13/05/2026
जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालको #२९औँ_वार्षिकोत्सव सम्पन्न
काठमाडौं । श्रीराम जन्मभूमि तीर्थक्षेत्र न्यास, अयोध्या (भारत) का कोषाध्यक्ष तथा गीता परिवारका संस्थापक ूज्य_स्वामी_गोविन्ददेव_गिरी_जी_महाराजको विशेष सान्निध्यमा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालको २९औँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
ललितपुरस्थित डी.ए.भी. (D.A.V.) कलेज, जावलाखेलमा वैशाख २६ गते आयोजित उक्त कार्यक्रममा राष्ट्र, धर्म, संस्कृति तथा संस्कारयुक्त शिक्षाको संरक्षण र प्रवर्द्धनका विषयमा विशेष चर्चा गरिएको थियो। कार्यक्रममा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालको राष्ट्रिय समिति, च्याप्टर समिति, महिला समिति पदाधिकारी, विभिन्न सहयोगदाता, विविध सामाजिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिहरू तथा हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय प्रचारक माननीय वेद प्रकाश जी लगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा करिब ६ सयभन्दा बढी महानुभावहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको शुभारम्भ वैदिक मन्त्रोच्चारण तथा दीप प्रज्ज्वलनद्वारा गरिएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूले राष्ट्र निर्माणमा शिक्षाको भूमिका, समाजमा संस्कारको आवश्यकता तथा संगठित सामाजिक अभियानको महत्वबारे आफ्ना धारणा व्यक्त गरेका थिए।
उक्त अवसरमा संस्थाका केही पदाधिकारीहरूको नयाँ दायित्व घोषणा गरिएको थियो। नवदायित्व प्राप्त पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई अझ प्रभावकारी र जनसेवामुखी बनाउने अपेक्षा व्यक्त गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा एकल विद्यालयका बालबालिकाद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम रहेको थियो। बालबालिकाहरूले राष्ट्रभक्ति, नेपाली संस्कृति तथा सामाजिक चेतनासँग सम्बन्धित विविध प्रस्तुतीमार्फत उपस्थित दर्शकहरूको मन जितेका थिए। त्यसैगरी नगर महिला समितिद्वारा प्रस्तुत प्रेरणादायी गीतले कार्यक्रमलाई थप आध्यात्मिक तथा उत्साहपूर्ण बनाएको थियो।
#कार्यक्रममा विशेष उद्बोधन दिँदै परम पूज्य स्वामी गोविन्द देव गिरी जी महाराजले एकल विद्यालय अभियान राष्ट्र निर्माणको महत्वपूर्ण अभियान भएको उल्लेख गर्नुभयो। उहाँले ग्रामीण तथा विकट क्षेत्रका बालबालिकासम्म शिक्षा, संस्कार र आत्मविश्वास पुर्याउने कार्य अत्यन्त पुण्य र आवश्यक रहेको बताउनुभयो।
स्वामी जीले धर्म, संस्कृति र शिक्षाको संरक्षणमार्फत सशक्त समाज तथा समृद्ध राष्ट्र निर्माण सम्भव हुने विचार व्यक्त गर्दै यस महान अभियानमा सबै क्षेत्रका व्यक्तिहरूलाई सक्रिय सहयोग र सहभागिताका लागि प्रेरित गर्नुभयो। उहाँले सेवा, समर्पण र संगठनात्मक एकताको भावनाले नै समाज परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले एकल विद्यालय अभियानले नेपालको ग्रामिण क्षेत्रसम्म शिक्षाको उज्यालो फैलाउँदै सामाजिक जागरण, नैतिक शिक्षा तथा संस्कार निर्माणमा उल्लेखनीय योगदान पुर्याइरहेको धारणा व्यक्त गरेका थिए। साथै आगामी दिनमा अभियानलाई अझ सशक्त र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
कार्यक्रममा संगठनका गतिविधि सम्बन्धित डकुमेन्ट्री सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो।
#जनकल्याण_प्रतिष्ठान
िद्यालय_अभियान
#स्वामी_गोविन्द_देव_गिरी
#श्रीराम_जन्मभूमि_तीर्थक्षेत्र
#गीता_परिवार
#राष्ट्र_निर्माण
#संस्कारयुक्त_शिक्षा
#हिन्दू_समाज
#नेपाल
26/04/2026
जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान नेपालको #राष्ट्रिय योजना बैठक २०८३ न्युरोडस्थित मारवाडी सेवा समितिको सभाकक्षमा विविध सांगठनिक योजना तथा महत्वपूर्ण निर्णयसहित सफलतापूर्वक सम्पन्न भएको छ।
