NepaliEdu com

NepaliEdu com

Share

Be smart and compare colleges, courses, abroad study consultany etc. in Nepal on www.nepaliedu.com before you pay!
नेपालीedu.com

This is a nepali Website where you can find detail information about colleges, courses, cunsultancies, schools etc

Samaj - Setopati | Setopati - Nepal's Digital Newspaper 01/09/2015

‘तैंले सिट घटाइस् भने तँ रहँदैनस् र तेरो परिवार पनि रहँदैन, ल सिट घटाएर देखा’!!!

नोट: यो अडियो युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन प्रमुख ध्रुव पौडेलसँग गरिएको कुराकानी हो। हामीले एक जना सहयोगीमार्फत पौडेललाई भेट्यौँ। उनीसँग औपचारिक कुराकानी गरेर आवश्यक सूचना लिन सम्भव थिएन। एमबिबिएस भर्ना हुन चाहने केही भारतीय र नेपाली विधार्थीका एजेन्ट बनेर हामीले पौडेलसँग दुईपटक कुराकानी गर्यौं। नेपाली र भारतीय विधार्थी भर्ना गर्नु जरुरी रहेको र उनीहरुमध्ये केहीले एमबिबिएस जाँच पास गर्न जति पनि पैसा खर्च गर्न सक्ने अवस्था रहेको हामीले बतायौँ। पहिलोपटक २७ साउन २०७२ र दोस्रोपटक ७ भदौ २०७२ मा अनामनगरको एउटा रेष्टुराँमा कुराकानी गर्यौं। सार्वजनिक हितमा प्रयोग गर्ने उद्धेश्यका साथ सार्वजनिक सरोकारको यो विषयमा हामीले उनीसँगको कुराकानी गोप्य रुपमा रेकर्ड गर्यौं। हामीले पौडेललाई नेपालका मेडिकल कलेजहरुमा कसरी कमजोर विधार्थीलाई पनि पैसा तिरेर एमबिबिएस भर्ना गर्नेदेखि पाससम्म गराउन सकिन्छ? एमबिसिएस कार्यक्रमका लागि काउन्सिलले तोकेको मापदण्ड खुकुलो पार्न हिजो कसलाई कसरी प्रभावित गरिएको थियो? प्रवेश परीक्षासम्बन्धी विवाद अदालत पुग्दा मुद्धा कसरी जितियो भनेर सोधेका थियौँ। काउन्सिल, मन्त्रालय, अख्तियार, अदालत लगायतले गर्न सक्ने हस्तक्षेपलाई कसरी छल्नुहुन्छ भन्नेबारे सोध्यौँ। कोष्ठमा थप विवरण उल्लेख गरेर हामीले पाठकलाई बुझ्न सजिलो मात्रै बनाएका हौँ, बाँकी सबै कुरा पौडेलकै शब्दमा उल्लेख गरिएका हुन्। उनीसँग गोप्य रुपमा रेकर्ड गरिएको अडियोको सम्पादित अंश सोमवार सेटोपाटीमा प्रसारण गर्नेछौँ। यो अडियो खोज पत्रकारिता केन्द्रका लागि पत्रकार रामु सापकोटाले रेकर्ड गरेका हुन्)



अब हामी प्रवेश परीक्षाअघि नै ‘स्टे’ ल्याउँछौ। (अदालतमा) पेसी भदौ १९ गते छ। त्यसअघि नैं जाँच हुने भयो भने हामी पेसी एक हप्तापछि धकेल्छौ‌ं। त्यही भएर हामी ‘इन्ट्रान्स’ भएपछि मात्रै ‘फुल स्टे’ लिन्छौँ। बेन्च पनि मिलाउन सकिन्छ। हाम्रो केस पुनरावेदन अदालत पाटनमा लाग्छ। पाटनमा न्यायाधीश लाइनमै छन्। केस मिलाउन बसुरुउद्दिन (अन्सारी, नेशनल मेडिकल कलेजका सञ्चालक) ले पनि पैसा दिन्छन्। दुई घण्टाभित्र क्यास चाहियो भने नि उनले दिन्छन्।

नोबेलका सञ्चालक सुनिलले मलाई तिमीहरुकहाँ ७० प्रतिशत विधार्थी फेल हुन्छन्, ती सबै विधार्थी मलाई ल्याइदेऊ भनिसके। पोहोर वीरगञ्जले हामीलाई पनि दिएको थियो। काउन्सिल टोली निरीक्षणबाट फर्केको १५ घण्टाभित्र कलेजसम्बन्धी कुनै पनि कागजात काउन्सिलमा मिलाएर पठाएर सकिने रहेछ।

