वनरक्षकको लागि महत्वपूर्ण शेयर गरेर सुरक्षित राख्नु होस खोजेको वेला नपाइएला नि फेरि !!
(क) ऐन, नियम
१. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन कहिले लागु भएको हो ?
२०२९ सालमा
२. भू-तथा जलाधार संरक्षण ऐन कहिले लागु भयो ?
२०३९ सालमा
३. संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय ब्यापार नियन्त्रण ऐन कहिले लागु भयो ?
२०७३ साल
४. वातावरण संरक्षण ऐन कहिले लागु भयो ?
२०७६ सालमा
५. वर्तमान वन ऐन कहिले लागु भएको हो ?
२०७६ साल
६. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष नियमावली कहिले लागु भएको हो
२०३० साल
७. चितवन राष्ट्रिय निकुञ्ज नियमावली कहिले लागु भएको हो ?
२०३०
८. वन्यजन्तु आरक्ष नियमावली कहिले लागु भयो ?
२०३४ सालमा
९. हिमाली राष्ट्रिय निकुञ्ज नियमावली कहिले लागु भयो ?
२०३६ साल
१०. खप्तड राष्ट्रिय निकुञ्ज नियमावली कहिले लागु भयो ?
२०४४
११. भू-तथा जलाधार संरक्षण नियमावली कहिले लागु भएको हो ?
२०४२
१२. मध्यवर्ती क्षेत्र ब्यवस्थापन नियमावली कहिले लागु भएको हो ?
२०५२ सालमा
१३. बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली कहिले भएको हो ?
२०५३ सालमा
१४. वर्तमान वातावरण संरक्षण नियमावली कहिले देखि लागु भएको हो ?
२०७७
१५. वन नियमावली कहिले लागु भएको हो ?
२०५१
१६. संरक्षण क्षेत्र ब्यवस्थापन नियमावली कहिले देखि लागु भएको हो ?
२०५३ साल
१७. संरक्षण क्षेत्र सरकारी ब्यवस्थापन नियमावली कहिले लागु भएको हो ?
२०५७ साल
१८. कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली कहिले लागु भएको हो ?
२०६४ साल
१९. बाँके राष्ट्रिय निकुञ्ज नियमावली कहिले लागु भएको हो ?
२०७१
२०. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली कहिले लागु भएको हो ?
२०७६
२१. संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय ब्यापार नियन्त्रण नियमावली कहिले लागु भएको हो ?
२०७६
२२. मध्यवर्ती क्षेत्र ब्यवस्थापन निर्देशिका कहिले लागु भएको हो ?
२०५६ साल
२३. संरक्षण क्षेत्र ब्यवस्थापन निर्देशिका कहिले लागु भयो ?
२०५६ साल
२४. वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका कहिले लागु भयो ?
२०६९ साल
२५. वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका अनुसार मानबीय क्षतिमा के कति राहत पाउने ब्यवस्था छ ?
• सामान्य घाइते भएमा- रु.१० हजार सम्म ।
• गम्भिर घाइते भएमा- रु. २ लाख सम्म ।
• दुइ लाख भन्दा बढी खर्च लाग्ने अत्यन्त गम्भिर घाइतेको हकमा जुनसुकै अस्पतालमा आकस्मिक (ईमरजेन्सी) उपचार गराउँदा लागेको खर्च र तत्पश्चात सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने सम्पूर्ण खर्च त्यस्तो अस्पतालको सिफारिसमा नेपाल सरकारले व्यहोर्नेछ ।
• वन्यजन्तुको आक्रमणमा परेर कुनै ब्यक्तिको मृत्यु भएमा आश्रीत परिवारले रु, १० लाख राहत पाउनेछन ।
२६. नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छन ?
१२ वटा
२७. नेपालमा कतिवटा वन्यजन्तु आरक्ष छन ?
१ वटा, कोशीटप्पु वन्यजन्तु आरक्ष
२८. नेपालमा कतिवटा शिकार आरक्ष छन ?
१ वटा, ढोरपाटन शिकार आरक्ष
२९. नेपालमा कति संरक्षण क्षेत्र छन ?
६ वटा
३०. नेपालमा कतिवटा मध्यवर्ती क्षेत्र घोषणा भएका छन ?
१३ वटा
३१. नेपालको सबै भन्दा जेठो राष्ट्रिय निकुञ्ज कुन हो ?
चितवन राष्ट्रिय निकुञ्ज, स्थापना २०३० (सन् १९७३) क्षेत्रफल ९५२.६३ बर्ग कि.मि.
३२. नेपालका १२ वटा राष्ट्रिय निकुञ्जले कति क्षेत्रफल ओगटेका छन ?
११८०६.०२ बर्ग कि.मि.
३३. नेपालको एक मात्र वन्यजन्तु आरक्ष कोसीटप्पुको क्षेत्रफल कति छ ?
१७५ वर्ग कि.मि.
३४. नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनको क्षेत्रफल कति छ ?
१३२५ बर्ग कि.मि.
