Nepal Police School Samakhusi

Nepal Police School Samakhusi "Better Schooling for Ideal Citizens"

♟️  #चेसप्रेमी विद्यार्थीहरूलाई हार्दिक निमन्त्रणा ! ♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️ #नेपाल पुलिस स्कुल, सामाखुसीद्वा...
20/08/2026

♟️ #चेसप्रेमी विद्यार्थीहरूलाई हार्दिक निमन्त्रणा ! ♟️
♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️♟️
#नेपाल पुलिस स्कुल, सामाखुसीद्वारा आयोजना हुने 3rd NPS SAMAKHUSI CHESS CHAMPIONSHIP -2083 मा सहभागिता लागि हार्दिक आमन्त्रण गरिन्छ। #थप जानकारी र #रजिस्ट्रेसनका लागि यससँगै राखिएको विवरण हेर्नुहोला।

 #नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण भ्रमण*****************************************आज प्रहरी प्रधान कार्यालय प्रशासन ...
17/08/2026

#नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण भ्रमण
*****************************************
आज प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख तथा नेपाल पुलिस स्कुल गुठियार प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री डम्बरबहादुर बि.क.ज्यूबाट नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण भ्रमण सम्पन्न भयो।

निरीक्षणका क्रममा शिक्षक तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै गुठियार प्रमुखज्यूले विद्यालयको बृहत्तर विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालयको समग्र प्रगतिका लागि नेपाल प्रहरी सङ्गगठन गम्भीरतापूर्वक लागिरहेको बताउनुभयो। उहाँले विद्यालयको विकासका क्रममा देखिएका आवश्यकता र सम्भावनालाई सम्बोधन गर्दै गुणस्तरीय शिक्षाका लागि थप प्रभावकारी ढङ्गले अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्राचार्य डा. नारायण प्रसाद काफ्लेज्यूले स्वागत मन्तव्यसहित विद्यालयका विविध पक्ष समेटिएको पावरपोइन्ट प्रस्तुतीकरण गर्नुभएको थियो। निरीक्षण भ्रमणका लागि पाल्नुभएका प्रमुख अतिथिज्यूलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रहरी नायव महानिरीक्षक श्री गोविन्द थपलियाज्यूले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा, स्कुल समन्वय डेक्सका प्रहरी नायव उपरीक्षक रविन बाबु रेग्मीज्यू, नेपाल पुलिस स्कुल, सामाखुसीका समादेशक प्रहरी निरीक्षक महेश के.सी.ज्यू, सिनियर तथा जुनियर प्रहरी अफिसरहरूलगायत शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका केही तस्बिरहरू..

  तालिमको दोस्रो दिन : सिकाइबाट अभ्यासतर्फ******************************************* #शैक्षिक सत्र २०८३ देखि कार्यान्वय...
15/08/2026

तालिमको दोस्रो दिन : सिकाइबाट अभ्यासतर्फ
*******************************************
#शैक्षिक सत्र २०८३ देखि कार्यान्वयनमा ल्याइएको निरन्तर मूल्याङ्कन प्रणाली (CAS) सम्बन्धी क्षमता अभिवृद्धि तालिमअन्तर्गत आज मिति २०८३ साउन ३० गते शनिवार, दोस्रो दिनको तालिम सञ्चालन भयो। आजको सहजीकरणमा विद्यार्थी मूल्याङ्कन अभिलेख कार्यसञ्चयिका (Student’s Evaluation Record Portfolio) को प्रयोग, व्यवस्थापन र प्रभावकारी कार्यान्वयनका विषयमा व्यावहारिक रूपमा छलफल तथा अभ्यास भयो।

#विद्यार्थी मूल्याङ्कन अभिलेख कार्यसञ्चयिका (Student’s Evaluation Record Portfolio) विद्यार्थीले सिकाइ सुरु गरेको, सिकेको र अब के सिक्न बाँकी छ भन्ने कुराको प्रमाण हो। यसले शिक्षकको निम्ति विद्यार्थीलाई नजिकबाट बुझी समयमै आवश्यक सहयोग गर्न र अभिभावकलाई आफ्ना सन्तानको वास्तविक सिकाइ प्रगति बुझ्न सहज हुने छ।

#विद्यालयको मूल्याङ्कन प्रणालीलाई अझ विश्वसनीय, विद्यार्थीकेन्द्रित र सिकाइ उपलब्धिमुखी बनाउन तालिमलाई प्रभावकारी र जीवन्त बनाउन आफ्नो ज्ञान, अनुभव र समय प्रदान गर्नुहुने सम्माननीय सहजकर्ताज्यूप्रति नेपाल पुलिस स्कुल, सामाखुसी हार्दिक आभार व्यक्त गर्दछ। साथै सार्वजनिक बिदाको दिनमा समेत सक्रिय सहभागिता जनाई तालिमलाई सार्थक बनाउनुहुने सम्पूर्ण शिक्षक साथीहरूमा हार्दिक धन्यवाद।

#शिक्षकको निरन्तर सिकाइ नै विद्यार्थीको गुणस्तरीय सिकाइको आधार हो र विद्यार्थीको प्रत्येक सानो प्रगतिलाई पहिचान गरी सही समयमा सही सहयोग गर्न सक्नु नै मूल्याङ्कनको वास्तविक उद्देश्य हो।

