Orchid Pupil Secondary School

Orchid Pupil  Secondary School [email protected] Our Mission
Preparing and inspiring our students for a lifetime of success through Respect, Opportunity, and Innovation.

Our Vision
A world-class, innovative, and individualized educational experience for every student. Our Values
Respect, Trust, Integrity, Communication, Teamwork.

विद्यालयका सम्पूर्ण गतिविधिहरूलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले विद्यालय प्रतिनि...
14/08/2026

विद्यालयका सम्पूर्ण गतिविधिहरूलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले विद्यालय प्रतिनिधि क्याप्टेन अभिनव केसी तथा भाइस क्याप्टेन जेनिसा उप्रेतीको नेतृत्वमा प्रत्येक कक्षामा कक्षा-सचेतना तथा स्वअनुशासन कार्यक्रम सञ्चालन गरिएको छ।यस कार्यक्रममार्फत विद्यार्थीहरूमा कक्षाकोठाको अनुशासन, सरसफाइ, समयपालन, जिम्मेवारीबोध, आपसी सम्मान, सकारात्मक व्यवहार तथा विद्यालयका नियम–नियमावलीको पालना सम्बन्धमा सचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको छ। साथै, आफ्ना व्यवहार र कर्तव्यप्रति स्वयं सचेत हुँदै ‘अनुशासन अरूले गराउने होइन, आफैँबाट सुरु गर्ने हो’ भन्ने भावनाको विकास गराउने प्रयास गरिएको छ।
विद्यालय प्रतिनिधिहरूले कक्षा–कक्षामा पुगेर आफ्ना सहपाठीहरूसँग प्रत्यक्ष संवाद गर्दै विद्यालयलाई अझ सभ्य, सुरक्षित, स्वच्छ र अनुशासित शैक्षिक वातावरणका रूपमा विकास गर्न सबैको सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।
जिम्मेवार विद्यार्थी, अनुशासित कक्षा र उत्कृष्ट विद्यालय—हाम्रो साझा प्रतिबद्धता। 🌱📚✨

टेक केयर हेल्थ संस्थाको आयोजनामा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको दन्त स्वास्थ्य ...
10/08/2026

टेक केयर हेल्थ संस्थाको आयोजनामा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको दन्त स्वास्थ्य शिविरअन्तर्गतको स्क्रिनिङ कार्यक्रम आज पहिलो दिन सफलतापूर्वक सम्पन्न भएको छ।शिविरमा विद्यार्थीहरूको दाँत तथा मुख स्वास्थ्यसम्बन्धी आवश्यक जाँच तथा प्रारम्भिक स्क्रिनिङ गरिएको थियो। यस महत्वपूर्ण स्वास्थ्य सेवाका लागि टेक केयर हेल्थका सम्पूर्ण स्वास्थ्यकर्मी तथा सहयोगी टिमप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏
📌 यो स्वास्थ्य शिविर भोलि पनि निरन्तर सञ्चालन हुने जानकारी गराउँदछौँ।
स्वस्थ दाँत, स्वस्थ मुस्कान र स्वस्थ बालबालिका नै हाम्रो प्राथमिकता! 😊🦷✨
अर्किड प्युपल सेकेन्डरी स्कुल।

एसईई–२०८२ मा ३.९५ GPA प्राप्त गर्दै विद्यालय प्रथम बन्न सफल हाम्रो प्रतिभाशाली छात्रा श्री स्नेहा पुरीलाई नेसनल प्याब्सन...
02/08/2026

एसईई–२०८२ मा ३.९५ GPA प्राप्त गर्दै विद्यालय प्रथम बन्न सफल हाम्रो प्रतिभाशाली छात्रा श्री स्नेहा पुरीलाई नेसनल प्याब्सन काठमाडौं जिल्लाद्वारा आज आयोजित विशेष सम्मान कार्यक्रममा सम्मानित तथा पुरस्कृत गरिएको गौरवपूर्ण अवसरमा हार्दिक बधाई तथा आगामी दिनहरूमा पनि अझ उच्च सफलता हासिल गर्दै राष्ट्रको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
साथै जिल्ला शिक्षा तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख श्री सुरेश जोशीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शत प्रतिशत उत्तीर्ण सहित उत्कृष्ट शैक्षिक उपलब्धिको उच्च मूल्याङ्कन गर्दै यस विद्यालयलाई समेत सम्मान प्रदान गरिएकोमा नेसनल प्याब्सन काठमाडौं जिल्लाप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौँ।
🌸 हार्दिक बधाई, स्नेहा!
🌸 हार्दिक धन्यवाद, नेसनल प्याब्सन काठमाडौं जिल्ला!
प्रध्यानाध्यापक तथा विद्यालय परिवार।

💐विद्यालयको निरन्तर शैक्षिक क्यालेन्डरअनुसारको शुक्रबारीय कार्यक्रम अन्तर्गत तथा गुरुपूर्णिमाको पावन अवसरमा आयोजित अन्तर...
01/08/2026

