19/06/2021
लोकसेवा सम्बन्धि महत्वपूर्ण सामग्री (वस्तुगत प्रश्नोत्तर)
लोकसेवा सम्बन्धि महत्वपूर्ण सामग्री (वस्तुगत प्रश्नोत्तर) – Online Star TV
Online Star TV is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate and other news from Nepal.
24/04/2021
पुनर्निर्मित धरहराको उद्घाटन. 😍
★वि. स. २०७८ बैशाख ११ गते
★प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्नु भएको
★धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहेको छ । जमिनमाथि भुइँतला सहित २३ तला रहेको छ ।
★ जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३ दशमलव ८५ मिटर रहेकाे छ ।
★धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन ।
★नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ । यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ ।
★१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले आफ्नी प्रेमिकाका लागि भनेर धरहरा बनाइएको थियो ।
★वि.स. १९९० सालमा आएको भूकम्पले ११ तले धरहरा ९ तल्लेमा सीमित भयो । पछि तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले ९ तल्लाबाट ११ तल्ले बनाए । र, २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त धरहरा पुनः २०७८ बैशाख ११ गते २२ तल्ले बनाइएको छ ।
03/04/2021
टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता उल्लेख गर्नुहोस । [५]
सामान्यतया कुनै महत्वपुर्ण कुरामा निर्णय गर्न वा नीति निर्धारण गर्न चाहिने आवश्यक तथ्यहरु संकलन गरि टिपोट गरेर अधिकार प्राप्त अधिकारिबाट निर्णय गराउने प्रक्रियालाई टिप्पणी भनिन्छ । यो कार्यलयको निर्णय गराउने एउटा महत्वपूर्ण प्रक्रिया हो ।
कार्यालयको कुनै महत्वपूर्ण बिषयको कामकारबाहीको निमित्त निर्णय गराउनु परेमा वा नीति नियममा भएको अस्पष्टतालाई संशोधन गर्न वा नीति नियम निर्धारण गर्नु परेमा कार्यालयको तल्लो तह (operating level) देखि क्रमशः उठाइएको विभिन्न तथ्य, जानकारी, हाल कानुनमा भएको ब्यबस्था तथा राय सुझाब सहितको विवरणलाई टिप्पणि भनिन्छ ।
Tippani is a written statement of collection of facts, information, opinions, suggestions and related clauses of rules and regulation with a purpose of taking decision. It is prepared by the lower level staffs and forwarded to authorised level for clarify unclear matter.Tippani is used for the ammendment of unclear rules and regulations and to prepare the new policies and rules.
कार्यालय ब्यवस्थापनमा यसको महत्व तथा आवश्यकता :
• कार्यालयको कार्य सम्पादनको क्रममा आइपरेका समस्याको सम्बन्धमा नीति नियमका कुरामा समायानुकुल संशोधन गर्न ।
• Decesion making process मा व्यापक सहभागिता जुटाउन । जस्ले सहभागितामुलक निर्णय गर्न सहयोग पुर्याउँछ ।
• कार्य संचालनमा सरलिकरण गर्न ।
• कानुनमा भएका अस्पष्टतालाई संशोधन गर्न ।
• कार्यलयका कुनै महत्वपूर्ण कुरामा निर्णय गर्न आवश्यक तथ्यांकहरुको संकलन गरि सम्बन्धित तहबाट निर्णय गर्न ।
• भबिस्यमा निर्णय प्रक्रियामा मार्गदर्शनको रुपमा प्रयोग गर्न ।
• कार्यालयको निर्णय प्रक्रियामा तल्लो तहका कर्मचारिको राय सुझाब प्राप्त गर्न ।
03/04/2021
