Garima Bc - गरिमा बि. सी.

Garima Bc - गरिमा बि. सी. हामी लोकसेवा तयारीमा रहने विद्यार्थीलाई समसामयिक जानकारी ल्याउने गर्दछौं ! समसामयिक जानकारीको विशेष अप्डेटको लागि फलो गर्नै पर्ने पेज
(5)

‘’Digital र AI संसारमा आदिवासी जनजाति” भन्ने नारा सहित नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आदिव...
22/08/2026

‘’Digital र AI संसारमा आदिवासी जनजाति” भन्ने नारा सहित नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आदिवासी जनजातिका लागि नि:शुल्क "Digital Media र AI Advance Training” २०८३ भदौ १८ गतेदेखि असोज २२ गतेसम्म सञ्चालन हुनेछ ।

तालिम संचालन हुने नेपाली समय प्रत्येक साँझ ७:०० - ९:३० बजेसम्म

फारम भर्ने मिति २०८३ भदौ २ देखि भदौ १५ गतेसम्म

सेवा शुल्क रु १०००/- मात्र

तालिम पूर्ण रूपमा Online Live माध्यमबाट सञ्चालन हुनेछ, त्यसैले देश तथा विदेशबाट इच्छुक सहभागीहरूले सहज रूपमा सहभागिता जनाउन सक्नुहुनेछ ।

You Can Learn

1. Artificial Intelligence & AI Content Creation

AI Tools • Prompt Engineering • AI Writing • AI Image & Video Generation • Agentic AI • NotebookLM

2. Graphic Design & Digital Photography

Adobe Photoshop • Canva • Digital Photography • Photo Editing & Retouching

3. Professional Video Editing

CapCut • Filmora • Adobe Premiere Pro

4. Social Media Content Creation

Facebook • TikTok • YouTube • Instagram • Reels • Content Strategy

5. WordPress Web Design & Development

WordPress • Website Design • Basic SEO • Domain & Hosting

6. Blogging & Digital Content Writing

Blogger/WordPress • SEO Writing • Content Planning • Publishing

7. Personal Branding, Freelancing & Online Earning

Personal Branding • Portfolio • Freelancing • Client Acquisition • Digital Services • Online Income

अन्तिम दिन: Real-world Capstone Project

नोट:

- प्रशिक्षार्थीहरूको सीप, कला र उत्कृष्ट प्रस्तुतिको आधारमा पुरस्कारको व्यवस्था गरिनेछ ।

- तालिम पश्चात् प्रशिक्षार्थीहरूलाई ई-प्रमाणपत्र प्रदान गरिनेछ ।

थप जानकारीको निम्ति WhatsApp No: 9805227147, 9841339789

9851127147

इच्छुक व्यक्तिहरूले तल दिइएको Link Click गरेर फारम भर्न सक्नुहुनेछ ।

https://nfdin-aitraining.gtechvision.com

लुम्बिनी प्रदेश  #साताैं तह आजको प्रश्नपत्र !
21/08/2026

लुम्बिनी प्रदेश #साताैं तह आजको प्रश्नपत्र !

कोरियाको पसिनादेखि शाखा अधिकृतको सफलतासम्म! .........…………………………………………………………सपना ठूलो हो भने दूरी, दुःख र परिस्थितिले रोक...
21/08/2026

कोरियाको पसिनादेखि शाखा अधिकृतको सफलतासम्म! .........…………………………………………………………
सपना ठूलो हो भने दूरी, दुःख र परिस्थितिले रोक्न सक्दैन। एक उदाहरण :-

दक्षिण कोरियामा कठिन श्रम गर्दै, थकानसँग लड्दै र पढाइलाई निरन्तरता दिँदै टंकप्रसाद खनालले अन्ततः त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा शाखा अधिकृत पदमा सफलता हासिल गरेका छन्।

१९/२० वर्षकै उमेरमा विदेशिएका टंकप्रसादले कोरियाबाट फर्किएको चार दिनमै क्यान्सरपीडित बुबालाई गुमाउनुपर्‍यो। बुबाको अन्तिम इच्छा थियो -"अब नेपालमै बस।”

तर परिस्थितिले फेरि कोरिया पुर्‍यायो, उनको सपनाले भने कहिल्यै साथ छोडेन। कठिन कामसँगै निरन्तर अध्ययन गरे र आज त्यही संघर्ष सफलताको उदाहरण बनेको छ।

हरेक आइतबार निजामती कर्मचारी लक्षित ओपिडी सेवा शुरु हुने सम्बन्धी सूचना!!!
21/08/2026

हरेक आइतबार निजामती कर्मचारी लक्षित ओपिडी सेवा शुरु हुने सम्बन्धी सूचना!!!

