Yogesh Khadka

Yogesh Khadka Artist

"प्रधानमन्त्री बोल्नुहुन्छ, धुमधडाकासाथ बोल्नुहुन्छ। सबैलाई चित्त बुझाउनुहुन्छ.. आम नागरिकलाई, प्रतिपक्षलाई, सत्ता पक्षल...
23/05/2026

"प्रधानमन्त्री बोल्नुहुन्छ, धुमधडाकासाथ बोल्नुहुन्छ। सबैलाई चित्त बुझाउनुहुन्छ.. आम नागरिकलाई, प्रतिपक्षलाई, सत्ता पक्षलाई, सबैलाई चित्त बुझ्ने गरी सबैले चाहेको कुरा, के थियो प्रश्न, सबै प्रश्नहरूको जवाफ दिने गरी चाँडै.. प्रतिरोध गर्नै पर्दैन। वि'रोध गर्नु स्वाभाविक हो, माग गर्नु पनि स्वाभाविक हो, तर बन्द गर्ने, घेर्नै पर्ने त्यस्तो केही गर्नै पर्दैन।"
- रबी लामिछाने; सभापति-राष्ट्रिय स्वतन्त्र पार्टी।

चलचित्र ‘युग’ मा दिक्पाल कार्की र अभिषेक खड्का अनुबन्धितअभिनेता तथा मोडल दिक्पाल कार्की र मोडल अभिषेक खड्का हिमालयन मुभि...
19/05/2026

चलचित्र ‘युग’ मा दिक्पाल कार्की र अभिषेक खड्का अनुबन्धित

अभिनेता तथा मोडल दिक्पाल कार्की र मोडल अभिषेक खड्का हिमालयन मुभिजको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘युग’ मा अनुबन्धित भएका छन ।

अभिनेता दिक्पाल कार्की यसअघि निर्देशक शम्भु प्रधानको चलचित्र ‘रङ्गबैजनी’ मार्फत नेपाली रजतपटमा देखिएका थिए। पछिल्लो पटक उनी शोभित बस्नेत निर्देशित चलचित्र ‘PR’ मा विशेष भूमिकामा अभिनय गरेको अवस्थामा दर्शकमाझ प्रस्तुत भएका थिए। त्यसैगरी, मोडल अभिषेक खड्काले भने चलचित्र ‘युग’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेका हुन्।

#युग

हार्दिक अपिल :नारायण नगरपालिका वडा नं. २, जाहारकोट, दैलेख निवासी पिता सन्त बहादुर थापा र माता कौशिला थापाका कान्छा छोरा ...
20/04/2026

हार्दिक अपिल :
नारायण नगरपालिका वडा नं. २, जाहारकोट, दैलेख निवासी पिता सन्त बहादुर थापा र माता कौशिला थापाका कान्छा छोरा नमराज थापाको बिगत लामो समय देखि दुबै मृगौलाले काम गर्न छोडेकोले सहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा लामो समय देखि उपचार भइरहेकोले डाक्टरको सल्लाह अनुसार मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थिक सहयोगको लागि आफन्त, इष्ट्मित्र, दाजुभाई, दिदिबहिनी लगायत सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक अपिल गर्दछु।

सहयोगको लागि सम्पर्क :-
श्रीमति लक्ष्मी कुमारी दशौदी थापा
बैक : कुमारी बैक लिमिटेड
खाता न : २३००३५८७३५८००००१
सम्पर्क न : ९८४९६८१७३०

(नोट - कृपया, सहयोग गरेको रकमको Screenshot सहित मेसेन्जरमा पठाईदिनुहुन अनुरोध छ।)

हार्दिक बधाई🎈दैलेख क्षेत्र नं. १ बाट १२,३७१ मत ल्याएर ५७५ मतान्तरले विजय हासिल गर्न सफल हुनु भएको नेपाली काङ्ग्रेसका उम्...
07/03/2026

हार्दिक बधाई🎈
दैलेख क्षेत्र नं. १ बाट १२,३७१ मत ल्याएर ५७५ मतान्तरले विजय हासिल गर्न सफल हुनु भएको नेपाली काङ्ग्रेसका उम्मेदवार आदरणिय भाउजु बासना थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

महिला नेतृत्वको यो जित केवल एक व्यक्तिको मात्र होइन, सम्पूर्ण महिलाहरूको आत्मविश्वास र क्षमताको जित हो। तपाईंको नेतृत्वमा मतदाताको विश्वासलाई सम्मान गर्दै जनताको अपेक्षा अनुरुप विकास र सुशासन अझ बलियो बनोस् भन्ने कामना गर्दछु।

आज हजुर मामाको सम्झनामा स्वर्गीय श्री जगत जङ थापा स्मृति छात्रवृत्ति अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक बर्ष वितरण गर...
18/03/2025

आज हजुर मामाको सम्झनामा स्वर्गीय श्री जगत जङ थापा स्मृति छात्रवृत्ति अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक बर्ष वितरण गरिने छात्रवृत्ति वितरण भएको छ। त्रिभुवन माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई आदरणीय मामा धर्म जङ्ग थापा, विद्यालय परिवार र आफन्तहरुको उपस्थितमा वितरणबाट गरियो । मामाको सम्झनामा छात्रवृत्ति कोष स्थापना गरि समाजमा उदाहरणीय कार्य गरेकोमा दिदी समाजसेवी, जयन्ती थापालाई धन्यवाद। 🙏

धमलाको हमला ...आज धमला काका यता दैलेखतिर ....😎😮 फाईनल्ली क-कस्ले भेटे त ?
19/01/2025

धमलाको हमला ...
आज धमला काका यता दैलेखतिर ....😎😮 फाईनल्ली क-कस्ले भेटे त ?

💐शालिक अनावरण :नेपाली काङ्ग्रेसका उपसभापति, उपप्रधानमन्त्री, गृह तथा रक्षा मन्त्री, माननीय श्री पूर्ण बहादुर खड्का ज्यूक...
14/06/2024

💐शालिक अनावरण :
नेपाली काङ्ग्रेसका उपसभापति, उपप्रधानमन्त्री, गृह तथा रक्षा मन्त्री, माननीय श्री पूर्ण बहादुर खड्का ज्यूको बाहुलीबाट प्रभावशाली तथा त्यागी नेता स्व. जगत जङ्ग थापाको चिर स्मृतिमा पूर्णकदको शालिक अनावरण कार्य सु-सम्पन्न ।

सु-सम्पन्न मिति : २०८१ जेठ ३१ रोज ५ शुभम्।

जिल्लाबासी, शुभचिन्तक तथा शुभेच्छुक व्यक्तित्वहरूमा समर्पण, त्याग र निष्ठा भावनाको प्रतिमुर्ति-श्री जगत जङ्ग थापाको शालि...
10/06/2024

जिल्लाबासी, शुभचिन्तक तथा शुभेच्छुक व्यक्तित्वहरूमा समर्पण, त्याग र निष्ठा भावनाको प्रतिमुर्ति-श्री जगत जङ्ग थापाको शालिक अनावरण कार्यक्रममा यहाँको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।

कार्यक्रम मिति : २०८१ जेठ ३१ गते
समय : बिहान ८ बजे
स्थान : जगत ज्योति चोक, जाहारकोट, दैलेख।

🕜️ नामकरणको दिन ...📝 सम्भावित नामको पहिलो अक्षर -भो, जा, जी, खी, खु, खे, खो, गा, गी (१० औं राशी)।आज भाईलाई पहिलो सन्तानक...
17/03/2024

🕜️ नामकरणको दिन ...
📝 सम्भावित नामको पहिलो अक्षर -भो, जा, जी, खी, खु, खे, खो, गा, गी (१० औं राशी)।
आज भाईलाई पहिलो सन्तानको रुपमा पुत्री लाभ भएको ११ औं दिनको शुभ अवसरमा पुत्रीको न्वारन कार्य सुसम्पन्न भएको छ । आमा छोरीलाई सु-स्वास्थ्य र दिर्घायु प्राप्तिको मंगलमय शुभकामना ।

ाशी #न्वारन #सुर्खेत

@ Surkhet 1:28 PM.

आज नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार सुरु । आज यमपञ्चकको पहिलो दिन, धन त्रयोदशी अर्थात् धनतेरसको शुभकामना ।।🎉🎊✨
10/11/2023

आज नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार सुरु । आज यमपञ्चकको पहिलो दिन, धन त्रयोदशी अर्थात् धनतेरसको शुभकामना ।।🎉🎊✨

Address

Kathmandu

Telephone

+9779846363963

Website

Alerts

Be the first to know and let us send you an email when Yogesh Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Yogesh Khadka:

Shortcuts

Share

Category