 #दोस्रो अभिभावक भेला २०८३ (कक्षा १०)*********************************** #शैक्षिक सत्र २०८३ को दोस्रो अभिभावक भेलाअन्तर्...
15/08/2026

#दोस्रो अभिभावक भेला २०८३ (कक्षा १०)
***********************************
#शैक्षिक सत्र २०८३ को दोस्रो अभिभावक भेलाअन्तर्गत कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका अभिभावकज्यूहरूसँग विद्यार्थीहरूको पठनपाठन, शैक्षिक प्रगति तथा आगामी तयारीका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

#स्कुलका प्राचार्य डा. नारायणप्रसाद काफ्लेज्यूले अभिभावकज्यूहरूले उठाउनुभएका शैक्षिक विषयहरूबारे प्रकाश पार्दै तथा स्कुलले विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गरिरहेका प्रयासहरूबारे जानकारी दिँदै अभिभावकज्यूहरूको साथ, सहयोग र निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले स्कुलको सफलता विद्यार्थीहरूको सफलतामा निर्भर रहने विषयको उठान गर्दै अभिभावक, विद्यार्थी र स्कुलको त्रिपक्षीय एकताबाटै सकारात्मक परिणाम आउने विचार व्यक्त गर्नुभयो।

#त्यसैगरी विद्यालयका समादेशक प्रहरी निरीक्षक महेश केसीज्यूले अभिभावकज्यूहरूले राख्नुभएका जिज्ञासाहरूको सम्बोधन गर्दै विद्यार्थीको नियमित अध्ययन, अनुशासन र समग्र विकासका लागि विद्यालय र अभिभावकबिचको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित भई सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण अभिभावकज्यूहरूप्रति विद्यालय हार्दिक आभार व्यक्त गर्दछ।

  Race Competition - 2083 (Class 2-5)********************************************* #स्कुलको वार्षिक कार्यपात्रोअनुसार मि...
15/08/2026

Race Competition - 2083 (Class 2-5)
*********************************************
#स्कुलको वार्षिक कार्यपात्रोअनुसार मिति २०८३ साउन २९ गते शुक्रवार कक्षा २ देखि ५ सम्मको Race Competition भयो। विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमका केही झलकहरू ..

 #हस्तलेखन  #प्रशिक्षक  #आवश्यकता
14/08/2026

#हस्तलेखन #प्रशिक्षक #आवश्यकता

शिक्षक आवश्यकता !!!फारामको लागि लिङ्कः https://npssamakhusi.edu.np/wp-content/uploads/2026/03/%E0%A4%B6%E0%A4%BF%E0%A4%9...
14/08/2026

शिक्षक आवश्यकता !!!
फारामको लागि लिङ्कःhttps://npssamakhusi.edu.np/wp-content/uploads/2026/03/%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%95-%E0%A4%86%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8-%E0%A4%AB%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A7.pdf

 #विद्यालय व्यवस्थापन समितिका तेस्रो बैठक सम्पन्न **************************************** #आज मिति २०८३ साउन २८ गते बिह...
13/08/2026

#विद्यालय व्यवस्थापन समितिका तेस्रो बैठक सम्पन्न
****************************************
#आज मिति २०८३ साउन २८ गते बिहिवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाज्यूको अध्यक्षतामा शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय व्यवस्थापन समितिको तेस्रो बैठक सम्पन्न भयो। बैठकमा विभिन्न प्रस्तावहरू उपर छलफल गरी निर्णयहरू भए। सोही बैठकका केही झलकहरू:

फेरी भेटौँला कार्यक्रम .........तालुक काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रशासन शाखाको च.नं. ७९६ मिति २०८३।०४।...
10/08/2026

फेरी भेटौँला कार्यक्रम .........

तालुक काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रशासन शाखाको च.नं. ७९६ मिति २०८३।०४।१४ गतेको पत्रादेशानुसार पर्यटक प्रहरी कार्यालय पोखरा कास्की दरबन्दी भई यस विद्यालयमा कार्यरत प्र.व.ह. राजाराम सुलुलाई तालुक प्रहरी वृत्त जनसेवामा काज खटाइएकोमा आज मिति २०८३।०४।२५ गते यस विद्यालयका समादेशक तथा कार्यरत अन्य प्रहरी कर्मचारीहरुको उपस्थितिमा विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न गरियो । यसै क्रममा समादेशकज्यूले उहाँले विद्यालयमा रहँदा गरेको कामको प्रशंसा गर्दै आभार व्यक्त गर्नु भई नयाँ कार्य क्षेत्रमा पनि नीति नियम र निर्देशलाई अक्षरसपालना गरी संगठनको शिर उचो हुने गरी मन वचन र कर्मले कार्यसम्पादन गर्नु भन्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भयो । यस कार्यक्रमका केही झलकहरु :

Address

Samakhusi
Kathmandu
44600

Opening Hours

Monday 08:30 - 16:00
Tuesday 08:30 - 16:00
Wednesday 08:30 - 16:00
Thursday 08:30 - 16:00
Friday 08:30 - 16:00

Telephone

+9779851284240

Alerts

Be the first to know and let us send you an email when Nepal Police School Samakhusi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Police School Samakhusi:

Shortcuts

Share