मोतिकला ओली भन्छिन् : छोरा त सीडीओ साप पो भएछ । 'तपाईंको नागरिकतामा मैले नै सही गर्ने हो' भनेपछि म त गद्‍गद नै भएँ नि । ...
20/08/2026

मोतिकला ओली भन्छिन् : छोरा त सीडीओ साप पो भएछ । 'तपाईंको नागरिकतामा मैले नै सही गर्ने हो' भनेपछि म त गद्‍गद नै भएँ नि । अनि नागरिकता नि छोराले नै दियो ।

मोतिकला ओली भन्छिन् : छोरा त सीडीओ साप पो भएछ । 'तपाईंको नागरिकतामा मैले नै सही गर्ने हो' भनेपछि म त गद्‍गद नै भएँ नि .....

आजको गोरखापत्र सामान्य ज्ञान!!
19/08/2026

आजको गोरखापत्र सामान्य ज्ञान!!

कलिलै उमेरमा कैलालीका गंगारामको प्रेरणादायी यात्रा– खरिदारदेखि उपसचिवसम्म !धनगढी: गौरीगंगा नगरपालिका–४, कैलालीका गंगाराम...
18/08/2026

कलिलै उमेरमा कैलालीका गंगारामको प्रेरणादायी यात्रा– खरिदारदेखि उपसचिवसम्म !

धनगढी: गौरीगंगा नगरपालिका–४, कैलालीका गंगाराम सापकोटा नेपाल सरकारको उपसचिव (राजश्व) पदमा सिफारिस भएका छन्। सरकारी सेवामा निरन्तर मेहनत, अनुभव र जिम्मेवारीको यात्रा तय गर्दै सापकोटा उपसचिव पदसम्म पुगेका हुन्।

सापकोटाको निजामती सेवाको यात्रा खरिदारबाट सुरु भएको थियो। उनले वि.सं. २०७२ सालमा न्याय समूहको खरिदार पदबाट सरकारी सेवा प्रवेश गरे। सेवा प्रवेशको एक वर्षमै उनले थप जिम्मेवारीतर्फको यात्रा अघि बढाए। २०७३ सालमा लेखा समूहको नायब सुब्बा (नासु) पदमा नाम निकाल्न सफल भए।

त्यसपछि पनि उनको प्रगतिको क्रम रोकिएन। २०७४ सालमा सामान्य प्रशासन समूहको शाखा अधिकृत पदमा प्रवेश गर्दै उनले निजामती सेवामा आफ्नो जिम्मेवारी र अनुभवको दायरा अझ फराकिलो बनाए।

शाखा अधिकृतका रूपमा काम गर्दै उच्च तहको प्रतिस्पर्धामा निरन्तर अघि बढेका सापकोटा आर्थिक वर्ष २०८०/८१ मा उपसचिव पदका लागि वैकल्पिक उम्मेदवार बनेका थिए। त्यसपछि पनि उनले प्रयासलाई निरन्तरता दिए।

अन्ततः २०८३ मा उपसचिव (राजश्व) पदमा सिफारिस भएसँगै उनको लामो सरकारी सेवायात्राले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

खरिदार, नासु, शाखा अधिकृत हुँदै बनेका उपसचिव सापकोटाको यो यात्रा निजामती सेवामा प्रवेश गर्न चाहने युवाका लागि मेहनत, निरन्तरता र धैर्यको उदाहरण बनेको छ। गौरीगंगा–४ का सापकोटाको यो सफलताले सुदूरपश्चिमबाट निजामती सेवामा अघि बढिरहेका युवाको सम्भावना र क्षमतालाई समेत उजागर गरेको छ।

18/08/2026

तैले गा म नाच्छु है साथी 😅😁🙊🙊

18/08/2026

नेपालको संविधानले प्रत्याभूत गरेको कुन मौलिक हक डिजिटल गभर्नेन्स सँग प्रत्यक्ष सम्बन्धित छ ?
(A) सूचनाको हक
(B) सम्पत्तिको हक
(C) धर्मको हक
(D) भाषाको हक

Send a message to learn more

17/08/2026

अन्तराष्ट्रिय अदालतको प्रधान कार्यालय कुन देशमा रहेको छ ?

Send a message to learn more

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Garima Bc - गरिमा बि. सी. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Garima Bc - गरिमा बि. सी.:

Shortcuts

Share