सफलता प्राप्त गर्ने सबैको इच्छा हुन्छ तर बिबिध कारणबश सोचेको सफलता प्राप्त नहुन सक्छ त्यसका लागि लगनशिलता र अध्ययन संगै हौसला र प्रेरणाको पनि खाचो हुन्छ, हौसला र उत्प्रेरणाको अभाबमा कतिपयले लक्ष्यको नजिक पुगेर पनि लक्ष्य प्राप्त गर्न चुकेको हुन्छ, यस्तै हैसला, प्रेरणा र ब्यबहारिक ज्ञान सिकाइ व्यक्तित्व विकास गर्न सघाउने पुस्तक हो -विद्यार्थीका लागि ए टु जेड खुराक, यो पुस्तक हरेक तहका बिद्यार्थी, अभिभाबक र अघि बढ्न चाहने सबैका लागि उपयोगी छ, ए बि सी डी देखि जेड र क ख देखि ज्ञ सम्मका अक्षरहरुलाई प्रेरणादयाक शब्दहरु बनाइ मौलिक ढंगले ब्याख्या गरिएको छ जुन रोचक र पढ्न उत्सुक बनाउने खालको छ यसका साथै अभिभावकको भूमिका, विश्व प्रसिद्ध महाबाणीहरु , परिक्षामा ध्यान दिनुपर्ने कुराहरु लगायत थुप्रै ज्ञानबर्द्धक खुराकहरु समाबेश छन्