चौलागाईं प्रतिष्ठानको आयोजनामा सम्पन्न हुने बनभोज कार्यक्रममा सहभागी बनौं !
मिति: २०७३ फाल्गुन २१ गते, शनिबार
स्थान: इन्द्रायणी नजिक, काठमाडौँ
सहभागिता शुल्क: रु. ७००/-
सम्पर्क नम्बर: ९८४१३८९६२१, ९८५१०३४८१५, ९८५११०३६५२
Chaulagain Academy
This is a page for चौलागाईं परिवार
08/12/2016
चौलागाईं बन्धुहरूलाई निमन्त्रणा !!!
निम्न मिति, समय र स्थानमा सम्पन्न हुने बिजया दशमी तथा दीपावली २०७३ को शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण भारद्वाज गोत्रिय चौलागाईं बन्धुहरूलाई हार्दिक निमन्त्रणा गरिएकोछ ।
आयोजकः
चौलागाईं प्रतिष्ठान केन्द्रीय कार्य समिति
कार्यक्रमः
१. मितिः २०७३ असोज १५ गते शनिबार
२. स्थानः एसियन भिलेज फुडल्याण्ड एण्ड पार्टी प्यालेस, लक्ष्मी बैंक संगै,सुकेधारा काठमाडौं ।
३. समयः दिनको १.३० बजे
सम्पर्कः ९८४१३८९६२१, ९८५१०३४८१५,
९८५१०८५७९४, ९८५१०९८८१९
चौलागाईं प्रतिष्ठानको आयोजनामा यहि असोज १५ गते काठमांडूको सुकेधारा स्थित Asian Village Food Land and Party Palace (लक्ष्मी बैंक संगै) मा आयोजना हुने विजयदशमी, दिपावली एबं छठ पर्वको शुभकामना आदान-प्रदान तथा बन्धु भेटघाट कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण चौलागाईं बन्धुहरुमा हार्दिक आमन्त्रण छ ! सम्पर्क: 9851098819
नयाँ बर्ष २०७३ को पावन अवसरमा नेपालका सम्पूर्ण चौलागाईं बन्धुहरुमा हार्दिक मंगलमय शुभकामना !!! चौलागाईं प्रतिष्ठान, केन्द्रिय समिति
आगामी ३ बर्षे कार्यकालका लागि १४ सदस्सिय निर्बिरोध निर्बाचित कार्यसमिति यसप्रकार रहेको छ ।
१) अध्यक्षः होमनाथ शर्मा चौलागाईं
२) प्र. उपाध्यक्षः बद्रीप्रसाद चौलागाईं
३) द्धि. उपाध्यक्षः ज्ञानेन्द्र चौलागाईं
४) तृ. उपाध्यक्षः प्रेम चौलागाईं
५) महासचिवः रमेशप्रसाद चौलागाईं
६) कोषाध्यक्षः अर्जुन चौलागाईं
७) सचिवः देवेन्द्र चौंलागाईं
८) सदस्यः बिन्दादेवी चौंलागाईं
९) सदस्यः चन्द्रकुमार (सि.के.) चौलागाईं
१०) सदस्यः ऋतुप्रसाद चौलागाईं
११) सदस्यः मेघराज चौलागाईं
१२) सदस्यः चन्द्रमणी चौलागाईं
१३) सदस्यः मेघप्रसाद चौलागाईं
१४) सदस्यः शोभा चौलागाईं
चौलागाईं प्रतिष्ठानको मिति २०७२ चैत्र २५ गते भक्तपुरको लोकन्थली स्थित दिब्यस्वारी पार्टी प्यालेसमा आयोजना हुने छैठौं साधारण सभामा भारद्वाज गोत्रीय सम्पूर्ण चौलागाईं बन्धुहरुलाई हार्दिक निमनत्रणा गर्दछौं !! चौलागाईं प्रतिष्ठान, केन्द्रिय समिति
२०७२ सालको विजयदशमी, दीपावली एबं छठपर्ब समेतको पावन अवसरमा देशभित्र तथा बिदेशमा रहनुभएका सम्पूर्ण चौलागाईं बन्धुहरुका साथै नेपालीजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !! चौलागाईं प्रतिष्ठान केन्द्रीय समिति परिवार
२०७२ बैशाख महिनाभरी गएका विनाशकारी भुकम्पमा धनजनको क्षति बेहोरेका नेपालीहरुमा यथासक्य सहयोग गर्न २०७२ जेष्ठ ९ गतेको यस चौलागाईं प्रतिष्ठान केन्द्रिय समितिको बैठकले एक 'दैबी/प्राकृतिक प्रकोप सहायता कोष' स्थापना गर्ने निर्णय गरेको छ ! सबै नेपालीमा यस प्रतिस्ठानको उक्त कोष मार्फत आर्थिक सहयोग गर्न अनुरोध छ !!
यहि बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परि ज्यान गुमाउनु हुने सम्पूर्ण नेपाली तथा बिदेशी जनहरुमा हार्दिक श्रद्दान्जली, सम्बन्धित परिवारजनमा समबेदना तथा घाइते दाजुभाई दिदि बहिनीहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ! रास्ट्रिय विपदको यो घटनालाई सबै मिलेर सामना गर्न र सबैले यथास्थानबाट यथासक्य योगदान तथा सहयोग गर्न समेत अनुरोध गर्दछौं !! शोकलाई शक्तिमा बदल्दै क्षति नभएका जनधनको संरक्षण र शुरक्षामा सबैले सहयोग गरौँ !!! चौलागाईं प्रतिष्ठान, केन्द्रिय समिति: काठमाडौँ
चौलागाईं प्रतिष्ठान केन्द्रिय कार्यसमितिद्वारा आयोजित बनभोज, बन्धु भेटघाट तथा नयाँ बर्ष २०७२ को शुभकामना आदान प्रदान कार्यक्रममा सबै बन्धु एबं शुभचिन्तकहरुमा हार्दिक निमन्त्रणा !!
मिति: २०७१ चैत्र २१ गते शनिबार
स्थान: भक्तपुर, सुबरणेश्वोर
सहभागिता शुल्क: रु. ५००/-
सम्पर्क नम्बर: ९८५१०३४८१५, ९८५१०८५७९४
यस चौलागाईं प्रतिष्ठानका आभिन्न व्यक्तित्व , सहकारीकर्मी एवम् बहुआयामिक व्यक्तित्व बारा निजगढ निवासी श्री टेकप्रसाद चौलागाई राजधानीस्थित जिल्ला सहकारी संघ लिमिटेड काठमाण्डौंको गरिमामय अध्यक्षमा विजयी हुनुभएको छ उहांलगायत सबै निर्वाचित व्यक्तित्वहरुलाई हार्दिक बधाई र कार्यसफलताको शुभकामना व्यक्त गर्दछौ ।
तपाईहरुको कार्यकालमा सहकारी क्षेत्रका उपलव्धिहरुलाई संस्थागत गर्न र विकृति र जोखिमहरुलाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान हुनेछ । सहकारी क्षेत्र नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरण र एकताका लागि पहिलो र निर्विकल्प विधा बनाउन नेतृत्वदायी भूमिका खेल्नुहुनेछ ।
चौलागाईं प्रतिष्ठान
ललितपुर शाखा
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
Kathmandu
00977