पिजी (पोष्ट ग्रयाजुएट) मा बढी शुल्क लियो भनेर हाम्रोविरुद्ध पत्रिकाले लेखेकै हो। त्यो बेला झन् प्याक भयो, रेडियोलोजी विषयको। त्यो बेला इन्डियन (विधार्थी) को सिट एक करोडमा गएको हो। नेपालीले ८० (लाख) तिरे। यसपालि पनि पिजीमा प्याक भइसक्यो। सिटबिनै यसपालि भर्ना पाइयो। अर्को वर्ष के हुन्छ, थाहा छैन। यसपालि मेडिसिन ६८ (लाख) मा गयो। रेडियोलोजी चाँहि ८४ (लाख) मा गयो। नेपाली नै ८४ लाखमा गए।

काउन्सिलले तोकेको एमबिबिएसको मापदण्ड अझै घटाउन अहिले पनि लागिरहेका छन्। पूर्वाधार घटाउन अहिले पनि लगेर बुझाइरहेका छन्। मैले आफैं पनि पैसा लगेर बुझाएको छु। कलेज हेरेर पैसा भन्ने कुरा थियो। पछि त्यो गर्न नसकेर १५–१५ लाख रुपैयाँ उठाएका हुन्। बरु पछि नपुगे कुरा गर्ने कुरा भयो। पोखराको (गण्डकी मेडिकल कलेज) पैसा नभएर म आफैंले हालेको छु। काठमाण्डौको केएमसीले दिएन। एनएमसिले चाहिँ दियो।

स्वास्थ्य मन्त्रालयमा सचिव डा. प्रविण मिश्रका नाममा तीन (लाख) पुर्‍याएकै हो। काउन्सिलमा डाक्टर दामोदर गजुरेललाई भाग लगाउनै पर्यो। गजुरेलका नाममा पार्टीमा धेरै पैसा गएको छ। चन्द्र भन्ने रहेछ, त्यो लिन आउँथ्यो। भोलिपल्ट बिहानै पैसा लाजिम्पाट पुग्दो रहेछ।

प्रविणले हामीलाई भैरहवा कलेजको केसमा धेरै सपोर्ट गरेका हुन्। यतिसम्म कि भैरहवाले पैसा नतिर्दा कलेजका लागि पैसासमेत हालेका छन्। मन्त्रालय छाडेर जानुअघिसम्म उनले सहयोग गरे। प्रविण मिश्रसँग कुरा गर्ने हाम्रो खुमा सर (म्यानेजिङ डाइरेक्टर खुमा अर्याल) हो। त्यसमा डेन्टलको पनि घुसाउने कुरा भएको थियो। पछि प्रविणले मानेनन्। लास्टमा गएर यसो नगरौं भने।

पोहोर किष्टको १३५ सिट बनाउँदा डेढ करोड खुवाइएको थियो। त्यसबेला काउन्सिल अध्यक्ष डा. गजुरेलले हातमा २ करोड पारे। भोलिपल्ट बिहान नहुँदै पैसा लाजिम्पाट पुग्यो। बेलुका हामीसँग बिहान उता।

श्रीवास्तव (चिकित्साशास्त्र अध्ययन संस्थानका तत्कालीन डिन) ले डिसिजन नदिए पनि भित्र कामचाहिँ गर्थे। डिसिजन अरुलाई गर्न लगाउने।

पोहोर मेडिकल कलेजको सिट निर्धारण हुँदा गजुरेलले पहिल्यै यसपालि तपाईंको सिट घट्यो है भनेर भने। पोहोर निरीक्षणमा गएका टोली सदस्य विमलकुमार सिन्हालाई नोबेल सञ्चालक सुनिल शर्माले ‘तैंले सिट घटाइस् भने तँ रहँदैनस् र तेरो परिवार पनि रहँदैन, ल सिट घटाएर देखा’ भनेका थिए। त्यसो भनेपछि के घट्थ्यो सिट?

भर्खरै त्रिभुवन विश्वविद्यालयका डिनको पिएले फोन गरेको (हामीले वार्ता गरिरहेको बेला फोन आएको थियो) हो। त्रिवि अन्तर्गतका मेडिकल कलेजमा अनुगमन सुरु भयो भनेर भन्यो। निरीक्षणमा आउने टोलीलाई अलिअलि खाममा हाल्नै पर्यो। काउन्सिलमा पदाधिकारीको गोजीमा नराखी केही काम हुँदैन।

हाम्रो कलेजको सिट घटाउनेसम्बन्धी विषय पुनरावेदन अदालतमा थियो। अदालतले खारेज गरिदियो। गोपाल पराजुली र ओमप्रकाश पराजुलीको बेन्चमा केस परेको थियो। अदालतमा केस मिलाउने काम कालुमार्फत हुन्छ। हामीले खुमा सरमार्फत कालुलाई सम्पर्क गरेका थियौँ। कालु जग्गाको कारोबार गर्ने व्यक्ति हुन्।

