09/09/2026
❤️ मानवता नै हाम्रो पहिचान हो। ❤️
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको पीडा र दुःखमा साथ दिन हरियोतारा बाल गृह परिवार ले शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागितामा रू १५,५५५ राहत रकम संकलन गरेको छ।
यस्तो कठिन घडीमा एक्लो छैनन् भन्ने अनुभूति दिलाउन गरिएको यो सहयोग रकम सानो भए पनि यसमा हाम्रो माया, सहानुभूति, एकता र मानवीय संवेदना जोडिएको छ।
यस मानवीय अभियानमा साथ दिने अभिभावकज्यूहरू र शिक्षकहरु प्रति विशेष धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏
सानो–सानो सहयोग एकत्रित हुँदा पीडित परिवारका लागि आशा र हौसला बन्न सक्छ। 🙏
दुःखमा एकजुट बनौँ, पीडितहरूको आँसु पुछ्न मानवताको हात बढाऔँ। ❤️
हरियोतारा बाल गृह परिवार ।