शिक्षा सरोकार

शिक्षा सरोकार लोकसेवा र शिक्षक सेवा आयोगको परिक्षामुखी पेज!!! Like Us and Inform Your Friends to Like Us!!

This Page has been launched to Facilitate the intrested Pepole who are eager to gain new knowledge, new information and New Things...!!

19/08/2018

रा.शि.प.यो. २०२८–३२ मा नि.मा. शिक्षा भित्र कुनकुन कक्षा समावेश छन ?

(क) कक्षा ५–८ (ख) कक्षा ६–७
(ग) कक्षा ४–७ (घ) कक्षा ४–८

19/08/2018

तलकामध्ये कुनचाही निम्नमाध्यमिक शिक्षाको उद्देश्य हो ?

(क) प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासको सम्भावनालार्य प्रस्फुटित गर्न सहयोग गर्ने
(ख) आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो पहिचान कायम राख्दै व्यक्तिलाई आधुनिक युगमा सामन्जस्यजीवनयापन गर्ने सहयोग गर्नु
(ग) राष्ट्र र प्रजातन्त्रप्रति आस्थावान, सामाजिक र प्राकृतिक वातावरणप्रति सचेत, भाषिक व्यवहारमा सक्षम, श्रमप्रति सकारात्मकप्रवृत्ति भएका स्वस्थ, स्वावलम्बी एवं चरित्रवान नागरिक तयार गर्नु
(घ) सामाजिक मूल्य र मान्यताप्रति आस्था जगाइ सहयोगात्मक तथा जिम्मेवारीपूर्ण आचरणको विकास गर्नु ।

19/08/2018

दरबार स्कूल कहाँ स्थापना गरिएको थियो ?

(क) रानीपोखरी काठमाडौं (ख) त्रिपुरेश्वर काठमाडौं
(ग) जोरपाटी काठमाडौं (घ) थापाथली काठमाडौं

14/07/2018
नेपाली 😊
14/07/2018

नेपाली 😊

04/07/2018

सुशासन शब्दको प्रयोग सर्वप्रथम कहिले बाट भएको हो?

24/06/2018

५ बस्तुगत प्रश्नोत्तर
°°°°°°°°°°°°°°°°°°°°°
१. प्राचिनकालिन शिक्षाका कति प्रकार थिए र ती के के हुन ?
# (२प्रकार - संस्कृत र बौद्ध)
२. नेपालमा पहिलो संस्कृत पाठ्शालाको स्थापना कहिले र कहाँ भएको हो ?
# बि स १८८२ जनकपुरको मटिहानी
३. नेपालको पहिलो स्कुल दरबार हाईस्कुलको स्थापना कहिले र कहाँ कसले
गरेका हुन ?
# बि स १९१० असोज २७ मा जङ्ग बहादुरले थापाथलीमा
४. दरबार स्कुलका पहिला प्र अ र सुपरिवेक्षक को को थिए ?
# मि. क्यानिङ र मि. रस
५. दरबार स्कुलको सम्बन्धन को सङ्ग कहिले जोडियो ?
# कलकत्ता बिश्वबिद्धालय (बि स १९३६) र पटना बिश्वबिद्धालय (बि स
१९७५)

20/06/2018

कुन कुन बिषयको परीक्षा दिदै हुनुहुन्छ ?? र यो पेजबाट कस्ता सामग्रीको अपेक्षा राख्नु भएको हो?? कृपया कमेन्टमा लेख्नुहोला😊

31/05/2018

शिक्षक आयोगको तयारी, प्रावि सहित झण्डै साढे १२ हजार पदको खुल्ला विज्ञापन हुँदै

भक्तपुर - शिक्षक सेवा आयोगले खुल्ला विज्ञापन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । शिक्षा विभागबाट रिक्त दरबन्दीको विवरण प्राप्त भए सँगै विज्ञापन गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

विभागले २०७२ असोज ३ पछि २०७४ फागुन मसान्त सम्मको रिक्त दरबन्दी बिवरण उपलब्ध गराएसँगै आयोगले तयारी शुरु गरेको श्रोतले जनाएको छ । जस अनुसार प्राथमिक तहमा १० हजार र निमावि तथा माविमा गरी साढे २ हजार पदका लागि विज्ञापन गर्ने आयोगको तयारी छ ।

शिक्षा ऐनको आठौं संशोधनले गरेको विद्यालय शिक्षाको संरचना भन्दा अघिकै संरचनाका आधारमा विज्ञापनको तयारी भएको उक्त श्रोतले जनाएको छ ।

ऐनले आधारभूत र माध्यमिक तह गरी विद्यालय शिक्षाको संरचना तय गरे पनि संविधानको धारा ३०४ को ब्यवस्था अनुसार विज्ञापन गर्न लागिएको हो । उक्त धारामा संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका नेपाल कानून खारेज वा संशोधन नभए सम्म लागू रहने तर यो संविधानसँग बाझिएको कानून संघीय संसदको पहिलो अधिबेशन बसेको मितिले एब बर्ष पछि बाझिएको हद सम्म स्वतः अमान्य हुने ब्यवस्थाका आधारमा विज्ञापन गर्ने तयारी भएको श्रोतले जनायो ।

सोही आधारमा प्राथमिक तहको समेत विज्ञापन गर्न लागिएको हो । यस अघि भएको २ वटा खुला विज्ञापनमा प्राथमिक तहको विज्ञापन गरिएको थिएन ।

'आयोगले कसरी विज्ञापन गर्छ त्यो उसकै क्षेत्राधिकारको कुरा भयो' विभागका निर्देशक केशव प्रसाद दाहालले भने, 'हाम्रा विद्यालयहरुमा प्राथमिक तहका रुपमै शिक्षकहरु कार्यरत छन्, त्यसैले प्राविको पनि विज्ञापन गर्नु पर्ने भएको हो ।'

खुल्ला विज्ञापन गरे लगत्तै रोकिएको अस्थायी शिक्षकको विज्ञापन खोल्ने आयोग श्रोतले जनाएको छ ।

आफूहरु आन्तरिक काममा रहेको आयोगका अध्यक्ष ताना गौतमले बताए ।

'विभागबाट माग भई आएको खाली दरबन्दीमा शिक्षक छनौट गर्ने हाम्रो त कामै हो, यो जारी प्रकृया हो, हामी काममै छौं' उनले भने 'आन्तरिक काम नसकिईकन विज्ञापन कहिले खुल्छ भन्न सकिँदैन ।'

Address

Kathmandu
021

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा सरोकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category