पत्र व्यवहार भनेको के हो ? पत्र व्यबहार गर्दा ध्यान दिनुपर्ने कुरा हरु के के हुन ? लेख्नुहोस
उत्तर:- ~ सरकारी , निजि र व्यावसायिक कार्यालयहरुले एकआपसमा गर्ने पत्रको आदान प्रदानलाइ कार्यालय सन्चालनको सन्दर्भमा पत्रब्यबहार भनिन्छ
~ कुनै पनि सरकारी कार्यालय , ब्याक्ती वा सङ्गठित संस्थाले अर्को कुनै सरकारी कार्यालय , ब्याक्ती वा सङ्गठित संस्थालाई पत्रको माध्यमबाट सुचना आदानप्रदान गर्ने कार्यलाइ पत्रब्यवहार भनिन्छ ।
~ कुनै एउटा कार्यालयले अर्को कार्यालयबाट आफुलाइ आबश्यक सहयोग माग्न वा कुनै बिषयको बारेमा जानकारि लिन निश्चित प्रक्रिया अनुसार चिठ्ठी पत्रलाइ नै पत्र व्यवहार भनिन्छ । अथवा दुई निकायबिचको लिखित सम्पर्कलाई पत्रब्यवहार भनिन्छ
✋- पत्रब्यबहार गर्दा ध्यान दिनुपर्ने कुराहरु 🌹
- एक कार्यालयले अर्को कार्यालयलाइ वा कार्यालय सम्बन्द्व पदाधिकारिलाइ पत्रब्यबहार गर्दा लेटरप्याडमा पत्र तयार गर्नुपर्दछ
- पत्र कुन पदाधिकारी वा निकायलाइ लेखिएको हो सोही अनुरुपको सम्बोधन हुनुपर्छ
- पत्रमा मिति, बिषय, च.न. का साथै जवाफ दिन खोजिएको पत्र भए प्राप्त पत्र सङ्ख्या , सङ्क्षिप्त ब्यहोरा समेत खुलाउनुपर्छ
- कार्यालयको चलानी किताबमा अभिलेख राखी पत्र सङ्ख्या र चलानी नम्बर समेत लेखिएको हुनुपर्छ
- कार्यालयको छाप , हस्ताक्षर गर्ने अधिकारिको नामथर, पद र हस्ताक्षर भएको हुनुपर्दछ
- पत्रबाट भन्न खोजिएको कुरा स्पष्ट र सहजै बुझिने खालको हुनुपर्छ
- पत्र जरुरी, अत्यन्त जरुरी, गोप्य, तुरुन्त वा साधारण के हो खोलिएको हुनुपर्दछ
- पत्रमा प्रयोग हुने शब्दहरु दोहोरो अर्थ लाग्ने हुनु हुदैन र जानकारी लिन खोजिएको बिषय स्पष्टरुपमा लेखिएको हुनुपर्दछ
- पत्र लेख्दा आदेश , निर्देशन वा निर्णय कुन आधारमा लेखिएको हो सो कुरा खुलाउनुपर्छ
- बोधार्थ वा कार्यार्थ गर्नुपर्ने हो होइन सो सम्बन्धमा बिचार पुर्याउनुपर्दछ
- पत्र कुन साधनद्वारा पठाइएको छ सो कुरा चलानी किताबमा खुलाउनु पर्दछ
03/04/2021
पत्रव्यवहार भनेको के हो ? यसको उद्देश्यहरु उल्लेख गर्नुहोस। २+३(खारिदार/महिला स.बिकास/ना.सु)
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
>कुनै कार्यलय,व्यक्ति, संघ,संगठनले एक स्थानबाट अर्को स्थानमा लिखित रुपमा अर्को कार्यलय,व्यक्ति,संघसस्थालाई पठाउने कार्यबिधी नै पत्रव्यवहार हो।
>सूचना,खबर,भावना,आदानप्रदान गर्ने सस्तो सुलभ, पुरानो प्रचलित माध्यम हो,पत्रव्यवहार।
>विभिन्न संघसंस्था,निकाय,कार्यलयबिच सम्बन्ध स्थापित गराइ सन्देश सूचना आदानप्रदान,जानकारी लिन गरिने सञ्चार प्रणालीलाइ पत्र व्यवहार भनिन्छ।
>वर्तमान समयमा पत्रव्यवहार विभिन्न बिद्धुतिय माध्यमहरु बाट पनि हुने गर्दछ।जस्तै: डिस्क,इमेल,पेन्ड्राइभ आदि।
#यसको_उद्देश्यहरु
•••सस्तो सुलभ सञ्चार सेवा आदानप्रदान गर्नु,
•••व्यक्तिगत,व्यवसायिक,सरकारी तथा अन्य संस्थाबिचको खबर आदानप्रदान गर्नु,
•••प्रमाणित अभिलेखको रूपमा पेस गर्न,
•••अन्तरास्ट्रिय,व्यापारीक,कुटनैतिक सम्बन्धको खबर आदानप्रदान गर्न,
•••समय र पुजींको वचत गर्न,
•••दैनिक प्रशासन सञ्चालन गर्न।
01/04/2021
Types of Deposit :
The deposit can be categorized into different categories based on the currency, collection, time, interest-bearing and nature as follows.
01/04/2021
निक्षेप भनेको के हो? यसका प्रकार बारे स्पष्ट पार्नुस?