💐विद्यालयको निरन्तर शैक्षिक क्यालेन्डरअनुसारको शुक्रबारीय कार्यक्रम अन्तर्गत तथा गुरुपूर्णिमाको पावन अवसरमा आयोजित अन्तरसदनात्मक वक्तृत्व कला (Speech Competition) मा
"आमा, बुबा तथा गुरुजनप्रति विद्यार्थीको कर्तव्य" भन्ने अत्यन्त सान्दर्भिक विषयमा सहभागी विद्यार्थीहरूले आत्मविश्वास, सिर्जनशीलता, प्रभावकारी प्रस्तुति र उत्कृष्ट अभिव्यक्तिमार्फत उत्कृष्ट प्रदर्शन गर्दै विजयी हुनुहुने विद्यार्थीहरू रोजिना खड्का-८ खुसी कार्की-१०, जेनिसा उप्रेती-८ र राहुल यादव-४ लाई क्रमश प्रथम द्वितीय तृतीय चतुर्थ बन्नु भएकोमा हार्दिक बधाई! साथै प्रतियोगितामा उत्साहपूर्वक सहभागी हुनुहुने सबै विद्यार्थीहरूलाई पनि विशेष धन्यवाद तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने आदरणीय निर्णायक मण्डल, शिक्षक-शिक्षिका, विद्यालय परिवार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।💐 धन्यबाद।
Principal & Orchid Pupil Secondary School Family

नेपाली संस्कृति, आत्मीयता र आपसी सद्भावको प्रतीक साउन १५ (खिर खाने दिन) को पावन अवसरमा हाम्रो विद्यालयमा अध्ययनरत करिब ४...
31/07/2026

नेपाली संस्कृति, आत्मीयता र आपसी सद्भावको प्रतीक साउन १५ (खिर खाने दिन) को पावन अवसरमा हाम्रो विद्यालयमा अध्ययनरत करिब ४०१ जना विद्यार्थी तथा सम्पूर्ण विद्यालय परिवारसँग मिलेर खिर खाने अवसर पाउँदा हामी अत्यन्त हर्षित छौँ। विद्यालयका संस्थापक अध्यक्षज्यूले यस विशेष अवसरमा आफ्नै घरको भान्सामा प्रेम, समर्पण र आत्मीयताका साथ खिर तयार गरी सम्पूर्ण विद्यार्थी तथा विद्यालय परिवारलाई स्नेहपूर्वक खुवाउनुभएको यो प्रेरणादायी कार्य सदैव स्मरणीय रहनेछ।यस्ता स्नेहपूर्ण र संस्कृतिमूलक कार्यक्रमहरूले विद्यार्थीहरूमा आपसी सद्भाव, सम्मान, साझेदारी र नेपाली मौलिक संस्कृतिप्रतिको अपनत्व अझ सुदृढ बनाउँदै लैजाने विश्वास लिएका छौँ।उहाँको यस उदारता, अभिभावकीय माया र विद्यालयप्रतिको समर्पणप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
अन्त्यमा,संस्थापक अध्यक्षज्यूप्रति हार्दिक धन्यवाद सहित सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका र विद्यालय परिवारमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना! व्यक्त गर्दछौं।
धन्यवाद।
प्रधानाध्यापक तथा विद्यालय परिवार
🌼 शुभ साउन १५! सबैमा मिठास, माया र खुसी छाओस्। 🌼

साउन १५ अर्थात् खिर खाने दिवसको अवसरमा सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू,सहकर्मी मित्रहरू, शुभेच्छुक महानुभावहरू तथा प्यारा...
31/07/2026

साउन १५ अर्थात् खिर खाने दिवसको अवसरमा सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू,सहकर्मी मित्रहरू, शुभेच्छुक महानुभावहरू तथा प्यारा विद्यार्थी भाइबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
धन्यवाद।

विद्यालय परिवार।

A teacher's greatest reward is seeing the love, respect, and success of their students. Thank you for making us feel so ...
29/07/2026

A teacher's greatest reward is seeing the love, respect, and success of their students. Thank you for making us feel so valued and appreciated.
Wishing all my fellow teachers a very Happy Teacher's Day! May we continue to inspire, guide and shape the future with knowledge, compassion, and dedication.
Thank you once again, dear students, for making this Teacher's Day so special and unforgettable. ❤️📚🌹

Happy Guru Purnima 2083.
28/07/2026

Happy Guru Purnima 2083.

प्रथम त्रैमासिक निर्माणात्मक परीक्षामा उत्कृष्ट नतिजासहित उत्तीर्ण हुनुहुने  कक्षा ६ देखि १० सम्मका सम्पूर्ण विद्यार्थी ...
25/07/2026

प्रथम त्रैमासिक निर्माणात्मक परीक्षामा उत्कृष्ट नतिजासहित उत्तीर्ण हुनुहुने कक्षा ६ देखि १० सम्मका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल शैक्षिक भविष्यको शुभकामना। 👏🌺 व्यक्त गर्दछौं।साथै, नर्सरी कक्षादेखि ५ सम्म सञ्चालन गरिएको निरन्तर मूल्याङ्कन (Continuous Assessment) को समीक्षा तथा भाइवा(VIVA) कार्यक्रममा सक्रिय रूपमा सहभागी भई आफ्ना बालबालिकाको सिकाइ यात्राप्रति चासो, सहयोग र साथ दिनुहुने सम्पूर्ण विद्यार्थी तथा आदरणीय अभिभावकज्यूहरूप्रति विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
अन्त्यमा विद्यार्थी, अभिभावक र विद्यालयबीचको सहकार्यले नै गुणस्तरीय शिक्षा, अनुशासन र सर्वाङ्गीण विकासलाई थप सुदृढ बनाउने विश्वासका साथ आगामी दिनहरूमा पनि यस्तै सहयोग, साथ र विश्वासको अपेक्षा समेत गर्दछौं।
धन्यवाद! 🙏
प्रधानाध्यापक
तथा
विद्यालय परिवार

17/07/2026

Address

Kageshwori Manohara/9
Kathmandu
4600

Alerts

Be the first to know and let us send you an email when Orchid Pupil Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Orchid Pupil Secondary School:

Shortcuts

Share

Category