मेडिकल कलेजका विषयमा गोपाल पराजुलीको बेन्चमा परेका कुनै पनि मुद्दा उनले हराएनन्। अदालतमा सिधै माथिबाट जाने हो भने रजिष्ट्रारबाटै मिलाउनुपर्दो रहेछ। केस भाग लगाउने काम सार्वोच्च अदालतमा मुख्य न्यायाधीश (प्रधानन्यायाधीश) बाट हुन्छ। कतिपय अवस्थामा केस मिलाउन गोपाललाई मात्र पैसा दिएर हुँदैन, रजिष्ट्रारमार्फत नै केस मिलाउनुपर्ने हुन्छ। अहिलेका रजिष्ट्रार पनि लाइनमै छन्। भनेका ठाउँमा मुद्दा हाल्न (पार्न) सक्छन्। रजिष्ट्रार नै पेलपाल गरेर अघि बढेपछि बिचरा कसको के लाग्थ्यो र?

काउन्सिलमा शशि शर्मा (पूर्व अध्यक्ष) ले भाग पनि लाउँथे। उनी त्यहाँ हुँदाखेरि यसलाई यति दिने, यसलाई यति दिने भन्थे। उनले आफ्ना नाममा १० लाख माग्थे। काउन्सिलमा अनिल झा, मनोहर, प्रधान, अन्सारी (एई) र अरुले पनि लिन्थे।

आइओएममा रतिन्द्र (तत्कालीन सहायक डिन, चिकित्साशास्त्र अध्ययन संस्थान) हुँदा किष्टलाई सकारात्मक भएको लेटर दिएका छन्।

मेडिकल काउन्सिलमा रजिस्ट्रारको भ्यालु छ। भोटिङ राइट नभए पनि भ्यालु छ। अहिले सबै बिगारेको रजिस्ट्रारले नै हो। अख्तियारमा निवेदन हाल्ने उनै हुन्। म शतप्रतिशत भन्छु आफ्ना साथीलाई मुद्दा उनैले हालेको हो। साथीलाई मु्द्दा हालेर अहिले उनी पावरमा छन्। काउन्सिलमा अब उनले कसैलाई बाँकी राख्नेवाला छैनन्। हाम्रा एउटा पनि फ्याकल्टीको रजिष्ट्रेसन निलमणीले गर्देका छैनन्। भी नटराज (कलेज अफ मेडिकल साइन्सेज भरतपुर चितवनको अध्यक्ष) ले भनेको मान्छ उसले। त्यही भएर नटराजले ढोग्छ उसलाई। अहिले निलमणीलाई भैरहवा (युनिभर्सल) र पोखरा (गण्डकी) डुबाउनु नै छ । पहिला त रिलेसन राम्रो थियो, पछि पैसा धेरै माग्यो। माओवादी भनेर उसले मलाई सुरुमा ८० लाख (रुपैयाँ) माग्यो।

विद्यार्थीको जाँचमा मिलाउन यहाँबाट मान्छे लैजानुपर्छ। जाँचमा सबै मिलाउन सकिन्छ। चार वटा विषयमा पास गराए त भइहाल्यो नि। कपी पनि भनेकै मान्छेकोमा पर्छ । मनाउने नै एक्जाम सेन्टरलाई हो । पैसा त त्यसलाई पो चाहिन्छ । पैसा मैले राखे त कामै हुँदैन ।

काउन्सिलमा गजुरेललाई घुमाइ घुमाई निकाले नि त । ऐन नियमलाई पनि बलिको बोको बनाए । सचिवमार्फत बालमान सिंह कार्की र उसको दाइले सिट बढाउन लगाए । हेर्नुहोस् त कहाँबाट खेल खेलेर स्वाहा बनाइदिए। बिचरा गजुरेलको करिअर गयो नि। तर यो उसैले गर्दा भएको हो। फ्याकल्टी बोर्डको बैठकमा उसले कसैलाई बोल्न दिँदैनथ्यो। फ्याकल्टी बोर्डमा हाम्रो कलेजबाट पनि त छन् नि। जति बोले नि बोल्थे गजुरेल। माथिबाट यस्तो लिस्ट आएको छ, यति सिट दिनू भनेर भन्थे।

