11/05/2026
लर्ड बुद्ध सेकेन्डरी स्कुल, काठमाडौं ०६, बौध्दको एसईई २०८२ मा उत्कृष्ट नतिजा!!!
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको SEE परीक्षा २०८२ को नतिजामा लर्ड बुद्ध सेकेन्डरी स्कुल, काठमाडौं ०६, बौध्दको विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन् ।
SEE परीक्षा २०८२ मा यस विद्यालयबाट १० जना छात्र र १५ जना छात्रा सहभागी भएका थिए। विद्यार्थीहरूको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्यले गर्दा यस्तो प्रभावशाली नतिजा आएको छ ।
लर्ड बुद्ध सेकेन्डरी स्कुलको निरन्तर सफलता नै विद्यार्थीहरूको शैक्षिक क्षमताको प्रमाण बनेको छ। उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरू, अभिभावक, शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीलाई हार्दिक धन्यवाद एवम् विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना छ।
विद्यालय प्रशासन,
लर्ड बुद्ध सेकेन्डरी स्कुल, काठमाडौं ०६, बौध्द
01/05/2026
23/01/2026