Actorsstudio Nepal

Actorsstudio Nepal We simply believes that theatre can stimulate human sensitivity and enrich the imagination and provo

10/08/2026

मानसिक स्वास्थ्य, सामाजिक दबाब, युवाका सपना र संघर्षको कथा बोकेको नाटक ‘द कोर्ट’ भोलि फिसटेल एकेडेमी सेकेन्डरी स्कुल, बिरौटामा मञ्चन हुँदैछ।
समय : बिहान ९:०० बजे
स्थान : फिसटेल एकेडेमी सेकेन्डरी स्कुल, बिरौटा।

विद्यालयका विद्यार्थीहरूमाझ बास्केटबल कोर्टमै मञ्चन हुँदै आएको ‘द कोर्ट’ केवल एउटा नाटक होइन—यो आजका युवाको मनभित्र चलिरहेको अदृश्य खेल, दबाब र संघर्षसँगको संवाद हो।
#दकोर्ट #एक्टर्सस्टुडियो #बत्स्यायनफाउन्डेसन #हंसध्वनिथिएटर #रंगमञ्च #हंसध्वनिथिएटरसंरक्षण

आज ग्लोबल कलेजिएट स्कुलमा 'द कोर्ट' प्रस्तुत गर्ने अवसर मिल्यो।नाटक सकिएपछि हामीले पाएका विद्यार्थीहरूको प्रतिक्रिया।, उ...
05/08/2026

आज ग्लोबल कलेजिएट स्कुलमा 'द कोर्ट' प्रस्तुत गर्ने अवसर मिल्यो।

नाटक सकिएपछि हामीले पाएका विद्यार्थीहरूको प्रतिक्रिया।, उनीहरूको आँखामा देखिएको प्रश्न, अनि त्यसपछि गुञ्जिएको लामो तालीले हाम्रो यात्राको उद्देश्यलाई अझ दृढ बनाइदियो। मानसिक स्वास्थ्यको विषयमा खुलेर सोच्न, प्रश्न गर्न र एकअर्काप्रति समानुभूति राख्न प्रेरित गर्ने हाम्रो सानो प्रयासलाई यहाँका विद्यार्थी र शिक्षकहरूबाट प्राप्त भएको अपार माया, सम्मान र उत्साहजनक साथ हृदयस्पर्शी रह्यो।

यस आत्मीय स्वागत, न्यानो आतिथ्य र अविस्मरणीय साथका लागि ग्लोबल कलेजिएट स्कुल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

यस्तै संवादहरूबाट अझ संवेदनशील, सचेत र सुन्दर सामाजिक रूपमा प्रतिबद्ध र अर्थपूर्ण नाटक निर्माणमा हाम्रो यात्रा निरन्तर रहनेछ।

04/08/2026

हामी किन हामी विद्यालय पुगिरहेका छौँ?

किनकि हामी विश्वास गर्छौँ—भविष्य केवल कक्षाकोठामा पढाइने पाठले मात्र बन्दैन, मानिसले सुन्ने कथा, सोध्ने प्रश्न र महसुस गर्ने संवेदनाले पनि बन्छ।

हामी विद्यालयमा नाटक देखाउन मात्र गएका होइनौँ। हामी एउटा सानो बीउ रोप्न गएका हौँ—यस्तो बीउ, जसबाट भोलि एउटा जिज्ञासु विद्यार्थी, एउटा संवेदनशील नागरिक, एउटा नाटककार, एउटा कलाकार वा जीवनलाई गहिराइबाट बुझ्न खोज्ने मानिस जन्मिन सक्छ।

हामी चाहन्छौँ, हाम्रा बालबालिकाले उत्तर कण्ठ गर्ने मात्र होइन, प्रश्न गर्न पनि सिकून्। अर्को मानिसको ठाउँमा उभिएर उसको दुःख, डर, आशा र सपनालाई महसुस गर्न सिकून्। किनकि त्यहीँबाट समानुभूति जन्मिन्छ, र समानुभूतिबाट नै एउटा सुन्दर समाजको आधार तयार हुन्छ।

हाम्रो लोककला, हाम्रो रंगमञ्च, हाम्रो संस्कृति—यी केवल विगतका सम्झना होइनन्; यिनै हाम्रो भविष्यका जरा हुन्। यदि हामीले आज तिनको विमर्श गरेनौँ, जोगाएनौँ, नयाँ पुस्तासँग बाँडेनौँ भने, भोलि हामीसँग सम्झनाका कथा त रहनेछन्, तर तिनलाई बाँच्ने मानिसहरू कम हुँदै जानेछन्।

