16/07/2025
Dear parents be careful
भेट्ने चाह अधुरै, हार्दिक समवेदना भान्जा !
मोबाइल हाम्रो आवश्यकता हो, तर बच्चाहरूका लागि लत बन्न पुगेको छ।अभिभावकको नजरबिनाको मोबाइल प्रयोग कति खतरनाक हुन सक्छ भन्ने उदाहरण छोडेर गयौ भान्जा।
१२ बर्षको बालक, उज्यालो भविष्यको सपना बोकेको, कक्षा ७ मा पढ्ने तर यति ठुलो आत्म ह त्या को निर्णय कसरि? ... कारण थियो मोबाइल! !
मोबाइल धेरै चलाउने र बिशेषगरि FreeFire Game को लत लागेपछि उनलाइ मोबाइलबाट छुटाउन सकिएन्।आमा ले मोबाइलको लत कम गराउन मोबाइल नदिएपछि आज यो निर्णय लिन पुगे सानो बालक।
हाम्रो सन्तान भन्दा मुल्यवान त्यो मोबाइल हुन सक्दैन।त्यसैले
🙏 सबै आमाबुबा, अभिभावक, शिक्षक र जिम्मेवार व्यक्तिहरूलाई विनम्र अनुरोध:
• बच्चालाई मोबाइल दिनुपर्छ कि दिइनुहुँदैन — सोचेर, बुझेर निर्णय गरौं।
• मोबाइल दिनै परे, समय सीमित गरौं, गेम हेर्ने बानीमा रोक लगाऔं।
• सबैभन्दा महत्त्वपूर्ण कुरा — बच्चासँग कुरा गरौं।
• उनी हरु रिसाउँछन् भनेर डराएर होइन — बुझून् भनेर माया, साथ र संवाद दिऔं।
बच्चालाई गाली होइन — समझदारी चाहिन्छ।
मोबाइल होइन — समय चाहिन्छ!
यो केवल एक परिवारको पीडा होइन, हामी सबैका लागि चेतावनी हो। जनचेतनाका लागि जारि सन्देश ।।