17/01/2026
(धारा ५७ को उपधारा (२), धारा १६२ को उपधारा (४), धारा १९७, धारा २३१ को उपधारा (३), धारा २३२ को उपधारा (७), धारा २७४ को उपधारा (४) र धारा २९६ को उपधारा (४) सँग सम्बन्धित) प्रदेशको अधिकारको सूची
क्र.सं. विषयहरू
१ प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा
२ नेपाल राष्ट्र बैंकको नीति अनुरुप वित्तीय संस्थाहरूको सञ्चालन, सहकारी संस्था, केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग
३ रेडियो, एफ.एम, टेलिभिजन सञ्चालन
४ घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना
५ प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा
६ प्रदेश तथ्यांक
७ प्रदेश स्तरको विद्युत, सिचाइ र खानेपानी सेवा, परिवहन
८ प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय
९ स्वास्थ्य सेवा
१० प्रदेश सभा, प्रदेश मन्त्रिपरिषद सम्बन्धी
११ प्रदेशभित्रको व्यापार
१२ प्रदेश लोकमार्ग
१३ प्रदेश अनुसन्धान ब्युरो
१४ प्रदेश सरकारी कार्यालयहरूको भौतिक व्यवस्थापन र अन्य आवश्यक विषय
१५ प्रदेश लोक सेवा आयोग
१६ भूमि व्यवस्थापन, जग्गाको अभिलेख
१७ खानी अन्वेषण र व्यवस्थापन
१८ भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग
१९ प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन
२० कृषि तथा पशु विकास, कलकारखाना, औद्योगिकीकरण, व्यापार व्यवसाय, यातायात,
२१ गुठी व्यवस्थापन