सर्बसाधारण वा विभिन्न सस्थाहरुले बैङ्क तथा बित्तीय सस्थामा जम्मा गरेको रकम नै निक्षेप हो।यस्तो निक्षेपलाइ बैङकले केही लगानी गर्दछ र केही नगदको रुपमा बैङकमै जम्मा गर्दछ।
बैङ्क तथा बित्तिय सस्था सम्बन्धी ऐन 2073 अनुसार " ब्याज वा बिना ब्याज दिने गरि बैङक वा बित्तिय सस्थाको चल्ती,बचत,मुद्दती खातामा ग्राहकमार्फत जम्मा भएको रकम सम्झनु पर्छ।सो शब्दले रास्ट्रबैङकले समय समयमा निर्धारण गरेको बैङक तथा बित्तीय सस्थाले बिभिन्न बित्तिय उपकरणको माध्यम बाट स्विकार गरेको रकमलाई जनाउछ।"
निक्षेप बैङकको लागि प्रमुख लगानी हो,जुन input को रुपमा रहेको हुन्छ उक्त निक्षेपको लगानिप्रश्चात निश्चित output को रुपमा देखिन्छ।
निक्षेपका प्रकारलाइ यसरी प्रष्ट पारिएको छ।
1) Current deposit -> चल्ती खाता भनेको मागेको बखत जहिले पनि झिक्न पाउने गरि बैङक वा बित्तिय सस्थामा राखिएको रकमको हरहिसाब लेखिएको खाता सम्झनु पर्छ।
तसर्थ: निम्न बिशेषतायुक्त खाता नै चल्ती खाता हो।
-> यस्तो खातामा बैङ्कले ब्याज दिदैन।
-> खातामा जम्मा गरेको रकम मागेको बखत बैङकले भुक्तानी दिन्छ।
-> यस्तो खातामा भुक्तानीको लागि बढि मात्रामा तरल मौज्दात राख्नु पर्छ।
2) Saving deposit -> बचत खाता भनेको बचतको निमित्त राखिएको रकमको हरहिसाब लेखिएको खाता सम्झनु पर्छ। तसर्थ: निम्न बिशेषतायुक्त खाता बचत खाता हो।
-> यस्तो खातामा बैङकले ब्याज प्रदान गर्दछ।
-> खातामा राखिएको रकम एकै दिन झिक्न मिल्दैन ।
-> चल्ती खाता भन्दा कम मात्रामा तरल मौज्दात राख्दा हुन्छ।
3) Fixed deposit -> मुद्दती खाता भनेको निश्चित अबधिसम्म जम्मा रहने गरि राखिएको रकमको हरहिसाब लेखिएको खाता सम्झनु पर्छ। तसर्थ: निम्न विशेषताउक्त खाता मुद्दती खाता हो।
-> खातामा जम्मा गरिएको रकम समयावधी पूरा नभए सम्म झिक्क मिल्दैन।
-> खातामा रकम जम्मा गरेमा बैङकले प्रमाणपत्र उपलब्ध गराउदछ।
-> उक्त प्रमाणपत्र धितो राखी कर्जा लिन सकिन्छ।
-> बैङकले अन्य खाता भन्दा बढी ब्याज प्रदान गर्दछ।
अत: छरिएर रहेको रकम सङ्कलन गरि उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्नको लागि निक्षेप कारोबार गरिन्छ।निक्षप लगानिको रुपमा input हो यसलाइ निक्षेप प्रक्रिया मार्फत output प्राप्त गरिन्छ। यस अन्तर्गत चल्ती,बचत र मुद्दती खाता पर्दछ।
20/02/2021
अन्तराष्ट्रिय सामाजिक न्याय दिवश २०२१
•••••••••••••••••••••••••••••••••••••••••••••••••
⇨हरेक वर्ष फ्रेवुअरी २० मा मनाईने
⇨नारा:- "डिजिटल अर्थव्यवस्थामा सामाजिक न्याय"
⇨सन् २००७ नोभेम्वर २६ मा संयुक्त राष्ट्र संघ को महासभाले मनाउने निर्णय गरेको
⇨समाजमा हुने हरेक प्रकार का विभेद अन्त्य गर्न जागरण फेलाउने उदेश्य सहित
☆स्मरण रहोस:-
⇨नेपालको संविधान को धारा ४२ मा सामाजिक न्याय को हकको व्यवस्था गरिएको छ!
©-Govinda Giri - गोविन्द गिरी
⇨शेयर गरौ!