Viswa Niketan College,Tripureshwor Kathmandu

Viswa Niketan College,Tripureshwor Kathmandu - Best Community College for +2 Science,Mgmt,Humanities & Law
-BBS and PCL

12/06/2026
कक्षा ११ नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचनायस विद्यालयको कक्षा ११ मा शैक्षिक सत्र २०८३ का लागि सञ्चालन गरिएको प्रवे...
25/05/2026

कक्षा ११ नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना

यस विद्यालयको कक्षा ११ मा शैक्षिक सत्र २०८३ का लागि सञ्चालन गरिएको प्रवेश परीक्षाबाट छनौट हुनु भएका सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गदैर् प्रवेश परीक्षामा सफल भई छनौट हुनु भएका विद्यार्थीहरूले यही जेठ १५ गतेभित्र अनिवार्य रूपमा विद्यालयमा उपस्थित भई भर्ना प्रक्रिया पूरा गरिसक्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।

तोकिएको समयभित्र भर्ना नगर्ने विद्यार्थीहरूको सिट स्वतः रिक्त मानिने व्यहोरा समेत जानकारी गराइन्छ।

भर्नाका लागि आवश्यक कागजातहरू:
प्रवेश परीक्षा प्रवेशपत्र (Admit Card)
SEE Grade Sheet को प्रतिलिपि

प्रवेश परीक्षाको नतिजायस विश्व निकेतन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ विज्ञान विषय अध्ययन गर्...
23/05/2026

प्रवेश परीक्षाको नतिजा

यस विश्व निकेतन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ विज्ञान विषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि मिति २०८३/०२/०९ गते सञ्चालन गरिएको प्रवेश परीक्षाको नतिजाअनुसार निम्न लिखित परीक्षार्थीहरू भर्नाका लागि छनोट भएको जानकारी गराइन्छ।
छनोट भएका विद्यार्थीहरूले मिति २०८३/०२/१० गतेदेखि २०८३/०२/१५ गतेभित्र अनिवार्य रूपमा भर्ना गरिसक्नुपर्ने छ।
भर्ना प्रक्रिया “पहिले आउनेलाई पहिले भर्ना (First Come, First Admission)” को आधारमा सञ्चालन गरिने भएकाले तोकिएको समयभित्र ग्रेडसिट तथा शुल्कसहित विद्यालयमा उपस्थित भई भर्ना हुन अनुरोध गरिन्छ।

तोकिएको मितिभित्र भर्ना नगरेमा उक्त सिट स्वतः रिक्त मानिनेछ ।
नोट : भर्ना सम्बन्धी थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध छ।

रिजल्ट हेर्नको लागि तलको लिंकमा जानुहोला ।

https://drive.google.com/file/d/1mLTKQOdSQXMrXWE6ujfT0nMUGr_eeylr/view?fbclid=IwdGRjcAR-hitleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEeKjGTuOfbCXdRkLZHd0o_I8F2UOhC2cZbn-BrfWiesPP56KNKqJ3V2tiaw1s_aem_iMEkv32l2AJh4WTwvmmIJw

कक्षा ११ (विज्ञान समूह) प्रवेश परीक्षा सम्बन्धीप्रिय विद्यार्थी तथा अभिभावकज्यूहरू,भोलि सञ्चालन हुने कक्षा ११ विज्ञान सम...
22/05/2026

कक्षा ११ (विज्ञान समूह) प्रवेश परीक्षा सम्बन्धी

प्रिय विद्यार्थी तथा अभिभावकज्यूहरू,

भोलि सञ्चालन हुने कक्षा ११ विज्ञान समूहको प्रवेश परीक्षाको सिट प्लान निम्नानुसार कायम गरिएको जानकारी गराइन्छ।

परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरू विहान ७:३० बजेभित्र अनिवार्य रूपमा विद्यालय परिसरमा प्रवेश गरिसकेको हुनुपर्नेछ। निर्धारित समयपछि आउने विद्यार्थीहरूलाई परीक्षा सञ्चालन समितिको निर्णय अनुसार मात्र परीक्षा हलमा प्रवेश दिइनेछ।

परीक्षा OMR (Optical Mark Recognition) प्रणालीमार्फत सञ्चालन हुने भएकाले विद्यार्थीहरूले OMR शीट भर्ने सम्बन्धी निर्देशनहरू ध्यानपूर्वक पालना गर्नु पर्नेछ।

परीक्षार्थीहरूका लागि महत्वपूर्ण निर्देशनहरू
परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, इयरफोन तथा अन्य सबै प्रकारका डिजिटल उपकरणहरू पूर्ण रूपमा निषेध गरिएको छ।
परीक्षाको समयमा गणित विषयका प्रश्नहरू हल गर्न क्याल्कुलेटर प्रयोग गर्न अनुमति दिइएको छ।
विद्यार्थीहरूले आफ्नो प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ।
परीक्षा अवधिभर परीक्षा अनुशासन तथा निरीक्षकबाट दिइने निर्देशनहरूको पूर्ण पालना गर्नु पर्नेछ।

विद्यालय परिवार सम्पूर्ण विद्यार्थीहरूको सफलताको शुभकामना व्यक्त गर्दछ।

22/01/2026

Address

Tripureshwor
Kathmandu

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779841428004

Alerts

Be the first to know and let us send you an email when Viswa Niketan College,Tripureshwor Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Viswa Niketan College,Tripureshwor Kathmandu:

Shortcuts

Share