नेपाल राष्ट्र बैंक, तयारी कक्षा

नेपाल राष्ट्र बैंक, तयारी कक्षा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल राष्ट्र बैंक, तयारी कक्षा, Educational Research Center, Thapathali, Kathmandu.

05/12/2025
लोक सेवाको परीक्षामा १/२ वर्षमा नै कसरी नाम निकाल्ने ? यसरी गर्नुहोस् तयारी । 18/07/2024

कस्तो तयारीले लोक सेवाले लिने परीक्षामा नाम निकाल्न सकिन्छ ?

लोक सेवाको परीक्षामा १/२ वर्षमा नै कसरी नाम निकाल्ने ? यसरी गर्नुहोस् तयारी । प्रायः प्लस टु, स्नातक, स्नातकोत्तर जस्ता औपचारिक शिक्षा प्राप्त गरिसकेपछि कुनै पनि व्यक्तिको व्यवसायिक जीवनको ....

न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहकारको जिम्मेवार प्राप्त गर्नु क्षमता क 04/02/2023

आम युवाहरुझैँ डा. अधिकारी १३ वर्ष अगाडि उज्जवल भविष्य बनाउने भनेर न्यूजिल्याण्डतर्फकाे यात्रामा लाग्नुभयाे । छाेटाे समयमा नै उहाँले त्यहाँ न्यूजिल्याण्डको लागि नेपाली पर्यटनदुत, एन आर एनए न्युजिल्याण्डकाे सल्लाहकार, पब्लिक हेल्थ एशोसिएशन न्यूजिल्याण्डको अध्यक्ष र निकै थाेरै नेपालीले प्राप्त गर्ने विदेशका सरकारकाे महत्वपुर्ण जिम्मेवार तथा न्यूजिल्याण्डकाे स्वास्थ्य मन्त्रालयकाे प्रमुख सल्लाहकार जस्ताे पदमा कार्यरत हुनुहुन्छ । याे श्रृंखलामा उहाँबाट युवाहरुले के सिक्ने भन्ने विषयमा विदेशकाे यात्रा, अध्ययन, संघर्ष, प्राप्त गरेका उपलब्धि र त्यस पछाडिकाे रहस्य लगाएतका विषयहरु समेटिने प्रयास गरेकाे छु, समय मिलाएर हेर्नुहाेस्, प्रेरणादायी हुनेछ ।

न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहकारको जिम्मेवार प्राप्त गर्नु क्षमता क

18/01/2023

Proud Moment🙏🙏🇳🇵🇳🇵🇳🇵

हामी सबैलाई गर्वको विषय:🇳🇵🇳🇵🇳🇵
बहराइनका पूर्व राजा खालिफाको नाममा स्थापित इसा अवार्ड अन्तर्गत मानवीय सेवातर्फको विधामा डा. सन्दुक रुइतलाई सम्मान । डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नुहुनेछ ।
यस वर्ष यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए । अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ । डा.रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा पद्यश्री अवार्ड प्राप्त गरिसक्नुभएको छ ।
हार्दिक बधाई तथा शुभकामना डा. रुइत ।

13/01/2023

यस्तो सम्म पीडा !!!
नेपाल सरकारबाट अवकाश पश्चात पिएचडी अध्ययनकाे लागि मेराे श्रीमती त्रिभुवन विश्वविद्यालयमा भाैतिक उपस्थितिमा कक्षा लिन जाँदा उपकुलपतिकाे कार्यालय छिर्ने गेटमा काला काला ब्यानर टाँगेकाे देखेर, त्यहाँ विश्वविद्यालय भित्र हुने कुराकानीले मेराे असुरक्षा र उनले आफ्नाे समेत असुरक्षा देखेर ड्रप आउट गरेकी छिन् ! याे भन्दा पीडादायक क्षण मेराे लागि के हुन सक्छ ?
पुरा कार्यक्रमकाे लागि याे लिंकबाटः
https://www.youtube.com/watch?v=yHnWNRB1ts0

25/05/2022

🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी(विज्ञापनसहित) 31/10/2021

https://hatmakhabar.com/news/2021/10/31/75917/

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी(विज्ञापनसहित) काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा आठ सयभन्दा बढी संख्यामा आवेदन मागेको छ । बैंकले वरिष्ठ प्रबन्ध....

29/05/2021

आर्थिक वर्ष २०७८/७९ को बजेट
•••••••••••••••••••••••••••••••••••••••••••••
•बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड
•यसमध्ये:-
⇨ चालुतर्फ ६ खर्ब ७८ अर्ब (४१.२ प्रतिशत)
⇨पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ (२२.७ प्रतिशत )
⇨वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ
(१२.६ प्रतिशत)

•त्यस्तै:-
⇨ प्रदेश र स्थानीय तहमा ३ खर्ब ८६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गरिने भएको छ ।⇨ प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको कुल वित्तीय हस्तान्तरण मध्ये ८४ प्रतिशत चालु शीर्षकमा खर्च हुनेछ ।

बजेटको मुख्य विशेषताहरु
••••••••••••••••••••••••••••••••••
⇨आर्थिक वृद्धिदर र मुद्रास्फ्रिती दर ६.५ प्रतिशत हुने अनुमान

⇨'कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने'

⇨'खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया बिनियोजन

⇨'कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रूपैयाँ बिनियोजन'

⇨'मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयं सेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि,अब मासिक १२ हजार रूपैयाँ पाउने'

⇨'ढल्केबर,बर्दघाट र लम्कीमा ट्रमा सेन्टर निर्माणको लागि बजेट बिनियोजन'

⇨सशर्त अनुदान तर्फ प्रदेशलाई ३७ अर्ब ८७ करोड र स्थानीयत तहलाई १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

⇨प्रदेशलाई वित्तिय समानिकरण अनुदान ५७ अर्ब ५४ करोड र स्थानीय तहलाई ९४ अर्ब सामानिकरण अनुदान विनियोजन गरेको

⇨समपुरक अनुदान तर्फ १२ अर्ब ३७ करोड र बिषेश अनुदान तर्फ १२ अर्ब ४६ करोड विनियोजन भएको छ

⇨निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको

⇨सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४००० पुग्यो

⇨सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र रोजगारदाताले योगदान गर्नुपर्ने जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने

⇨'युवालाई ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्मको कर्जाको व्यवस्था गरिने'

⇨सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा, निजीलाई प्रोत्साहन गरिने

⇨निषेधाज्ञा अवधिभरको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट

⇨'५ वर्षभित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाइने

⇨आगामी एक वर्षमा १ लाखलाई नि:शुल्क तालिम दिने

⇨ रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको

⇨प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई लाख रोजगारी सिर्जना गर्न १२ अर्ब बजेट छुट्याईएको

⇨सबै प्रदेशमा भू बैंक स्थापना, खाली जग्गा व्यवसायिक खेतीमा लगाइने

⇨भूमिहिन दलित, सुकुम्बासी, जग्गाविहिनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने घोषणा

⇨गरिबी निवारण कोष खारेज गर्ने

⇨साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने

⇨पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी लाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने

⇨मौसम सम्बन्धी सूचना प्रवाहका लागि सरकारले छुट्टै टेलिभिजन सञ्चालन गर्ने भएको छ ।

⇨मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष संचालनमा ल्याइने

⇨सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने

⇨चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाईने

⇨दलित, मुस्लिम र मुक्त कमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि नि:शुल्क पढ्न पाउने व्यवस्था गरेको

⇨बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुग्यो

⇨चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क पनि नलाग्ने

⇨काठमाडौं उपत्यकामा सञ्चालित उद्योगलाई मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने

⇨हुम्लाको सदरमुकाम सिमिकोटलाई आगामी वर्षमा राष्ट्रिय राजमार्गमा जोडिने

⇨तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन
⇨पूर्वपश्चिम राजमार्गलाई सुरक्षा व्यवस्थासहित विस्तार गर्न १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

⇨२ वर्षमा सबै सामुदायिक विद्यालयमा नि:शुल्क ईन्टरनेट ।

⇨मुस्ताङमा यूरेनियम सम्भाव्यताको अध्ययन गरिने ।

⇨झापाको दमकमा अन्तर्राष्ट्रिय रङ्गशाला । २ वर्षमा सप्पन्न हुने ।

⇨पूर्वपश्चिम रेलमार्ग सहितका रेलमार्ग आयोजनाका लागि १० अर्ब ३ करोड बजेट छुट्याएको

⇨दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग बनाइने,

⇨विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने

⇨विद्युतबाट चल्ने घरायसी सामग्रीको भन्सार मूल्य घटाउने

⇨१ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने, अनुदान ७५ हजार

⇨संसद विकास कोषको नामले परिचित ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम’ खारेज

⇨साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याइने ।

⇨ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ भने स्व. आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने

⇨भूकम्पपछिको पुनर्निर्माणका लागि ३३ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ

⇨नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा

⇨२ वर्षमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिने

⇨सुरक्षाकर्मीको राशन भत्ता १५ प्रतिशत भएको

⇨सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि भएको छ भने १० लाखको दुर्घटना विमा र १ लाखको स्वास्थ्य बीमा हुने

⇨अध्ययन गर्नुभयो खुसीलाग्यो... कृपया शेयर गर्नु नभुल्नुहोला है!

08/03/2021

मिति घोक्नुपर्ने केही समसामयिक by prakash pradhan
..........

👉️ भुमी सम्बन्धि समस्या समाधान आयोगको अध्यक्षमा देबि प्रसाद ज्ञवाली नियुक्त : २०७७ बैशाख ३

👉️ नेपालमा कोरोना संक्रमणका कारण पहिलो ब्यक्तिको मृत्युु : २०७७ जेठ १

👉️ नेपालको नया नक्सा सार्बजनिक : २०७७ जेठ ७ गते ( राजपत्रमा प्रकाशित मिति २०७७ जेठ ५ गते)

👉️नेपालको संविधान दोस्रो संसोधन : २०७७ असार ४ गते (राजपत्रमा प्रकाशित ) प्रतिनिधिसभाबाट पारित- २०७७ जेठ ३१ गते, राष्ट्रिय सभाबाट पारित-२०७७ असार ४ गते

👉️नेपालमा सलह किराको प्रबेश : २०७७ असार १३

👉️नेपालमा लकडाउनको अन्त्य : २०७७ साउन ७

👉️नेपालको नया नक्साको अङ्ग्रेजी सस्करण स्वीकृत : २०७७ साउन ३०

👉️राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन : २०७७ भदौ २

👉️ आङरिता शेर्पाको निधन : २०७७ असोज ५

👉️ नेपाल र इजरायल बिच श्रम सम्झौता : २०७७ असोज १४

👉️ प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ दाङ तोकिएको : २०७७ असोज २०

© Prakash Pradhan

👉️ रानीपोखरी पुन निर्माण गरि उद्घाटन गरिएको : २०७७ कार्तिक ५ गते

👉️ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा "नेपाल" मात्रै लेख्ने मन्त्रीपरिषदको निर्णय : २०७७ कार्तिक २४
👉️७५३ ओटै स्थानिय तहमा रोजगार सेवा केन्द्रको स्थापना : २०७७ मङ्सिर ३

👉️ नेपाल टेलिकमले ७७ ओटै जिल्लामा 4G सेवा उपलब्ध गराएको : २०७७ मङ्सिर १६

👉️ सगरमाथाको नया उचाई ८८४८.८६ मिटर कायम : २०७७ मङ्सिर २३

👉️ राष्ट्रिय जलश्रोत नीति २०७७ सार्बजनिक : २०७७ पुस २

👉️ राष्ट्रपतीद्वारा प्रतिनिधिसभाको बिघटन : २०७७ पुस ५

👉️ नेपाल सरकारद्वारा नागरिक एप सार्बजनिक : २०७७ माघ २

👉️ भारतबाट कोरोना बिरुद्दको कोभिशिल्ड खोप नेपाल आईपुगेको : २०७७ माघ ८

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Thapathali
Kathmandu