नेपालीका लागि खुशीको खबर : दक्षिण कोरियाले ह्वात्तै बढायो कामदार कोटा
काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ का लागि गैर-व्यावसायिक विदेशी कामदारहरूको कोटा २,०७,००० जना निर्धारण गरेको छ । यो भाषा पढिरहेका नेपालीहरुका लागि खुशीको खबर हो । दक्षिण कोरियाले सबैभन्दा बढी कोटा नेपाललाई दिएको छ ।
प्रधानमन्त्रीको सचिवालय अन्तर्गतको सरकारी नीति समन्वय कार्यालयले सरकारी नीति समन्वय मन्त्री बाङ कीसुनको अध्यक्षतामा सम्पन्न विदेशी जनशक्ति नीति समितिको बैठकले यो कोटा निर्धारण गरेको जानकारी दिएको छ।
यो कोटाले E-9 (गैर-व्यावसायिक कर्मचारी), E-8 (मौसमी कामदार) र E-10 (जहाजको चालक दल) भिसा लिएर देशमा प्रवेश गर्ने विदेशी नागरिकलाई समेट्छ । भिसा अनुसार, E-9 धारकहरूको संख्या यस वर्षभन्दा ३५,००० बढाएर १,३०,००० गरिएको छ। E-8 को संख्यापनि ग्रामीण र कृषि गाउँहरूमा जनसंख्या घट्दै गएकाले ७,००० ले बढाएर ७५,००० निर्धारण गरिएको छ।
E-10 धारकहरूको संख्या संयुक्त कोटा प्रणाली अन्तर्गत अनुमानित रूपमा २,१०० रहनेछ। यस बैठकमा छलफल गरिएका कोटाको आधारमा सरकार सम्बन्धित निकायहरूसँग परामर्श गरी भिसाको प्रकारअनुसार अन्तिम संख्या तय गर्नेछ र कार्यान्वयन योजना तयार पार्नेछ।
.com
---------------------------------------------
Stay connected with us:
Website → epsnepalnews.com
Facebook → / . .epsnepalnews.com
Twitter → / epsnepalnews.com
Instagram → / epsnepalnews.com
Tumblr → / epsnepalnews.com
LinkedIn → / . .epsnepalnews.com
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ epsnepalnews.com
------------------------------------------
Contact No. : 9848353141
------------------------------------------
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Korean institute , HOLY HANSH
Contact no 9851082773, 9828031513, 01-4991560 for FREE Learn KOREAN LANGUAGE Basic Course
२०२५ को ईपिएस अन्गर्गतको प्रवासी श्रमिकको कोटा निर्धारण .
आज डिसेम्बर २० तारिक रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको प्रवासी श्रमिक (१७ देशकोलागि)को २०२५को लागि कोटा तोक्न बसेको कोटा निर्धारण समिति (प्रवासी श्रमिक नीति समिति)को बैठकले २०२५को प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार तोकेको छ . जस अनुसार उत्पादन क्षेत्रमा ७२,००० जना ,पानिजाहाज बनाउने कम्पनिकोलागि २,५०० जना ,निर्माण क्षेत्रमा २,००० जना ,कृषि क्षेत्र १०,००० जना ,मत्स्यपालनमा ८,५०० जना ,सेवा क्षेत्र ३,००० जना छ .,माथिको कोटा सकीए आवाश्यक परेको जुनसुकै क्षेत्रकोलागि ३२,००० जना छन .यो कोटा मध्ये ७,७३० जना कमिटेड आउने छन् भने बाकी सबै नया प्रवासी श्रमिक आउने छन . २०२४को कोटबाट अहिलेसम्म ७०,४६० जनाको मात्र रोजगार अनुमति जारि भएको छ .यो सख्या सम्पूर्ण कोटाको ४७% हो . गत अक्टोबरसम्म इपिएसको श्रमिक ३३५६३० जना छन . (कानुन मन्त्रालय अन्तर्गतको मौषमी प्रवासी मजदुरको कोटा ७५,००० जना तोकिएछ)
03/12/2024
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपतकालीन मार्शल लको घोषणा गर्दै देशलाई "कम्युनिष्ट शक्तिहरू" बाट जोगाउन यो उपाय आवश्यक भएको बताए।
"उदार दक्षिण कोरियालाई उत्तर कोरियाको कम्युनिष्ट शक्तिहरूबाट उत्पन्न खतराहरूबाट जोगाउन र राज्य विरोधी तत्वहरूलाई हटाउन... म यहाँ आपतकालीन मार्शल लको घोषणा गर्दछु," युनले राष्ट्रका नाममा प्रत्यक्ष टेलिभिजन सम्बोधनमा भने। (एएफपी)
https://www.facebook.com/share/14j17Dhio8/?mibextid=WC7FNe
[BREAKING] South Korea President Yoon Suk Yeol declares emergency martial law South Korea's President Yoon Suk Yeol on Tuesday declared emergency martial law, saying the measure was necessary to protect the country from 'communist forces'.
