+2 पास गरेका विद्यार्थीहरूका लागि अवसर!
Student Visa मा कोरिया जान चाहनेहरूका लागि
EPS-TOPIK Form खुलेको छ!
NLC Korean language center Kalanki
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NLC Korean language center Kalanki, Language school, Kathmandu.
"NLC LEARNING CENTER PVT.LTD एक परामर्श केन्द्र तथा भाषा विद्यालय हो, जहाँ विद्यार्थीहरूले कोरिया, जापान, यूके, र अन्य देशहरूमा अध्ययन तथा काम गर्नको लागि मार्गदर्शन र भाषा प्रशिक्षण प्राप्त गर्न सक्छन्।" NLC कलंकीमा अवस्थित छ। आनन्द सर मुख्य कोरियन प्रशिक्षक हुनुहुन्छ जसले दक्षिण कोरियामा १२ वर्षभन्दा बढी अध्ययन र काम अनुभव गर्नुभएको छ। उहाँ कोरियन पुस्तक लेखक पनि हुनुहुन्छ र लामो समयदेखि नेपालमा कोरियन भाषा सिकाउँदै आउनुभएको छ।
07/04/2026
TOPIK EXAM Target विशेष तयारी CLASS !!!
.....................................................................................
कोरियन भाषा सिक्ने सुनौलो अवसर अब तपाईंको हातमै ✨
अब ढिला नगर्नुहोस्—तयारी सुरु गर्ने सही समय यही हो!
NLC LEARNING CENTER KALANKI
(कोरियन तथा जापानिज भाषाको अध्ययन तथा परामर्श सेवा)
👉Contact : 📞980-8379891 , 9749326399, 9851231416
☎️015921634 👉कलंकी काठमाडाैं
🎯 हामीले प्रदान गर्ने सेवा:
✔ Basic देखि Advanced Level सम्म कोरियन भाषा कक्षा
✔ TOPIK EXAM Target गरेर विशेष तयारी
✔ अनुभवी शिक्षकद्वारा सजिलो र प्रभावकारी teaching
✔ Online तथा Physical class दुबै सुविधा
💡 तपाईंको सपना — कोरिया जाने, पढ्ने वा काम गर्ने
👉 त्यसको पहिलो पाइला: TOPIK पास गर्नुहोस्!
👉 “आजको निर्णय, भोलिको सफल भविष्य!” 🚀
07/04/2026
कोरियामा कार्यरत एक नेपालीको असामयिक निधन 😥🇰🇷
दक्षिण कोरियामा कार्यरत एक नेपाली युवाको असामयिक नि` धन भएको दुःखद खबर सार्वजनिक भएको छ। स्याङ्जा जिल्ला, बिरुवा गाउँपालिका ८, ललाङमा जन्मिएका सुवास राना मगर हाल रुपन्देहीको देवदहमा बसोबास गर्दै आएका थिए।
विदेशी रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका राना मगरको अचानक निधन भएको खबरले उनका परिवार, आफन्त तथा सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको छ। विशेष गरी स्याङ्जा समाज दक्षिण कोरिया परिवार यस घ´टनाले गहिरो दुःखमा डुबेको जनाएको छ।
समाजले एक वक्तव्य जारी गर्दै स्वर्गीय सुवास राना मगरप्रति भावपूर्ण श्रदधाञ्जली अर्पण गरेको छ। साथै शोकाकुल परिवारजनप्रति गहिरो समवे दना व्यक्त गर्दै यो पीडादायी घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
07/04/2026
Agriculture & Livestock RESUST आयो !!!
...............................................................................
Agriculture & Livestock तर्फ सन् २०२५ को कोरियन भाषा परीक्षा नतिजा प्रकाशन भएको छ। फाराम भर्ने ३५,२१८ जना मध्ये २७,७६४ परीक्षामा सामेल हुनुभएकोमा २,०२० जना उत्तीर्ण हुनुभएको छ। कटलाईन ३९ रहेको छ।
उत्तीर्ण व्यक्तिहरूले Skill and Competency test अन्तर्गत Competency test का लागि इपिएस शाखाले निकालेको सुचना अनुरुप योग्यता र कागजपत्र भएमा चैत्र मसान्त भित्र [email protected] मा पेश गर्नुहुन अनुरोध छ। यदि उल्लेखित योग्यता र कागजपत्र नभएमा अनिवार्य पेश गर्न आवश्यक छैन । Competency test को बारे सुचना हेर्न अघिल्लो पोष्ट हेर्नुहोला।
भाषा परीक्षामा उत्तीर्ण व्यक्तिहरूको नामावली कमेन्टमा राखिएको लिङ्कमा गई हेर्नुहोला।
07/04/2026
कोरियामा विदेशी केयरगिभर उत्पादन कार्यक्रम सुरु !
