01/11/2025
सकेसम्म चाडो उद्दार होस ...
खुम्बु क्षेत्रमा यात्रु अलपत्र:
पछिल्ला चार दिनयता लगातार परेको वर्षा र हिमपातका कारण उडान हुन नसक्दा तथा आवतजावतमा समस्या भएपछि खुम्बु क्षेत्रमा मात्र करिब साढे पाँच हजार पर्यटक तथा तिनका सहयोगीको विचल्ली भएको हो । आधार शिविर क्षेत्रमा मात्र एक हजार ४९० पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गोरक्क्षेपमा २२० जना, लोबुचेमा २३५ जना, दिङबुचेमा एक हजार जना, थुक्लामा ३५ जना रहेका छन् ।