गरेको जनाएको छ।

बोर्डका अनुसार २०८२ असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै गरिसकिएको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनासम्म स्वीकृत दाबी रकमसमेत सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको बोर्डले जनाएको छ।

यससँगै आर्थिक वर्ष २०८१/८२ अन्तर्गत २०८२ पुससम्मको स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न भएको हो। बोर्डले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आगामी दाबीहरूको भुक्तानी पनि नियमित रूपमा अघि बढाइने जनाएको छ।

सन् २०२६ को प्रथम चरणको कोरियन भाषा परीक्षाको आवेदन फाराम दर्ता गर्ने सम्बन्धि सूचना ।सि. नं क्षेत्र (Industry) अनुमानित...
21/07/2026

सन् २०२६ को प्रथम चरणको कोरियन भाषा परीक्षाको आवेदन फाराम दर्ता गर्ने सम्बन्धि सूचना ।
सि. नं क्षेत्र (Industry) अनुमानित उत्तीर्ण संख्या
१ उत्पादनमूलक क्षेत्र (Manufacturing) ५००० जना
२ कृषि तथा पशुपालन क्षेत्र (Agriculture and Livestock) २००० जना
३ सेवा क्षेत्र (Service I) १०० जना
४ वन क्षेत्र (Forestry) १०० जना
जम्मा (Total) ७२०० जना
नियमहरू:
एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउने छ। प्रथम चरण उत्तीर्ण गरेपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न पाइने छैन।
प्रथम चरणको भाषा परीक्षा उत्तीर्ण परीक्षार्थीहरूले दोस्रो चरणको Skill Test (सीप परीक्षण) र Job Capacity Assessment (कार्यक्षमता मूल्याङ्कन) मा समेत सहभागी भई उत्तीर्ण भए पछि मात्र अन्तिम छनोटमा पर्न सक्नेछन्।
उत्पादनमूलक क्षेत्र, कृषि तथा पशुपालन क्षेत्र, सेवा क्षेत्र र वन क्षेत्र तर्फ परीक्षाको आवेदन फाराम भर्दा यसै सूचनाको बुँदा नं. ९ मा उल्लेख गरिएका सम्बन्धित क्षेत्रको कुनै एक उप-क्षेत्र अनिवार्य छनोट गर्नुपर्नेछ।
३. आवेदकको योग्यता:

क) नेपाली नागरिक;

ख) उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, अर्थात् सम्बन्धित उम्मेदवार सन १९८६ जुलाई २८ देखि सन २००८ जुलाई २७ बीच जन्मिएको हुनुपर्ने;

ग) फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको;

घ) गणतन्त्र कोरियामा गई गैर कानुनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नफर्काइएको;

ङ) नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको;

च) कोरियामा E-9 वा E-10 भिसामा ५ वर्ष वा सो भन्दा बढी नबसेको।

15/07/2026

कोरियामा २०२७ का लागि न्यूनतम तलबमा ३.७% वृद्धि, प्रतिघण्टा १०,७०० won निर्धारण गरेको छ।

दक्षिण कोरियाको न्यूनतम ज्याला आयोगले सन् २०२७ का लागि प्रतिघण्टा न्यूनतम तलब १०,७०० वोन निर्धारण गरेको छ । यो दर हालको १०,३२० won भन्दा ३.७ प्रतिशत (३८० won) ले
बढी हो । नयाँ न्यूनतम तलब २०२७ जनवरी
१ देखि लागू हुनेछ ।

यसअनुसार हप्तामा ५ दिन र दैनिक ८ घण्टा (महिनाको २०९ घण्टा) काम गर्ने श्रमिकले मासिक न्यूनतम २२,३६,३०० वोन प्राप्त गर्नेछन् । यो २०२६ को तुलनामा ७९,४२० वोन बढी हो ।
नयाँ तलब सन् २०२७ को जनवरीदेखि देशभर लागू हुनेछ ।