02/12/2024
यदि तपाईंको रोष्टर मिति सकिएको छ भने, तलका कागजातहरू तयार गरेर जानुहोस्। समयमा रि-मेडिकल गरेर प्रक्रिया सुचारु गर्नुहोस् ।
फेरि परीक्षा हुने बारे जानकारी‼️
डिसेम्बर अन्तिममा फर्म खुलाउने तयारी भइरहेको छ। कृषि तथा पशुपालन क्षेत्र र सेवा क्षेत्रमा फर्म खुलाउने तयारी गराइरहेको जानकारीमा आएको छ। नेपालले भने दुईवटा क्षेत्रमा मात्रै फर्म नखोलेर सबै क्षेत्रमा एकैपटक खोल्न अनुरोध गरेको छ। आधिकारिक पुष्टि हुन भने अझै बाँकी छ।
5 november देखि 23 November samma 1548 जना पुरुष र 161 जना महिला को Lc आयेको छ । अझै केही को Lc आउन बाकी रहेको छ
२०२४ को पाचौ पटकको रोजगार अनुमति जारिकोलागि आबेदन २०२४ डिसेम्बर २ तारिकदेखि ६ तारिकसम्म श्रम कार्यलयले लिने जनाएको छ । यो पटक ३३,८०३ जनाको रोजगार अनुमति जारि गर्नेछ ।जस अनुसार सबै देशबाट उत्पादन छेत्रमा २०,१३४ जना ,सेवा छेत्रमा ५०५८ ,कृषि क्षेत्रमा ३६४८ जना, मत्स्यपालन २२४९ जना निर्माण छेत्रमा १४१४ जना ,पानीजाहाज बनाउने कारखानामा १३०० जना छन । कारखाना मालिकले श्रम कार्यलयमा गएर वा रोजगार २४ को गृह पेजबाट रोजगार अनुमतिकोलागि आबेदन दिन सक्ने छ्न ।प्रवासि श्रमिकको लागि कारखाना मालिकहरुले रोजगार अनुमतिको लागि आबेदन दिन ७ दिनसम्म कोरियन श्रमिकको आवाश्यकता परेको बिज्ञापन गरि श्रमिक नपाएको अवस्थामा मात्र प्रवासि श्रमिकको रोजगार अनुमतिको लागि आबेदन दिन पाउने छ्न ।
Udaya rai
कोरियामा डिसेम्बर २० देखि थप ईपीएस रोजगार अनुमति जारी गर्ने कोटा ३३ हजार ८०३ तोकिएको छ ।
उत्पादन : 20,134 व्यक्ति
जहाज निर्माण : 1,300 जना
मत्स्य पालन: 2,249 व्यक्ति
निर्माण: 1,414 व्यक्ति
कृषि र पशुपालन: 3,648 जना
सेवा: 5,058 जना
रिमेडिकल सम्बन्धी केही महत्वपूर्ण जानकारी तथा सूचना!
