23/05/2026
कान सिनेमा उत्सवमा केहि घण्टा अघि सम्पन्न 'अन सर्टेन रिगार्ड' खण्डको पुरस्कार घोषणामा यस कलेजका चौथो ब्याचका विद्यार्थी अनुप पौडेलको निर्माण तथा शिक्षक अविनाशविक्रम शाहको लेखन तथा निर्देशन सहित विभिन्न अन्य ब्याचका अरु विद्यार्थीहरूको समेत संलग्नता रहेको सिनेमा 'तिनीहरू'ले उत्कृष्ट जुरी पुरस्कार जित्न सफल भएको छ ।
यस कलेज परिवार सम्पूर्ण सिनेमाका सिर्जनशिल सदस्यहरूप्रति हार्दिक बधाई ज्ञापन गर्दछ । यो पुरस्कार समग्र नेपालले गर्व गर्नुपर्ने उपलब्धी हो ।
Un Certain Regard Winners List 2026 - Festival de Cannes
Un Certain Regard Prize EVERYTIME Sandra WOLLNER Jury Prize ELEPHANTS IN THE FOG Abinash BIKRAM SHAH 1st film Special Jury Prize IRON BOY Louis CLICHY Best Actor Bradley FIOMONA DEMBEASSET…
22/05/2026
प्रत्येक महिना हामीले सम्झिने तथा उत्सव मनाउने अन्तर्राष्ट्रिय सिनेमाकर्मीमा यस जेठ महिनाका लागि माइकलाङ्गेलो एन्टोनियोनी हुनुहुन्छ।
१९५०को दशकबाट ‘सर्जक निर्देशक’का रूपमा उदाएका इटलीका माइकलाङ्गेलो एन्टोनियोनी विश्व सिनेमा इतिहासका एक महत्वपूर्ण सिनेमा निर्देशक हुन् । आधुनिक मानव पुस्ताले खेपेका एक्लोपन, अस्तिववादिता जस्ता मुद्दाहरूलाई आफ्नो शिल्पमार्फत मूडपरक ढङ्गले पस्किएका छन् उनले । ले एभेन्चुरा (१९६०), रेड डेजर्ट (१९६४), ब्लोअप (१९६६) उनका केहि प्रतिनिधि सिनेमाहरू हुन् ।
𝐎𝐬𝐜𝐚𝐫 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 (𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 𝐨𝐟 𝐅𝐢𝐥𝐦 𝐒𝐭𝐮𝐝𝐢𝐞𝐬)
📍𝐒𝐮𝐤𝐞𝐝𝐡𝐚𝐫𝐚, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐍𝐞𝐩𝐚𝐥
📱+𝟗𝟕𝟕-𝟏-𝟒𝟑𝟕𝟏𝟖𝟕𝟒, 𝟏-𝟒𝟑𝟕𝟎𝟒𝟎𝟗
🌐𝐰𝐰𝐰.𝐨𝐬𝐜𝐚𝐫.𝐞𝐝𝐮.𝐧𝐩
✉𝐦𝐚𝐢𝐥@𝐨𝐬𝐜𝐚𝐫.𝐞𝐝𝐮.𝐧𝐩
22/05/2026
We’re excited to share our very first podcast episode with everyone.
Watch the full episode, support us with your valuable feedback, and don’t forget to subscribe to our new YouTube channel.🎬
A cup of Baatchet ☕️ | podcast | Episode 1| Oscar International College | @PrashannaReviews
Presenting you our new show A Cup of Baatchet ☕🎬In this episode, we bring you a real conversation with filmmaker and critic Prasanna Mali about his journey,...
21/05/2026
यस कलेजको ८औँ ब्याचका विद्यार्थी जनक घर्ती मगरको निर्माण, ८औँ ब्याचकै शिशिर विशङ्खेको छायााँङ्कन, १३औँ ब्याचका अरुण पुन मगरको अभिनय सहित अन्य ब्याचका केहि अरू विद्यार्थीहरूको समेत संलग्नता रहेको सिनेमा 'मितज्यू' भोलि अर्थात् जेठ ८ गते, शुक्रबारबाट नेपालभरका सिनेमा घरहरूमा सार्वजनिक प्रदर्शनीमा आउँदैछ ।
कलेज परिवार यस सिनेमाको उच्च सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
15/05/2026
प्रत्येक महिना हामीले सम्झिने तथा उत्सव मनाउने अन्तर्राष्ट्रिय सिनेमाकर्मीसँगै राष्ट्रिय सिनेमाकर्मी पनि हुनुहुन्छ जसमा यस जेठ महिनाका लागि गंगालाल पिखा हुनुहुन्छ।
नेपाली सिनेमाको जागरण र विकास कालखण्डहरूमा शाही नेपाल चलचित्र संस्थान मार्फत ध्वनि अंकनकर्ता, ढाँचाकार तथा मिश्रकको रूपमा रूपमा काम गर्नु भएका गंगालाल पिखा नेपाली सिनेमाको पहिलो पुस्ताको ध्वनि प्राविधिक हुनुहुन्थ्यो । नेपाली सिनेमाको प्राविधिक पक्षमा आत्मनिर्भर गराउने कार्यमा वहाँको योगदान अग्रणी स्थानमा छ । कुमारी (२०३४), सिन्दूर (२०३६), कान्छी (२०४१) आदि वहाँका सिनेमारूपी सिर्जनाहरू हुन् ।
