Jalupa Secondary School

Jalupa Secondary School Jalupa Secondary is a full fledged english medium community based academic institution located at Tokha Municipality 08 Baniyatar.

रु ६४,५९५  दैविक प्रकोप उद्धार कोषमा संकलन गरीएको छ ।हालै भाद्र १० गते गएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहर...
23/09/2026

रु ६४,५९५ दैविक प्रकोप उद्धार कोषमा संकलन गरीएको छ ।

हालै भाद्र १० गते गएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मानवीय सहयोग पुर्‍याउने उद्देश्यले मिति २०८३।०५।३१ गतेको वि.व्य.स.को निर्णयानुसार सञ्चालित स्वेच्छिक राहत संकलन अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

यस अभियानमा सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा वि.व्य.स. सदस्यहरूबाट संकलित कुल रू. ६४,५९५/- (चौंसट्ठी हजार पाँच सय पन्चानब्बे रुपैयाँ मात्र) रकम लक्ष्मी सनराइज बैंकमार्फत 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' को खाता नं. १६२८८८५४१०११०९२५ मा जम्मा गरिएको जानकारी गराउँदछौँ ।

यस विषम परिस्थितिमा ऐक्यबद्धता जनाउँदै स्वेच्छिक आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय अभिभावक, विद्यार्थी भाइबहिनीहरू, शिक्षक-कर्मचारी तथा वि.व्य.स. सदस्य तथा शिक्षक अभिभावक संघहरूमा विद्यालय परिवार हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछ।

धन्यवाद!

गत हप्ता सञ्चालन गरिएका science quiz, general quiz, English speech, musical chair competition मा विजेता  कक्षा १ देखि कक...
17/09/2026

गत हप्ता सञ्चालन गरिएका science quiz, general quiz, English speech, musical chair competition मा विजेता कक्षा १ देखि कक्षा ६ सम्मका भाइ बहिनीहरुलाई प्राथना समय पछि पुरस्कार र प्रमाणपत्र वितरण पश्चात खिचिएका तस्बिरहरू

English speech competition in senior wing.
17/09/2026

English speech competition in senior wing.

टोखा नगरपालिकाको छात्रवृती सम्बन्धी सूचना
17/09/2026

टोखा नगरपालिकाको छात्रवृती सम्बन्धी सूचना

Fathers Day celebrated by Kids 2083
17/09/2026

Fathers Day celebrated by Kids 2083

विश्वकर्मा पूजा २०८३
17/09/2026

विश्वकर्मा पूजा २०८३

हार्दिक बधाई तथा शुभकामनायस विद्यालयका प्रधानाध्यापक श्री सुजन कुमार श्रेष्ठ टोखा नगरपालिकाको नगर शिक्षा समितिको सदस्य प...
13/09/2026

हार्दिक बधाई तथा शुभकामना

यस विद्यालयका प्रधानाध्यापक श्री सुजन कुमार श्रेष्ठ टोखा नगरपालिकाको नगर शिक्षा समितिको सदस्य पदमा मनोनयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दैछौ ।

जालुपा माध्यमिक विद्यालय परिवार

आज मिति २०८३ / o४ / १६ गते  अभिभावक भेलाबाट छनोट हुनु भएका विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सम्पूर्ण प...
01/08/2026

आज मिति २०८३ / o४ / १६ गते अभिभावक भेलाबाट छनोट हुनु भएका विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सम्पूर्ण पदाधिकारीज्युहरुलाइ सफल कार्यकालको हार्दिक शुभकामना साथै विद्यालयको निवर्तमान समितिका पदाधिकारीहरुलाई ' विद्यालयमा संचालन गर्न पुऱ्याउनु भएको योगदान का लागि हार्दिक आभार व्यक्त गर्दछौ ।

30/07/2026

आदरणीय अभिभावकज्यूहरू,

विषय: अभिभावक भेलामा उपस्थिति हुने सम्बन्धमा।

यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको पुर्नगठन गर्न २०८३/०४/१६ गते शनिवार बिहान ११:०० बजे अभिभावक भेला आयोजना गरिएको हुदा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ।

प्रधानाध्यापक

प्रिय विद्यार्थीहरू,आज गुरु पूर्णिमाको यस पवित्र दिनमा तिमीहरूले देखाएको श्रद्धा, आदर र भक्तिभावले हाम्राे हृदय अति प्रस...
29/07/2026

प्रिय विद्यार्थीहरू,

आज गुरु पूर्णिमाको यस पवित्र दिनमा तिमीहरूले देखाएको श्रद्धा, आदर र भक्तिभावले हाम्राे हृदय अति प्रसन्न भएको छ। एउटा गुरुका लागि आफ्ना विद्यार्थीहरूको प्रगति, संस्कार र सफलता नै सबैभन्दा ठूलो उपहार हो।

आजको यस विशेष दिनमा हामीहरु तिमीहरूलाई हृदयैदेखि यो आशिर्वाद दिन्छौं ।

ज्ञान र विवेकको प्राप्ति आओस्: तिमीहरूले जीवनमा सधैँ सही र गलत छुट्याउने विवेक प्राप्त गर्न सक। पुस्तकको ज्ञान मात्र होइन, जीवनलाई सुमार्गमा लैजाने व्यावहारिक र नैतिक ज्ञान सधैँ तिमीहरूसँग रहोस्।

सफलता र प्रगतिको शिखर चुम्न सक: तिमीहरूले रोजेको हरेक सत्कर्म र क्षेत्रमा सफलता हासिल होस्। अध्ययन, करियर र जीवनका हरेक मोडहरूमा आउने चुनौतीहरूलाई धैर्य र साहसका साथ पार गर्न सक।

उत्कृष्ट संस्कार र नम्रता बनिरहोस्: तिमीहरू जतिसुकै माथि पुगे पनि तिमीहरूको गोडा सधैँ जमिनमा रहोस्। तिमीहरूमा दया, करुणा, नम्रता र ठूलाबडाप्रतिको आदरभाव सधैँ कायम रहोस्।

सुस्वास्थ्य र दीर्घायुको कामना: तिमीहरूको जीवन सधैँ निरोगी, ऊर्जावान् र सकारात्मक विचारले भरिपूर्ण रहोस्।

याद राख, गुरुको मार्गदर्शन र तिमीहरूको कडा परिश्रम नै सफलताको साँचो हो। सधैँ सत्यको बाटोमा हिँड्नु, समाज र राष्ट्रको भलो हुने काम गर्नु अनि आफ्ना मातापिता र गुरुहरुको नाम सधैँ उच्च राख्नु।

हाम्राे आशिर्वाद र शुभकामना सधैँ तिमीहरूको साथमा छ।

शुभ गुरु पूर्णिमा! तिमीहरू सबैको भविष्य उज्ज्वल रहोस्!

शब्द : डिकेन्द्र मरहट्टा (शिक्षक )

Address

Kathmandu
00977

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00

Telephone

015158692

Alerts

Be the first to know and let us send you an email when Jalupa Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Jalupa Secondary School:

Shortcuts

Share

Category