१)यदि तपाईँको एक वर्षको रोस्टर मिति सकिसकेको छ भनेदेखि तपाईंले फेरि रिमेडिकल गर्न सक्नुहुनेछ!
२) यदि तपाईंको एक वर्षको रोस्टर मिति सकिएको छ अनि तपाईं अन्य कुनै सेक्टरमा चाहिँ पास गरेर बस्नुभएको छ भने तपाईंले पहिले पास गर्नुभएको क्षेत्रलाई छोडेर नयाँ पास गर्नुभएको क्षेत्रमा आफूले रोस्टर परिवर्तन गर्न सकिनेछ।
३) remedical गर्ने प्रक्रियाहरू तपाईँले पहिलोपटकको रोस्टर कायम गर्दा जे जे प्रक्रिया गर्नुभएको थियो त्यही पहिलेको प्रक्रियाहरुलाई गरेर तपाईंले re मेडिकल गर्न सक्नुहुनेछ!
४) तपाईँले रिमेडिकल गर्दा पहिले जुन हस्पिटलबाट पहिलो चरणको मेडिकल गर्नुभएको थियो त्यही हस्पिटलबाट रिमेडिकल गर्न सकिनेछ।
५) रिमेडिकल गर्दा तपाईँले लग्नुपर्ने कागजपत्रहरू:
A~ पासपोर्टको फोटोकपी
B~ पहिले स्वास्थ्य जाँच गरेको प्रमाणपत्रको फोटोकपी!
c~ eps एडमिट कार्डको फोटोकपी!
D~ एमआरपी साइजको फोटो २प्रति!
E~ रिमेडिकल गर्दा लाग्ने पैसा सम्बन्धित हस्पिटलको काउन्टर वा खातामा पैसा जम्मा गर्ने (हस्पिटल को नियम अनुसार)
६) यदि तपाईँले पहिलोको रोस्टर भन्दा अहिलेको नयाँ पास गरेको अन्य सेक्टरको रोस्टर कायम गर्न चाहनुहुन्छ भने तपाईंको नयाँ आएको पास भएको नोटिसमा जुन हस्पिटल तोकिएको छ सोही हस्पिटलमा समन्वय गरी मेडिकल गर्न सकिनेछ।
मेडिकल रिपोर्ट,पुलिस रिपोर्ट,लिएर इ पि यस अफिस ग्वार्को मा गएर जब एप्लिकेशन फारम भरी आफ्नो रोस्टर टाइम को समय थप्न सक्नु हुने छ
18/11/2024
पढ्ने हैन त... कोरियन भाषा....
कोरियन भाषामा भर्ना खुल्यो....
विशेषताहरू
Basic Class पुरै Free मा पढ्न पाइने
प्रत्येक कक्षा सधै २ घण्टा सञ्चालन हुने
Exam को अघिल्लो दिन सम्म पढ्न पाइने
विश्व भाषा क्यम्पसका Top अनुभवि शिक्षकहरू संग पढ्न पाइने
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐝𝐞𝐭𝐚𝐢𝐥𝐬 𝐚𝐧𝐝 𝐚𝐬𝐬𝐢𝐬𝐭𝐚𝐧𝐜𝐞, 𝐩𝐥𝐞𝐚𝐬𝐞 𝐟𝐞𝐞𝐥 𝐟𝐫𝐞𝐞 𝐭𝐨 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬:
Holy Hansh School, Jadibuti
Jadibuti Aakashe Pul, Kathmandu, Nepal
+977 985-1082773
18/11/2024
विशेष छुटका साथ भर्ना खुल्यो
२ मिनेट समय निकालेर पूरै पढ़नू होला❗️❗️❗️❗️
आज धेरै जनाको जिज्ञासा हेर्दा कतिपय कुरा नबुझ्नु भएको जस्तो महशुस भयो। त्यसैले यहाँ केहि बुँदागत रुपमा जिज्ञासा मेटाउने प्रयास गरेका छौँ। पढ्नुहोला।
१.
प्रश्न: रिमेडिकल कहिले गर्नुपर्छ? सुचना कहिले आउँछ?
उत्तर: रिमेडिकल आफ्नो रोष्टर अवधि सकिनु भन्दा केही दिन अगाडि वा सकिएपछि गर्नुपर्दछ। यसको सुचना प्रकाशन हुँदैन।
२.
प्रश्न: आफ्नो रिमेडिकल कहिले गर्ने कसरी थाहा हुन्छ त?
उत्तर: आफ्नो रिमेडिकल कहिले गर्ने भन्ने थाहा पाउन आफ्नो EPS ID login गरेर Immigration process मा जानुहोस्, त्यहाँ Approval को सिधा लाईनमा भएको अन्तिम मिति हेर्नुपर्दछ, त्यही नै रोष्टर सकिने मिति हो। यहि मितिको केहि दिन अघि वा पछि रिमेडिकल गर्ने हो। ( यो हेर्दा Nation मा Philippines राखेर हेर्नुहोला। )
३.
प्रश्न: मेरो र अन्य व्यक्तिको रोष्टर सकिने मिति फरक फरक किन छ?
उत्तर: रोष्टर सकिने मिति भनेको आफ्नो File approve भएको एक वर्ष पूरा भएको दिन हो। एकैपटक परिक्षा दिनेको पनि फरक फरक मितिमा File send, approve हुने भएकाले रोष्टर सकिने मिति पनि फरक हुन्छ।
४.
प्रश्न: मेरो अन्य सेक्टरमा रोष्टर छ, अहिले Manufacture पनि पास गरेँ। अब मैले पहिलाको रोष्टर क्यान्सिल गर्न के गर्नुपर्छ?
उत्तर: रोष्टर क्यान्सिल हुँदैन। यदि तपाईंको पुरानो कुनै रोष्टरमा नाम छ र अहिले Manufacture मा पास भई रोष्टर परिवर्तन गर्न चाहानुहुन्छ भने पुरानो रोष्टरको अवधि सकिनुपर्दछ। अनि मात्र नयाँ Manufacture तर्फ Medical, Job application जस्ता कुरा अघि बढाउन मिल्छ।
५.
प्रश्न: रोष्टर अवधि चाहिँ १ वर्ष कि २ वर्ष हो त?
उत्तर: भाषा परिक्षाको नतिजा प्रकाशन भएको दिनबाट २ वर्षसम्म तपाईंले Job application भर्न सक्षम हुनुहुन्छ। तर रोष्टर भनेको तपाईंको Job application Approve भएको दिनबाट १ वर्ष अवधिलाई भनिन्छ। यदि यो १ वर्षमा तपाईंको Issue नभएमा पुनः मेडिकल गरेर Job application भर्नुपर्दछ। र फेरि १ वर्ष रोष्टर कायम गरीन्छ। यसरी २ वर्ष पूरा हुन्छ। यही पुनः मेडिकल गरी Job application भर्ने कार्यलाई नै Remedical भनिने गरिन्छ।
६.
प्रश्न: रिमेडिकल गरि Job application भर्न वा Double passer ले नयाँ क्षेत्र परिवर्तन गर्न Job application भर्न कहाँ जानुपर्छ?
उत्तर: यसका लागि इपीएस शाखा, ग्वार्कोमा गई Manual form भरि बुझाउनुपर्दछ।
७.
प्रश्न: रिमेडिकल गर्न वा Double passer ले Job application भर्न केके कागजपत्रहरु चाहिन्छ?
उत्तर: पहिला Job application भर्दा चाहिने सबै कागजपत्रहरु चाहिन्छ।
नोट: अन्य सुचनाहरु इपीएसद्वारा प्रकाशन भएमा जानकारी गराउनेछौँ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Jadibuti Korean Institute, Koteshwor
Kathmandu
Opening Hours
| Monday | 05:00 - 19:00 |
| Tuesday | 05:00 - 19:00 |
| Wednesday | 05:00 - 19:00 |
| Thursday | 05:00 - 19:00 |
| Friday | 05:00 - 19:00 |
| Sunday | 05:00 - 19:00 |