३५. नेपालका ६ वटा संरक्षित क्षेत्रले कति क्षेत्रफल ओगेटेका छन ?
१५४२५.९५ बर्ग कि.मि.
३६. नेपालका १३ वटा मध्यवर्ती क्षेत्रले कति क्षेत्रफल ओगटेका छन ?
५६८७.७८ बर्ग कि.मि.
३७. नेपालका संरक्षित क्षेत्रहरुले कति क्षेत्रफल ओगटेका छन ?
३४,४१९.७५ बर्ग कि.मि.
३८. नेपालका संरक्षित क्षेत्रले कुल क्षेत्रफलको कति प्रतिसत भू-भाग ओगटेका छन ?
२३.३९ प्रतिसत
३९. नेपालको सबै भन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज- क्षेत्रफल ३,५५५ बर्ग कि.मि.
४०. नेपालको सबै भन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ?
रारा राष्ट्रिय निकुञ्ज -१०६ वर्ग कि.मि.
४१. नेपालको सबै भन्दा सानो संरक्षित क्षेत्र कुन हो ?
कृष्णसार संरक्षण क्षेत्र खैरापुर, क्षेत्रफल १६.९५ बर्ग कि.मि., स्थापना २०६५ साल
४२. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कति प्रजातिका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ?
• स्तनधारी- २६ प्रजाति
• पंक्षी- ९ प्रजाती
• घस्रिने वन्यजन्तु- ३ प्रजाति
४३. काठमाण्डौबाट सबै भन्दा नजिकको राष्ट्रिय निकुञ्ज कुन हो ?
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
४४. नेपालको बिश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय निकुञ्ज कुन कुन हुन ?
• सगरमाथा राष्ट्रिय निकुञ्ज- १९७९
• चितवन राष्ट्रिय निकुञ्ज-१९८४
४५. अन्तराष्ट्रिय सिमसार दिवस कहिले पर्दछ?
फेब्रुअरी २
४६. अन्तराष्ट्रिय जैविक विविधता दिवस कहिले पर्दछ ?
मे २२
४७. अन्तराष्ट्रिय पानी दिवस कहिले पर्दछ ?
मार्च २२
४८. अन्तराष्ट्रिय वन दिवस कहिले पर्दछ ?
मार्च २१
४९. अन्तराष्ट्रिय रेञ्जर दिवस कहिले पर्दछ ?
जुलाई ३१
५०. अन्तराष्ट्रिय बाघ दिवस कहिले पर्दछ ?
जुलाई २९
५१. अन्तराष्ट्रिय हात्ती दिवस कहिले पर्दछ ?
अगस्ट १२
५२. बिश्व गैंडा दिवस कहिले पर्दछ ?
सेप्टेम्बर २५
५३. बिश्व दुम्सी दिवस कहिले पर्दछ ?
जुलाई २
५४. बिश्व सालक दिवस कहिले पर्दछ ?
फेब्रुअरी महिनाको तेस्रो सनिबार
५५. नेपालमा CBAPU Day कहिले मनाइन्छ ?
३ मार्च
५६. बिश्व सम्पदा दिवस (World Heritage Day) कहिले पर्दछ ?
अप्रिल १८
५७. विश्व वातावरण दिवस कहिले पर्दछ ?
जुन ५
५८. बिश्व गोही दिवस कहिले पर्दछ ?
जुन १७
५९. अन्तराष्ट्रिय डल्फिन दिवस कहिले पर्दछ ?
अप्रिल १४
६०. नेपालमा खोटो संकलन गरिने मुख्य प्रजाति कुन हो ?
खोटेसल्ला
६१. कत्था कुन प्रजातिको काठ बाट बन्दछ ?
खयर
६२. प्रकृतिको कुचिकार भनेर कुन जनावरलाई चिनिन्छ ?
गिघ्द
६३. सामुदायिक वनको कार्ययोजना कस्ले स्वीकृत गर्दछ ?
डिभिजन वन अधिकृतले
६४. टाँचा भनेको के हो ?
काठ वा खडा रुखमा लगाइने छाप
६५. डिभिजन वन कार्यालय कुन सरकार अन्तर्गत पर्दछ ?
प्रदेश सरकार
६६. राष्ट्रिय वनको भू-स्वामित्व कसमा रहन्छ ?
नेपाल सरकारमा
६७. वन क्षेत्र रणनीति कहिले लागु भएको हो ?
२०७२ साल
६८. वन अतिक्रमण रणनीति कहिले लागु भयो ?
२०६८
६९. यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसार पसार) निर्देशिका कहिले लागु भयो ?
२०७३ साल
७०. नेपालमा च्युरीको रुख कुन जातीले दाइजो दिने गर्दछन ?
चेपाङ्ग (प्रजा)
७१. कस्को बच्चालाई के भनिन्छ ?
• हात्ती- छावा
• गैंडा-केटाकेटी
• बाघ-डमरु
• भालु-गठु, गद्दु
• चरा- बचेरा
• अर्ना- पीडा
• ऊट-उल्लु
• हाँस- टिउरो
७२. हात्तीको पोथीलाई के भनिन्छ ?