(सर्वोच्च) अदालतमा कल्याण आएपछि अहिलेसम्म गइएको छैन। हाम्रो मुद्दा सरेको सर्‍यै छ। सबै वकिलले मिलाइहाल्छ। गोपालले मिलाइ हाल्छन्। चोलेन्द्र त झन् माइडियर मान्छे हुन्। काम एक जनासँग गर्दा हुन्। अदालतले भन्दिएपछि सरकारले केही गर्नै सक्दैन। त्यो फाइनल हुन्छ। अरुले पनि त्यो मान्न परिहाल्यो। हाम्रो एउटा केस मिलाउने बेला प्रधानन्यायाधीश दारीवाला थिए। त्यतिखेर हामीले २ करोड दिएको हो। दारी आफैंले लिएका हुन्।

कालुमार्फत अदालतमा कुरा मिलाउने हो। जयनारायणको नाम तपाईँले पनि सुन्नुभएको होला। जयनारायण पौडेल हो, उसको नाम। उ पोखराको हो। मान्छे ठिक छ। पैसाको मामलामा त चर्कै हो । प्रवेश परीक्षाको केसमा हामी कलेजवालाले पुनरावेदन अदालत पाटनमा ८० लाख रुपैयाँ खर्च गरेका थियौँ। तपाईँले पनि केस मिलाउने हो भने जयनारायणमार्फत जानुपर्छ। उसले काम भएपछि मात्र पैसा लिन्छ।

अहिले काउन्सिलमा सबै कुरा बिगार्ने मान्छे रजिस्ट्रार नै हुन्। अख्तियारमार्फत लागेर सबै कुरा बिगार्ने उनै हुन्। देवदह मामलामा काउन्सिलका आफ्नै साथीहरुलाई मुद्दा हाल्ने काममा अख्तियारमार्फत लागे। सदस्यहरुलाई मुद्दा हालेर अहिले रजिष्ट्रार काउन्सिलको पावरमा छन्। यिनले कसैलाई बाँकी राख्नेवाला छैनन् । अहिले यिनी हाम्रो कलेजविरुद्ध खनिएका छन्। उनको निकटता नटराजसँग छ । हामीले तिनीसँग सम्बन्ध नबनाएको पनि हैन। पहिला हामीसँग राम्रै सम्बन्ध थियो। तर बीचमा आएर धेरै पैसा मागे । उनले हाम्रो कलेजसँग ८० लाख (रुपैया) मागेका थिए । ८० माग्दा हामीले दिएनौँ, त्यसपछि उनी हामीविरुद्ध लागे।

अहिले किष्ट मेडिकल कलेज बेच्न पर्‍यो भनिराछन्। ५२ करोड हालेको हो रे। आठ करोड त मेरो र बालमान सिंह कार्कीको ब्याज नै छ। ल ६० (करोड) मा भन्देउ त भाइ भन्दै थियो मलाई।

हामीले भारतबाट फ्याकल्टीलाई दुई/दुई महिनामा क्लास लिन बोलाउने गरेका छौँ। हाम्रो हरेक विभागमा एक जना प्रोफेसर अरु सबै लेक्चरर राख्ने गरेका छौँ। सबै फ्याकल्टी पुर्‍याउनुपर्छ भन्ने छैन।
प्रकाशित मिति: आइतबार, भाद्र १३, २०७२ १९:०३:२३
http://setopati.com/samaj/33094/

Samaj - Setopati | Setopati - Nepal's Digital Newspaper Online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, arts, entertainment and sports.

शैक्षिक परामर्श भन्दै म्यानपावर धन्दा 20/08/2015

शैक्षिक परामर्श भन्दै म्यानपावर धन्दा!!

