शिक्षा

शिक्षा शिक्षा सम्बन्धी जानकारीमुलक सामग्री ।
(248)

ओखलढुंगा जिल्ला लिखु गाउँपालिकाको प्रशासकीय भवन निर्माण निर्धारित समयभन्दा करिब ८/९ महिना अगावै सम्पन्न हुने चरणमा पुगेक...
23/08/2026

ओखलढुंगा जिल्ला लिखु गाउँपालिकाको प्रशासकीय भवन निर्माण निर्धारित समयभन्दा करिब ८/९ महिना अगावै सम्पन्न हुने चरणमा पुगेको छ। २०८२ वैशाख २९ गते शिलान्यास गरिएको भवन दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो !
तस्बिर :- शुबराज थापा

'साथीहरू अब ३५ वर्षको हिसाब माग्न छोड्दिनुस्। ३५ वर्षको लागि योजना ल्याउनुहोस्।'- रवि लामिछाने
23/08/2026

'साथीहरू अब ३५ वर्षको हिसाब माग्न छोड्दिनुस्। ३५ वर्षको लागि योजना ल्याउनुहोस्।'
- रवि लामिछाने

23/08/2026

रामेछापको उमाकुण्ड गाउँपालिकाले इसीडी सहजकर्ता तथा विद्यालय कर्मचारीहरूको तलब भत्ता निम्नअनुसार कायम गरेको छ:-
मा.वि. सहायक लेखा कर्मचारी रु. ३१,०००
मा.वि. कार्यालय सहयोगी रु. २६,०००
आ.वि. कार्यालय सहयोगी रु. २४,०००
बाल विकास सहजकर्ता रु. २६,०००

📚 कक्षा १ देखि ५ सम्मका लागि सबै अनिवार्य विषयहरूको # विद्यार्थीको सिकाइ मूल्याङ्कन अभिलेख पुस्तिका🎉 अब बजारमा उपलब्ध!पु...
23/08/2026

📚 कक्षा १ देखि ५ सम्मका लागि सबै अनिवार्य विषयहरूको

# विद्यार्थीको सिकाइ मूल्याङ्कन अभिलेख पुस्तिका

🎉 अब बजारमा उपलब्ध!
पुस्तकका मुख्य विशेषताहरू

✅ राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन निर्देशिकाअनुसार तयार गरिएको।
✅ परियोजना कार्य, अवलोकन, छलफल, प्रस्तुतीकरण, लिखित तथा प्रयोगात्मक मूल्याङ्कनका नमुनाहरू।
✅ Checklist, Rubrics, स्वमूल्याङ्कन, सहपाठी मूल्याङ्कन तथा अभिभावक प्रतिक्रिया फाराम समावेश।
✅ प्रत्येक सिकाइ उपलब्धिको व्यवस्थित अभिलेखीकरण गर्ने सुविधा।
✅ एउटै पुस्तकबाट सम्पूर्ण विद्यार्थीको मूल्याङ्कन, अभिलेख र प्रगति व्यवस्थापन।
✅ प्रतिशत, ग्रेड, GPA तथा समग्र मूल्याङ्कन तयार गर्न सहज।
✅ सरल भाषा, स्पष्ट ढाँचा र शिक्षकमैत्री डिजाइन।
✅ शिक्षकको समय, श्रम र कागजी कार्यभारमा उल्लेखनीय कमी।
✅ निरन्तर विद्यार्थी मूल्याङ्कन (CAS) प्रभावकारी रूपमा कार्यान्वयन गर्न अत्यन्त उपयोगी।

🎯 प्रत्येक आधारभूत तह (कक्षा १–५) का शिक्षक, विद्यालय र शैक्षिक संस्थाका लागि अत्यावश्यक सहायक सामग्री।

📖 आजै आफ्नो प्रति प्राप्त गर्नुहोस्।

प्रकाशक तथा वितरक:
दीक्षान्त बुक्स पब्लिसर्स एन्ड डिस्ट्रीब्यूटर्स प्रा. लि.
बल्खु–१४, काठमाडौं

📞 सम्पर्क:
०१-५९१८६०३
९८५१०१५६५६
९८४५१४९४५५

#सिकाइमूल्याङ्कन #कक्षा१देखि५ #विद्यालयशिक्षा #शिक्षकसामग्री

'शिक्षकहरूले अहिले जति तलब पाइरहनुभएको छ स्थानीय तहले त्यसमा थपेर दिन सक्छन् ।'- शिक्षामन्त्री सस्मित पोखरेल
23/08/2026

'शिक्षकहरूले अहिले जति तलब पाइरहनुभएको छ स्थानीय तहले त्यसमा थपेर दिन सक्छन् ।'
- शिक्षामन्त्री सस्मित पोखरेल

23/08/2026
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा ः शिक्षामन्त्री पोखरेलकाठमाडौँ, ७ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलल...
23/08/2026

