शिक्षा र सचेतना : Fiction vs Fact

शिक्षा र सचेतना : Fiction vs Fact

Share

देशमा भए गरेका घटनाक्रमको यथार्थ जानकारी प्रदान गरिनेछ ।

02/03/2026

02/03/2026

हामीले उर्जा, चेतना, अनुभव र क्षमताले भरिएका गगन थापालाई हुर्काउँदै यहाँसम्म ल्याएर देशकै नेतृत्व गर्ने समयमा साथ छोड्नु हुँदैन । एकपटक र यसैपटक गगन थापा !!

28/02/2026

दुई पल्ट हेरियो घण्टीलाई 🔔🛑🚫
यसपटक भोट मिना आन्टीलाई 🌲 ✅✅
#चितवन_२

19/10/2024

ओइ मनिष !
कहिले गगन, कहिले रवि रैछस् त्रिताले
तेरो रवि लैजा हाम्रो पैसा फिर्ता दे !!
सेतो सफा देख्दा हिलो छेप्ने हातले दुख पाओस्
तथानाम बोल्ने मुखमा किरै परि जाओस् !!

-सहकारी पिडित

20/07/2024

पर्खी हेरौं लाग्यो केहि समय रिस मर्छ कि ?
तर गन्तव्य नजिकै पुगेको कोसिस मर्छ कि ?

09/07/2024

माननीय सदस्य, 'तपाईंले पचाउन खोजेको' कुरामा "लाज" आज पनि दोश्रो रोजाईमा पर्छ । 😁

07/07/2024

केही दिनदेखि सक्रिय मनसुनबाट परेको अविरल बर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बाढी पहिरोको जोखिम पनि उच्च छ । सबैलाई सुरक्षित स्थानमा बसेर, विपदमा परेका व्यक्तिको यथाशीघ्र उद्दारमा लाग्न सरोकारवाला निकायलाई आग्रह गर्दछौं । साथै अति आवश्यक काम बाहेक सडकमार्गको लामो यात्रामा ननिस्किनुहुन अनुरोध छ ।

04/07/2024

उथलपुथल ले फेरि प्रचण्डलाई भित्ते राष्ट्रपति बनाए जस्तै केपी कमरेडलाई फेसबुके प्रधानमन्त्री बनाइदिने हुन् कि? त्यही पीर लाउँछ 😁😀

04/07/2024

भोजराज थापा सँग चिनजान हुनेले खबर गरि सहयोग गरिदिनुपर्यो ! उहाँ देशलाई चाहिने गाएक हो 🤣

04/06/2024

लघुकथा
~~~~~
आँप फलाउने साहु
~~~~~~~~~
कुनै हिमाली गाउँमा एउटा गरिब किसान बस्थे । मेहनतले उब्जाएको खाद्यान्न मुस्किलले खान पुग्थ्यो । एकपटक शहर जाँदा तराइको आँप किनेर घरमा लगेछन् । उनको छोराले सो आँप असाध्यै मन पराएर हरेकपल्ट त्यही माग्न थालेछ । सधैं किनेर सम्भव नहुने भएपछि किसानले धेरैपटक आँपको बिरुवा ल्याएर रोपेछन् । तर मौसम प्रतिकूलताले कि बोट हुर्किन सक्दैनथ्यो कि त फल लाग्दैनथ्यो । छोराको प्रेमले विभिन्न कठिनाई झेल्दै परम्परागत कलमी गरि एउटा नयाँ बोट रोपेछन । बोट आकर्षक रुपमा फैलाउन थाल्यो किसान आशावादी थिए । केही समयपछि फैलिएको महामारीले किसानको छोरा गम्भीर बिरामी पर्यो । जगेडा रहेको नगद, खसीबाख्रा सबै बेचेर पनि उपचार पूरा नभएपछि उनले छोरालाई बचाउन अलिकति जग्गा बेच्नुपर्ने भयो । त्यहीँ खराब समयमा एउटा छट्टु साहु शहरबाट गाउँ पुगेको थियो । पैसाको जरुरतमा साहुले आँप भएकै जग्गा पाए मात्र किन्ने भनेर अप्ठ्यारो पार्यो । किसानसँग कुनै उपाय नभएपछि न्यून मूल्यमा उक्त जग्गा बेचेर छोरालाई सन्चो बनाए । केही समयपछि उक्त आँप फल्यो । यो कुरा शहरसम्म फैलियो । छ्ट्टु ब्यापारी प्रचारप्रसारको कलामा समेत पोख्त थियो । हिमाल जस्तो चुनौतीपूर्ण हावापानीमा पनि आँप फलाएको भनेर चौतर्फी चर्चा र सम्मान बटुल्न ब्यापारी सफल भयो । यसबीच आँपको साना फल आफै झर्न थाले । खेतीपातीको कुनै अनुभव नभएको ब्यापारी नयाँ नयाँ औषधि र विषादी छर्केर परिक्षण गर्थ्यो । उसको परिक्षणले छिमेकीहरुमा असर पर्ने हुँदा आजित थिए । यसो नगर्न अनुरोध गरेपनि उ कसैलाई सुन्दैनथ्यो । कसैसँग सरसल्लाह नगर्ने, अनुभव नभएको र दम्भले भरिएको ब्यापारीको अनेक प्रयासबाट पनि आँपको फल जोगाउने काम पूर्णतः असफल रह्यो । कुनै मेहनत पनि नभएको र भावना पनि नरहेको आँपको रुखबाट सानैमा सबै फल झरेपछी असन्तुष्ट भएर उसले उसले एकदिन जरैदेखि आँपको बोट काटेर लडाइदियो र शहर पस्यो । त्यसपछिका दिनमा उ हिमाली गाउँ कहिल्यै फर्किएन ।

03/06/2024

नयाँ भन्न चाहने र नयाँ (साँच्चिकै) बन्न चाहने बीचको यो बेमेल र असहिष्णु प्रवृत्तिको उपज नयाँ (नक्कली) हरु नै हुन् । अरुलाई खराब देखाउनु, समस्या देखाउनु अनि सहानुभूति लिनु नै आफ्नो उपलब्धी हो भन्ने सोचको बिजारोपण गर्ने र नयाँ हुँदैमा सर्वश्रेष्ठ योग्यता बन्ने जस्ता गलत भाष्य स्थापित गर्न खोजियो यसले समाजलाई झन् विभाजित, अराजक, विवेकहीन र अधैर्य बनाउँदै लग्यो । विष वृक्षमा अमृत फल्दैन । भिडले सत्य खोज्दैन । अन्धो आक्रोशले कसैलाई चिन्दैन ।

03/06/2024

मुस्ताङ जिल्लाको वनस्पति विहिन सुख्खा क्षेत्र !
मुक्तिनाथको महिमा र यस्ता प्राकृतिक दृश्यले आन्तरिक तथा वाह्य पर्यटनलाई आकर्षण गर्ने गर्दछन् ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu