22/06/2026
मिति : २०८३/०३/०८
आदरणीय अभिभावकज्यू तथा प्यारा विद्यार्थी भाइबहिनीहरूमा सादर नमस्कार !
विषय : प्रथम सिकाइ उपलब्धि परीक्षा (LAT–I) को नतिजा प्रकाशन सम्बन्धमा
उपर्युक्त विषयमा यस विद्यालयद्वारा सञ्चालित प्रथम सिकाइ उपलब्धि परीक्षा (LAT–I) को नतिजा मिति २०८३ साल असार ९ गते प्रकाशन तथा वितरण गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ ।
उक्त नतिजासँगै विद्यार्थीहरूको प्रगतिविवरण (Report Card) तथा उत्तरपुस्तिका (Answer Sheet) समेत विद्यार्थीहरू मार्फत घर पठाइनेछ । तसर्थ, अभिभावकज्यू हरूले उत्तरपुस्तिकामा निर्दिष्ट स्थानमा अनिवार्य रूपमा हस्ताक्षर गरी पुनः विद्यालयमा पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
विद्यार्थीहरूको शैक्षिक प्रगति तथा सिकाइ उपलब्धिलाई थप प्रभावकारी बनाउन यहाँहरूको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ ।
धन्यवाद !
विद्यालय प्रशासन
मोर्गन इन्टरनेशनल स्कूल