Arun yadav/अरुण यादव

Arun yadav/अरुण यादव

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arun yadav/अरुण यादव, Educational consultant, Kalaiya, Birgunj.

15/05/2026

Wait 🤕🤗 🔱🚩📿
Arun yadav/अरुण यादव
Arun Yadav

26/10/2025

हिन्दूहरूको महान् चाड पर्व छठ पर्वको पावन अवसरमा देश विदेशमा पाल्नुभएका सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइ तथा स्वास्थ्यकर्मी सुरक्षाकर्मी लगायतका सम्पूर्णमा नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछु 🙏🔱😊❤️‍🩹

24/08/2025

स्क्रब टाइफसबारे जानकारी :
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी (Orentia Tutsugamushi ) भन्ने जिवाणुबाट लाग्दछ । माइट प्राय जसो झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

स्क्रब टाइफस कसरी सर्छ ?
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

स्क्रब टाइफसका लक्षणहरु
- धेरै जवरो आउनु ( काम ज्वरो समेत आउन सक्छ )
- धेरै टाउको दुख्नु
- पसिना धेरै आउनु
- आँखा रातो हुनु
- झाडापखाला लाग्नु
- किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु

स्क्रब टाइफसबाट बच्ने उपायहरु के-के हुन् ?
- खेतवारीमा काम गर्दा वनजंगल /झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइं सम्म बुट लगाउने
- घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने
- सम्भव भएसम्म भुइँमा नबस्ने । खाटमा वा अग्लो स्थानमा सुत्ने/बस्ने
- सकेसम्म घाँसवारी र चउरमा नबस्ने
- चउरमा,वारी ,झाडी,घाँस तथा धुरान बढ्न नदिने
- मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने ।

स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ ।
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Epidemiology and Disease Control Division World Health Organization Nepal

Arun Yadav
World Health Organization Nepal

23/08/2025

वीरगन्जमा तिब्र गतिमा भैलिरहेको हैजा बाट आफू पनि बचौ र अरुलाई पनि बचाऊ,
सूचना

क्लोरा (Cholera) बाट सावधानीहरू अनिवार्य रूपमा अपनाउन अनुरोध गरिन्छः
1. केवल सफा र उमालेर चिस्याइएको पानी मात्र पिउनुहोस्।
2. बाहिरको खुलेआम खाना–पानी सेवन नगर्नुहोस्।
3. खानापान अघि र शौचालय प्रयोग पछि साबुनपानीले राम्ररी हात धुनुहोस्।
4. झाडापखाला, वान्ता वा अत्यधिक तिर्खा लाग्ने लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा चिकित्सक सम्पर्क गर्नुहोस्।
Arun Yadav
Arun yadav/अरुण यादव

29/07/2025

के तपाईं हरु लाई थाहा छ #डिप्रेसन के हो?? यो बाट कति मानिसहरूले आफनो अमूल्य जीवन केही समयमै समाप्त गर्दछन??? आफू पनि बुझौं र साथी लाई पनि बुझाऊ यस्ता देखिएमा #डाक्टर #परामर्श लियौं!!!!!!!!!!!!!

"डिप्रेसन" — शरीरभन्दा गहिरो, मनभन्दा पर, र आत्माभित्र गढेको एक मौन चिच्याहट...

यो न कुनै चोट देखिन्छ, न कुनै रगत बग्छ,
तर भित्रभित्रै मान्छे टुक्रा–टुक्रा भएर बाँचिरहेको हुन्छ।

🖤 डिप्रेसनले कसैको अनुहार हेरेर भन्दैन —
यो धनीलाई पनि हुन्छ, गरिबलाई पनि,
हास्ने मान्छे पनि यसको सिकार हुन्छ,
अनि मौन रहने मान्छे त भित्रैबाट चिच्याइरहेको हुन्छ।

कहिले काँही डिप्रेसन कसैको
"तिमी त सधैं हाँसिरहन्छौ नि!" भन्ने भनाइभित्र लुकेको हुन्छ,
कसैको "सब ठीक छ" भन्ने उत्तरमा चिसो आँसु मिसिएको हुन्छ।

🕳️ डिप्रेसन भनेको के हो?
यो केवल मन खिन्न हुनु होइन,
यो त आफैसँगको लडाइँ हो,
जहाँ शत्रु बाहिर होइन, भित्रै लुकेको हुन्छ।

जसले हरेक बिहान उठ्दा सोच्दछ – 'म किन बाँचिरहेको छु?'
जसले हरेक रात बिछ्यौनामा निन्द्राको सट्टा आँसु खोज्दछ।
जसले अरूको हर्षमा आफ्नो पीडा लुकाउँछ।
त्यसले भोगिरहेको हुन्छ — डिप्रेसनको यात्रा।

🛤️ डिप्रेसनको यात्रामा कस्तो दुःख पाइन्छ?
– आत्मग्लानि,
– निरर्थकताको अनुभूति,
– कसैलाई केही भन्न नसक्ने मौन पीडा,
– सास त चलिरहेको हुन्छ तर जीवन हराएको हुन्छ।
– अनुहार हाँसिरहेको हुन्छ, तर भित्र एक युद्ध चलिरहेको हुन्छ।

