Drift Educational Consultancy

Drift Educational Consultancy

Share

Training, Projects, Innovation, Learning, Research, Education, Engineering!!

StormGain: Cryptocurrency Trading Platform 13/10/2021

Sign up with , Mine/Dig BTC and start trade on it. I will provide full support in trading when you ask.

StormGain: Cryptocurrency Trading Platform Bitcoin and Cryptocurrency Margin Trading. Leverage up to x@1. Low commissions. Easy-to-use platform

Master Thesis Questionnaire: 08/08/2021

This survey aims to monitor the structures through internet of things. For this, the status of structures and broadband access for internet of things, is necessary.
Please contribute your time to success this survey thesis.

Master Thesis Questionnaire: This questionnaire aims to collect information about "POSSIBILITY OF IoT BASED STRUCTURE HEALTH MONITORING SYSTEM IN KATHMANDU VALLEY OF NEPAL" for the partial fulfillment of the requirement for the degree of Master of Science in Information System Engineering. Answering the questionnaire should not...

10/03/2020

Math, Probability, NM, Fluid & applied mechanics, Ec, Ed, EMFW, Control systems , SOM, Structure, & more tuition classes

12/02/2020

Abroad Study???
touch me

25/12/2019
05/12/2019

Abroad study at Germany!!!
Contact: 9818448859

23/10/2019

Come to learn Japanese language at drift!!

09/10/2019

गुफाको विम्ब (Nepali Translation of the 'Allegory of the Cave')

(यो संवाद प्राचीन ग्रिक दार्शनिक प्लेटोको'द रिपब्लिक' नामक पुस्तकमा छ। यो अंश सोक्रेट्सले आफ्ना चेला ग्लाउकोनसँग गरेको संवाद हो। प्लेटोको प्रस्तुतिमा सोक्रेट्सले पुरै संवाद अरूलाई सुनाएका छन्, त्यसैले यहाँ सोक्रेट्सको प्रथम पुरूष अभिव्यक्ति छ।यो संवाद ज्ञानको कमी हुँदा मानिसमा हुने भ्रम र नयाँ ज्ञान पाएपछि उसलाई हुने संकट बुझाउने सर्वोत्तम उदाहरणको रूपमा लिइन्छ। )

संवाद :
'मलाई अब विम्बात्मक रूपमा हामीसँग कति ज्ञान छ भन्ने बुझाउन देऊ,'
मैले भनेँ,
'मानौं, मानिसहरू जमिनमूनिको कुनै गुफामा बसिरहेका छन्। यो गुफाको मुख प्रकाशतर्फ छ जहाँबाट आएको प्रकाशले गुफा अलिअलि उज्यालो हुन्छ। यहाँ तिनीहरू सानो उमेरदेखि नै छन्। तिनीहरूको हात र खुट्टा जञ्जीरले बाँधिएकाले उनीहरू यताउता हिड्न सक्दैनन्। जञ्जीरले बाँधिएकाले टाउको वरीपरी घुमाएर हेर्न सक्दैनन्, अगाडि मात्रै हेर्न सक्छन्। बाहिर गुफाको पछाडि, अलि पर आगो बालिएको छ। तिमीले राम्ररी हेर्‍यौ भने देख्छौ, त्यहाँ कठपुतली खेलाउने पर्दाजस्तै सानो पर्खाल पनि छ, जुन पर्दामा चटकेले आफ्ना कठपुतली नचाउँछ।'

मैले यति भनेपछि ग्लाउकोनले भन्यो,'मलाई थाहा भयो।'

'अनि देख्यौ त?' मैले भनेँ, 'त्यो पर्खालमा मानिसहरू जहाजका सामान, काठ र ढुंगाले बनाइएका जनावरका मुर्ति, अरू किसिमका मुर्ति र केके केके सामान बोकेर हिडिरहेकाजस्ता देखिन्छन्। यो सबै ती कैदीहरूले पर्खालमा छायाका रूपमा यी दृश्य देख्छन्। कोही गफ गरिरहेका छन्, कोहीचाहीँ चुपचाप हेरिरहेका छन्।'

'तपाईंले मलाई अनौठो चित्र देखाउनु भयो,' उसले भन्यो, 'ती कैदीहरू अनौठा छन्।'

'हामीजस्तै,' मैले जवाफ दिएँ, 'अनि तिनीहरुले आफ्नो पनि छाँयामात्रै देख्छन्। अर्काको पनि छायाँमात्रै देख्छन्। आगोबाट आएको प्रकाशले गुफाको भित्तामा बनाएको छाँयामात्रै उनीहरूले देख्न सक्छन्।'

'ठीक हो,' उसले भन्यो,'जब टाउको नै हल्लाउन सक्दैनन् भने त विचराहरूले छायाँबाहेक अरू के पो देखुन् र!'

'हो नि। अनि सुन, उनीहरूले देख्ने गरी बोकिएका वस्तुको मात्रै छाया देख्न पाउँछन्। हो कि होइन त?'

