Manakamana College

Manakamana College Manakamana Multiple College and Higher Secondary School, located in Birtamode, Jhapa, Nepal was established in 2056.

The campus takes pride in completing fifteen years of of its successful journey. It was started by a group of academicians lecturers and teachers. The college provides Bachelor level programmes and Higher secondary level programmes. The college has an unmatched team of experienced teachers, well equipped building with all amenities and a conducive academic environment.

18/08/2026
14/08/2026
मनकामना Law club द्वरा आयोजित "लागु पदार्थ तथा घरेलुहिंसा न्यूनीकरण सम्बन्धि चेतनामुलक panel discussion कार्यक्रम" भव्य,...
25/07/2026

मनकामना Law club द्वरा आयोजित "लागु पदार्थ तथा घरेलुहिंसा न्यूनीकरण सम्बन्धि चेतनामुलक panel discussion कार्यक्रम" भव्य,तथा सफलतापूर्वक आयोजना गरेकोमा मनकामना Law club प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ l

उक्त कार्यक्रममा panelist का रुपमा झापा जिल्ला सहायक न्यायधिवक्ता निसा खनाल, अधिवक्ता तिलक अर्याल , झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जन अवा , तथा पूर्व लागूपदार्थ प्रयोगकर्ता एवं लागूपदार्थ सचेतनामुलक अभियन्ता श्री जीवन भण्डारीको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूले कानुनी, सामाजिक, सुरक्षा तथा व्यक्तिगत अनुभवका आधारमा प्रस्तुत गर्नुभएको विचारले सहभागीहरूलाई गहन रूपमा सचेत, अभिप्रेरित र जिम्मेवार बन्न उत्प्रेरित गरेको छ l
यस कार्यक्रमको मूल उद्देश्य विद्यार्थी तथा युवापुस्तालाई लागूपदार्थ दुरुपयोगको जोखिमबाट जोगाउनु, घरेलु हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्नु, समाजमा कानुनी साक्षरता विस्तार गर्नु तथा "कानुनको अनभिज्ञता क्षम्य हुँदैन" भन्ने सन्देश प्रत्येक नागरिकसम्म पुर्‍याउनु थियो। विशेष गरी झापा जिल्लाका विद्यार्थीहरू लागूपदार्थको कुलतमा नफसून्, सचेत, जिम्मेवार र कानुनप्रति सम्मान गर्ने नागरिकका रूपमा विकसित होऊन् भन्ने कार्यक्रमको उदेश्य रहेको थियो।
मनकामना Law club को विश्वास सचेत विद्यार्थी नै सभ्य समाजका आधार हुन् भन्ने छ । सामाजिक विकृति र विसंगतिविरुद्ध आवाज उठाउँदै कानुनको शासन, सामाजिक उत्तरदायित्व र सकारात्मक जीवनशैलीको प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछन्।
यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण , panelist हरू, Law club , शिक्षकवर्ग, विद्यार्थीहरू, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सबै महानुभावहरूप्रति मनकामना कलेजको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछौ।

"सचेत युवा, सुरक्षित समाज — कानुनी साक्षरताबाट समृद्ध भविष्य।"

Address

Birtamode
Jhapa District
00977

Alerts

Be the first to know and let us send you an email when Manakamana College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Manakamana College:

Shortcuts

Share

Category