"मनको कोर्ट" केवल एउटा नाटक होइन।

यो एउटा संवाद हो।

एउटा प्रश्न हो।

एउटा यात्रा हो।

र, सायद एउटा सानो आन्दोलन पनि—मानिसको मनसम्म पुग्ने, सुन्ने, बुझ्ने र समानुभूति जगाउने आन्दोलन।

यस यात्रामा साथ दिनुहोस्।

किनकि भविष्य आफैँ बन्दैन; हामी सबैले मिलेर बनाउने हो।
#मनकोकोर्ट #समानुभूति #प्रश्नगर्नसिकौँ #युवारंगमञ्च #रंगमञ्च #लोककला #संस्कृतिसंरक्षण

आज प्रगति बोर्डिङ स्कुलको बास्केटबल कोर्टमा "मनको कोर्ट" ले फेरि धेरै मनहरूसँग भेट गरेको क्षण . #मनकोकोर्ट              ...
03/08/2026

आज प्रगति बोर्डिङ स्कुलको बास्केटबल कोर्टमा "मनको कोर्ट" ले फेरि धेरै मनहरूसँग भेट गरेको क्षण .

#मनकोकोर्ट

भोलि बिहान यहीँ भेटौँ है। बिहान ८:०० बजे, पृथ्वीनारायण क्याम्पसको BBA भवनमा 'द कोर्ट (The Court)' मार्फत मनको कुरा सँगै ...
30/07/2026

भोलि बिहान यहीँ भेटौँ है। बिहान ८:०० बजे, पृथ्वीनारायण क्याम्पसको BBA भवनमा 'द कोर्ट (The Court)' मार्फत मनको कुरा सँगै सुन्न र बुझ्न प्रतीक्षामा रहनेछौँ।

सबैभन्दा कठिन खेल कुनै स्टेडियममा खेलिँदैन। त्यो खेल हाम्रो आफ्नै मनभित्र चलिरहेको हुन्छ। हरेक दिन हामी कसैसँग होइन, आफ्...
23/07/2026

सबैभन्दा कठिन खेल कुनै स्टेडियममा खेलिँदैन। त्यो खेल हाम्रो आफ्नै मनभित्र चलिरहेको हुन्छ। हरेक दिन हामी कसैसँग होइन, आफ्नै डर, दबाब, असफलता, अपेक्षा र मौनतासँग प्रतिस्पर्धा गरिरहेका हुन्छौँ। कहिलेकाहीँ स्कोरबोर्डमा हार नदेखिन सक्छ, मन भने थाकिसकेको हुन्छ।
"THE COURT" केवल बास्केटबल कोर्टको कथा होइन। यो हामी सबैको मनभित्र रहेको अदृश्य कोर्टको कथा हो—जहाँ जीवन, सपना, सम्बन्ध र मानसिक स्वास्थ्य दाउमा लागिरहेका छन्। यदि तपाईंले आफैँसँग संघर्ष गर्नुभएको छ भने, यो नाटक तपाईंको पनि कथा हो।
२० जुलाईदेखि २० अगस्ट २०२६ सम्म
पोखराका विभिन्न विद्यालय तथा कलेजहरूमा।
Step into the Game. Face Your Mind. Find Your Court.
Written & Directed by: Anup Baral
Presented by: Actors Studio

सन्नाटाको बेन्चमा बसेर, आफैंलाई खोज्दैछ ऊ,प्रतिस्पर्धाको भीडमा, आफ्नै मन रोज्दैछ ऊ।खेल त सकिएला कुनै दिन, स्कोरबोर्ड मेट...
19/07/2026

सन्नाटाको बेन्चमा बसेर, आफैंलाई खोज्दैछ ऊ,
प्रतिस्पर्धाको भीडमा, आफ्नै मन रोज्दैछ ऊ।
खेल त सकिएला कुनै दिन, स्कोरबोर्ड मेटिएला,
तर मनको यो युद्ध जिते मात्रै, वास्तविक खुसी भेटिएला।

03/07/2026

यस वात्स्यायन फाउन्डेसनका संस्थापक सदस्य
श्री तीर्थ श्रेष्ठ ज्यू पशुपति क्षेत्र विकास कोषको
सदस्य सचिव जस्तो गरिमामय पदमा
नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौँ ।
- वात्स्यायन फाउन्डेसन