भाद्र ३, २०७२- अध्ययनार्थ विदेश जान चाहनेलाई परामर्श दिन भनी खोलिएका कन्सल्टेन्सी एजेन्सीले विद्यार्थीको राहदानी नियन्त्रणमा लिएर म्यानपावरको काम गरिरहेको खुलासा भएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले ३० कन्सल्टेन्सी एजेन्सीमा छापा मार्दा विद्यार्थीको राहदानी अवैध रूपले नियन्त्रणमा लिने, सरकारी छाप किर्ते गरी नक्कली कागज तयार गर्नेलगायत धन्दामा संलग्न फेला पारेको हो ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार साइप्रस, क्यानडा, अस्ट्रेलिया, जापानलगायत मुलुकमा रोजगारी दिलाउने प्रलोभन देखाई कारोबार गरेको पाइएपछि ३१ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरिएको छ । जसमध्ये २३ जनाविरुद्ध बुधबार ठगी मुद्दा दर्ता भएको छ । बाँकी ८ माथि अनुसन्धान भइरहेको छ ।
‘कन्सल्टेन्सीले शैक्षिक परामर्श दिनुपर्नेमा चर्को रकम लिएर गैरकानुनी रूपमा पासपोर्ट राखेर म्यानपावरको काम गरेको पाइयो,’ खनालले भने, ‘सरकारी छाप प्रयोग गरेर नक्कली कागजपत्र बनाउने गरेको रहेछ । भिसा लगाउन बैंक स्टेटमेन्ट पनि नक्कली बनाएको भेटियो ।’ प्रहरीले छापा मारेका कन्सल्टेन्सीले विभिन्न मुलुक पठाउन भनी प्रतिव्यक्ति १२ देखि १५ लाख रुपैयाँसम्म लिएको पाइयो ।
यसअघि शिक्षा मन्त्रालयले आफ्नो स्वीकृतिबिना सञ्चालित शैक्षिक परामर्श कन्सल्टेन्सीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गरेको थियो । ‘दर्ता नै नभई शिक्षा क्षेत्रका कार्यहरू सञ्चालन गर्नु घोर गैरकानुनी काम हो । यसबाट सेवाग्राही विद्यार्थी ठगिने उत्तिकै सम्भावना छ,’ मन्त्रालयले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ, ‘दर्ता नभई शैक्षिक उद्देश्यले सञ्चालित फर्म तथा कम्पनीहरूको अनुसन्धान गरी कानुनअनुसार कारबाही गरिदिन अनुरोध छ ।’ छापा मार्दा भेटिएका कागजात र यही पत्रलाई आधार बनाई प्रहरीले ठगी मुद्दा चलाएको हो ।
शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अनुसार ५ सय १ कन्सल्टेन्सीले दर्ताका लागि निवेदन दिएकामा १ सय ७४ ले मात्र सेवा सञ्चालन स्वीकृति पाएका छन् ।
महाशाखाका अनुसार काठमाडौं परिसरबाट ११, गौशाला वृत्तबाट चार, बानेश्वर वृतबाट दुई र ललितपुर परिसरबाट पाँच जना विरुद्ध ठगी मुद्दा चलाइएको हो । कुपन्डोलको ग्रिन माउन्टेनका राजेन्द्र पोखरेल, फरच्युन एडुकेसनलका विजयकुमार बस्न्यात, लगनखेलको सीएसी नेपालका वीरेन्द्र बज्राचार्य, सुभारु कन्सल्टेन्सीका अञ्जनकुमार थापा, न्युम्यान कन्सल्टेनसीका रश्मी श्रेष्ठ, बागबजारको एटुजेट इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका शिव अर्याल, सिकास ब्रिज टु स्टडी इन चाइना/ग्लोबल सेन्ट्रल एडुकेसनका एरिस उप्रेती, सीएसी इन्टरनेसनलका लोकेन्द्र सुवेदी, ओसिस माइग्रेन्टका राम थापा, सबलाइम एडुकेसनलका समर शाह, थिंक एजुकेशनलका जीवन थापा र सुदिपचन्द्र पोखरेल र मिराई जापनिज ल्याङग्वेज कन्सल्टेन्सीका सुदीप पराजुली पक्राउ परेका हुन् ।
त्यस्तै पुतलीसडकको एनआईसी एजुकेसनल कन्सल्टेन्सीका दामोदर शर्मा, वेभ इन्टरनेसनलका दीपक पुडासैनी, बानेश्वरको इडिफाई एजुकेसनल कन्सल्टेन्सीका ऋषि थपलिया, ग्लोबल एडु हबकी सपना पौडेल, पास्कल टेक्नो एजुकेसनलका देवकृष्ण केसी, चाबहिलको सेक्युर्ड लाइफ इन्टरनेसनल समूहका रामचन्द्र ओली, स्काइवार्ड एजुकेसन एन्ड रिसर्च सर्भिसका किरण अधिकारी, लोटस फ्लोर, इन्टरनेसनलका ज्ञानेन्द्र सिंखडा, शिशिर वाग्ले र कमलादीको मिसन अल एजुकेसनलका प्रभात श्रेष्ठ पनि पक्राउ परेका छन् । इस्ट–वेस्ट जापनिज ल्याङग्वेज एकाडेमीका रोशन गुरुङ र इडिफाईका थपलिया फेला नपरेको महाशाखाले जनाएको छ । इस्ट–वेस्टबाट सबैभन्दा बढी २७ थान राहदानी बरामद भएको छ । सरकारी कार्यालयको सहित १९ थान छाप समेत भेटिएको थियो । प्रहरीले ग्रिन माउन्टेनबाट २५, फरच्युनबाट ४ थान, शुभारुबाट ६ थान र एआईसीईबाट ७ थान राहदानी बरामद गरेको छ । बुधबार थापाथली, कलंकी कालिमाटीबाट थप ८ जना नियन्त्रणमा लिएको खनालले बताए ।
गैरकानुनी काममा संलग्न व्यक्तिलाई कारबाही प्रक्रिया अघि बढाउन सहयोग गर्नुपर्नेमा राजनीतिक दलका नेता, मन्त्री र ईक्यानका पदाधिकारी उनीहरूलाई छुटाउन लागि परेको स्रोतले जनाएको छ । प्रहरीले विदेशको प्रलोभनमा ठगिएका विद्यार्थीलाई महाशाखामा सम्पर्क गर्न आग्रह गरेको छ । महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रकम लिएर विदेश पढ्न पठाइदिन्छु भन्दै ठगिएका, रकम बुझाएर पनि विदेश जान नपाएका, अध्ययन गर्न जाने प्रक्रियामा रहेका विद्यार्थीहरू सम्पर्क राख्न हुन समेत आहवान गरिएको छ ।’