दक्षिण कोरियामा वृद्धजनको हेरचाह गर्ने जनशक्ति अभाव बढ्दै जाँदा विदेशी विद्यार्थीहरूलाई केयरगिभर (요양보호사)’ बनाउने उद्देश्यले विश्वविद्यालयस्तरमै प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ। हाल देशभरका 21 वटा कलेज तथा विश्वविद्यालयमा करिब 780 जना विदेशी विद्यार्थीले यस सम्बन्धी शिक्षा लिइरहेका छन्।
गत 25 तारिख ग्योङ्गी प्रान्तको याङ्जुस्थित 서정대학교 को कक्षामा हेरचाह र मानवअधिकार विषयको कक्षा चलिरहेको थियो। कक्षामा प्राध्यापकले ह्वीलचेयर धकेल्दा पहिले किन जानकारी दिनुपर्छ? भन्ने प्रश्न सोध्दा विद्यार्थीहरूले अचानक धकेल्यो भने बिरामी डराउन सक्छन र अगाडि लड्न सक्छन् भन्ने जवाफ दिए। ती विद्यार्थीहरू मंगोलिया, क्याम्बोडिया, नेपाल लगायतका देशबाट आएका हुन जसले कोरियामा केयरगिभर बन्ने लक्ष्य राखेका छन्।
21 शैक्षिक संस्थामा विदेशी जनशक्ति उत्पादन
कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयका अनुसार विदेशी केयरगिभर उत्पादन परीक्षण परियोजनाअन्तर्गत 21 वटा शिक्षण संस्थामा हालसम्म 780 जना विद्यार्थी भर्ना भएका छन्। तीमध्ये 567 जनाले विद्यार्थी भिसा आवेदन दिएकामा सबैभन्दा धेरै भियतनाम (220 जना), त्यसपछि म्यानमार (161 जना), उज्बेकिस्तान (61 जना) का विद्यार्थी रहेका छन्।
서정대 को ग्लोबल केयर वेलफेयर विभागमा मात्रै 7 देशका 40 जना विद्यार्थी अध्ययनरत छन्। उनीहरूको उमेर 23 देखि 49 वर्षसम्म रहेको छ। कतिपयले आफ्नै देशमा फार्मेसी वा नर्सिङको योग्यता हासिल गरिसकेका छन् भने केहीले जापानमा समेत केयरगिभरको रूपमा काम गरिसकेका छन्।
पारिवारिक संस्कृतिले बनायो सहज
एशियाली मुलुकका विद्यार्थीहरू प्रायः संयुक्त परिवारमा हुर्केका हुने भएकाले वृद्धहरूको हेरचाहमा उनीहरू सहज हुने बताइन्छ। मंगोलियाकी एक विद्यार्थीले हजुरबुबा–हजुरआमासँग हुर्केको अनुभवले वृद्धहरूको भावना बुझ्न मद्दत गर्छ भनी बताइन्।
2028 सम्म 1 लाख 35 हजार केयरगिभर अभाव हुने अनुमान
कोरियामा तीव्र रूपमा बढ्दो वृद्धजनसंख्याका कारण सन् 2028 सम्म करिब 1 लाख 35 हजार केयरगिभरको अभाव हुने अनुमान गरिएको छ। हाल कार्यरत केयरगिभरहरू समेत वृद्ध हुँदै गएकाले वृद्धले वृद्धको हेरचाह गर्ने अवस्था सिर्जना भएको छ।
चुनौती, भाषा, संस्कृति र कार्य वातावरण
विदेशी केयरगिभरहरूले प्रभावकारी रूपमा काम गर्नका लागि कोरियाली संस्कृति र कार्यशैलीमा घुलमिल हुन आवश्यक रहेको विज्ञहरूले बताएका छन्। हाल कोरियामा कार्यरत विदेशी केयरगिभरको संख्या करिब 6600 मात्र रहेको छ।
