
#शुभरात्री
शिक्षा सम्बन्धी जानकारीमुलक सामग्री ।
Operating as usual
#शुभरात्री
एउटा सर्पले जुनकिरीलाई लखेट्न थाल्यो। धेरै बेर लखेटिएपछि थाकेको जुनकिरी रोकिएर सर्पलाई सोध्छ—
जुनकिरी: के मलाई खाएर तिम्रो पेट भरिन्छ ?
सर्प: होइन, पर्दिन ।
जुनकिरी: के मैले तिमीलाई कुनै हानि पुर्याएको छु?
सर्प: होइन, केही पनि गरेको छैनौँ।
जुनकिरी: यदि त्यसो हो भने, तिमी किन मलाई सधैं निल्न खोज्छौ?
सर्प: किनकी म तिमीलाई यसरी चम्किएको देख्न सक्दिन ।
हाम्रो जीवनमा पनि केही मानिसहरू यस्तै हुन्छन्। हामीले उनीहरूलाई कुनै नोक्सान पुर्याएका हुदैनौँ, तर हाम्रो उज्यालोपन, प्रगति र सफलता हेर्न सक्दैनन्। उनीहरू निरन्तर हाम्रो मार्गमा बाधा सिर्जना गर्न खोज्छन्। तर जुनकिरीझैं आफ्नो प्रकाश निभ्न नदिऔँ, निरन्तर चम्किरहौँ।
😊🙏
(साभार)
बुटवल बहुमुखी क्याम्पसमा ‘बिजनेस ह्याकाथन २०२५’ को चौथो दिन परिकल्पना र दस्तावेजीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न
बुटवल, माघ २० – बुटवल बहुमुखी क्याम्पसमा जारी ‘बिजनेस ह्याकाथन २०२५’ अन्तर्गत चौथो दिन परिकल्पना (Ideation) र दस्तावेजीकरण (Documentation) सम्बन्धी अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बीबीए विद्यार्थी क्लबद्वारा आयोजित यस कार्यक्रम नवप्रवर्तन, व्यावसायिक योजना विकास, र दस्तावेजीकरण प्रक्रियाको महत्त्व बुझाउन केन्द्रित थियो।
कार्यक्रमको अध्यक्षता बीबीए विद्यार्थी क्लबका अध्यक्ष सन्देश पोखरेलले गर्नुभएको थियो भने मुख्य प्रशिक्षकका रूपमा मुकुन्द ज्ञवाली रहनुभएको थियो। कार्यक्रमको सञ्चालन कोपिल पौडेलद्वारा गरिएको थियो। प्रमुख अतिथिका रूपमा बीबीए कार्यक्रम निर्देशक डा. ओम प्रकाश अर्याल तथा विशिष्ट अथितिमा डा. तिलक भुसाल उपस्थित हुनुहुन्थ्यो।
मुख्य प्रशिक्षक मुकुन्द ज्ञवालीले परिकल्पना र दस्तावेजीकरणको महत्त्वबारे व्यापक प्रशिक्षण दिनुभयो। उहाँका अनुसार, "व्यवसायिक सफलताको पहिलो चरण परिकल्पना नै हो। ठोस योजना बिना कुनै पनि व्यवसाय अगाडि बढ्न सक्दैन।" उहाँले व्यवसाय सुरुआत गर्नका लागि नवीन विचारको विकास, अनुसन्धान, सम्भाव्यता अध्ययन, र सही रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, "विचार सिर्जना गरेपछि त्यसलाई व्यवस्थित रूपमा कागजातमा उतार्न अत्यावश्यक छ। राम्रो दस्तावेजीकरणले लगानीकर्ताको विश्वास जित्न र व्यवसायलाई सही दिशामा लैजान मद्दत गर्छ। उहाँका अनुसार, व्यवसायिक योजना बनाउँदा समस्या पहिचान, समाधानका उपाय, लक्ष्य समूह, बजार रणनीति, वित्तीय व्यवस्थापन, तथा कानुनी प्रक्रिया स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ। साथै, डिजिटल युगमा दस्तावेजीकरणको प्रभावकारिता बढाउन प्रविधिको प्रयोग अनिवार्य रहेको बताउँदै, व्यावसायिक प्रस्ताव, प्रस्तुति, र रिपोर्ट लेखनका लागि डिजिटल टुल्सको महत्त्व बारे प्रकाश पार्नुभयो।
बीबीए कार्यक्रम निर्देशक डा. ओम प्रकाश अर्यालले कार्यक्रमलाई विद्यार्थीहरूको व्यावसायिक क्षमताको विकास गर्ने अवसरको रूपमा व्याख्या गर्दै भन्नुभयो, "एक सफल व्यवसायी बन्न, सशक्त परिकल्पना, योजनाबद्ध कार्यान्वयन, र प्रमाणित दस्तावेजीकरण अनिवार्य हुन्छ। प्रतिस्पर्धात्मक संसारमा सही योजना बिना व्यवसाय टिक्न कठिन छ।"
सरस्वती पूजाको अवसरमा झापा सुरुङ्गास्थित दिव्यरत्न आ. मा. वि.मा विशेष कार्यक्रम गरेर विद्यालय जाने उमेर भएका नानीबाबुहलाई अक्षरारम्भ गराइँदैछ ।
☎️ 9806021607, 9804912904