🏆 अनुमान गर्नुहोस् र जित्नुहोस्! 👏👏👏😃 रु. 500जित्ने मौका! सही स्कोर अनुमान गर्नुहोस् र जित्नुहोस् रु. 500/-नियमहरू👇१) सह...
15/07/2026

🏆 अनुमान गर्नुहोस् र जित्नुहोस्! 👏👏👏
😃 रु. 500जित्ने मौका!
सही स्कोर अनुमान गर्नुहोस् र जित्नुहोस् रु. 500/-
नियमहरू👇
१) सही स्कोर स्पष्ट बुझिने गरी कमेन्ट गर्नुपर्नेछ।
२) खेल सुरु भएपछि गरिएको कमेन्ट स्वतः रद्द हुनेछ।
३) एकजनाले एउटा मात्र जवाफ दिन पाउनेछन्, अन्यथा मान्य हुने छैन।
४) न्युज केन्द्रबिन्दु पेजलाई लाइक र फलो गरेको हुनुपर्नेछ।
५) यो पोस्ट अनिवार्य रूपमा लाइक गरेको हुनुपर्नेछ।
६) कमेन्टमा तीनजना साथीलाई मेन्सन गर्नुपर्नेछ।

७ 🔥नोट: अनुमान ९० मिनेट (इन्जुरी टाइम सहित) को नतिजाका आधारमा मात्र मान्य हुनेछ। एक्स्ट्रा टाइमपछि गरिएको अनुमान वा एक्स्ट्रा टाइम/पेनाल्टीको नतिजालाई मान्यता दिइने छैन।

📢 विजेताको घोषणा न्युज केन्द्रबिन्दुको फेसबुक लाइभमार्फत गरिनेछ।
🇦🇷 vs 🇬🇧

14/07/2026

कोरियामा २०२७ का लागि न्यूनतम तलबमा ३.७% वृद्धि, प्रतिघण्टा १०,७०० वोन
दक्षिण कोरियाको न्यूनतम ज्याला आयोगले सन् २०२७ का लागि प्रतिघण्टा न्यूनतम तलब १०,७०० वोन निर्धारण गरेको छ । यो दर हालको १०,३२० वोन भन्दा ३.७ प्रतिशत (३८० वोन) ले बढी हो । नयाँ न्यूनतम तलब २०२७ जनवरी १ देखि लागू हुनेछ ।

श्रमिक, रोजगारदाता र सार्वजनिक हितका प्रतिनिधिहरू सम्मिलित आयोगले लामो छलफलपछि अन्तिम निर्णय गरेको हो । वार्ताका क्रममा श्रमिक पक्षले प्रतिघण्टा १२,००० वोन माग गरेको थियो भने रोजगारदाता पक्षले हालकै १०,३२० वोन कायम राख्न प्रस्ताव गरेको थियो । अन्तिम चरणमा श्रमिक पक्ष १०,७३० वोन र रोजगारदाता पक्ष १०,७०० वोन मा पुगेपछि सहमति हुन नसकेकाले मतदानमार्फत १०,७०० वोन प्रस्ताव पारित गरिएको हो ।

यस दरअनुसार हप्तामा ५ दिन र दैनिक ८ घण्टा (महिनाको २०९ घण्टा) काम गर्ने श्रमिकले मासिक न्यूनतम २२,३६,३०० वोन प्राप्त गर्नेछन् । यो २०२६ को तुलनामा ७९,४२० वोन बढी हो ।

न्यूनतम ज्याला आयोगले जुलाई महिनाभित्र निर्णय गर्ने कानुनी व्यवस्था रहेको छ भने श्रम मन्त्रालयले यसलाई अगस्ट ५ भित्र औपचारिक रूपमा घोषणा गर्नेछ । त्यसपछि नयाँ तलबदर सन् २०२७ को जनवरीदेखि देशभर लागू हुनेछ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when EPS process & information of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share