28/06/2026

अभिनय, अष्टावक्र र साक्षीभाव : पूर्वीय अभिनय-दर्शनतर्फको एउटा सम्भावित यात्रा

आज अभिनयका अधिकांश सिद्धान्त, अभ्यास र प्रशिक्षण पद्धतिहरू पश्चिमी रंगमञ्चबाट प्रभावित छन्। स्टानिस्लाभस्की, मेथड एक्टिङ, माइस्नर,माइकल चेखोभ वा अन्य आधुनिक अभिनय पद्धतिहरूले अभिनयकलामा ठूलो योगदान दिएका छन्, यसमा कुनै विवाद छैन। तर एउटा रोचक यथार्थ के हो भने यीमध्ये धेरै चिन्तकहरूले पूर्वीय दर्शन, ध्यान, योग र आध्यात्मिक परम्पराबाट पनि प्रेरणा लिएका छन्। विडम्बना, हामी भने आफ्नै माटोमा विकसित भएको अभिनय-दर्शन, सौन्दर्यशास्त्र र आध्यात्मिक चिन्तनलाई बेवास्ता गर्दै आएका छौं। नाट्यशास्त्रलाई केवल ऐतिहासिक ग्रन्थका रूपमा पढ्ने, तर त्यसभित्र लुकेका दार्शनिक सम्भावनालाई आधुनिक अभिनयसँग जोडेर हेर्ने प्रयास भने अत्यन्त कम भएको छ।

यही खोजको क्रममा पछिल्लो समय अष्टावक्र महागीताले मलाई आकर्षित गर्यो। अभिनयलाई बुझ्ने एउटा फरक दृष्टि यसभित्र लुकेको छ भन्ने महसुस हुन्छ। विशेषगरी आज Method Acting का नाममा पात्रभित्र पूर्ण रूपमा डुब्ने, आफ्नै मानसिक सन्तुलन गुमाउने वा पात्रको पीडालाई व्यक्तिगत जीवनमै बोकेर हिँड्ने प्रवृत्तिबारे संसारभर बहस भइरहेको छ। यस्तो अवस्थामा अष्टावक्रले प्रस्तुत गरेको साक्षीभाव अभिनयका लागि एउटा सन्तुलित वैकल्पिक दर्शन बन्न सक्छ।

अष्टावक्र भन्छन्— "सबै अनुभवलाई हेर, तर तिनमा बाँधिन नजाऊ।" यही वाक्य अभिनयको पनि गहिरो सिद्धान्त बन्न सक्छ। अभिनेता पात्रको भावनाबाट भाग्ने होइन, बरु त्यसलाई पूर्ण इमानदारीका साथ अनुभव गर्ने हो। तर त्यो अनुभवभित्र हराउने होइन। उसभित्र सधैं एउटा सचेत साक्षी जीवित रहनुपर्छ, जसले अभिनय गरिरहेको छ भन्ने बोध कहिल्यै गुमाउँदैन।
यस विचारलाई स्पष्ट पार्न म्याकबेथको उदाहरण लिऔँ।। म्याकबेथको यात्रा केवल एउटा महत्वाकांक्षी सेनापतिबाट हत्यारा राजा बन्ने कथा होइन; त्यो अपराधबोध, भय, भ्रम र मानसिक विघटनको यात्रा पनि हो। यदि अभिनेता यी भावनामा पूर्ण रूपमा डुबेर आफ्नै चेतना गुमाउँछ भने अभिनय र व्यक्तिगत अस्तित्वबीचको सीमारेखा नै मेटिन सक्छ। तर अष्टावक्रको दृष्टिले हेर्दा अभिनेता म्याकबेथको महत्वाकांक्षा, अपराधबोध र पागलपनलाई पूर्ण सत्यताका साथ बाँच्न सक्छ, तर उसको चेतनाको एउटा तह सधैं तटस्थ साक्षी रहन्छ। त्यसैले ऊ पात्रभित्र डुब्छ, तर आफूलाई हराउँदैन।

सायद यही बिन्दुबाट पूर्वीय अभिनय-दर्शनको एउटा नयाँ सम्भावना सुरु हुन्छ। अभिनय भनेको केवल पात्रमा रूपान्तरण हुनु मात्र होइन; पात्रलाई पूर्ण रूपमा बाँच्दै पनि आफ्नो चेतनाको केन्द्रलाई अक्षुण्ण राख्ने साधना हो। मेरो विश्वास छ, अष्टावक्र महागीताको साक्षीभावलाई आधुनिक अभिनय-अभ्याससँग जोडेर अध्ययन गर्न सकियो भने यसले अभिनेतालाई केवल राम्रो कलाकार मात्र होइन, अझ सचेत, सन्तुलित र आत्मबोधयुक्त सर्जक बन्ने नयाँ बाटो देखाउन सक्छ।

Address

Pingalasthan, Gaushala
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Actorsstudio Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Actorsstudio Nepal:

Shortcuts

Share