𝐎𝐬𝐜𝐚𝐫 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 (𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 𝐨𝐟 𝐅𝐢𝐥𝐦 𝐒𝐭𝐮𝐝𝐢𝐞𝐬)
📍𝐒𝐮𝐤𝐞𝐝𝐡𝐚𝐫𝐚, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐍𝐞𝐩𝐚𝐥
📱+𝟗𝟕𝟕-𝟏-𝟒𝟑𝟕𝟏𝟖𝟕𝟒, 𝟏-𝟒𝟑𝟕𝟎𝟒𝟎𝟗
🌐𝐰𝐰𝐰.𝐨𝐬𝐜𝐚𝐫.𝐞𝐝𝐮.𝐧𝐩
✉𝐦𝐚𝐢𝐥@𝐨𝐬𝐜𝐚𝐫.𝐞𝐝𝐮.𝐧𝐩
14/05/2026
यस कलेजको सातौँ ब्याचका विद्यार्थी निमेष श्रेष्ठको लेखन, अभिनय तथा निर्देशन, छैटौँ ब्याचका अनिशजंग थापा, तेह्रौँ ब्याचकी इशा थापा, पन्ध्रौँ ब्याचका अमोग अर्यालको अभिनय, सातौँ ब्याचका अमर महर्जन तथा दशौँ ब्याचका प्रविण खड्काको छायाँङ्कन, एघारौँ ब्याचका बिकेन कार्कीको सम्पादन, सातौँ ब्याचका डिकेश खड्गी शाहीको ध्वनिकर्म, तेर्हौँ ब्याचका आशुतोषध्वज कार्कीको पार्श्व सङ्गीत रहेको सिनेमा 'लाईफ ड्यामेज' तथा दशौँ ब्याचकी विद्यार्थी भिमा मैनालीको अभिनय सहित केहि अन्य विद्यार्थीहरूको समेत भुमिका रहेको सिनेमा 'एक मुठ्ठी बादल' भोलि अर्थात् जेठ १ गते, शुक्रबारबाट नेपालभर सार्वजनिक प्रदर्शनीमा आउँदैछन् ।
यस कलेज परिवार प्रदर्शनीमा आउन आँटेका यी दुबै सिनेमालाई उच्च सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
08/05/2026
Dreams are where great cinema is born.
Akira Kurosawa turned imagination into timeless films like Seven Samurai and Rashomon, stories that still inspire filmmakers around the world.
𝐎𝐬𝐜𝐚𝐫 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 (𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 𝐨𝐟 𝐅𝐢𝐥𝐦 𝐒𝐭𝐮𝐝𝐢𝐞𝐬)
📍𝐒𝐮𝐤𝐞𝐝𝐡𝐚𝐫𝐚, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐍𝐞𝐩𝐚𝐥
📱+𝟗𝟕𝟕-𝟏-𝟒𝟑𝟕𝟏𝟖𝟕𝟒, 𝟏-𝟒𝟑𝟕𝟎𝟒𝟎𝟗
🌐𝐰𝐰𝐰.𝐨𝐬𝐜𝐚𝐫.𝐞𝐝𝐮.𝐧𝐩
✉𝐦𝐚𝐢𝐥@𝐨𝐬𝐜𝐚𝐫.𝐞𝐝𝐮.𝐧𝐩
07/05/2026
यस कलेजको पहिलो ब्याचका विद्यार्थी सुशन प्रजापतिको छायाँङ्कन र चौथो ब्याचका विद्यार्थी अभय बरालको अभिनय रहेको सिनेमा 'लालीबजार', छैँटौँ ब्याचका विद्यार्थी श्यामश्वेत रसाइलीको ध्वनि मिश्रण रहेको सिनेमा 'गुरु आमा' र छैटौँ ब्याचकी विद्यार्थी रोमी तन्डुकारको सम्पादन र सातौँ ब्याचका विद्यार्थी डिकेश खड्गी शाहीको ध्वनि डिजाइन तथा मिश्रण रहेको सिनेमा 'मालती मंगले' भोलि वैशाख २५ गते, शुक्रबारबाट नेपालभरका सिनेमाघरहरूमा सार्वजनिक प्रदर्शनीमा आउँदैछन् ।
यस कलेज परिवार प्रदर्शनीमा आउन आँटेका यी तीनवटै सिनेमालाई उच्च सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
04/05/2026
Glimpses from today’s Special Interaction session with Award winning Filmmaker and Strategist Izzy Chan.
04/05/2026
Glimpses from today's Special Interaction session with Award winning Filmmaker and Strategist Izzy Chan.
01/05/2026
Stories feel real when they mirror real life. That’s the legacy of Akira Kurosawa, a master who turned everyday human struggles into timeless cinema.
𝐎𝐬𝐜𝐚𝐫 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 (𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 𝐨𝐟 𝐅𝐢𝐥𝐦 𝐒𝐭𝐮𝐝𝐢𝐞𝐬)
📍𝐒𝐮𝐤𝐞𝐝𝐡𝐚𝐫𝐚, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐍𝐞𝐩𝐚𝐥
📱+𝟗𝟕𝟕-𝟏-𝟒𝟑𝟕𝟏𝟖𝟕𝟒, 𝟏-𝟒𝟑𝟕𝟎𝟒𝟎𝟗
🌐𝐰𝐰𝐰.𝐨𝐬𝐜𝐚𝐫.𝐞𝐝𝐮.𝐧𝐩
✉𝐦𝐚𝐢𝐥@𝐨𝐬𝐜𝐚𝐫.𝐞𝐝𝐮.𝐧𝐩