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा ः शिक्षामन्त्री पोखरेल

काठमाडौँ, ७ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणलाई सरकारको पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले आइतबार आयोजना गरेको सरोकारवालासँगको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो ।

मन्त्री पोखरेलले विद्यार्थीमैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाँट तथा प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी हुनुपर्ने विश्वव्यापी अभ्यास भए पनि नेपालमा शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन नसकेको बताउनुभयो । शिक्षा बजेटको करिब ७० प्रतिशत स्थानीय तहमा अनुदानका रूपमा जाने भएकाले शिक्षा सुधार तथा शिक्षक–कर्मचारीको सुविधामा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो।

प्रारम्भिक बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिकबारे स्पष्ट पार्दै मन्त्री पोखरेलले सङ्घीय सरकारले उपलब्ध गराउने रकम सशर्त अनुदान मात्र भएको बताउनुभयो। स्थानीय तहले आफ्नो स्रोत परिचालन गरी कर्मचारीको पारिश्रमिक वृद्धि गर्न सक्ने उदाहरणका रूपमा उहाँले काठमाडौँ महानगरपालिकाको अभ्यास प्रस्तुत गर्नुभयो ।

मन्त्री पोखरेलले शिक्षा प्रणालीका कमजोरीलाई विद्यार्थी, शिक्षक, अभिभावक र सरकारले स्वीकार गरी सामूहिक रूपमा सुधारका लागि अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। विसं २०२८ पछि पहिलोपटक नयाँ ऊर्जाका साथ विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढेको उल्लेख गर्दै उहाँले प्रस्तावित ऐनलाई दीर्घकालीन र प्रभावकारी दस्तावेज बनाइने बताउनुभयो ।

कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सातै प्रदेशमा सञ्चालन गरिएको ‘शिक्षा संवाद’बाट प्राप्त सुझाव तथा निष्कर्ष प्रस्तुत गर्नुभयो। उहाँले सङ्घीय संसद्को हिउँदे अधिवेशनअघि सबैको सहमतिमा विद्यालय शिक्षा ऐन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले सातै प्रदेशबाट प्राप्त सुझावलाई विधेयकमा समेटिने बताउँदै नयाँ शिक्षा ऐन विद्यार्थी र शिक्षकमैत्री हुने उल्लेख गर्नुभयो।

शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षकको दर्ता, स्थायी नियुक्ति, बढुवा तथा विद्यालय संरचनालगायत विषय विधेयकमा स्पष्ट हुनुपर्ने बताउनुभयो। विद्यार्थी र शिक्षकलाई प्रविधिसँग जोड्ने व्यवस्था ऐनमा समेटिनुपर्ने उहाँको धारणा थियो।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष काशीनाथ दङ्गाल र प्याब्सन अध्यक्ष कृष्ण अधिकारीले पनि शिक्षा विधेयकलाई विद्यार्थी तथा शिक्षकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।
मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशमा आयोजना गरिएका ‘शिक्षा संवाद’बाट प्राप्त सुझाव तथा निष्कर्षको समीक्षा गरेको हो। विराटनगरबाट सुरु भएको संवाद सुदूरपश्चिमको धनगढीसम्म पुगेर सम्पन्न भएको थियो। संवादमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, स्थानीय तहका प्रतिनिधि, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग विद्यालय शिक्षाका समस्या, चुनौती र सुधारका विषयमा छलफल गरिएको थियो।

अस्मिता SEE कक्षा १० – Old is Gold📚 सम्पूर्ण All-in-One Practice Book– छुट्टै अभ्यास पुस्तक किन्न नपर्ने ।✅ नेपालकै नं. ...
23/08/2026

अस्मिता SEE कक्षा १० – Old is Gold
📚 सम्पूर्ण All-in-One Practice Book– छुट्टै अभ्यास पुस्तक किन्न नपर्ने ।
✅ नेपालकै नं. १, भरपर्दो तथा त्रुटिरहित पुस्तक
✅ नवीनतम CDC Grid तथा Guidelines अनुसार तयार
✅ २०८०–२०८२ का SEE (Regular & GIE) का २४ विगत परीक्षा प्रश्नहरू
✅ प्रत्येक एकाइमा २५ अतिरिक्त अभ्यास प्रश्नहरू
✅ CDC मोडेलमा आधारित १५+ Model Test Sets
✅ बहुविकल्पीय (MCQ) तथा संख्यात्मक प्रश्नहरूको त्रुटिरहित उत्तर
✅ छिटो पुनरावलोकनका लागि एकाइगत सूत्रहरू तथा मुख्य बुँदाहरू
📘 अंग्रेजी माध्यम
📗 अंग्रेजी + नेपाली माध्यम
WhatsApp Message - 9851318880

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to शिक्षा:

Shortcuts

Share