ढोई
७३. दाँत बाहिर ननिस्केको भाले हात्तीलाई के भनिन्छ ?
मकुना
७४. वन्यजन्तुको गर्भाधारण अवधि
• हात्ती- १८ देखि २२ महिना
• गैंडा- १५ देखि १६ महिना
• बाघ- ९३ देखि ११२ दिन
• चितुवा- ९० देखि १०५ दिन
• अर्ना- २८१ देखि ३३४ दिन
• गौरीगाई- २७४ दिन
• हुँडार- ११० दिन
• चित्तल- २२७ दिन
• बाह्रसिंगा-२४५ दिन
• जरायो- २४६ दिन
• लगुना- २२० दिन
• डल्फिन ९ देखि ११ महिना
७५. वन ऐन २०७६ अनुसार उपभोक्ता समूहले कार्ययोजना बमोजिम आर्जन गरेको कति प्रतिसत रकम वन बिकास, संरक्षण र व्यवस्थापनमा खर्च गर्नु पर्दछ ?
२५ प्रतिसत
७६. स्वीकृत कार्ययोजना बमोजिम कार्य गर्न नसकेमा उपभोक्ता समूहको दर्ता खारेज गर्ने र सामुदायिक वन फिर्ता लिने अधिकार कस्लाई हुन्छ ?
डिभिजन वन अधिकृतले
७७. डिभिजन वन अधिकृतले उपभोक्ता समूह दर्ता खारेज र सामुदायिक वन फिर्तालिने निर्णय गरेकोमा कहाँ र कहिले उजुर गर्नु पर्दछ ?
३५ दिन भित्र प्रदेश वन निर्देशक समक्ष उजुर गर्नु पर्दछ ।
७८. वन ऐन बमोजिम अपराध हुन लागेको सूचना दिने वा अपराधि पक्राउ गर्न सहयोग गर्ने सुराकीलाई कति पुरस्कार दिने व्यवस्था छ ?
कसूरदारलाई हुने जरिवानाको १० प्रतिसत
७९. वन ऐन २०७६ मा कति बर्ष पछि ऐन कार्यान्वयनको प्रभाव मापन गर्ने ब्यवस्था छ ?
५ बर्ष पछि
८०. वन ऐन २०७६ को कुन दफामा ऐनको कार्यान्वयन गर्न आवश्यक नियम बनाउन सकिने व्यवस्था ऐनको कुन दफामा छ ?
दफा ८३
८१. राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रले गरेको आम्दानीको कति प्रतिसत रकम स्थानीय जनताको सामुदायिक बिकासका लागि खर्च गर्न सकिन्छ ?
३० देखि ५० प्रतिसत
८२. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ मा भएको व्यवस्था अनुसार गैरकानूनी तरिकाले हात्ती, गैंडा, बाघ,कस्तुरी मृग, ध्वाँसे चितुवा, हिऊँ चितुवा वा गौरीगाई चोरीशिकार गर्ने वा यिनिहरुका अङ्ग खरीद बिक्री वा ओसार पसार गर्नेलाइ कति दण्ड सहाय हुन्छ ?
५ लाख देखि १० लाख रुपैया सम्म जरिवाना वा ५ बर्ष देखि १५ बर्ष कैद वा दुबै सजाय
८३. जैविक मार्ग भनेको के हो ?
वन्यजन्तुहरु एक वासस्थानबाट अर्को वासस्थानमा आवत जावत गर्ने बाटो
८४. आखेटोपहार भन्नाले के बुझिन्छ ?
वन्यजन्तुको जीवित वा मृत शरीर वा चिन्हिन सकिने अवस्थामा रहेको शरीरको कुनै पनि अङ्ग
८५. अनुज्ञापत्र भनेको के हो ?
अनुमतिपत्र (लाइसन्स)
८६. नेपालमा रामसार साइटमा सूचीकृत सिमसार क्षेत्र कति वटा छन ?
१० वटा
८७. रामसार साइटमा सूचीकृत सिमसार क्षेत्रले कति क्षेत्रफल ओगटेका छन ?
६०५६१ हेक्टर
८८. रामसार साईटमा सबै भन्दा पहिला सूचीकृत सिमसार कुन हो ?
कोशीटप्पु (१७५०० हेक्टर) सन् १९८७ मा
८९. सबै भन्दा पछि रामसार साइटमा सूचीकृत सिमसार क्षेत्र कुन हो ?
पोखरा उपत्यका तालहरु (२६१०६ हेक्टर) सन् २०१६ मा
९०. रामसार साइटमा सूचीकृत सबै भन्दा कम क्षेत्रफल भएको सिमसार क्षेत्र कुन हो ?
माईपोखरी ९० हेक्टर (इलाम जिल्लामा पर्दछ)
९१. जैबिक बिबिधता सम्बन्धी सन्धी कुन सम्मेलनमा प्रस्तुत गरियो ?