१२ वैशाखदेखि प्रारम्भ भएको उक्त बैठकमा राष्ट्रिय समिति, प्रदेश समिति तथा जिल्ला समितिका अध्यक्ष र सचिवहरू, नगर महिला समितिका सबै नगर समितिबाट अध्यक्ष, सचिव तथा कोषाध्यक्षहरू, च्याप्टर समितिका अध्यक्ष, सचिव तथा कोषाध्यक्षहरू, साथै अपेक्षित पूर्णकालीन कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै बैठकमा संघका राष्ट्रिय प्रचारक माननीय वेद प्रकाश जी र विश्व हिन्दू परिषद् का अन्तर्राष्ट्रिय संगठन महामन्त्री माननीय मिलिन्द पराण्डे ज्यूको विशेष सान्निध्य प्राप्त भएको थियो।
बैठकमा संगठन सुदृढीकरण, आगामी कार्ययोजना निर्माण, एकल कार्य विस्तार, समाज जागरण, सांस्कृतिक संरक्षण तथा संगठन विस्तारलगायत विविध विषयमा गहन समीक्षा तथा व्यापक छलफल गरिएको थियो। साथै आगामी दिनमा संगठनलाई अझ प्रभावकारी, गतिशील तथा जनमुखी बनाउने रणनीतिहरू तय गरिएको छ।
देशभरबाट सहभागी प्रतिनिधिहरूले आ-आफ्नो क्षेत्रका अनुभव, सुझाव तथा योजनाहरू प्रस्तुत गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
अभियानले राष्ट्रिय एकल विद्यालयको माध्यमबाट समाजसेवाका कार्यलाई अझ सुदृढ रूपमा अघि बढाउने संकल्पसहित बैठक सम्पन्न गरेको छ।
सशक्त संगठन, सशक्त समाज, सशक्त राष्ट्र।
20/04/2026
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाको परस्पुर एकल विद्यालयका अध्ययन गर्दै बालबालिकाहरू
22/03/2026
“ #राष्ट्र_निर्माणमा_युवाको_भूमिका” विषयक कार्यक्रम सम्पन्न
काठमाडौं, चैत ८ – जनकल्याण प्रतिष्ठान तथा एकल विद्यालय फाउन्डेसन अफ नेपालको संयुक्त आयोजनामा “राष्ट्र निर्माणमा युवाको भूमिका” विषयक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
ललितपुरस्थित डी.ए.भी. स्कूलको बुद्ध हलमा आयोजित कार्यक्रममा प्रख्यात आध्यात्मिक वक्ता डा. ज्ञान वत्सल स्वामीले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुभयो। उहाँले युवाहरू राष्ट्रको मेरुदण्ड भएको उल्लेख गर्दै सकारात्मक सोच, अनुशासन, नैतिकता र सेवाभावबाट मात्रै सशक्त राष्ट्र निर्माण सम्भव हुने बताउनुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, शिक्षाविद् तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले वर्तमान समयमा युवाहरूलाई सही दिशा, मूल्य र संस्कार प्रदान गर्न यस्ता कार्यक्रमहरूको आवश्यकता औंल्याए।
आयोजक संस्थाका प्रतिनिधिहरूले यस्ता प्रेरणादायी कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
BAPS Swaminarayan Sanstha
10/02/2026
गण्डकी प्रदेश, गोरखा जिल्ला, शहीद लखन गाउँपालिका–७, को काहुले भंगार विद्यालय दर्शनको झलक !!!
Ekal Yuva Nepal-Ekal AbhiyanEkal Vidyalaya Nagar Mahila Samiti, Dharan, Nepal
16/01/2026
खिचडी कार्यक्रम काठमाडौँ नगर महिला समितिको आयोजनामा २०८२/१०/०१ गते मनोहरामा सम्पन्न भयो।
12/01/2026
काठमाडौँ नगर महिला समितिद्वारा २०८२ पौष २७ गते काभ्रे जिल्ला पाँचखाल नगरपालिकाको विक्रमटार एकल विद्यालयका दर्शन साथै विद्यालयका भाइबहिनीहरूलाई जाडोका लागि टोपी र मोजा वितरण गरियो।
यस कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 👏👏👏
Vishwa Hindu Parishad, Nepal
11/01/2026
आज वि.सं. २०८२/९/२७ गते मधेश प्रदेशअन्तर्गत सर्लाही जिल्लाको रोहुवा सञ्चमा संघस्तरीय वनविहार कार्यक्रम गोडैता नगरपालिका वडा नं. ३, सिमरा भगवतीपुरमा सम्पन्न गरियो। उक्त कार्यक्रममा जनकल्याण प्रतिष्ठान नेपाल एकल विद्यालय सर्लाही जिल्लाका जिल्ला अध्यक्ष श्री बद्री नारायण मिश्र, उपाध्यक्ष, प्रदेश समिति सदस्य, सञ्च समिति अध्यक्ष श्री विजय कान्त दास, विश्व हिन्दू परिषद सर्लाही जिल्ला समिति अध्यक्ष लगायत विभिन्न समितिका पदाधिकारीहरू, सर्लाही जिल्ला प्रमुख श्री लालबाबु यादव, मधेश प्रदेश प्रभारी श्री कपिलेश्वर त्रिपाठी, आचार्यहरू तथा १० विद्यालयका बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको क्रममा अतिरिक्त क्रियाकलापहरू जस्तै संस्कार पक्ष, योग, आसन, सूर्य नमस्कार, बालगीत तथा वर्ग गीतहरू सञ्चालन गरियो। साथै प्रत्येक विद्यार्थीलाई कापी र पेन वितरण गरिनुका साथै भोजनको व्यवस्था गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
09/01/2026
बाँके जिल्ला नेपाल गन्ज संच समिति द्वारा बालबालिकालाई कापी बितरन गरियो !!!