'ठीक ठीक,' ग्लाउकोनले भन्यो।

'यदी उनीहरू कुरा गरिरहेका थिए भने आफ्नो अगाडि भएका छायाको नाम पनि राख्थे होला।'

'अँ साँच्चै हो।'

'त्यो गुफामा गुञ्जिएर भित्तातिरबाट आवाज आउँछ। त्यसैले गुफाबाहिर हिडिरहेको मान्छेले बोलेको आवाज पनि तिनीहरूका लागि छाँयाले नै बोलेको भन्ने हुन्छ। हुँदैन त?'
'शंकै छैन नि,' उसले भन्यो।

मैले भनेँ, 'तिनीहरूका लागि त्यो छाँयाबाहेक अरू केही सत्य होइन।'

'अँ, पक्कै।'

'अब कुनै कैदीलाई उसको गल्ती माफ गरेर मुक्त गरियो भने के हुन्छ भन्ने हेर। जब उनीहरूमध्ये एउटालाई मुक्त गरिन्छ र अचानक उभिन, मुन्टो बटार्न, प्रकाशतिर हिड्न र हेर्न बाध्य पारिन्छ, उसलाई एककिसिमको तीखो पीडा हुन्छ। उज्यालोले उसलाई बेचैन बनाउँछ। उसले जुन वस्तुलाई छाँयाका रूपमा भित्तमा मात्रै हेरेको थियो, त्यसलाई वास्तविक रूपमा हेर्न सक्दैसक्दैन। उसलाई कसैले भनेजस्तो लाग्छ, 'पहिले उसले देखिरहेको कुरा सबै छाँयामात्र थियो तर अहिले वास्तविक वस्तुहरूको नजिक आइरहेको छ।' उसका आँखाहरू वास्तविक अस्तित्वतर्फ हेरिरहेका हुन्छन्। ऊसँग पहिलेभन्दा राम्रो दृष्टि हुन्छ। अब उसले के भन्ला त? उसलाई निर्देशन गर्ने मान्छेले उनीहरू हिडिरहेको ठाउँमा भेटिएका वस्तुहरू देखाउँदै नाम सोधिरहेको छ भन्ने अनुमान गर्न गर त, ऊ दिग्भ्रमित हुन्छ। हुन्छ कि हुँदैन त? उसलाई अहिले देखाइरहेको वास्तविक वस्तुभन्दा पहिले देख्ने गरेको छायाँ नै वास्तविक लाग्छ। लाग्दैन त?'

'लाग्छ,एकदमै ठीक हो,' उसले भन्यो।

'यदी उसलाई सिधै प्रकाशमा हेर्न बाध्य पारियो भने उसको आँखामा पीडा हुन्छ। यो पीडाले गर्दा उसले त्यहाँबाट आँखा हटाएर आफूले हेर्न सक्ने ठाउँमा लैजान्छ। उसलाई अहिले देखाउन खोजेकोभन्दा आफूले पहिले हेरेको दृश्य नै वास्तविक लाग्दैन त?'

'लाग्छ नि,' उसले भन्यो।

'अझै एकचोटी कल्पना गर गलाउकोन,' मैले भनेँ, 'उसलाई जबरजस्ती अझ माथि तानियो र पहिलोपटक जबरजस्ती घाम भएको ठाउँमा ल्याइयो भने उसलाई पीडा र बेचैनी हुन्छ? प्रकाशतर्फ हेरेपछि उसको आँखा तिर्मिराउँछ। अहिले वास्तविक भनिरहेको केही कुरा पनि हेर्नै सक्दैन।'

'हो, एकैतालमा त सक्दैन,' उसले भन्यो।

'उसलाई माथिको संसारका दृश्यहरूमा बानी पर्न समय लाग्छ। पहिले त उसले छाँया नै हेर्छ। त्यसपछि मान्छे र अरू वस्तुको प्रतिविम्ब पानीमा हेर्छ। अनि मात्रै वस्तुहरूलाई सिधै हेर्छ। त्यसपछि सुर्य हेर्नुभन्दा पहिले ऊ जुन, तारा र आकाशमा हेरेर टोलाउँछ।'

'पक्कै।'

'अन्तिममा बल्ल ऊ सुर्य हेर्न सक्षम हुन्छ। यसपछि आफूलाई पानीमा देखिने नाथे प्रतिबिम्बमा होइन आफ्नै वास्तविक स्वरूपमा देख्ने छ, अरू कुनै स्वरूपमा होइन। बल्ल उसले आफूलाई आफ्नै स्वरूपमा जान्दछ।'

'पक्कै।'

'त्यसपछि उसले भन्न थाल्ने छ- सुर्य नै हो जसले ऋतु र वर्षहरू सिर्जना गर्छ, यो देखिने संसारको अभिभावक सुर्य नै हो। विगतमा सुर्यबारे थाहा नपाएका कारणले नै ऊ र उसका साथीहरू अँध्यारोमा बस्न बानी परेका थिए।'

