राष्ट्रिय शिक्षा सञ्जाल

राष्ट्रिय शिक्षा सञ्जाल आँफू स्वयमलाई भन्नुहोस् :
आज नयाँ दिन हो । आज उत्साह र आशाले भरिएको छ । Welcome to the Sports Era !

24/08/2026

पढ्नु भनेको केवल जानकारी लिनु होइन, आफ्नो ध्यानलाई प्रशिक्षण दिनु पनि हो।

पूर्वाञ्चल विश्वविद्यालयको BE/B.Arch प्रवेश परीक्षा २०८३ (२०२६) को नतिजा प्रकाशित भएको छ।
21/08/2026

पूर्वाञ्चल विश्वविद्यालयको BE/B.Arch प्रवेश परीक्षा २०८३ (२०२६) को नतिजा प्रकाशित भएको छ।

20/08/2026

हामी साहित्य पढ्दा अरूको आँखाबाट संसार हेर्न सिक्छौँ। यसले हाम्रो कल्पना, संवेदना र मानवताबोधलाई गहिरो बनाउँछ।

19/08/2026

भौतिकशास्त्रले अनुमानभन्दा अवलोकन र प्रमाणलाई प्राथमिकता दिन्छ। भविष्यबारे डर पैदा गर्ने कल्पनाभन्दा वर्तमानका तथ्य बुझौँ, सम्भावित चुनौती पहिचान गरौँ र समाधानका लागि तयारी गरौँ।

16/08/2026

जीवनको Thermodynamics सरल छ:
ऊर्जा कहिल्यै हराउँदैन, केवल रूप बदल्छ।

जीवनमा दुःख, असफलता र संघर्ष पनि ऊर्जा हुन्- जसले पीडालाई अनुभव, अनुभवलाई ज्ञान र ज्ञानलाई नयाँ दृष्टिकोणमा बदल्छन्।
जीवन सधैँ सन्तुलित हुँदैन; परिवर्तन नै यसको स्वभाव हो। त्यसैले उतारचढावसँग डराउनु होइन, त्यसबाट आफूलाई अझ अर्थपूर्ण बनाउनु हो।

परिस्थिति बदलिन सक्छ, ऊर्जा रूप बदलिन सक्छ- तर त्यसलाई सही दिशामा रूपान्तरण गर्ने शक्ति हामीभित्र सधैँ हुन्छ।

15/08/2026

जीवन सुन्दर छ: मुस्कुराएर बाँच्न सिकौँ।
- महाभारतका चर्चित पात्र, सूर्यपुत्र कर्णले एक दिन भगवान् श्रीकृष्णसँग दुःखी हुँदै गुनासो गरे-
“हे प्रभु! जन्मिनेबित्तिकै मैले अपमान सहनुपर्‍यो। आफ्नो कुल र वंशको पहिचानसमेत पाउन सकिनँ। परिस्थितिले मलाई कौरवहरूको साथमा उभिन बाध्य बनायो। जीवनभर अपमान, पीडा र संघर्ष नै किन मेरो भागमा पर्‍यो?”

श्रीकृष्ण मुस्कुराउनुभयो र भन्नुभयो-
“हे कर्ण, मेरो जीवन पनि पीडाबाट मुक्त थिएन। मेरो जन्म पनि अर्काको घरमा भयो। जन्मिनेबित्तिकै आमाबाट टाढिनुपर्‍यो। आफ्नै मामाले मलाई मार्ने योजना बनाइरहे। तिम्रो र मेरो जीवनमा दुःख र संघर्षका कथा धेरै मिल्छन्।

तर एउटा ठूलो फरक थियो
तिमीले जीवनभर आफूलाई परेको दुःखको गुनासो गरिरह्यौ, मैले भने त्यही दुःखलाई मुस्कानका साथ स्वीकार गर्दै अघि बढिरहेँ।

- जीवनमा दुःख आउनु हाम्रो हातमा हुँदैन, तर त्यसलाई कसरी स्वीकार गर्ने र त्यसबाट कसरी अघि बढ्ने भन्ने कुरा हाम्रो हातमा हुन्छ।
परिस्थितिले होइन, परिस्थितिप्रतिको हाम्रो दृष्टिकोणले जीवनलाई सुन्दर वा दुःखद बनाउँछ।
- त्यसैले हिजो के भयो भनेर गुनासो नगरौँ। आज हामीसँग जे छ, त्यसका लागि कृतज्ञ बनौँ र मुस्कुराउँदै अगाडि बढौँ।

शुभ बिहानी। जीवन सुन्दर छ- मुस्कुराएर बाँच्न सिकौँ।

09/08/2026

आज पढेको एउटा सानो कुरा पनि भोलिको ठूलो ज्ञान बन्न सक्छ। त्यसैले हरेक दिन केही नयाँ सिकौं, आफूलाई अझ राम्रो बनाउँदै जाऔं। शुभ रात्री। 🌙

NPS  #लुम्बिनी_च्याप्टरको नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉👏
07/08/2026

NPS #लुम्बिनी_च्याप्टरको नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉👏

शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई) तथा विभिन्न इन्जिनि...
25/07/2026

शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई) तथा विभिन्न इन्जिनियरिङ कलेजका प्रतिनिधिसँग नेपालमा इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको छ। बैठकमा इन्जिनियरिङ शिक्षाको गुणस्तर अभिवृद्धि, परीक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने, अध्ययन पूरा गरेपछि नेपालमै रोजगारी र अवसर सुनिश्चित गर्ने योजना तयार गर्ने तथा विद्यार्थीलाई आकर्षित गर्ने व्यावहारिक कार्यक्रम सञ्चालन गर्ने विषयमा विशेष जोड दिइएको थियो।

22/07/2026

रोचक व्यक्तित्व संयोगले बन्दैन। जिज्ञासाले प्रश्न सोध्दा, पुस्तकले सोच फराकिलो बनाउँदा, अनुभवले परिपक्वता दिँदा, असफलताले सिकाउँदा र निरन्तर सिक्ने बानीले मानिस असाधारण बन्छ। जिज्ञासा जोगाइराख्नुहोस्, किनकि सिकाइ कहिल्यै समाप्त हुँदैन।

Address

Kathmandu

Telephone

+9779813394396

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय शिक्षा सञ्जाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share