प्रकाशित: भाद्र ३, २०७२, http://kantipur.ekantipur.com/printedition/news/2015-08-20/20150820084204.html

शैक्षिक परामर्श भन्दै म्यानपावर धन्दा अध्ययनार्थ विदेश जान चाहनेलाई परामर्श दिन भनी खोलिएका कन्सल्टेन्सी एजेन्सीले विद्यार्थीको राहदानी नियन्त्रणमा लिएर म्यानपावरको काम गरिरहेको खुलासा भएको छ ।

आमिरसँग स्वयंसेविकाले मागे साइकल र झुल 09/10/2014

Give your Comment about Amir Khan:

आमिरसँग मागे साइकल र झुल !!!!!!!!!!!!!

कपिलवस्तु, आश्विन २३ - जिल्लाको पकडी-३ की स्वयंसेविका चम्पा केवटलाई बलिउड स्टार आमिर खानले बुधबार सोधे, 'काम गर्न कत्तिको गार्‍हो छ ?' सधैं पर्दामा देखिने चर्चित नायकले सामुन्ने यस्तो प्रश्न गरेपछि सुरुमा अलमलमा परिन् उनी ।

एकैछिनपछि सम्हालिएर उत्तर दिइन्, 'एउटा साइकल भइदिए अझ गतिलो गरी काम गर्न सक्ने थिएँ ।' उनले आमिरसित गाउँका महिलालाई घरघरमा पुगेर सघाउन पाउँदाको खुसी साट्दै साइकल माग गरेकी हुन् । १७ वर्षदेखि गाविसमा स्वयंसेविका रूपमा काम गरिरहेको सुनाउँदै उनले माग पूरा गरिदिन आग्रहै गरिन् ।

उनीजस्तै १८ वर्षदेखि स्वयंसेविका रहेकी अजोरमति रैदासलाई आमिरले 'अब के भयो भने राम्रो हुन्छ ?' भनी सोधे । उनले सबै महिला स्वयंसेविकालाई झुल दिन सकियो भने राहत पुग्ने बताइन् । लामखुट्टेबाट रोगब्याधि फैलिने हुँदा पहिले आफ्नो सुरक्षाका लागि झुल मागेको उनको भनाइ थियो । 'यसले अरूलाई पनि स्वस्थ रहन सन्देश दिन सकिन्छ,' उनले आग्रह गरिन्, 'त्यसैले पहल गरिदिनुपर्‍यो ।'

युनिसेफद्वारा पकडीमा सञ्चालित पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन आएका अभिनेतासँग महिला स्वयंसेविकाले खुलेर कुरा गरे । उनीहरूले नअक्मकाइकन समस्या राखे । कार्यक्रममा जिल्लामा कुपोषणको अवस्था र त्यसका लागि गरिएका प्रयासबारे आमिरलाई जानकारी दिइएको थियो ।

आमिरले सुरुमा अंग्रेजीमा कुरा सुरु गर्न खोजे । निरक्षर स्वयंसेविकाहरू खासखुस गर्न थालेपछि हिन्दीमा बोले । करिब आधा घन्टाभित्र कार्यक्रममा चलिरहँदा बाहिर भने फ्यान भरिइसकेका थिए । बिस्तारै खुट्टा टेक्ने ठाउँ रहेन ।

हलबाट बाहिर निस्कनासाथ फ्यानले हात हल्लाएर जोडदार ताली बजाई स्वागत गरेका थिए । उनीसँग फ्यानले भेट्ने र कुरा गर्ने इच्छा राखे । नजिक पुग्न भने पाएनन् । सुरक्षाकर्मी तैनाथ गरेर सतर्कता अपनाइएकाले फ्यानले टाढाबाटै हेरेर चित्त बुझाउनुपर्‍यो । कार्यक्रमपछि अभिनेता पकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंसेविकाले कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधि अवलोकन गर्न पुगेका थिए । त्यहाँ उनलाई महिला स्वयंसेविका राधा यादवले आफूहरूले कुपोषित/सुपोषित बालबालिका छुट्याउने विधि तथा उपचार गर्ने तरिकाबारे जानकारी गराएकी थिइन् ।

