Navarang Education & consultancy - P.LTD.

Navarang Education & consultancy - P.LTD. Consultation and exchange of information about JAPAN STUDY.

सबैलाई झुक्याउने が पार्टिकलको सबैले बुझ्नेगरी अपरेशन गरौं है त आज ।
20/07/2019

सबैलाई झुक्याउने が पार्टिकलको सबैले बुझ्नेगरी अपरेशन गरौं है त आज ।

आज परिवार र परिवारको सदस्यहरुलाई जापानीमा के भनिन्छ जानौं । भर्खरै सिक्दै गरेका विद्यार्थीहरुको लागि यो जान्न जरुरी हुन्...
04/07/2019

आज परिवार र परिवारको सदस्यहरुलाई जापानीमा के भनिन्छ जानौं । भर्खरै सिक्दै गरेका विद्यार्थीहरुको लागि यो जान्न जरुरी हुन्छ कि जापानी भाषामा आफ्नो परिवारका सदस्य र अरुको परिवारका सदस्यको लागि बेग्ला बेग्लै शब्द प्रयोग हुन्छ ।

TODAY, LET'S MAKE A CLEAR CONCEPT ABOUT THE USE OF は PARTICLE 🙂
21/02/2019

TODAY, LET'S MAKE A CLEAR CONCEPT ABOUT THE USE OF は PARTICLE 🙂

31/01/2019

जापानमा वर्किङ–भिषाको हल्ला र वास्तविकता ।
जापानले नेपाललाई आफ्नो देशमा सरकारी पहलमा श्रमिकको आपूर्ति गर्न औपाचारिक प्रस्ताव दिएपछि नेपाली कामदारले जापानमा गएर आफ्नो श्रम बेचेर आय आर्जन गर्ने बाटो त खुलेको छ, तर यो समाचारलाई आधार बनाएर सीधा–सोझा नेपाली दाजुभाइहरु ठगिने क्रम ह्वात्तै बढेको छ । कतिपयले त सीधै वर्किङ–भिषामा जापान पठाईदिन्छु भनेर प्रति ब्यक्ति लाख रुपैयाँ उठाएर चम्पत् हुन भ्याइपनि सकेका छन् भने कतिलेचाहिँ वर्किङ–भिषाको लागि जापानी भाषा पढाईनेछ भनेर प्रतिब्यक्ति २० देखि ४० हजारसम्म उठाएर अदक्ष प्रशिक्षक राखेर भाषा पढाउने काम शुरु गरिसकेका छन् । जब कि यसपाली कुरा चलिरहेको वर्किङ भिषामा जानेहरुले प्रचलित JLPT तथा NAT-Test जस्ता भाषा क्षमता परिक्षा भन्दा भिन्दै परिक्षा प्रणालीबाट भाषा परिक्षा लिने भन्ने कुरा चलेको छ । त्यस्को लागि आवश्यक पर्ने कोर्ष तथा कोर्ष–बुक हालसम्म जापान पक्षबाट सार्वजनिक भएकै छैन भने कुन कोर्षलाई आधार बनाएर प्रतिब्यक्ति २० देखि ४० हजार शुल्क लिएर के पढाउँदैछन् केहि शैक्षिक परामर्श संस्थाहरु ??

आजभन्दा २ वर्षअघि हामिकहाँ JITCO (Japan International Training Cooperation Organization) अन्तर्गत ट्रेनिङ–भिषामा जापानमा च्याउ खेतिका लागि प्रशिक्षण लिन भनेर १५–१६ जना भाषा सिकाईदिनको लागि भनेर हामिकहाँ आउनु भएको थियो । त्यो बेला हामिले JITCO अन्तर्गतको उसले तोकेको कोर्ष पढाईदिएका थियौं । कक्षा शुरु भएको ३ महिनापछि JITCO बाट सम्बन्धित प्रशिक्षार्थीहरुलाई पत्र आयो कि तपाईंहरु कस्तो विद्यालयमा भाषा सिक्दै हुनुहुन्छ र कस्तो योग्यता भएको प्रशिक्षकसंग भाषा सिक्दै हुनुहुन्छ ? विद्यालयको आधिकारिक दर्ता प्रमाणपत्र र प्रशिक्षकको योग्यता खुल्ने प्रमाण मागेर पठाएपछि हामिले हाम्रो ईन्स्टिच्युटको दर्ता प्रमाणपत्र र जापानमा जापानी–भाषा विद्यालयमा २ वर्ष अध्ययन गरी, JLPT Level 2 उत्तिर्ण गरेका हाम्रा प्रशिक्षकहरुको प्रमाणपत्र पठाएपछि JITCO द्धारा उक्त भाषा–प्रशिक्षणलाई मान्यता दिईएको थियो । जिट्को मार्फत् जापान जानुपर्दा सामान्यतः N3 लेभलको भाषा क्षमता अपेक्षित गरिन्छ ।

