25/02/2023
बिजुली गाडि (इभि) को हिसाब किताब बेजोड छ ...
१. पेट्रोल गाडीको हकमा :
एक दिनमा ५० किमी यात्रा गर्नेहरुको लागि:
एक महिनाको यात्रा: ५०×३०= १५०० किमी
पेट्रोल गाडीको माईलेज १५ किमी/ लिटर
१५००/१५= १०० लिटर
१००×१७०= १७०००
१ बर्षको १७०००×१२=२०४०००
८ बर्षको=२०४०००×८=१६३२०००
२. ईभिको हकमा :
औषत रेन्ज: २०० किमी
एक महिनामा चार्ज गर्नुपर्ने: १५००/२००= ७.५ पटक
एक पटक फुल चार्ज गर्दा = ३०.२ युनिट
एक महिनामा कुल खपत युनिट= ३०.२×७.५=२२६.५युनिट
औषत प्रति युनिट लागत: रु १५
महिना को लागत: १५×२२६.५= ३३९७.५
एक बर्षको लागत: ४०७७०
८ बर्षको लागत: ३२६१६० (सामान्यत ब्याट्रीको वारेन्टी ८ बर्षको हुने हिसाब किताब अनुसार)
३. पेट्रोल र ईभिको ८ बर्षको फ्युलको मात्रै लागतमा फरक:
१६३२०००-३१६१६०=१३१५८४०
४. बार्षिक बचत = १६३२३०
बार्षिक १०% ब्याजदरमा ८ वर्षपछिको फ्युचर भ्यालु = १६३२३०×१४.४८६६ = रु २३,६४,६४७ ।
५. सर्भिस र सरकारले दिने क्लिन इनर्जी कर छुटको बचत त थप छँदैछ ।
६. शुरुकै लागत हेर्दा पनि ईभि बराबर सुबिधा भएको पेट्रोल गाडी किन्दा थप १२ लाख महङ्गो (बढि खर्च) पर्ने अवस्था छ ।
उक्त १२ लाखको ८ बर्षपछिको फ्युचर भ्यालु:
१२०००००×(१+०.१)^८ = २५,७२,३०६
७. एक दिनमा ५० किमी यात्रा गर्नेहरुको लागि ईभिले ८ बर्ष पछि समान सुबिधा भएको पेट्रोल गाडीको तुलनामा शुरुको लागत र फ्युलमा मात्रै ४९ लाख ३६ हजार ९ सय ७३ बचत गराउने देखिन्छ ।
८. प्रतिदिन ५० किमी भन्दा कम वा बढी यात्रा गर्नेहरुको लागि पनि यहि अनुपातमा लाभ प्राप्त हुने देखिन्छ ।
९. यति बचत रकमले त ब्याट्री मात्रै फेर्ने होइन कि अर्को नयाँ इभि गाडी नै किन्न पुग्ने देखिन्छ ।
१०. भोलि बिक्री/उत्पादन बढ्दै गएपछि ब्याट्री थप सस्तो हुँदै आउला त्यो अर्को प्लस प्वाइन्ट हुनेछ ।