स्कुलको फेसबुक लिंकः DIBYA RATNA ENGLISH SECONDARY SCHOOL
सामुदायिक विद्यालयहरुमा नियमित पढाइ हुने कुरामा सरकार स्वयंले पनि बाधा पारिरहेको छ । सरकारका विभिन्न सरकारी अभियानहरुको केन्द्र प्राय सामुदायिक विद्यालमै बनाइन्छ । निर्वाचनका विभिन्न कार्यहरु - चुनाव गराउने, मतदाता नामवली संकलन, विभिन्न स्वास्थ्य शिविर तथा खोप अभियान, सरकारी तहबाट आयोजित सभा सम्मेलन र गोष्ठीहरु, लोकसेवाको परीक्षा सञ्चालन आदि ।
उल्लिखित कार्यक्रम सञ्चालन गर्दा कतिपय अवस्थामा विद्यालय नै बन्द गर्नुपर्ने हुन्छ । तर निजी विद्यालयलाई यी सारा कुराले छुँदैन । विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको परिप्रेक्ष्यमा विद्यालयमा हुने गैर-शैक्षिक क्रियाकलाप न्यूनीकरण गर्ने बारे राज्य संवेदनशील बन्नु पर्दछ ।
बिश्वर सिंह मेवाहाङ
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न भन्दै शिक्षा मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहको साझेदारी कोष बनाउने भएको छ।
शिक्षक सेवा आयोग - पुनर्योग नतिजा सम्बन्धी सूचना ।
सन्दर्भ:- विश्व सिमसार दिवस फेब्रुअरी २ ।
शिक्षक सेवा आयोग तयारी कक्षा कोशिशमा ।।
शिक्षक सेवा आयोग मा.वि., नि.मा.वि. र प्रा.वि. को नयाँ अनलाइन कक्षाहरु सञ्चालन भइरहेका छन्। कृष्ण प्रसाद सुवेदी, कुमार तिमिल्सिना, हरी धमला, नन्द प्रसाद भट्टराई, दिनेश बजगाई, सृजन पौडेल सरहरुले पढाउनु हुन्छ । Daily Live Class, PDF Notes, Recorded Video Class, Daily/Weekly Online Exam, बेलुका ६ बजेदेखि ८ बजेसम्म, बिहान ५ बजेदेखि ६ बजेसम्म दैनिक ३ घण्टा कक्षा, परीक्षा नहुन्जेलसम्म पढ्न पाउनुहुने छ ।
प्रथम पत्रको शुल्क मात्र 2000/- (पहिला भर्ना हुने १०० जना साथीहरुलाई) ।
धन्यवाद !!
Kosish Education 9851172194, 9851339894
आज फेब्रुअरी २ तारिख:- विश्व #सिमसार दिवस ।
सन् २०२५ को नारा : Protecting Wetlands for Our Common Future (हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण) ।
बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ आगामी माघ २५ गते नेपालका सबै हलहरुमा प्रदर्शन हुँदैछ। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा अस्मिता ढकाल कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, खगेन्द्र न्यौपाने लगायतको अभिनय रहेको छ । दिपक प्रसाद घिमिरे निर्माता रहेको फिल्मलाई जीवन सेञ्चुरीले निर्देशन गरेका छन् ।
#समसामयिक
स्रोत: Aashman Upadhaya - आसमण उपाध्याय
शिक्षक सेवा आयोग तयारी कक्षाका लागि सम्पर्क गर्नुहोस्।
उडान शैक्षिक केन्द्र- Udaan Shaikshik Kendra
शिक्षक सेवा आयोग प्रथम पत्र (मा.वि., नि.मा.वि., प्रा.वि.) Model SET 24
मिति : 2081-10-20
(नोट : परीक्षा दिनुभन्दा अगाडी कमेन्टमा yes वा अनिवार्य रुपमा Post Share गरेर तल दिइएको Exam Link मा Click गर्नुहोला । अन्यथा नतिजा प्रकाशित गरिने छैन ।)
जम्मा पूर्णाङकः 100
जम्मा प्रश्नः 50
प्रति प्रश्नः 2 अंक
समय अवधि : 60 मिनेट
Exam Link :-
शिक्षक सेवा आयोग प्रथम पत्र (मा.वि., नि.मा.वि., प्रा.वि.) Model SET 24 Date : 2081-10-20 जम्मा पूर्णाङकः 100 जम्मा प्रश्नः 50 प्रति प्रश्नः 2 अंक समय अवधि : 60 मिनेट
दक्षिण अफ्रिकालाई नौ विकेटले पराजित गर्दै मलेसियामा जारी यू–१९ महिला टी–२० विश्वकपको उपाधि भारतले जितेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा ३ लाख ९३ हजार नेपाली रोजगारका लागि विदेशिएका छन्।