10/08/2026
सिंहदरबारका रोचक तथ्यहरू...................................................
• निर्माणकर्ता : राणा प्रधानमन्त्री चन्द्रशमशेर
• निर्माण सुरु : वि.सं. १९५८ साल असार
• प्रारम्भिक उद्देश्य : चन्द्रशमशेरको निजी निवासका रूपमा निर्माण।
• नामकरण : चन्द्रशमशेरकी जेठी बडामहारानी लोकभक्त लक्ष्मीदेवीको • सुझावमा ‘सिंहदरबार’ नाम राखिएको भनिन्छ।
• नाम राख्ने रोचक प्रसंग : कौसीबाट बागदरबार देखाउँदै चन्द्रशमशेरले देखाएपछि महारानीले ‘त्यो बागदरबार हो भने यो दरबारलाई सिंहदरबार भन्न • • • कसो होला ?’ भन्ने सुझाव दिएको इतिहासमा उल्लेख छ।
• निर्माणको अनुमानित खर्च : इतिहासकार पुरुषोत्तमशमशेर जबराका अनुसार ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको थिएन।
• सरकारलाई बिक्री : निर्माणपछि चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई २ करोड रुपैयाँमा बेचेको उल्लेख पाइन्छ।
• रोचक आर्थिक तथ्य : उक्त कारोबारबाट चन्द्रशमशेरले करिब डेढ करोड • रुपैयाँ मुनाफा कमाएको दाबी गरिएको छ।
• सरकारी ढुकुटीको रकम : सिंहदरबार खरिदका लागि सरकारी ढुकुटीबाट २ • करोड रुपैयाँ निकालिएको उल्लेख छ।
• चन्द्रशमशेरको शासन : उनले सिंहदरबारबाट करिब २८ वर्ष शासन सञ्चालन गरे।
• सिंहदरबारबाट शासन गर्ने राणा प्रधानमन्त्री : चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेर।
• प्रारम्भिक रूपमा राखिएका महत्वपूर्ण अड्डा : खड्ग निशाना अड्डा, चिठी निकसारी अड्डा, मुलुकी अड्डा, जिन्सी गोश्वारा आदि।
• कोठाको संख्या : इतिहासकार पुरुषोत्तमशमशेर जबराका अनुसार निर्माण सम्पन्न हुँदा सिंहदरबारमा १,०४० कोठा रहेको उल्लेख छ।
• रोचक संयोग : सिंहदरबारमा १,०४० कोठा रहेको तथ्यलाई जहानियाँ राणा शासनको करिब १०४ वर्षको अवधिसँग जोडेर पनि हेर्ने गरिन्छ।
• राजनीतिक इतिहासको साक्षी : राणा शासनको उदयदेखि पतन, प्रजातन्त्र, पञ्चायत, बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्मका महत्वपूर्ण राजनीतिक घटनाको साक्षी।
• राजनीतिक बन्दीगृहका रूपमा : बीपी कोइरालालाई सिंहदरबारमा बन्दी बनाइएको थियो।
• यातनाको साक्षी : गणेशमान सिंहलाई सिंहदरबारस्थित पुतली बगैंचामा यातना दिइएको उल्लेख छ।
• प्रजातन्त्रपछि पनि नजरबन्द : डा. केआई सिंहलाई सिंहदरबारमा नजरबन्दमा राखिएको थियो।
• २०३० सालको आगलागी : वि.सं. २०३० असार २५ गते सिंहदरबारमा भीषण आगलागी भयो।
• आगलागीको कारण : छानबिन समितिले विद्युत् सर्टलाई कारण मानेको उल्लेख छ।
• आगलागीपछिको राजनीतिक प्रभाव : तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए।
• आगलागीको असर : सिंहदरबारको ठूलो भाग नष्ट भयो र पश्चिमतर्फको अग्रभागसमेत भत्काउनुपरेको थियो।
• २०७२ सालको भूकम्प : वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले सिंहदरबारको बाँकी अग्रभागमा समेत क्षति पुर्यायो।
• भूकम्पपछिको अवस्था : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका कार्यालय अस्थायी रूपमा अन्य भवनमा सारिएका थिए।
• पुनर्निर्माण/प्रबलीकरण : भूकम्पपछि सिंहदरबारको ऐतिहासिक भवनलाई प्रबलीकरण गरिएको हो।
• हालको महत्व : सिंहदरबार अहिले नेपालको प्रमुख प्रशासनिक तथा शासन सञ्चालनको केन्द्र हो।
• ऐतिहासिक महत्व : सिंहदरबारलाई केवल एउटा भवन नभई नेपालको राजनीतिक तथा प्रशासनिक इतिहासको जीवित साक्षीका रूपमा लिन सकिन्छ।