डिप्रेसन कसरी हुन्छ?
– लगातारको अपमान, घृणा, अस्वीकृति,
– आफन्तबाट चोट, समाजबाट उपेक्षा,
– वा कुनै ठूलो झट्का – जस्तै: प्रेममा धोका, काम गुमाउनु, वा प्रियजन गुमाउनु।
तर कहिले काँही कुनै कारण नै नदेखिए पनि यो चुपचाप पस्छ हृदयभित्र।

🧠 डिप्रेसन कसलाई हुन्छ?
– जो धेरै सोच्दछ,
– जो अरूलाई खुसी राख्न आफूलाई थिच्दछ,
– जो भित्रभित्रै कमजोर छ तर बाहिर बलियो देखिन्छ।
– जसको जीवनमा धेरै सपना छन्, तर साथ दिने कोही छैन।

🌿 डिप्रेसन नहोस् भन्नको लागि के गर्ने?
– मनका कुरा लुकाउनु होइन, भन्न सिक्नुहोस्।
– आफ्नै खुसीका लागि समय निकाल्नुहोस्।
– फोन भन्दा साथीको काँध खोज्नुहोस्।
– "सबै ठीक छ" भन्ने बहानामा आँसु नछिपाउनुहोस्।
– प्रेम, प्रकृति, प्रार्थना र पाठमा समय दिनुहोस्।

👥 डिप्रेसन भए के गर्ने?
– डराउनु हुँदैन, यो रोग हो, अपराध होइन।
– विशेषज्ञको सल्लाह लिनुहोस्।
– लेख्नुस्, बोल्नुस्, कराउनुस्, रुुनुस् — तर मौन नबस्नुस्।
– आफूलाई दोष दिन छोड्नुस्।
– नजिकको साथीसँग, परिवारसँग साँचो कुरा खोल्नुस्।
– आत्मालाई समय दिनुहोस् — तिमी फेरि उज्यालो देख्नेछौ।

💛 र सम्झनुस् —
हामी सबैलाई कहिले न कहिले जीवनले पछार्छ,
तर हार मान्नु जीवनको अन्त्य होइन।
"जीवन दुखद छैन, केवल केही अध्यायहरू कठिन छन्।"
तिमी आज रुन्छौ, ठीकै हो —
तर पर्सि तिमी फेरि हाँस्नेछौ, उज्यालो देख्नेछौ।

🙏 यदि तपाईं वरिपरि कसैले चुपचाप बसिरहेछ भने — सोध्नुस्, "सबै ठिक छ?"
किनभने कहिलेकाहीँ एक प्रश्न, एउटा काँध, एक गला अँगालोले
कसैको आत्महत्या रोक्न सक्छ।

🕊️ डिप्रेसन कुनै लाजको कुरा होइन —
यो त सहानुभूति, समझदारी र प्रेमले निको पारिने एउटा पीडा हो।

– देवीलाल पाण्डे ✍️

Arun Yadav

Photos from Arun yadav/अरुण यादव 's post 19/04/2025

"Thanks for the kind wishes! I'm grateful to have you in my life!"🙏❤️‍🩹
🔱🙏❤️‍🩹🕊️
Arun Yadav

13/01/2025

पाठेघरको मुखको क्यान्सर विरुद्धको
एचपिभी खोप अभियान २०८१

यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपिभी खोप दिईँदैछ ।

पाठेघरको मुखको क्यान्सर कस्तो किसिमको रोग हो?

पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको संक्रमणबाट हुन्छ । नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको प्रमुख कारण हो ।यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ ।

⁠थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पैसा नलाग्ने हेल्लो हेल्थ कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।

खोप नि:शुल्क पाइन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्छ ।
Arun Yadav

Photos from Arun yadav/अरुण यादव 's post 06/01/2025

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान २०८१

२०८१ माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एच.पि.भी. खोप दिईँदैछ ।

Ministry of Health and Population-Nepal Family Welfare Division National Health Education Information and Communication Centre

#नेपाली
Arun Yadav

01/01/2025
30/12/2024

एक महिलाले अर्की महिलालाई सोधिन् — "तिम्रो जन्मदिनमा श्रीमानले के उपहार दिए ?"
दोस्री महिलाले जवाफ दिइन — "अह ! केही पनि दिएनन् त !"
पहिलो महिलाले फ़ेरि सोधिन् — "कस्तो श्रीमान् हो तिम्रो ? आफ्नो श्रीमतीलाई खुसी राख्न केही दिन पनि नसक्ने, कि तिम्रो श्रीमानलाई माया नै छैन तिमी प्रती ?"