यहाँनेर सबैले स्पष्टरुपमा बुझ्नुपर्ने कुरा के छ भने, JITCO भनेको जापान सरकार संग्लन यौटा संस्थान हो जस्ले जापानमा विभिन्न विधामा प्रशिक्षण लिन जान चाहने विदेशीहरुलाई प्रशिक्षणको लागि जापान जान सहयोग गर्ने गर्दछ । जब जापान सरकार अन्तर्गतको यौटा संस्थानले त भाषाको लेभल र भाषा प्रशिक्षण दिने संस्था तथा प्रशिक्षकको योग्यतालाई प्राथमिकता दिन्छ र त्यसको प्रामाणिकता खोज्दछ भने स्वयं जापान सरकार नै संलग्न भएर गरिने छनौटमा यही कुरालाई जोड दिनेमा कुनै शंका छैन । तर धेरैमा यौटा गलत धारण के बसेको देखिन्छ भने कोरियाको EPS प्रणालीजस्तै जापानमापनी भाषा–परिक्षा पास गरेपछि जापान जान योग्य भईन्छ । वास्तविकता के हो भने जापानले यसपाली प्रशिक्षार्थी मागेको होईन, दक्ष तथा अर्धदक्ष कामदार मागेको हो । यसको सीधा अर्थ के हो भने, भाषापरिक्षा उत्तिर्ण भएरमात्र पुग्दैन । भाषापरिक्षामा उत्तिर्ण भईसकेपछि दक्षता तथा अनुभवको प्रमाण पेश गर्न अन्तरवार्ताको सामना समेत गर्नुपर्ने हुनसक्छ ।

साथै यस सिलसिलामा जापानी–भाषा पढाउनको लागि उपयुक्त संस्था तथा आवश्यक भौतिक संरचना लगायत योग्य प्रशिक्षकको समेत यौटा स्तर तोकिने पर्ने पुरापुर संभावना छ । तर यहाँ त वर्किङ भिषाको लागि चाहिने भाषा–प्रशिक्षण गराईदिन्छौं तथा वर्किङ–भिषामैं जापान पठाईदिन्छौं भन्नेजस्तो स्पष्ट ठगीका कार्य खुलेआमरुपमा हुन थालिसकेको छ, र भाषापनी योग्य प्रशिक्षकबाट नभई जापानमा विद्यार्थी भिषाको लागि अप्लाई गरेर रिजेक्ट भएपछि अप्लाई गर्दाताका पढेको जापानी भाषाको भरमा त्यस्तै विद्यार्थीलाई नै प्रयोग गरेर जापानी भाषाको शिक्षक बनाएर कक्षा सञ्चालन गरिरहेको दृष्य आम भएको छ । त्यस्ता ठाउँमा ज्ञान तथा जानकारी नभएका सीधा सोझा नेपाली दाजुभाइ दिदिबहिनीहरु अज्ञानतावश पढ्न जाने क्रम बढेको छ । त्यस्ता ठाउँमा पढ्न जानेहरुले भोलि जापान सरकारले शिक्षणसंस्था र प्रशिक्षकको स्तर तोकिदिएको खण्डमा ठाडो धोका पाउने निश्चित् छ । साथै उपयुक्तसंस्थामा फेरि भर्ना भएर पढ्नुपर्दा समय तथा पैसाको बरबादी हुने निश्चित् छ ।

यस वर्किङ–भिषा प्रणाली अन्तर्गतको कोर्ष प्रकाशित हुनुअघि त्यसकोलागि आवश्यक पर्ने आधारभूत कक्षा (Basic Course) को सञ्चालन चाहिँ हामिकहाँ योग्य प्रशिक्षकहरु द्धारा मासिक न्युनतम् समान्य शुल्कमा हुन गईरहेको छ । हाल आवश्यक आधारभूत कक्षा सकिएपछि पछि जापान सरकारद्धारा प्रकाशित हुने कोर्ष अनुसार योग्य प्रशिक्षकहरुबाट भाषा–प्रशिक्षण दिईने छ । यस्तोमा वर्किङ–भिषाको कोर्षको पढाई भनेर सामान्य आधारभूत भाषा कै लागि चालिसौं हजार तिरेर क्वालिटी–हीन तथा अनिश्चित् शिक्षा लिनबाट बचौं र बचाऔं । यस क्षेत्रमा राम्रा शिक्षणसंस्थाहरुपनि छन् । भरपर्दो र क्षमतावान् शिक्षणसंस्थाहरुको पहिचान गरेरमात्र समय तथा पैसा खर्च गर्नुहोला । शुभकामना !

Was it useful to you ?
12/08/2016

Was it useful to you ?

15/07/2016

Learn Kanji in a easiest way:
# Practice Kanji with similar looking ones, i.e. 小、少、省
or, 寺、時、待、持、特

# You must practice Kanji writing on your own again and again.
Only visual learning is not a useful idea.

# Give sufficient attention to "Kun-yomi" & "On-yomi"

# Make a list of Special Pronunciation Kanjis, like;
昨日(It is pronounced as きのう or, さくじつ both)
or, 田舎(いなか)、親父(おやじ)、息子(むすこ)

Hey guys n girls, we are going to post Kanji reviews for N2 preparation. Are you ready ?
14/07/2016

Hey guys n girls, we are going to post Kanji reviews for N2 preparation. Are you ready ?

28/08/2014

Japanese Particles は、が、を、へ、に、で、も、には、では、とは are different that of English Particles such as; a,and,the. Japanese particles are very confusing for foreigners because, same particle bears different meaning in different situation, and sometimes they appear with no meanings. For example:

1.わたしは がくせい です。 I am a student.
Here, the は bears no meaning.

2.かのじょも がくせい です。 She is aslo a student.

3.かれは かしゅ です。 But, he is a singer.
Here, the meaning of は is different from first sentence. In this sentence, は indicates "But" or "different from me and she, he is...".

In sentence No. 3, you can take it simply as "He is a singer." or you can take it as "But, he is a singer." It depends on situation.

Do anyone like to continue to learn about this chapter ?
If yes, I'll try to quench their thirst about Japanese Particles.
See you.

27/08/2014

Address

ADWAITMARGA, BAGBAZAR
Kathmandu

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

00977-1-4266275

Website

Alerts

Be the first to know and let us send you an email when Navarang Education & consultancy - P.LTD. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Navarang Education & consultancy - P.LTD.:

Shortcuts

Share