इमिग्रेसन नीति अनुसन्धान संस्थाले आफ्नो प्रतिवेदनमा विदेशी कामदार, सेवाग्राही र रोजगारदाताबीच बहुसांस्कृतिक समझदारी आवश्यक रहेको उल्लेख गरेको छ। साथै प्रारम्भिक चरणमा विदेशी कामदारलाई स्थानीय कामदारसँग 2 जनाको टोली बनाएर काम गराउन सुझाव दिइएको छ। विद्यार्थीहरूले पनि पढाइमा प्रयोग हुने प्राविधिक शब्दहरू कठिन हुने गुनासो गरेका छन्। एक भियतनामी विद्यार्थीले कोरियन भाषा पढे पनि बेडसोर्स (욕창) बुढ्यौली (노화) जस्ता शब्द बुझ्न गाह्रो हुने भएकाले कक्षा पछि फेरि अध्ययन गर्नुपर्छ भनी बताइन्।
निष्कर्ष आवस्यक सुधार आवश्यक
विशेषज्ञहरूले विदेशी जनशक्ति भित्र्याउनु अघि वर्तमान केयरगिभरहरूको तलब, सुविधा र कार्य वातावरण सुधार गर्नुपर्ने बताएका छन्। जापानमा जस्तै स्थानीय सरकारले आवास तथा अन्य सुविधा उपलब्ध गराउने नीति कोरियाले पनि अपनाउनुपर्ने सुझाव दिइएको छ । विदेशी विद्यार्थीमार्फत केयरगिभर उत्पादन कार्यक्रमले वृद्ध हेरचाह क्षेत्रमा देखिएको जनशक्ति अभाव पूर्ति गर्ने अपेक्षा गरिएको भए पनि, यसको सफल कार्यान्वयनका लागि थप सुधार र तयारी आवश्यक देखिएको छ।
- मधू सूदओझा
06/04/2026
106औं TOPIK EXAM परीक्षाको आवेदन मिति सार्वजनिक भएको छ!
......................................................................................................................
समयमै आफ्नो फारम भरी परीक्षाको तयारीलाई अझै मजबुत बनाउनुहोस्। 📚✈️
📅 महत्वपूर्ण मिति र जानकारीहरू:
📝 Application Date (आवेदन मिति): April 13 (Mon) बिहान 10:00 बजे देखि April 16 (Thur), 2026 सम्म।
(⚠️ ध्यान दिनुहोला: April 13 बिहान 10:00 बजे अघि फारम स्वीकार गरिने छैन!)
💻 How to Apply: Online Application (अनलाइन आवेदन)
💰 Application Fee (परीक्षा शुल्क):
🔹 TOPIK Ⅰ (Level 1 ~ 2): NPR 3,000/-
🔹 TOPIK Ⅱ (Level 3 ~ 6): NPR 3,500/-
🎓 Test Date (परीक्षा मिति): May 17, 2026 (Sunday)
🏫 Test Place (परीक्षा केन्द्र): St. Mary’s Secondary School, Jawalakhel, Lalitpur, Nepal
🏆 Result Announcement (नतिजा प्रकाशन): June 25, 2026 (Tuesday) - www.topik.go.kr मा हेर्न सक्नुहुनेछ।
06/04/2026
🔵🔴 🎓 Korean Language (TOPIK I) Preparation Class 🔴🔵
📚 Learn Korean Language Easily & Effectively 🇰🇷
✔ Basic देखि Advanced Level सम्म
✔ अनुभवी शिक्षकद्वारा Training
✔ Interview Preparation पनि गराइन्छ
⏰ Class Time: बिहान 7:00 बजे देखि
📢 सिट सीमित छ — बेलैमा आफ्नो सिट सुरक्षित गर्नुहोस्!
📍 Address: Kalanki, Kathmandu
(Opposite of Global Bank)
📞 Contact No.: 9851231416
✈️ Study & Working Visa Guidance Available
🇰🇷 आफ्नो Korea जाने सपना पूरा गर्नुहोस्!