रियो सम्मेलन
९२. जैबिक बिबिधतामा नेपाल बिश्वको कतिऔ स्थानमा छ ?
२५ औ
९३. ग्रीन पिसको स्थापना कहिले भएको हो ?
सन १९७१
९४. ओजन तह पृथ्विको सतहबाट कति माथी रहेको छ ?
२५ देखी ४० किमि सम्म
९५. पृथ्वी दिवस कहिले मनाइन्छ
अप्रील २२
९६. जैविक विविधता कायम गर्नको लागी नेपाल सरकारले लिएको ३ महत्वपुर्ण निति हरु के-के हुन ?
• वन जंगलको संरक्षण
• कृषिको विविधता
• सिमसार क्षेत्रको संरक्षण
९७. जैविक विविधताका ३ प्रकारहरु के के हुन ?
• पारिस्थितिक प्रणाली विविधता
• प्रजाती विविधता
• आनुवंशिक विविधत
९८. जैविक विविधताको हिसावले विश्वको सबैभन्दा सम्पन्न पहिलो र दोस्रोमुलुक कुन कुन हुन ?
पहिलो इन्डोनेसिया- दोश्रो ब्राजिल
९९. विश्वमा पाईने कुल वनस्पतिको कति प्रतिशत नेपालमा पाईन्छ ?
३%
१००. विश्वमा सबैभन्दा बढी गैडा कुन देशमा रहेका छन ?
दक्षिण अफ्रीका(७३%)
१०१. संसारको सबैभन्दा सानो चरा कुन हो ?
बी हमिङ बर्ड
१०२. नेपालमा सबैभन्दा बढी प्रजातिका चरा, पुतली र माछा पाइने उपत्यका कुन हो ?
अरुण उपत्यका
१०३. नेपालमा हाल कति किसिमका लाटकोसेराहरु पाईन्छन ?
१९ प्रजातिका
१०४. नेपालमा पहिलो बाघ गणना कहिले गरिएको थियो ?
सन २००९ मा
१०५. जलवायु परिवर्तन भनेको के हो ?
पृथ्विको वायुमण्डलको तापक्रमको वृद्धिले जल तथा वायु अर्थात वातावरणमा हुने नकारात्मक परिणामलाई
१०६. जलवायु परिवर्तन सम्बन्धी विश्वको ध्यानकर्षण गराउन सगरमाथाको आधार शिविरमा कालापत्थर बैठक कहिले बसेको थियो ?
वि •सं• २०६६ मंसिर १९
१०७. वातावरण प्रदुषण भनेको के हो ?
पृथ्विमा रहेका सम्पुर्ण जैविक तथा अजैविक वस्तुहरुको सन्तुलन बिग्रन गइ मानिस, जीबजन्तु, पशुपक्षीं, वनस्पती आदिलाई बस्न तथा बाँच्न अप्ठायारो हुने अवस्था
१०८. नेपालमा सवारी प्रदुषण मापदण्ड कहिले निर्धारण गरिएको हो ?
वि•सं• २०५६ मा
१०९. नेपालमा पहिलो पटक गिद्ध महोत्सव कहाँ भएको थियो ?
तिलकपुर, नवलपरासी
११०. च्याउमा कति प्रतिसत पानी हुन्छ ?
८४ प्रतिसत
१११. Forest of Flame भनेर कुन प्रजातिको रुखलाई चिनिन्छ ?
पलाँस
११२. नेपालका ४ धाम कुन कुन हुन ?
बराह क्षेत्र, मुक्ति क्षेत्र, रुरु क्षेत्र ,हरिहर क्षेत्र
११३. नेपालको कान्छो जिल्ला कुन हो ?
रुकुम पूर्व
११४. नेपालमा सबै भन्दा कम स्थानीय तह भएको जिल्ला कुन हो ?
रुकुम पूर्व ( ३ गाउँपालिका)
११५. नेपालमा गाऊँपालिका नभएका जिल्ला कति छन ?
२ जिल्ला, काठमाण्डौ र भक्तपुर
११६. नेपालमा सबै भन्दा बढी स्थानीय तह भएको जिल्ला किन हो ?
सर्लाही (नगरपालिका-११, गाऊपालिका ९ गरी जम्मा २०)
११७. नेपालमा सबै भन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो ?
रौतहट (१६ नगरपालिका)
११८. नेपालमा नगरपालिका नभएका जिल्ला कति छन ?
५ जिल्ला, पूर्वी रुकुम, हुम्ला, मनाङ्ग, मुस्ताङ्ग, रसुवा
११९. नेपालमा सबै भन्दा बढी गाऊँपालिका भएको जिल्ला कुन हो ?
धादिङ्ग ११ वटा गाऊँपालिका
१२०. नेपालको कुन ठाउँमा छन ?
• गिद्ध प्रजनन केन्द्र-कसरा चितवन
• हात्ती प्रजनन केन्द्र- खोरसोर चितवन
• गोही प्रजनन केन्द्र- कसरा चितवन
• सर्प संग्रहालय-दमक झापा
• चमेरा संरक्षण केन्द्र-देवानगडिया, नवलपरासी
• अन्तराष्ट्रिय पर्वतिय उद्यान- ककनि, नुवाकोट
• अन्तराष्ट्रिय पर्वतिय संग्रहालय- पोखरा
• जीन बैंक- खुमलटार ललितपुर
• जैविक विविधता सूचना केन्द्र- टिकौली चितवन
१२१. नेपालमा जैविक विविधता महासन्धि कहिले लागु भएको हो ?
फेब्रुअरी २२, १९९४
१२२. नेपालमा सामुदायिक वन बिकास कार्यक्रम कहिलेबाट थालनि भएको हो ?
२०४९/०५०
१२३. नेपालमा कबुलियति वनको अवधारणा कहिले आएको हो ?
२०४८/०४९
१२४. सदर चिडियाखानाको स्थापना कहिले भएको हो ?
बि.सं. १९९८ साल बैशाख २७ गते
१२५. नेपालमा वन्यजन्तु सप्ताह कहिले मनाउन शुरु गरिएको हो ?
बि.सं. २०५३ साल देखि
१२६. नेपालमा पहिलो पटक गैंडा स्थानान्तरण कहिले भएको थियो
सन् १९८६ मा चितवनबाट १३ गैंडा बर्दिया स्थानान्तरण गरिएको थियो
१२७. नेपालमा पहिलो पटक बाघ कहिले स्थानान्तरण गरिएको थियो ?
सन् २०११
१२८. सन् २०११ मा चितवनबाट बर्दिया स्थानान्तरण गरिएको बाघको नाम के राखिएको थियो ?
नमोबुद्ध
१२९. सन् २०११ मा चितवनबाट स्थानान्तरण गरिएको बाघ लिएर बर्दिया जाने मन्त्री को थिए?
तत्कालिन वन मन्त्री दीपक बोहरा
१३०. सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको बाघ पाइने देशका सरकार प्रमुखहरुको सम्मेलनमा नेपालको नेतृत्व कस्ले गरेको थियो ?
तत्कालिन प्रधानमन्त्री माधब कुमार नेपालले
१३१. नेपालमा वन्यजन्तु द्धार केन्द्र व्यवस्थापन कार्यविधि कहिले बनेको हो ?
२०७३ सालमा
१३२. नेपालमा राष्ट्रिय बाघ संरक्षण समिति (NTCC) नेपालको गठन तथा काम कर्तब्य र अधिकार २०६७ मन्त्रीपरिषद बाट कहिले स्वीकृत भएको हो ?
२०६७ साल जेष्ठ २
१३३. नेपालमा राष्ट्रिय बाघ संरक्षण समिति (NTCC) को अध्यक्ष को रहने ब्यवस्था छ ?
प्रधानमन्त्री
१३४. नेपालमा राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति(WCCC) को अध्यक्ष को रहने ब्यवस्था छ ?
वन तथा वातावरण मन्त्री
१३५. नेपालमा केन्द्रिय स्तरको वन्यजन्तु अपराध नियन्त्रण इकाई(WCCB) को संयोजक को रहने व्यवस्था छ ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाका महानिर्देशक
१३६. जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाई(WCCB) को संयोजक को रहने ब्यवस्था छ ?
संरक्षित क्षेत्र रहेको जिल्लामा सम्बन्धित संरक्षक नभएको जिल्लामा डिभिजन वन अधिकृत
१३७. वातावरण सम्बन्धि चिपको आन्दोलन कहिले सुरु भएको हो ?
सन् १९७३ मार्च
१३८. चिपको आन्दोलनको सुरुवातकर्ता गर्ने व्यक्ती हो ?
सुन्दरलाल बहुगुणा
१३९. ग्लोबल ५०० पुरस्कार पाउने पहिलो नेपाली को हुन ?
डा. कृष्ण कुमार पाण्डे
१४०. वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई चिनिन्छ ?
गोल्डम्यान इन्भाइरोमेन्ट प्राइज
१४१. विश्वमा लोप हुन लागेका वन्यजन्तुहरुको सूची प्रकासन गरिने प्रतिवेदनलाई के भनिन्छ ?
रेड डाटा बुक
१४२. विश्वबाट "रेड डाटा बुक" कहिले देखि प्रकाशन हुन थालेको हो ?
सन् १९६६
१४३. २५. एउटा वयस्क रुखले दैनिक सरदर कति अक्सिजन उत्पादन गर्छ ?
२.७ के जि
१४४. २६. नेपालमा निजि वन कार्यक्रम कहिले देखि लागू भयो ?
वि.सं. २०१३
१४५. CITES भनेको के हो ?
संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तराष्ट्रिय ब्यापार सम्बन्धि महासन्धि ( Convention on International Trade in Endangered Species of Wild Fauna and Flora) को संक्षिप्त रुप हो ।
१४६. CITES महासन्धि कहिले पारीत भएको हो ?
१९७३
१४७. CITES महासन्धि कहिले देखि कार्यान्वयन भएको हो ?
सन १९७५
१४८. नेपाल कहिले देखि CITES को पक्ष राष्ट्र रहँदै आएको छ ?
सन् १९७५ देखि
१४९. CITES पक्ष राष्ट्रहरुको सम्मेलन बैठक कति कति बर्षमा हुन्छ ?
हरेक २ - २ बर्षमा
१५०. हाल CITES महासन्धिका पक्ष राष्ट्र संख्या कति छ ?
१८३ राष्ट्र
१५१. साइटिस अनुसूचीमा सूचिकृत वन्यजन्तु र वनस्पति प्रजातिः-
• स्तनधारी-७३ प्रजाति
• पंक्षी-११३ प्रजाति
• सरिसृप-२९ प्रजाति
• उभयचर-२ प्रजाति
• पुतली-३ प्रजाति
• वनस्पति-४१७ प्रजाति
१५२. CITES मा सूचीकृत वन्यजन्तु र वनस्पतिलाई तिनीहरुको अवस्थाको आधारमा कति हनुसूचीमा बर्गिकरण गरेको छ ?
अनुसूची १, २ र ३
१५३. युरो-१ के सँग सम्बन्धित छ ?
सवारीसाधन प्रदुषण
१५४. पृथ्वी दिवस कहिले मनाइन्छ ?
अप्रिल २२
१५५. गौरीशंकर संरक्षण क्षेत्रको घोषणा गर्दा नेपालको प्रधानमन्त्री को थिए ?
माधव कुमार नेपाल
१५६. सन २०२२ सम्ममा नेपालमा बाघको संख्या कति पुर्याउने लक्ष्य छ ?
२५०
१५७. ४०. नेपाल वन्यजन्तु अस्पताल कुन जिल्लामा रहेको छ ?
चितवन
१५८. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कहिले शुरु भएको हो ?
आर्थिक बर्ष २०६६/०६७
१५९. राष्ट्रपति चुरे तराई-मधेश संरक्षण बिकास समिति कहिले गठन भएको हो ?
२०७४ साल जेष्ठ ४ गते
१६०. चुरे पहाडले देशको कति प्रतिसत भू-भाग ओगटेको छ ?
१२.७८ प्रतिसत
१६१. पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो ?
सूर्य
१६२. सूर्यको प्रकाश पृथ्बी सम्म आईपुग्न कति समय लाग्छ ?
८ मिनेट २० सेकेन्ड
१६३. बायुमण्डल र उपग्रह दुबै नभएको ग्रह कुन हो ?
बुधग्रह
१६४. प्राणीको बिकाश भएको एक मात्र ग्रह कुन हो ?
पृथ्वी
१६५. पृथ्वीको कति प्रतिशत भु–भाग पानीले ओगटेको छ ?
७०.४ प्रतिशत
१६६. रातोग्रहका नामले चिनिने ग्रह कुन हो ?
मंगलग्रह
१६७. पहेँलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
शनिग्रह
१६८. प्रकाशले एक बर्षमा पार गर्ने दुरीलाई के भनिन्छ ?
प्रकाश बर्ष
१६९. प्रकाशले एक सेकेण्डमा कति दुरी पार गर्छ ?
तीन लाख किमि
१७०. पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई के भनिन्छ ?
सौर्य दिन (२४ दिन)
१७१. राष्ट्रकबि माधव धिमिरेको मृत्यु कहिले भयो ?
२०७७ साल भाद्र २ गते
१७२. नेपालमा सबै भन्दा पहिला बिजुली बत्ती कहिले बलेको हो ?
बि.सं. १९६८ फर्पिङ्ग
१७३. नेपालमा उर्जा संकटकाल कहिले लागु भएको थियो ?
२०६५ साल पौष १० गते
१७४. नेपालमा सबै भन्दा पहिला गोबरग्यास कहिले उत्पादन भएको हो ?
बि.सं. २०१२ साल
१७५. महाकबि देबकोटा संग्रहालय कहाँ बन्दैछ ?
मैतिदेबी काठमाणडौ
नेपालको बारेमा केहि जानकारी
• नेपालको उत्तर दक्षिण चौडाइ सरदर १९३ किलोमिटर र पूर्वपश्चिमको औसत लम्बाइ ८८५ किलोमिटर फैलिएको छ ।
• नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. छ ।
• विश्वका ठुला राष्ट्रहरूको क्रममा नेपाल ९० औँ स्थानमा पर्दछ ।
• नेपालभन्दा छिमेकी देश चीन ६५ गुणा र भारत २२ गुणा ठुलो छ ।
• नेपालबाट सबैभन्दा नजिकको समुद्र बङ्गालको खाडी करिब ११२७ किलोमिटर टाढा पर्दछ ।
• नेपालको सबैभन्दा नजिकको सिमाना नजोडिएको देश बङ्गलादेश हो ।
• नेपालबाट बङ्गलादेशको सिमाना जम्मा २७ कि. मि.रहेको छ ।
• नेपालको चारैतिर जमिनै जमिनले घेरिएको छ
(१) राजनीतिक बिभाजन
• नेपालमा
o ७७ जिल्ला
o ७ प्रदेश
o ७५३ ओटा स्थानीय तह
o ६छ ओटा महानगरपालिका
o ११ ओटा उपमहानगरपालिका
o २७६ ओटा नगरपालिका
o ४६० ओटा गाउँपालिकारहेका छन् ।
• स्थानीय तहलाई स्थानीय सरकार पनि भनिन्छ ।
(२) वनसाधन
वनसाधनलाई मुख्यतया तीन भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।
(क) ऊपोष्ण सदाबहार वन
• यो वन नेपालको दक्षिणी भागमा रहेको तराई, भावर, दुन र चुरे पहाडको १२०० मिटर सम्मको उचाइमा रहेको पाइन्छ ।
(ख) पतझर वन
• नेपालको चुरे तथा महाभारत पहाडको १२०० मिटर देखि २१०० मिटर सम्मको उचाइमा पतझर मौसमी वनपाइन्छ ।
(ग) कोणधारी वन
• नेपालमा महाभारत पहाडको २१०० मिटर देखि ३३०० मिटर सम्मको उचाइमा यो वनरहेको पाइन्छ ।
(३) नेपालको भौगोलिक बिभाजन
(क) तराई प्रदेश
(ख) पहाडी प्रदेश
(ग) हिमाली प्रदेश
(४)नेपालका नदीहरू
• जल सम्पदाका हिसावले नेपाल व्राजिल पछि विश्वमा दोस्रो स्थानमा रहेको पाइन्छ ।
• नेपालमा १६० कि. मि. भन्दा लामा नदीहरू १०० भन्दा बढी छन्
• नेपालमा ११ कि. मि. भन्दा लामा नदीहरू १००० भन्दा बढी छन् ।
• सबै स्तरका नदीहरूलाई सम्मिलित गर्दा नेपालमा ६००० भन्दा बढी नदीहरू रहेका छन् भन्ने गरिन्छ ।
• नेपालका नदीहरूमा बर्सेनि १७० अरब क्युबिक मिटर पानी प्रवाहित हुने गर्दछ ।
(क) नेपालका नदीहरुको स्तर
• पहिलो स्तर- हिमालय श्रेणीबाट उत्पत्ति भएका नदीहरू ।
• दोस्रो स्तर- महाभारत पर्वतबाट उत्पत्ति भएका नदीहरू ।
• तेस्रो स्तर- चुरे श्रेणीबाट उत्पत्ति भएका नदीहरू ।
नेपालका पहिलो स्तरका नदीहरू
• पहिलो स्तरका नदीहरूमा सालैभर अटुट रूपमा पानी बहन्छ ।
• ग्रीष्ममा वर्षाको अतिरिक्त हिउँ पग्लेको पानी समेत थपिने गर्दछ ।
• नेपालको पूर्वमा सप्तकोसी, बिचमा सप्तगण्डकी र पश्चिममा कर्णाली जलाधार
क्षेत्र बनाई बहन्छन् ।
• नेपालको सबै भन्दा ठुलो नदी कोसीपुर्बी नेपालमा कञ्चनजङ्घादेखि पश्चिममा लाङटाङ हिमाल सम्म फैलिएको छ ।
• कोसी नदीका अरुण, तमोर,सुनकोसी, तामाकोसी, दुधकोसी, इन्द्रावती र लिखु सहायक नदीका रूपमा रहेका छन् । यसलाई सप्तकोसी पनि भनिन्छ ।
• कोसी नदीको कुल लम्बाइ७२० कि. मि. रहेको छ ।
• नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नेपालको मध्य भागमा उत्तरबाट दक्षिणतर्फ बगेको छ ।
• गण्डकी नदी पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धवलागिरिहिमालसम्म फैलिएको छ ।
• गण्डकीमा पनि त्रिशूली, बुढीगण्डकी, मस्र्याङ्दी, मादी,सेती, कालीगण्डकी र दरौँदीसातओटा सहायक नदी मिसिएकाले यसलाई सप्तगण्डकी पनि भनिन्छ ।
• गण्डकी नदी चितवनको देवघाटमा पुगेपछि नारायणी नदीको नामले चिनिन्छ ।
• कर्णाली पश्चिम नेपालमा बहने नेपालको सबैभन्दा लामो नदी हो ।
• कर्णाली नदी पूर्वमा धवलागिरि देखि पश्चिममा व्यास हिमालसम्म फैलिएको छ ।
• कर्णालीमा हुम्ला कर्णाली, मुगु कर्णाली, ठुली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा र सेती गरी सातओटा सहायक नदी मिसिएकाले यसलाई सप्तकर्णाली पनि भनिन्छ ।
