14/04/2026
✈️ विदेश जाने नेपालीका लागि ठुलो अपडेट! अब अतिरिक्त कागजात अनिवार्य छैन ।
नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले श्रमिकहरूको प्रस्थान प्रक्रियालाई लिएर महत्वपूर्ण सार्वजनिक सूचना जारी गरेको छ।
अब वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकहरूले भिसा, पासपोर्ट र आवश्यक आधारभूत कागजात मात्रै लिएर सहज रूपमा यात्रा गर्न सक्नेछन्। अब अध्यागमनमा अतिरिक्त बिल/रसीद जस्ता कागजात देखाउनुपर्ने झन्झट हटाइएको छ।
यस निर्णयले विमानस्थलमा हुने अनावश्यक झमेला, ढिलाइ र तनाव घटाउने अपेक्षा गरिएको छ।
तर ध्यान दिनुहोस्: विदेश यात्रा गर्नुअघि आफ्नो गन्तव्य देश, नियम र प्रक्रिया बारे पूर्ण जानकारी लिएर मात्र यात्रा गर्न अध्यागमन विभागको अनुरोध।
तपाईंको विचार के छ? यस्तो निर्णयले श्रमिकहरूलाई कत्तिको सहज बनाउला? Comment मा आफ्नो धारणा राख्नुहोस्👇
Notice in comment !