'प्रष्टै छ,' उसले भन्यो, 'उसले सूर्य हेर्न सक्ने भएपछि मात्रै आफ्नो अस्तित्वको कारण थाहा पाउने छ।'

'र सुन, जब उसले आफ्नो पुरानो बासस्थान, गुफामा हुँदाको आफ्नो र आफ्ना साथीहरूको इच्छा सम्झिन्छ, अहिलेको परिवर्तनसँग दाँजेर आफूलाई धन्य ठान्छ। गुफामा रहेका अरू कैदीहरूमाथि दया भाव राख्छ। राख्छ कि राख्दैन त?'

'पक्कै राख्छ नि हजुर।'

'र गुफामा अझै जसले पर्खालबाट पार भइरहेको छायालाई सबैभन्दा छिटो चिन्न सक्छ, जसले को पहिले गयो, को पछि गयो र को-को जम्मा भए भनेर भन्न सक्छ, अब के हुन्छ भनेर जसले ठीक अनुमान गर्न सक्छ, उसलाई मान्ने चलन हुनसक्छ। तर, माथिको संसार देखेर आएको व्यक्तिले यस्तो आदर र खुशीलाई ध्यान दिँदैन। त्यस्तो भ्रामक काममा सहभागी पनि हुँदैन। होमरको कविता 'बरू गरीब मालिकको गरीब नोकर हुनु राम्रो' भनेजस्तै ती कैदीजस्तो बाँच्नु भन्दा त त्यो भ्रम हो भन्ने तीतो यथार्थ स्वीकार गरेर बाँच्नु राम्रो भन्ने सोच्छ। सोच्दैन त?'

'हो,' उसले भन्यो,'मलाई लाग्छ यो प्रतिस्पर्धा देख्दा त उसलाई रमाइलोको साटो पीडा हुन्छ र दु:खी भएर बस्छ।'

'अझै एकपटक कल्पना गर त ग्लाउकोन,' मैले भनेँ, 'अचानक सूर्यको उज्यालोमा आइपुगेको मान्छेलाई पुरानै अवस्थामा फर्काइदियो भने उसलाई अँध्यारोमा फसेजस्तो हुन्छ। हुँदैन त?'

'भइहाल्छ नि,' उसले भन्यो।

र, त्यहाँ उसले गुफाबाट कहिल्यै बाहिर ननिस्किएका कैदीहरूसँग छायाँ चिन्ने प्रतिस्पर्धामा भाग लिनु पर्‍यो। यतिबेला गुफाको अँध्यारोमा उसको त दृष्टी कमजोर हुन्छ। ऊ अँध्यारोमा पहिलेजस्तो गरी देख्न सक्ने हुँदैन। ऊ त्यहाँ एकदमै नमिल्दो पात्र हुन्छ। हुँदैन त? अनि त्यहाँका कैदीहरूले उसलाई माथि गएर आँखा नदेख्ने भएर फर्किएछ भन्नेछन्। माथि जाने कुरा त सोच्नु पनि हुँदैन भन्ने धारणामा बल पुग्ने छ। यदी कसैले यस्तो सोच्यो र माथिजान खोज्यो भने त्यसलाई समातेर मारिदिने छन्।'

'हो, यसमा प्रश्नै छैन नि,' उसले भन्यो।

'प्रिय ग्लाउकोन,' मैले भनेँ, 'तिमीले यो पुरै बिम्ब मेरो पहिलेको तर्कसँग जोड्न सक्छौ। त्यो गुफाको झ्यालखाना यो तिमीले देखिरहेको संसार हो। त्यो आगोको उज्यालो यो सूर्य हो। र, गुफाबाट माथिको संसारसम्मको यात्रालाई आत्माको चेतन संसारसम्मको यात्रा भन्यौ भने तिमीले बुझेको गलत हुनेछैन। ठीक हो कि होइन भन्ने त ईश्वरलाई थाहा होला, मैले बुझेको चाहिँ यही हो। मेरो विचारमा ज्ञानको संसारमा असल चेतना अन्तिममा तहमा मात्रै हुन्छ। ठूलो प्रयत्नपछि मात्रै त्यो चेतना प्राप्त हुन्छ। त्यो चेतना प्राप्त भएपछि मान्छेले सबै सुन्दरताका सर्वव्यापी रचयिता, प्रकाशका अभिभावक र यो दृश्य संसारका अधिपति, चेतनताको कारण र सत्यको स्रोतबारे थाहा पाउँछ। र, यस्तो शक्तिलाई उसले सार्वजनिक वा व्यक्तिगत कामहरू गर्दा सधैं ध्यान दिइरहेको हुन्छ।'

'मान्छु,' उसले भन्यो,'जति हजुरलाई बुझ्ने मेरो क्षमता छ।'
(Copied)

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu