24/09/2026
Dear Parents/Guardians,
Please be informed that, in accordance with the decision of Chandragiri Municipality, and considering the prevailing adverse weather conditions and potential risks associated with heavy rainfall, the school will remain closed tomorrow, Friday, 9th Ashoj 2083 (25th September 2026).
Accordingly, there will be no regular classes, Secondary Morning or Evening Classes, after-school activities, or school team training sessions tomorrow.
Furthermore, all after school sports activities and training sessions will remain suspended from 9th to 11th Ashoj 2083 (25–27th September 2026).
We request all parents/guardians to prioritize the safety of our students and avoid unnecessary travel during this period.
Thank you for your understanding and cooperation.
Warm Regards,
RIBS
💐🙏🏻💐
आदरणीय अभिभावकज्यूहरू,
चन्द्रागिरि नगरपालिकाको निर्णयअनुसार तथा हालको प्रतिकूल मौसम र अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोलि शुक्रबार, ९ असोज २०८३ (२५ सेप्टेम्बर २०२६) विद्यालय बन्द रहने जानकारी गराइन्छ।
यसअनुसार भोलि नियमित कक्षाहरू, माध्यमिक तहका बिहान तथा साँझका कक्षाहरू, विद्यालयपछिका अतिरिक्त क्रियाकलापहरू तथा विद्यालयका खेलकुद टोलीका प्रशिक्षण सत्रहरू सञ्चालन हुने छैनन्।
साथै, ९ देखि ११ असोज २०८३ (२५–२७ सेप्टेम्बर २०२६) सम्मका सम्पूर्ण विद्यालयपछिका खेलकुद गतिविधि तथा प्रशिक्षण सत्रहरू स्थगित रहनेछन्।
यस अवधिमा विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिँदै अनावश्यक यात्रा नगर्नुहुन तथा आवश्यक सावधानी अपनाइदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोध गर्दछौँ।
यहाँहरूको समझदारी तथा सहयोगका लागि हार्दिक धन्यवाद।
सादर,
रिब्स