उनले गाउँका १६ महिने कुपोषित बालक सन्दन यादवलाई तयार पारिएको उपचारात्मक खाना खुवाउन पनि भ्याए । दुवै ठाउँमा स-साना बालबालिका उचालेर काखमा लिने प्रयास गरे । बालबालिका रोएपछि भुईंमा राखेर खेलाए । आफ्ना पनि लालाबाला भएकाले बालबालिकालाई मनपराउने उनले बताए । बालबालिकालाई सानामा धेरै माया र स्याहार चाहिने हुँदा त्यसअनुसार व्यवहार गर्नुपर्ने उनको सुझाव थियो । 'यसले बालबालिका निरोगी र प्रतिभावान् हुन सहयोग पुर्‍याउँछ,' बालबालिकामाथि नै 'तारे जमिन पर' फिल्म बनाएका युनिसेफ दूत आमिरले भने ।

यती एयरको जहाज चार्टर्ड गरी बिहान १० बजे आएका उनी मध्याह्न फर्किएका थिए । ६ निजी सुरक्षाकर्मीसहित युनिसेफको २७ सदस्यीय टोली कपिलवस्तु आइपुगेको थियो । टोलीमा युनिसेफ दक्षिण एसियाका निर्देशक करिन हल्सहोफ र नेपाल प्रमुख टोमो होजुन पनि थिए । ४९ वषर्ीय खान आउने भएपछि छिमेकी जिल्ला रूपन्देही र अर्घाखाँचीबाट समेत फ्यान आएका थिए । सीमावर्ती भारतीय बजारका सर्वसाधारण पनि झुम्मिएका थिए ।



ekantipur, प्रकाशित मिति: २०७१ आश्विन २३ ०८:५८
http://www.ekantipur.com/np/2071/6/23/full-story/396775.html

आमिरसँग स्वयंसेविकाले मागे साइकल र झुल जिल्लाको पकडी-३ की स्वयंसेविका चम्पा केवटलाई बलिउड स्टार आमिर खानले बुधबार सोधे, 'काम गर्न कत्तिको गार्‍हो छ ?' सधैं पर्दामा देखिने चर्चित नायकले...

08/10/2014

किन आए आमिर खान नेपाल ?

कपिलवस्तु, आश्विन २१ - मंगलबार काठमाडौं आइपुगेका चर्चित बलिउड अभिनेता अमिर खान बुधबार कपिलवस्तुमा आउने भएका छन् ।

युनिसेफले संचालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी कपिलवस्तु आउन लागेका हुन् । कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजना गरिएको तथ्यांक प्रस्तुतिकरण कार्यक्रममा उनी सहभागी बन्न लागेका हुन् ।

उनले पकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधी अवलोकन गर्नेछन ।

खानलाई युनिसेफले यहाँ ल्याउन लागेको हो । उनी बुधबार विहान यति एयरको चार्टड जहाजबाट भैरहवा आउने बताइएको छ । भैरहवाबाट गाडीमा यहाँ आउँदा विहानको खाजा कार्यक्रम लुम्बिनीमा राखिएको छ । विहान १० देखि १२ बजे सम्म २ घण्टा कार्यक्रममा सहभागी भई उनी र्फकने कार्यक्रम रहेको छ ।

खान युनिसेफका सदभावना दुत हुन् । युनिसेफका अधिकारी २ दिन देखि पकडीमा बसेर कार्यक्रमको तयारी गरिरहेका छन् ।

खानको कार्यक्रममा संचारकर्मीलाई प्रबेश नदिन युनिसेफका पदाधिकारीले जिल्ला स्थित सुरक्षा अधिकारीलाई आग्रह गरेका छन् ।

त्यसअनुरुप ब्यवस्था गरिएको सुरक्षा अधिकारीले बताए । खान आउने भएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ ।

उनलाई हेर्न युवाको ठुलो भीड जम्मा हुने अनुमान छ । ४९ वर्षीय खान बलिउड अभिनेताका रुपमा मात्र चर्चित छैनन् ।

उनले टेलिभिजनमा सञ्चालन गरेको टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते'ले प्रशंसा बटुलेको छ । उनी टाईम म्यागेजिनले विश्वको १ सय प्रभावशाली व्यक्तिको सूचीमा पारेपछि उनी भारतमा मात्रै नभई संसारभर चर्चित बनेका थिए ।