• नेपालको पश्चिम सिमानामा वहने महाकाली नदीको उद्गम स्थल लिम्पियाधुरा हो ।
(ख) दोस्रो स्तरका नदीहरू
• नेपालको महाभारत पर्वत शृङ्खला नेपालका दोस्रो स्तरका नदीहरूको उदगम स्थान हो ।
• दोस्रो स्तरका नदीहरूमा पनि सालैभर अटुट रूपमा पानी बहन्छ ।
• नेपालमा दोस्रो स्तरका प्रमुख नदीहरूमा मेची, कन्काई, कमला, बागमती, तिनाउँ,वाणगङ्गा, रापती, बबई आदि रहेका छन् ।
(ग) तेस्रो स्तरका नदीहरू
• नेपालको चुरे क्षेत्रबाटउत्पत्ति भएकानेपालका तेस्रो स्तरका नदीहरू छोटो दुरीका रहेका छन् ।
• तेस्रो स्तरका नदीहरू वर्षार्मा आधारित रहेका हुन्छन् ।
• यी हिउँदँमा प्रायःसुक्खा हुन्छन् ।
• नेपालका रतुवा, बुढी खोला, खाडो खोला, मैनावती,हर्दिनाथ, रातु खोला, लाम खोला, लालबकैया, जमुनी, रेवा खोला, वाणगङ्गा, मोहना खोला, उरिया, भकहरिया,चौधर, विषि खोला आदि तेस्रो स्तरका नदीहरू हुन् ।
तालतलैया
• भौगोलिक दृष्टिले जमिनको कुनै खाल्डोमा जमेर रहेको जलराशिलाई ताल भनिन्छ ।
• नेपालका धेरैजसो ताल तलैयाहरूविभिन्न तीन किसिमबाट निर्माण भएका पाइन्छन् ।
o नेपालको उत्तरी भूभागमा रहेका तालहरू हिमनदीले चट्टान उप्काएर बनेका तालहरू हुन ।
o मध्यभागमा रहेका तालहरू पहाडको निर्माण हुँदा बनेका खाल्डाखुल्डी हुन ।
o नदीको पानी थुनिएर बनेका र दक्षिणको मैदानी भागमा भएका नदी घुमावद्वारा बनेका तालहरूहुन् ।
कुण्ड
o नेपालको उच्च भागमा हिमाली क्षेत्रमा हिमनदीद्वारा निर्मित तालहरूलाई कुण्ड भनिन्छ ।
o नेपालका प्रमख कुण्डहरूमा गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, नागकुण्ड,
गणेशकुण्ड, नुवाकुण्ड आदि छन् ।
ताल
o पहाडको निर्माण हुँदा बनेका खाल्डाहरूमा पानी जम्मा भएर बनेका तालहरूमा फेवा ताल, वेगनास ताल, रूपाताल, सत्यवतीताल, राराताल,फोक्सुण्डो ताल, तिलिचो ताल, खप्तड ताल आदि प्रमुख रहेका छन् ।
o चितवनको बिसहजारी ताल नदी घुमाइद्वारा बनेका तालअन्तर्गत पर्दछ ।
o सिस्ने हिमालको काखमा अवस्थित नेपालको सबैभन्दा ठुलो तालराराताल हो ।
o रारा तालको कुल क्षेत्रफल १०.८ वर्गकिलोमिटर रहेको छ ।
o नेपालको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल मनाङको तिलिचो तालसमुद्र सतहबाट ४९१९ मिटरको उचाइमा हिमरेखाको नजिकै रहेको छ ।
o तिलिचो ताललाई संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल मानिएको छ ।
o ईन्द्रसरोवर मकवानपुर जिल्लामा अवस्थित सबैभन्दा ठुलो मानवनिर्मित ताल हो जुन कुलेखानी जलविद्युत् आयोजनाका लागि निर्माण गरिएको हो ।
Edu Update
कसैले आफूतिर हानेको ढुङ्गा टिपेर घर बनाउने सामर्थ्य लिनुपर्छ !! जिन्दगीले आफै काचुली फेर्छ !!!���
22/01/2025
कोशी प्रदेश पाचौं नमुना सेट गजव 👏
04/09/2024
2081 Ko समसामयिक जानकारी 7 बटै प्रदेश सम्बन्धि
तयार :- AA
Loksewa Book Loksewa book���
13/05/2024
बागमती प्रदेशले 2077 मा 5th लाई सोधेका प्रश्न उत्त!
लोकसेवा बूक-loksewa book
Loksewa Book Edu Update
11/05/2024
pdf note हरु सम्पुर्ण तलको telegram group मा उपलब्ध छन join भएर लाभ लिनु होला
Loksewa Book
Edu Update
telegram 👇️
https://t.me/LokSewaBooks_pdfnote
11/05/2024
कतारका राजा नेपाल भ्रमण
11/05/2024
आज खरीदारमा सोधिएका प्रश्न
2081/01/29
03/05/2024
Loksewa Book
Edu Update
collection gk book
23/04/2024
22/04/2024
11/04/2024
वनरक्षकको लागि शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षण वैशाख 16 देखि
09/04/2024
खरिदार प्राविधिक तर्फ भारी संख्यामा विज्ञापन 80/81
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Address
Kathmandu