20/02/2026
#मतदान_अधिकृत_र_सहायक_मतदान_अधिकृतको_लागि_
१.आवश्यक जानकारी
२.सर्वदलीय बैठकको निर्णय
३. मतदान अधिकृतले सुरु देखि अन्तिम सम्म गर्नु पर्ने कार्यविवरणको सारांश
४.मतदान केन्द्रको ढाँचा
५.मत संकेत गर्ने सही तरीका
६.मतदाताले मतदान कुन -कुन कागजातले दिन पाउँछ ।
४.मतपत्रमा सही छाप गर्ने तरिका ।
५.मतदान अधिकृतले ध्यान दिनुपर्ने कुराहरू :
मतदानका लागि मतदान केन्द्रमा खटिने मतदान अधिकृतले ध्यान दिनुपर्ने कुराहरू :-
[१] मतदान केन्द्र जानु अघि निर्वाचन कार्यालयबाट चेकलिस्ट बमोजिमको मतदान सामग्री र मतपत्र यकिन गरेर मात्र बुझ्ने ।
[२] मतदान केन्द्रमा प्रस्थान गर्नु अघि आफू खटिएको मतदान केन्द्रमा खटिने अन्य कर्मचारी र सुरक्षाकर्मीको मोबाईल नम्बर सुरक्षित राख्ने र समन्वय गर्ने ।
[३] आफूसँग खटिएका कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकलाई मतदान केन्द्रमा पुग्नेवित्तिकै संक्षिप्त प्रशिक्षण दिने र जिम्मेवारी बाँडफाँड गर्ने ।
[४] मतदान केन्द्रमा पुगेपछि जतिसक्यो चाँडो सर्वदलीय बैठक बोलाएर छलफल गर्ने ।
[५] मतदान केन्द्रमा सहयोग गर्न बढीमा ३ दिनको लागि कम्तीमा १ जना महिलासहित ३ जना स्वयंसेवक नियुक्त गर्ने । स्वयंसेवक नियुक्ति गर्दा १ जना मतदाता शिक्षा स्वयंसेवकबाट गर्ने ।
[६] राती बास बस्दा मतदान केन्द्र मै बास बस्ने । केन्द्रमा बास बस्न नमिलेमा मात्र उम्मेदवार, निजको नातेदार र निर्वाचन प्रतिनिधि बाहेकको घर वा होटलमा बास बस्ने ।
[७] मतदाता परिचयपत्र वितरण गर्नु पर्ने भएमा मतदान भन्दा अगावै वितरण गरिसक्ने ।
[८] तोकिएको ढाँचामा ढाँचामा मतदान केन्द्र निर्माण गर्ने [सकभर स्थानीय स्तरमा उपलब्ध हुने डोरी, बाँस, घोचा, पाल प्रयोग गरेर ]
[९] मतदान प्रतिनिधिको नियुक्ति गर्ने ।
[१०] मतदान केन्द्रको चारैतिरको ३०० मिटर सम्मको क्षेत्रलाई चारकिल्ला तोकी घोषित गर्ने ।
[११] मतदान हुने दिनको ४८ घण्टा अगावै प्रचार प्रसार गर्न वा शान्ति भंग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने ।
[१२] मौन अवधि भित्र मादक पदार्थ विक्रि वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्ने ।
[१३] सुरक्षाकर्मी बाहेक अन्यलाई हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न नदिने सूचना प्रकाशन गर्ने ।
[१४] मतदान कार्यका लागि मतदानको अघिल्लो दिन कर्मचारीहरू जिम्मेवारीको पुन: जानकारी गराउने । थप जिम्मेवारी दिनु पर्ने भएमा दिएर प्रशिक्षण समेत गर्ने ।
[१५] मतदान सुरू भएपछि समय समयमा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए/नभएको, स्ट्याम्पमा मसी भए/नभएको एकिन गरिरहने ।
[१६] मतदान कार्य नसकिएसम्म मतदान सामग्री बाहिर लैजान वा अनधिकृत व्यक्तिलाई छुन नदिने ।
[१७] तोकिएको समयभित्र इमान्दारसाथ मतदान कार्य सम्पन्न गरी मतपेटिका आवश्यक मुचुल्काहरू तयार गर्ने, गराउने ।
[१८] मतदान कार्य सकिएपछि मतपेटिका र अन्य सामग्री सुरक्षित साथ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने ।
[१९] मतदानमा खटिने बित्तिकै सम्भव भएसम्म निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षा निकायका पदाधिकारी, उम्मेदवारका प्रतिनिधिहरूको सम्पर्क मोबाईल नम्बर सुरक्षित गर्ने ।
[२०] एकै मतदानस्थलमा एकभन्दा बढी मतदान केन्द्र भएमा अन्य केन्द्रका अधिकृतसँग समन्वय गरेर काम गर्ने ।
नोट : यो पोष्टमा लेखिएका कुराहरू अनुभवको आधारमा मतदान अधिकृतको सजिलोका लागि लेखिएका हुन् । मतदान सम्बन्धी सम्पुर्ण कार्य मतदान अधिकृतको रूपमा तपाईंलाई नियुक्त गर्ने कार्यालयबाट निर्देशन भए अनुसार के गर्ने, के नगर्ने भन्ने निर्णय गरेर गर्नु पर्दछ ।
#जानकारी