From: ekantipur
प्रकाशित मिति: २०७१ आश्विन २१ ०५:११

Nepaliedu.com 29/08/2014

१२ कक्षाको नतिजा भोलि www.nepaliedu.com
काठमाडौ, भाद्र १२ - उच्च माध्यमिक शिक्षा परिषद्ले १२ कक्षाको विज्ञान बिषयको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाखमा भएको परीक्षाको नतिजा ढिलाई भएको भन्दै चौतर्फी बिरोध हुन थालेको छ ।

'सबै तयारी सकिएको छ,' परिषद्का सहसचिव नारायण कोइरालाले भने,'शुक्रबार नतिजा सार्वजनिक गर्छौ ।'

उनका अनुसार १ हजार ८ सय भन्दा बढी विद्यार्थीको हाजिरी देखिएपनि नम्बर नचढेपछि मिसिङ देखिएकोले त्यसमो समाधान गरी नतिजा प्रकाशन गरिनेछ ।

'बिगतमा २/३ सय मात्रै मिसिङ देखिन्थ्यो,'उनले भने,'यसपपटक धेरै आएकोले रुजु गर्न लागेका छौ ।'

विद्यार्थीको उत्तरपुस्तिका एउटा पोकामा हुनु पर्नेमा अर्कोमा पर्दा पनि मिसिङ हुने गरेको उनले बताए ।

नतिजा नआएपछि त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षामा समेत सहभागी हुने वा नहुने भन्ने विद्यार्थीमा अन्यौल छ । त्रिविको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षा सकिसक्यो ।

मेडिकलतर्फको आइतबार प्रवेश परीक्षाको कार्यक्रम तय गरेका छ ।

नतिजा नआउदा विदेश अध्ययनमा जाने विद्याार्थी भने अन्योलमा परेका छन् । विदेश अध्ययन गर्न जानेले सेप्टेम्बर/अक्टोबर सेसन भ्याउने गरी तयारी पूरा गरे पनि नतिजा नआउँदा उनीहरू छुट्ने भएका हुन् । यस वर्ष करिब तीन लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिएका छन् ।

उच्च माध्यमिक विद्यालय संघ -हिसान) का महासचिव युवराज शर्माले प्लस टुको शैक्षिक क्यालेन्डर लागू नहुँदा विद्यार्थीको नतिजामा निरन्तर ढिलाइ भएको बताए । यसअघि असारमा नतिजा सार्वजनिक हुने गरेको थियो । २०६६ पछि साउनमा नतिजा आउन थालेको थियो । नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै मंगलबार अभिभावकहरू परिषद्मा दबाब दिन पुगेका थिए । 'नतिजा ढिलाइले विद्यार्थीलाई कलेज छान्नमा कठिनाइ परेको छ,' अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने ।

from ekantipur, प्रकाशित मिति: २०७१ भाद्र १२ ०७:४२

Nepaliedu.com nepaliedu.com News that affects private colleges and universities

20/06/2014

You think you are good in Math, solve this:
dont't forget to share with your friends and give a Like !

I can prove why 1 = 2

Step1. Lets say y = x
Step2. Multiply through by x xy = x2
Step3. Subtract y2 from each side xy - y2 = x2 - y2
Step4. Factor each side y(x-y) = (x+y)(x-y)
Step5. Divide both sides by (x-y) y = x+y
Step6. Divide both sides by y y/y = x/y + y/y
Step7. And so... 1 = x/y + 1
Step8. Since x=y, x/y = 1 1 = 1 + 1
Step9. And so... 1 = 2

How is this possible ?

Photos 17/06/2014

One Day Nepal will be in World cup and we do not have to be fan of any other country!
Please like and share for Hope!

Photos 17/06/2014

One Day Nepal will be in World cup and we do not have to be fan of any other country!
Please like and share for Hope!

26/03/2014

२५ रुपैयाँको फारमलाई ५००
भर्ना फारमको ५ सय लिनेमा राई स्कुल, डीएभी सुशील केडिया विश्वभारती, युरो इन्टरनेसनल, युलेन्स, ग्यालेक्सी पब्लिक, केएमसी, निक एकाडेमी, ओलम्पिया, मिल बेरी, पि्रमियर इन्टरनेसनल स्कुललगायत छन् । लिटिल एन्जल्स, मोर्डन इन्डियन स्कुलले ३ सय रुपैयाँ लिने गरेका छन् । जाउलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले सय रुपैयाँ तोकेको छ । विद् - See more at: http://kantipuronline.com/np/2070/12/12/full-story/386302.html .jwzL42sM.dpuf

२५ रुपैयाँको फारमलाई ५०० निजी विद्यालय सञ्चालकले सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै अभिभावकलाई चर्को मूल्यमा भर्ना फारम बेचिरहेका छन् । सर्वोच्चले २५ रुपैयाँभन्दा बढी नलिन...

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Baneshwor
Kathmandu