यति भनेर पहिलो महिला आफ्नो बाटो लागिन् तर उनको प्रश्न भने दोस्रो महिलाको कानमा विषालु हावा बनेर घुस्यो । साँझ जब पति घर आए, तब उनले श्रीमतीको अनुहार लत्रिएको देखे । यसै विषयमा दुबै जनाको झगडा सुरु भयो । दुबैले एक अर्कालाई सराप्न थाले । बोलचाल बन्द भयो । आखिरमा पति पत्नीमा डिभोर्स भयो ।

उनीहरूमा समस्याको सुरुवात त्यो फजुलको प्रश्नबाट भएको थियो जुन महिलाको हालचाल जान्न आएकी साथीले सोधेकी थिइन् ।
------------
एक जना व्यक्तिको भेट आफ्नो पुरानो मित्रसँग भयो । भेट हुँदा साथ पहिलो मित्रले आफ्ना पुरानो दोस्रो मित्रसँग सोधे — “तिमी आज भोलि कहाँ काम गर्दैर्छौ ?"
दोस्रो मित्रले पहिलो मित्रलाई आफू काम गर्ने पसलको नाम बतायो !
पहिलो मित्रले फ़ेरि सोधे — "मालिकले तलब कति दिन्छन् ?"
दोस्रो मित्रले जवाफ दिए — "२५ हजार रूपैयाँ मासिक ! "
पहिलो मित्रले भने — "मात्र २५००० रूपैयाँ ? यति पैसामा तिम्रो जिन्दगी कसरी चल्छ? "
दोस्रो मित्रले गहिरो सास लिँदै भन्यो — "कुरा नगर साथी, जिन्दगी जेनतेन चलेकै छ, तिमीलाई के बताऊँ?”

उनीहरूको भेटघाट सकियो । तर पहिलो मित्रको प्रश्न दोस्रो मित्रको दिमागमा विषालु हावा बनेर घुसिसकेको थियो । केही दिन पछि दोस्रो मित्रको आफ्नो काम प्रति लगाब कम हुँदै जान थाल्यो । उसले तलब बढाउनु पर्ने माग मालिक सामु राख्यो ! तर उसको माग मालिकले ठाडै अस्वीकार गरिदियो !
अन्तमा दोस्रो मित्रले नोकरी छाड्यो । अब उ बेरोजगार छ ! पहिले उससँग काम थियो ! अब उसँग कुनै काम छैन ! अहिले ऊ मात्र होइन उसको परिवार नै समस्यामा छ !
-------------
आफ्नो छोरासँग अलग्गै बस्ने एक जना वृद्धसँग एकजना व्यक्तिले सोध्यो — "तपाईंको छोरा तपाईँलाई भेट्न एकदमै कम आउने गर्छ, के उसलाई तपाईंको माया लाग्दैन ?”
वृद्धले भन्यो-" मेरो छोरा आफ्नो काममा एक दमै व्यस्त रहन्छ । उसको काम पनि एकदमै टाइट छ । मलाई मात्र होइन आफ्नो श्रीमती र बच्चाहरूको लागि पनि उसलाई एकदमै कम समय मिल्दछ ।"
व्यक्तिले भन्यो — " वाह! यो के कुरा भयो ? तपाईँले उसलाई पालन पोषण गर्नु भयो ! उसको हरेक इच्छाहरूलाई पूरा गरि दिनु भयो ! अब उसलाई व्यस्तताको कारण आफ्नो बुबालाई भेट्ने समय पनि छैन ? यो त तपाईँलाई नभेट्ने एक बहाना मात्र हो ।"

यो कुराकानी वृद्धको मनमा विषालु हावा बनेर छिर्‍यो । अब बृद्धको मनमा छोरा प्रति शंका पैदा हुन थाल्यो । अब छोरो भेट्न नआउँदा बृद्धाले मेरो छोरासँग मेरो लागि बाहेक सबैको लागि समय छ भनी सोच्ने गर्न थाल्यो । यो कुरा बृद्धाको मनमा यति गढ्यो कि यही चिन्ताले बृद्धको सोचे भन्दा छिटै निधन हुन पुग्यो !

हामीले गर्ने केही प्रश्नहरू हामीलाई सामान्य लाग्न सक्छन् तर यसले अरूको जीवनमा विषालु हावाको काम गर्ने गर्छ । अनजानमा वा जानीजानी गरिने यस्ता प्रश्नहरूले अरूको जीवनमा घृणाको बीउ रोप्न सक्छ । अरूको जीवननै बर्बाद गर्न सक्छ । आज हाम्रा वरिपरि जुन तनाव भइरहेका छन् त्यसको जडसम्म पुग्यौं भने अक्सर त्यसको पछि अन्य व्यक्तिहरूले फैलाएका यस्तै कुनै विषालु हावा हुने गर्छ ।

यस्ता विषालु हावालाई नजरअन्दाज गर्न सिकौं ! यस्ता विषालु हावा फैलाउने कारक बन्नबाट बचौं ! अन्य मानिसहरूको घरमा जाँदा अन्धा बनेर जाऔं र निस्कदा लाटो-गुँगो बनेर निस्कौं ।

स्रोत : सामाजिक सञ्जाल
Arun Yadav
Everyone

Want your school to be the top-listed School/college in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kalaiya
Birgunj
07