10/06/2026
मेरो मृत्युको दिन भन्दा, मेरो एक्लोपनले मरेको दिन डर लाग्दो थियो...
म आज यो संसारमा छैन। मेरो शरीर माटोमुनि गाडिएको छ, तर मेरो हङ्स अझै कतै भड्किरहेको छ। आज म माथिबाट सबै हेर्दै छु। मेरो मृत्युको खबर सुनेर रोएका अनुहारहरू देख्दै छु। फूल बोकेर आएका मानिसहरू देख्दै छु। तर एउटा कुरा सोध्न मन लागिरहेको छ—म बाँच्दा कहाँ थियौ तिमीहरू?
आज मेरो फोटो अगाडि बसेर आँसु झार्दै छौ। सामाजिक सञ्जालमा लामो-लामो स्टाटस लेख्दै छौ। "उ असल मान्छे थियो", "उलाई धेरै सम्झिनेछौँ" भन्दै छौ। तर याद छ? म रातभर रोएको बेला तिमीहरू मध्ये कसैले एउटा सन्देश पनि पठाएका थिएनौ।
मरेको दिनभन्दा धेरै डर लाग्दो दिन त त्यो थियो, जुन दिन मेरो एक्लोपन मरेको थियो। जब म भित्रभित्रै चिच्याइरहेको थिएँ, तर मेरो आवाज सुन्ने कोही थिएन। जब म हाँसेको अभिनय गरिरहेको थिएँ, तर मेरो मुटु रगत रोइरहेको थियो।
कति अचम्मको संसार रहेछ! बाँच्दा घाउमाथि नुन छर्किनेहरू नै आज मेरो चिहानमा फूल चढाउन आएका छन्। मेरो हङ्सलाई हाँसो उठिरहेको छ। कस्तो नाटक गर्न सक्छन् मान्छेहरू!
ए साथीहरू, तिमीहरूले मलाई मारेका होइनौ। तर तिमीहरूको बेवास्ता, तिमीहरूको स्वार्थ, तिमीहरूको झुटो माया र आवश्यक पर्दा मात्रै सम्झिने बानीले मलाई बिस्तारै सकाएको थियो। शरीर त पछि मरेको हो, म त धेरै पहिल्यै सकिएको थिएँ।
याद छ? म एकदिन धेरै थाकेर बसेको थिएँ। कसैले सोधेन—"तिमी ठिक छौ?" सबैलाई आफ्नो काम थियो। सबैलाई आफ्नो संसार प्यारो थियो। अनि म? म त केवल प्रयोग गरिने एउटा मान्छे थिएँ।
आज तिमीहरू रोइरहेका छौ। तर मेरो हङ्सको मनमा एउटा गुनासो छ—मरेपछि देखाएको माया, बाँच्दा देखाएको भए म सायद यति चाँडै हराउने थिइनँ।
र तिमी, जसलाई मैले आफ्नो संसार ठानेको थिएँ। तिमीले त मलाई सबैभन्दा ठूलो चोट दियौ। म रातभर तिम्रो सम्झनामा भत्भती पोलिरहेको थिएँ, अनि तिमी अर्कै संसारमा रमाइरहेकी थियौ। मेरो आँसु तिम्रो लागि केही थिएन। मेरो पीडा तिम्रो लागि मजाक थियो।
आज मेरो फोटो हेरेर नरोऊ। त्यो आँसु ढिलो भइसकेको छ। मेरो चिहानमा फूल नराख। त्यो फूलभन्दा धेरै मूल्यवान् एउटा साथ थियो, जुन तिमीले कहिल्यै दिएनौ।
माथिबाट हेर्दा देखिरहेको छु—मान्छेहरू अझै उस्तै छन्। कसैको पीडा बुझ्न समय छैन। कसैको मौनता पढ्न फुर्सद छैन। म जस्तै अरू धेरै मान्छेहरू जिउँदै मर्दै छन्।
यदि मेरो हङ्सको कुरा कसैले सुन्दैछ