Vibhuti Vidhya Mandir

Vibhuti Vidhya Mandir Vibhuti Vidhya Mandir, An English Boarding School guided by Kathmandu University.

02/04/2025

Admission Open for the academic year 2082 from Nursery to grade 9. विभूति स्कुलमा नयाँ भर्ना हुन चाहने पढाई लेखाईमा उत्कृष्ट र अतितिक्त क्रियाकलापहरुमा अब्बल विद्यार्थीहरुलाई विशेष छात्रावृतिको ब्यवस्था छ। प्रवेश परीक्षा चैत २३ र ३० गते शनिबारको दिन बिहान ११ बजे रहेको छ। Welcome to Vibhuti way of learning.

Vibhuti Vidhya Mandir, An English Boarding School guided by Kathmandu University.

27/03/2025

Admission Open in Vibhuti Vidhya Mandir, An English Boarding School अनुशाशित वातावरण , प्रविधि मैत्री संस्कार सहितको शिक्षालाई अबलम्बन गर्दै र हरेक वर्ष एसईई परीक्षामा ४.००जिपिय सहितको १००% उत्कृष्ट नतिजा ल्याउन सफल यस विभूति हाइस्कुलमा शैक्षिकसत्र २०८२ को लागि केहि कक्षाहरुमा मात्र सिमित सिटमा भर्ना खुल्यो। पढाईमा वा खेलकुदमा अब्बल नयाँ विद्यार्थीहरुको लागि विशेष छात्रवृत्तिको व्यवस्था छ। सम्पर्क :०१४८८०८९४, ०१४८८१६०७

28/01/2025

Vibhuti Vidhya Mandir , An English Boarding School, Kathmandu-16, Dhungedhara Banasthali. नमस्कार ! श्री पन्चमीको पावन अवसरमा यही माघ २१ गतेका दिन विभुति स्कुलले मात्र रु दुई हजार दर्ता शुल्क र पैंतालिस सय मासिक शुल्क ( मासिक शुल्क भित्र खाजा तथा स्टेसनरी पनि पर्छ छुट्टै खाजा र कापि कलमको पैसा तिर्न पर्दैन) लिएर कक्षा फाउन्डेसन , नर्सरी , प्रेप्ट वन तथा प्रेप्ट टु मा नयाँ भर्ना लिइने हुँदा हाम्रा सम्पूर्ण अभिभावक तथा शुभचिन्तक महानुभावहरुलाई बेलैमा आफ्नो बाबुनानीहरुको लागि सिट बुकिङ गर्नु हुन हार्दिक अपिल गर्दछौं ।
विद्यालय प्रशासन

11/11/2024

अभिभावकज्यूहरू नमस्कार !
हाम्रा बाबुनानीहरूलाई पढ्ने बानी बसाल्ने उद्देश्यले विद्यालयले हरेक दिन कक्षा प्रेप्ट टु देखि पाँच सम्मका बाबुनानीहरूले बेलुका ८ बजे देखि ८.३० सम्म र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले ९ बजे देखि ९.३० भित्रमा नेपाली वा सामाजिक विषयको पाँच मिनेट र अङ्ग्रेजी ( विज्ञान, कम्प्युटर , हेल्थ) विषयको पाँच मिनेट गरी दश मिनेटको ( एउटा मात्र भिडियो) राम्रो र स्पष्टसँग पढेको भिडियो बनाई कक्षाको भाईबर ग्रुपमा अनिवार्य राख्नु पर्ने नियम बनाएका छौँ । सो कार्यको लागि अभिभावकज्यूहरूले आवश्यक प्रबन्ध मिलाई Reading Culture विकास गर्ने विद्यालयको अभियानमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ । बाबुनानीहरु पढ्न असमर्थ भएको खण्डमा यहाँहरु स्वयंले सिकाउदै पनि भिडियो तयार गर्न सकिइने छ।
पुनश्च : भिडियो तोकिएको समयमा नै पठाउनु पर्नेछ। तोकिएको समयभन्दा अघि या पछि आएको भिडियो मान्य हुने छैन। धन्यवाद ।

29/09/2024

नमस्कार सम्पूर्णमा! नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८१/०६/१२ को विज्ञप्ति, प्याब्सन काठमाडौं जिल्लाको भर्खरै सकिएको आपतकालीन भर्चुअल बैठकको निर्णय बमोजिम आज मिति २०८१/०६/१३ गतेको लागी परिक्षा स्थगित गरि विधालय बन्द गर्ने निर्णय भएको छ। साथै आज लिने भनिएको विषयको परिक्षा २०८१/०६/१८ गते हुने व्यहोरा जानाकारी गराउँदछु। त्यसैले बाबुनानीहरुलाई परीक्षा तालिका बमोजिम आज दिनभरी भोलिको विषय तयारी गर्न/ गराउन हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद ।
प्रधानाध्यापक
राजेश्वर श्रेष्ठ

विभूति स्कुल ग्रुपको नयाँ  विधालय भवनमा विश्वकर्मा पुजाको तयारी
17/09/2024

विभूति स्कुल ग्रुपको नयाँ विधालय भवनमा विश्वकर्मा पुजाको तयारी

06/09/2024

हिन्दु नारीहरुको माहन पर्व तिजको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना । यस पावन अवसरमा भाद्र २१; गते र २३ गते विद्यालय बन्द रहने जानाकारी गराउँदछौं।
विद्यालय प्रशासन

A visit to Chhauni Musium # Grade: 8
27/08/2024

A visit to Chhauni Musium # Grade: 8

20/08/2024

शुभप्रभात! गाईजात्राको सबैलाई हार्दिक शुभकामना । यस पर्वको अवसरमा विधालयमा नियमित पढाई हुने तथा बाबुनानिहरुलाई विधालयमै गाईजात्रा कार्यक्रम आयोजना गरेर यस जात्राको महत्व बुझाउने कार्यक्रम रहेको व्यहोरा जानाकारी गराउँदछौं। साथै सम्पूर्ण अभिभावकज्युहरुलाई विद्यालयमा हुने गाईजात्रा कार्यक्रममा सहभागी भई मनोरञ्जन लिनको लागि हार्दिक आमन्त्रण गर्दछौं ।धन्यवाद ।
विद्यालय प्रशासन

रक्षाबन्धन विशेष: प्रि- स्कुलका बाबुनानिहरु
18/08/2024

रक्षाबन्धन विशेष: प्रि- स्कुलका बाबुनानिहरु

Coffee with Principal : 4GPA Holders @ First Term Exam
17/08/2024

Coffee with Principal : 4GPA Holders @ First Term Exam

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Vibhuti Vidhya Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Vibhuti Vidhya Mandir:

Shortcuts

Share

Category