03/04/2026
What is the total number of Nepalis in Korea?
............................................................................................
२०२६ फेब्ररिसम्म कोरियामा रहेको प्रवासिको जम्मा सख्या ( लामो छोटो भिषा अवधिको सबै) अध्यागमनको तथ्याङ्क अनुसार २७,०९९८९ जना छ । जस मध्ये नेपालि ९४,१९४ जना ( ५ औ स्थान) छ । २०२२ को तुलनामा नेपालिको सख्या दोब्बर बृद्दि भएको छ्।
- उदय राइ
02/04/2026
कोरियन भाषाको अध्ययन तथा परामर्श सेवा !!
नयाँ बेसिकका साथसाथै एक पाठ देखिका नयाँ क्लास सुरु हुन गइरहेका छन्।
NLC LEARNING CENTER KALANKI
👉Contact : 📞980-8379891 , 9749326399, 9851231416
☎️015921634 👉कलंकी काठमाडाैं
@followers ゚viralvideofbreelsfypシ゚viralvideo
01/04/2026
सरकारी जागिर छाडेर Korea 🇰🇷!!
स्थायी शिक्षकका रूपमा नेपालमा सरकारी सेवामा कार्यरत शिव थापाले हालै आफ्नो जागिर छाडेर रोजगारीका लागि दक्षिण कोरिया जाने निर्णय गरेका छन्। सुरक्षित र सम्मानजनक मानिने सरकारी जागिर त्याग्नु उनको व्यक्तिगत रहर नभई आर्थिक अवस्था, सीमित अवसर र भविष्यप्रतिको चिन्ताका कारण बाध्यात्मक कदम भएको बताइएको छ। पछिल्लो समय नेपालमा स्थिर जागिर हुँदाहुँदै पनि विदेश जाने युवाहरूको संख्या बढ्दै गएको सन्दर्भमा थापाको यो निर्णयले देशभित्र अवसरको अभाव र वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई पुनः उजागर गरेको छ।
01/04/2026
🇰🇷दक्षिण कोरियाबाट अवैध ‘हुण्डी’ कारोबार नगर्न दूतावासको आग्रह
सियोलस्थित नेपाली राजदूतावासले दक्षिण कोरियामा रहेका नेपालीहरूलाई अवैध रूपमा हुने ‘हुण्डी’ कारोबार नगर्न कडा आग्रह गरेको छ । दूतावासले अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो कारोबारले राष्ट्रको वित्तीय प्रणालीमा गम्भीर असर पार्ने र कानुनी जोखिम समेत बढाउने चेतावनी दिएको हो ।
सूचनाअनुसार विदेशमा अनौपचारिक माध्यमबाट पैसा पठाउने वा भुक्तानी गर्ने गतिविधि बढ्दै गएको पाइएको छ । यस सम्बन्धमा विभिन्न निकायमार्फत प्राप्त सूचनाका आधारमा नेपाल राष्ट्र बैंक तथा सम्बन्धित अनुसन्धान निकायहरूले थप छानबिन अगाडि बढाइरहेका छन् ।
नेपाल सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारअन्तर्गत ‘Integrated Digital Asset Registry’ तथा ‘Risk-Based Red Flag’ प्रणाली लागू गरी शंकास्पद कारोबार पहिचान र नियन्त्रण गर्ने प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ ।
दूतावासले दक्षिण कोरियामा रहेका सबै नेपालीहरूलाई कानुनी बैंकिङ माध्यमबाट मात्र रकम पठाउन अनुरोध गर्दै यदि कसैले अवैध ‘हुण्डी’ कारोबार गरेको थाहा भएमा प्रमाणसहित जानकारी गराउन समेत आह्वान गरेको छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu
Opening Hours
| Monday | 05:00 - 18:30 |
| Tuesday | 05:00 - 18:30 |
| Wednesday | 05:00 - 18:30 |
| Thursday | 05:00 - 18:30 |
| Friday | 05:00 - 18:30 |
| Saturday | 05:00 - 18:30 |
| Sunday | 05:00 - 18:30 |