Surekha Professional Training Center

Surekha Professional Training Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Surekha Professional Training Center, Education, Radhakrishna mandir, Raniban, Kathmandu.

नागरजुन नगरपालिकाको आयोजना तथा वडा नं. ७ को समन्वयमा सम्पन्न मानवअधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रममा Surekha Profess...
24/04/2026

नागरजुन नगरपालिकाको आयोजना तथा वडा नं. ७ को समन्वयमा सम्पन्न मानवअधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रममा Surekha Professional Training Center लाई सहजिकरण गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नुभएकोमा वडा नं. ७ प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।

"महिला सशक्तिकरण भनेको केवल अधिकार पाउनु मात्र होइन, आफ्ना निर्णय आफैं गर्न सक्ने आत्मविश्वास र क्षमता विकास गर्नु हो।"M...
13/04/2026

"महिला सशक्तिकरण भनेको केवल अधिकार पाउनु मात्र होइन, आफ्ना निर्णय आफैं गर्न सक्ने आत्मविश्वास र क्षमता विकास गर्नु हो।"

Melamchi Nagarpalika Ward No. 11 द्वारा आयोजित महिला सशक्तिकरण कार्यक्रममा सहजिकरण गर्ने अवसर Surekha Professional Training Center लाई प्रदान गरिदिनु भएकोमा नगरपालिकाका उपप्रमुख उमा प्रधान ज्यू, वडा अध्यक्ष ज्यू, सदस्य ज्यूहरू, वडा कर्मचारी, प्रतिनिधि अम्बिका दोटेल ज्यू लगायत सम्पूर्ण सहभागीहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🙏
यस कार्यक्रममा सहभागी दिदीबहिनीहरूको सक्रिय सहभागिता, अनुभव आदानप्रदान र सिक्ने उत्साहले हामीलाई अझ प्रेरित बनाएको छ।
हामी सबै मिलेर अगाडि बढ्दा मात्र साँचो सशक्तिकरण सम्भव हुन्छ भन्ने विश्वासका साथ आगामी दिनहरूमा पनि यस्ता कार्यक्रममार्फत सकारात्मक परिवर्तन ल्याउने प्रयास निरन्तर रहनेछ।

Surekha Professional Training Center द्वारा ललितपुर महानगरपालिका वडा नं. ७ अन्तर्गत सञ्चालन गरिएको ६५ दिने ब्यूटिसियन ता...
10/04/2026

Surekha Professional Training Center द्वारा ललितपुर महानगरपालिका वडा नं. ७ अन्तर्गत सञ्चालन गरिएको ६५ दिने ब्यूटिसियन तालिम कार्यक्रममा सहभागीहरूलाई Life Skills तथा तनाव व्यवस्थापन सम्बन्धी कक्षा सहजीकरण गर्ने अवसर पाउँदा अत्यन्त खुशी लागेको छ।
हजुरहरू सबैको सक्रिय सहभागिता, सिकाइप्रतिको रुचि र सकारात्मक ऊर्जा निकै प्रेरणादायी रह्यो। यहाँहरू सबैलाई हार्दिक धन्यवाद।यस महत्वपूर्ण अवसरका लागि ललितपुर महानगरपालिका वडा नं. ७ तथा सम्पूर्ण सम्बद्ध पक्षप्रति कृतज्ञता व्यक्त गर्दछु।

धादिङको नीलकण्ठ नगरपालिकाका मेलमिलापकर्ताहरूको लागि आयोजना गरिएको ३ दिने पुनर्ताजगी तालिममा सहजीकरण गर्ने अवसर प्रदान गर...
09/04/2026

धादिङको नीलकण्ठ नगरपालिकाका मेलमिलापकर्ताहरूको लागि आयोजना गरिएको ३ दिने पुनर्ताजगी तालिममा सहजीकरण गर्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
उक्त कार्यक्रमको सफल कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाहगर्नु हुने नगरपालिकाको न्यायिक समिति,उपमेयर श्री दीपकविश्वकर्माज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री हरिदत्त कडेलज्यू,न्यायिक सहजकर्ता गायत्री रिजालज्यू,
तथा सम्पूर्ण सहभागीज्यूहरू प्रति विशेष आभार व्यक्त गर्दछौं।
यहाँहरूको सक्रिय सहभागिता, समन्वय तथा सहयोगले कार्यक्रमलाई प्रभावकारी, उपलब्धिमूलक र सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।आगामी दिनहरूमा समेत यस्तै सहकार्य र समर्थन निरन्तर रहने अपेक्षा सहित पुनः धन्यवाद व्यक्त गर्दछौं।

नागरजुन नगरपालिका वडा नं. ७ द्वारा आयोजित, हाम्रो आस्था नेपाल Rehabilitation Center मा बसोबास गर्नु भएका व्यक्तिहरूका ला...
28/03/2026

नागरजुन नगरपालिका वडा नं. ७ द्वारा आयोजित, हाम्रो आस्था नेपाल Rehabilitation Center मा बसोबास गर्नु भएका व्यक्तिहरूका लागि सञ्चालन गरिएको ५ दिने मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको सहजिकरण Surekha Professional Training Center ले गरेको थियो।

यस कार्यक्रममार्फत सहभागीहरूमा नयाँ आशा, सकारात्मक सोच तथा जीवनमा परिवर्तनको ऊर्जा जगाउने प्रयास गरिएको थियो। पुनःस्थापनाको यात्रामा अघि बढिरहनु भएका सम्पूर्ण सहभागीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस महत्वपूर्ण कार्यक्रम आयोजना गर्नुहुने नागरजुन नगरपालिका वडा नं. ७ तथा सहकार्य र विश्वासका लागि हाम्रो आस्था नेपाल Rehabilitation Center प्रति हार्दिक आभार व्यक्त गर्दछौं

This women's day we celebrate all the women that find a seat for themselves when they are told they don't deserve one. W...
08/03/2026

This women's day we celebrate all the women that find a seat for themselves when they are told they don't deserve one. We celebrate the brave voices , quiet efforts and the never ending perseverance of women all around

Happy women's day !

Address

Radhakrishna Mandir, Raniban
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779860441002

Website

Alerts

Be the first to know and let us send you an email when Surekha Professional Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Surekha Professional Training Center:

Shortcuts

Share

Category